जनदिशा दैनिक

जनादेश साप्ताहिक

 

The Red Star

सश्लेषण मासिक

अनमिन, आईसीआरसी र जनसेनाविरुद्ध नेपाली सेना

काठमाडौं, २१ पुस : नेपाली सेनाले अनमिन र आईसीआरसीलाई विश्वास नगरेको तथ्य सैनिक मुख्यालयले जारी गरेको 'अति गोप्य’ सर्कुलरबाट थाहा भएको छ । प्रधानसेनापति रुक्माङ!गद! कटवालको निर्देशनमा प्रवक्ता रमीन्द्र क्षेत्रीले हालै जारी गरेको सर्कुलरमा अनमिनलाई माओवादीको भ्रातृ सङ!गठन समेत भनेर आरोप लगाइएको छ ।

 

पशुपति सुधारका लागि आजबाट 'राष्ट्रिय जागरण यात्रा’

काठमाडौं, २० पुस : पशुपति क्षेत्र विकास कोषले तीनमहिने 'पशुपति विकासको नयाँ सुधारको पक्षमा राष्ट्रिय जागरण यात्रुँ अभियान थाल्ने भएको छ ।

 

'सङ्घर्षको नयाँ मोर्चा खोलेका छौं’

काठमाडौं, १९ पुस : नेकपा (माओवादी)का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले विश्व कम्युनिस्ट आन्दोलनमा नेकपा (माओवादी)ले नेपालमा नयाँखाले सङ्घर्षको मोर्चा खोलेको बताउनुभएको छ ।

 

परिर्वतनलाई प्रशासनिक संयन्त्रले आत्मसात् गर्न सकेन : आयोग

काठमाडौं, १४ पुस : प्रशासन पुनः संरचना आयोगले नेपालमा भएको परिर्वतनलाई प्रशासनिक संयन्त्रले अझै आत्मसात् गर्न नसकेको निष्कर्ष निकालेको छ । आयोगले अहिलेसम्म उपत्यकाभित्रका सबै सरकारी तथा संस्थानहरूका विशिष्ट श्रेणीका कर्मचारीहरूसँग सङ्कलन गरेका सुझाव, अन्तर्त्रिmया र सेमिनारहरूबाट उtm निष्कर्ष निकालेको हो ।

 

बहस श्रमिक मजदुरका पक्षमा

काठमाडौं, १३ पुस : अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष शालिकराम जमकट्टेलले नेपाल पत्रकार महासङ्घले प्रेसमा काम गर्ने मजदुरका हितमा भन्दापनि सामन्तवाद र शोषक मालिकका पक्षमा आन्दोलन गरेको बताउनुभएको छ ।

 

'जनताको आकाङ्क्षामाथि विश्वासघात गर्दैनौं’

काठमाडौं, ११ पुस : नेकपा (माओवादी)का अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री प्रचण्डले आफूहरूले सरकारमा रहेर जनताको आकाङ्क्षामाथि विश्वासघात गर्न नसक्ने बरु बलिदान दिन तयार भएको बताउनुभएको छ ।

 

राष्ट्रिय विद्युत् सङ्कट घोषणा

काठमाडौं, १० पुस : सरकारले बढ्दो लोडसेडिङबाट जनतामा पर्न गएको असरलाई ध्यान दिँदै विद्युत् सङ्कटको घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् सङ्कटको घोषणा गर्ने निर्णय गरेको थियो ।

 

हिमाल मिडिया प्रकरण : मालिकहरुले गरे विषयान्तर !

काठमाडौं, ९ पुस : हिमाल मिडियामा घटेको पछिल्लो घटनामा संलग्न भनी केही मजदुरमाथि कारबाहीको कुरा उठिरहेको बेला व्यवस्थापन पक्षबाट भएको दुव्र्यवहार र निष्कासनको मारमा परेका पीडित मजदुरहरूले आफ्नो मानवअधिकारको रक्षा हुनुपर्ने माग गरेका छन् ।

 

क्रान्तिकारीहरुको एउटै केन्द्र बन्नुपर्छ : प्रम प्रचण्ड

काठमाडौं, ८ पुस : नेकपा(माओवादी)का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले अब कम्युनिस्ट क्रान्तिकारीहरूको एउटै न्युक्लियस बन्ने बताउनुभएको छ ।

 

पुँजीपतिको स्वार्थमा संविधान बनेमा अस्वीकार्य : बोगटी

नुवाकोट, ६ पुस : नेकपा (माओवादी)का प्रमुख सचेतक पोष्टबहादुर बोगटी -दीवाकर)ले दलाल पुँजीपतिको स्वार्थमा संविधान बनाउन खोजिएमा त्यस्तो संविधान माओवादीलाई स्वीकार्य नहुने बताउनुभएको छ ।

 

'सरकार ढल्छ भन्ने कसैले नसोचे हुन्छ’

काठमाडौं, ४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले दलहरूबीच जति ठुलो झगडा भएपनि मिलेर अघि बढ्नुको विकल्प नभएको र वर्तमान सरकार आफ्नो जिम्मेवारी पूरा नगरी बीचैमा नढल्ने बताउनुभएको छ । सरकार ढल्दा देशमा सङ्कट गहिरिने तथा अराजकता बढ्न सक्ने बताउँदै नेपाल उद्योग परिसङ्घको छैटौं वार्षिक साधारणसभाको उद्घाटन गर्दा प्रधानमन्त्रीले सो विचार व्यक्त गर्नुभएको हो ।

 

देश र जनताका समस्याबारे श्वेतपत्र जारी हुन्छ : प्रधानमन्त्री

काठमाडौं, ३ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले देश र जनताका तत्कालीन समस्याहरूलाई लिएर सरकारले श्वेतपत्र जारी गर्ने तयारी गरिरहेको बताउनुभएको छ । बिहीबार साँझ बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अनौपचारिक छलफलमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । उहाँले सरकारले जारी गर्ने त्यस्तो श्वेतपत्रले देशको वास्तविक अवस्थाबारे जनतालाई जानकारी दिने पनि बताउनुभयो ।

 

पूर्वराजाका नाममा रहेका शिक्षणसंस्थाको नाम परिवर्तन गरिने

काठमाडौं, २ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले पूर्वराजा महाराजा र उनीहरूसँग सम्बन्धित व्यक्तिहरूका नाममा रहेका देशैभरिका शिक्षण संस्थाको नाम परिवर्तन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

नेकपा (माओवादी) केन्द्रीय समिति बैठक सम्पन्न, जिम्मेवारीमा सामान्य हेरफेर

काठमाडौं, १ पुस : विभिन्न साङ्गठनिक, राजनीतिक र कार्यनीतिक निर्णयहरू गर्दै माओवादी केन्द्रीय समितिको बैठक मङ्गलबार सम्पन्न भएको छ । मङ्सिरको दोस्रो साता सम्पन्न राष्ट्रिय भेलाका सुझावलाई समेटेर तयार पारेको दस्तावेजलाई पूर्णता दिन बसेको केन्द्रीय समिति बैठकले तीनवटा निर्णयहरू गर्दै सम्पन्न भएको हो ।

 

सबै प्रमुख नेता संवैधानिक समितिमा

काठमाडौं, ३० मङ्सिर : संविधानसभाको सोमबार साँझ बसेको १७औं बैठकले मस्यौदा संविधान निर्माणका लागि संवैधानिक समितिसहित विभिन्न १० वटा विषयगत र तीन प्रक्रियागत समितिको गठन गरेको छ ।

 

नेपालको सार्वभौमिकताबारे चीन चिन्तित : चिनियाँ राजदूत

काठमाडौं, २७ मङ्सिर : नेपालका लागि चिनियाँ राजदूत कु गोहोङले नेपालको सार्वभौमिकता खतरामा पर्‍यो भने चीनको सार्वभौमिकता पनि खतरामा पर्ने भएकाले नेपालको सार्वभौमिकताबारे चीन वास्तवमै चिन्तित रहेको बताउनुभएको छ ।

 

माओवादी र एकताकेन्द्र-मसालबीच पार्टी एकता सन्दर्भ : संयोजन समितिको बैठक आज

काठमाडौं, २६ मङ्सिर : नेकपा (माओवादी) र नेकपा एकताकेन्द्र-मसालबीच एकता हुने चर्चा चलिरहँदा एकताकै लागि आवश्यक प्रक्रियाहरूका विषयमा टुङ्गो लगाउन दुबै पार्टीको शर्षि नेताहरू सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्दैछ ।

 

कसैले लादेको मानवअधिकार नेपाललाई अस्वीकार्य : प्रम

काठमाडौं, २५ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले कसैले लादेको मानवअधिकार नेपाललाई अस्वीकार्य भएको बताउनुभएको छ । साठीऔं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले बुधवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो । 'नेपाललाई कसैले लादेको नभई नेपाली माटो सुहाउँदो मानवअधिकार चाहिएको छ ।’ उहाँले भन्नुभयो, 'मानवअधिकारको विश्वभरिको मान्यतालाई भने नेपालले सम्मान गर्छ ।’

 

जनसेवा, जनपरिचालन र सङ्घर्षको सेट बनाउँछौं : किरण

माओवादीको केन्द्रीय समितिको बैठक बुधबार बिहानदेखि सुरू हुँदैछ । ऐतिहासिक राष्ट्रिय भेलापछि हुने यो बैठकको दूरगामी महत्त्व रहनेछ । माओवादीका वरिष्ठ नेता मोहन बैद्य 'किरण’का अनुसार केन्द्रीय समितिको बैठकमा माओवादीको भेलाले दिएको म्यान्डेटअनुसार तयार गरिएको प्रतिवेदन पारित गर्ने, त्यो अनुसारको योजना कार्यक्रम निर्माण गर्ने, सङ्गठनात्मक सेट, संरचनाका बारेमा छलफल गरेर एउटा निर्णयमा पुगिनेछ ।

 

'कुनै हालतमा नेपाली भूमि चीनविरूद्ध प्रयोग हुन दिइन्न’

काठमाडौं, मङ्सिर २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले कुनै पनि हालतमा नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिइने बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मा जियसनसँग प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको शिष्टाचार भेटपछि प्रधानमन्त्रीलाई उद्धृत गर्दै परराष्ट्र सल्लाहकार हीराबहादुर थापाले उक्त जानकारी दिनुभएको हो ।

 

सहमतिको राजनीति काङ्ग्रेसले तोडेको हो : प्रधानमन्त्री प्रचण्ड

चितवन, २२ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले काङ्ग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विगतमा भएका राजनीतिक सहमति र सम्झौतालाई तोड्दै हिडेर राजनीतिक बेइमानी गर्नुभएको बताउनुभएको छ ।

 

मालिक होइन, जनताको सेवक बनौं : प्रधानमन्त्री

काठमाडौ, २० मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले वास्तविक सत्ताको मालिक जनता भएकोले कुनै पनि सरकारी कर्मचारीले आफूलाई जनताभन्दामाथि ठानेर व्यवहार नगर्न निर्देशन दिनुभएको छ ।

 

आर्थिक सङ्कटको असर न्यून : अर्थमन्त्री

काठमाडौं, १९ मङ्सिर : अर्थमन्त्री डा. बाबुराम भट्टराईले विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा कम पर्ने बताउनुभएको छ ।

 

एक चीन नीतिप्रति दृढः प्रधानमन्त्री

काठमाडौं, १८ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले एक चीन नीतिप्रति नेपाल दृढ रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री याङ जिइचीसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटका अवसरमा प्रधानमन्त्रीले सो कुरा स्पष्ट पार्नुभएको हो ।

 

काङ्ग्रेस नेताद्वारा विवाहित महिला बलात्कृत

दाङ, १७ मङ्सिर : नेपाली काङ्ग्रेसका जिल्ला सदस्य भागवत रेग्मीद्वारा स्थानीय एक विवाहित महिला बलात्कृत भएकी छिन् । प्राप्त समाचारअनुसार रेग्मीले आफ्नै जग्गा बटैया लगाउने अध्याराकी श्रीमतीलाई बलात्कार गरेका हुन् ।

 

'काङ्ग्रेस नै पुराना सहमति तोड्दैछ’

काठमाडौं, १६ मङ्सिर : नेकपा (माओवादी)का केन्द्रीय सचिवालय सदस्य एवम् सभासद् वर्षमान पुन 'अनन्त’ले नेपाली काङ्गे्रसले पुराना सहमतिहरू तोड्दै सेना समायोजनसम्बन्धी विषयमा हलो अड्काउने र गोरु चुट्ने काम गरेको बताउनुभएको छ ।

 

सरकारको सय दिन, दलहरुको आ-आफ्नै मूल्याङ्कन

काठमाडौं, १५ मङ्सिर : सरकारका एक मन्त्री र प्रमुख राजनीतिक दलका नेताहरूले वर्तमान सरकारको 'सय दिन’ बारे छुट्टाछुट्टै टिप्पणी गर्नुभएको छ । आइतबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री तथा नेताहरूले फरकफरक टिप्पणी गर्नुभएको हो ।

 

संविधानमा जनताको स्वामित्व नभए विद्रोहको खतरा : प्रम

काठमाडौं, १३ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले अब बन्ने संविधानमा आˆनो स्वामित्व महसुस गर्न नसके जनताले विद्र्रोह गर्न सक्ने खतरा औंल्याउनुभएको छ । उहाँले संविधान निर्माण गर्दा जनतालाई विद्रोहमा जानबाट रोक्नका लागि सचेततापूर्वक काम गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

 

नेपालीपनमा जनगणतन्त्रको विकास : किरण

काठमाडौं, १२ मङ्सिर : नेकपा (माओवादी)का वरिष्ठ नेता मोहन बैद्य 'किरण’ले माओवादीको राष्ट्रिय भेलाले जनगणतन्त्रलाई नछाडेर नेपालीपनमा विकास गरेको बताउनुभएको छ । उहाँले माओवादीले जनगणतन्त्र कहिल्यै नछाड्ने स्पष्ट पार्दै त्यसको नेपाली मोडलमा विकास गरिने बताउनुभयो ।

 

माओवादी भेला सम्पन्न, एक्काइसौं शताब्दीको क्रान्तिको कार्यदिशा तय

भक्तपुर, ११ मङ्सिर : नेकपा (माओवादी)ले तात्कालिक कार्यदिशा 'जनताको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र’ तय गरेको छ । भक्तपुरमा लगातार ६ दिनसम्म चलेको राष्ट्रिय भेलामा केन्द्रीय समितिको तर्फबाट पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता किरणद्वारा प्रस्तुत दुई प्रस्तावमाथिको व्यापक बहसपछि माओवादीले यस्तो कार्यदिशा तय गरेको हो ।

 

माओवादी राष्ट्रिय भेला, एउटै दस्तावेजको तयारी

काठमाडौं, १० मङ्सिर : नेकपा (माओवादी)को केन्द्रीय समितिको बैठकले राष्ट्रिय भेलामा प्रस्तुत गरी छलफलसमेत भइसकेका दुई फरक दस्तावेजलाई रूपान्तरण गरी एउटै दस्तावेजका रूपमा भेलामा लैजाने निर्णय गरेको छ ।

 

माओवादी राष्ट्रिय भेला, महाधिवेशनबारे छलफल हुने

भक्तपुर, ९ मङ्सिर : नेकपा (माओवादी)को जारी राष्ट्रिय भेलाको चौथो दिन सोमबार समूहगत छलफलबाट निकालिएको निष्कर्ष टोली नेताले भेलासमक्ष प्रस्तुत गरेका छन् ।

 

माओवादी राष्ट्रिय भेला, समूहगत छलफल सकियो, टोली प्रमुखले निष्कर्ष आज सुनाउने

भक्तपुर, ८ मङ्सिर : शुक्रबारदेखि जारी नेकपा (माओवादी)को राष्ट्रिय भेलामा केन्द्रीय समितिकोतर्फबाट प्रस्तुत पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता किरणको दुवै प्रस्तावमाथिको समूहगत छलफल सकिएको छ ।

 

नयाँ नेपालमा ८ सय जिल्ला र ४ विकास परिषद्

काठमाडौं, ७ मङ्सिर : संस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किरातीले आठ सय जिल्लासहितको राज्य पुनर्संरचनाबारे नयाँ अवधारणा सार्वजनिक गर्नुभएको छ । शनिबार ललितपुर पुल्चोकस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री किरातीले यस्तो अवधारणा सार्वजनिक गर्नुभएको हो ।

 

माओवादीको राष्ट्रिय भेला सुरू, 'सर्वहारावर्गको सपना धुमिल हुन दिन्नौं’

भक्तपुर, ६ मङ्सिर : नेकपा (माओवादी)को बहुचर्चित राष्ट्रिय भेला शुक्रबारबाट सुरु भएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा सुरु भएको भेलाको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले शुक्रबार अपराहृन औपचारिक उद्घाटन गर्नुभएको छ ।

 

महान् बहसका साथ माओवादी बैठक सकिँदै

काठमाडौं, ५ मङ्सिर : आसन्न राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा बसेको माओवादी केन्द्रीय समितिको पूर्ण बैठक शुक्रबार बिहान सकिदैछ । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा अत्यन्तै चासोका साथ हेरिएको माओवादी बैठकमा आगामी कार्यदिशा के हुने भन्नेबारे गम्भीर र घनिभूत बहस भएको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभएको छ ।

 

माओवादी बैठक जारी

काठमाडौं, ४ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्रीय समितिको पूर्णबैठक बुधबार पनि जारी रह्यो । सोमबारदेखि शुरु भएको बैठक मंगलबार नबसी बुधबार पुनः सुरु भएको हो । भक्तपुरको खरिपाटीमा जारी बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ केन्द्रीय सदस्य किरणद्वारा पहिलो दिन प्रस्तुत दस्तावेज माथि छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको छ ।

 

चौध सशस्त्र समूहसँग अनौपचारिक वार्ता

काठमाडौं, ३ मङ्सिर : सरकारले तराईमा सशस्त्र सङ्घर्षरत चौधवटा समूहसँग अनौपचारिक वार्ता गरेको छ । सरकारी वार्ताटोलीद्वारा शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा वार्ता प्रगतितर्फ उन्मुख भइरहेको जानकारी दिइयो ।

 

माओवादी केन्द्रीय समितिको बैठक सुरू

काठमाडौं, २ मङ्सिर : सरकारको मुख्य नेतृत्वदायी घटक नेकपा (माओवादी) केन्द्रीय समितिको पूर्ण बैठक सोमबारदेखि राजधानीमा सुरु भएको छ । सरकारको सय दिन पुग्न लाग्दा र पार्टी आन्तरिक जीवनमा महत्त्वपूर्ण प्रभाव पार्ने राष्ट्रिय कार्यकर्ता भेलाको निकटमा आयोजित केन्द्रीय समितिको बैठक भक्तपुरको खरिपाटीमा सुरु भएको हो ।

 

यसरी बन्दैछ नयाँ संविधान

काठमाडौ, १ मङ्सिर : मङ्सिर १३ गते संविधानसभा उपाध्यक्षको निर्वाचन गर्ने गरी संविधानसभाको आइतबार बसेको १४ औं बैठकले संविधान लेखनको कार्यतालिका पारित गरेको छ । बैठकले पारित गरेको कार्यतालिका अनुसार आगामी २०६७ वैशाख १५ गतेसम्म संविधानसभाबाट नयाँ संविधान पारित गर्ने र जेठ १४ गते संविधानसभामा राष्ट्रिय समारोहको आयोजना गरी राष्ट्रपतिद्वारा जनतासमक्ष संविधान जारी गर्ने रहेको छ ।

 

बेपत्ता पार्नेलाई सर्वस्वहरणसहित जन्मकैदको माग

काठमाडौं, ३० कात्तिक : राजधानीमा शनिबार आयोजित एक कार्यक्रमका वक्ताहरूले नागरिक बेपत्ता पार्नेहरूलाई मानवता विरोधी कसुर अनुसार कारबाही गर्न आग्रह गरेका छन् । 'व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) ऐनको प्रारम्भिक मस्यौदामा छलफल गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा आयोजित अन्तर्त्रिmयाका सहभागीहरूले बेपत्ता पार्नेलाई सर्वस्वहरणसहित जन्मकैदको सजाय तोक्न माग गरेका छन् ।

 

संविधानसभा कार्यविधि नियमावली पारित, संविधान निर्माण प्रक्रिया सुरू

काठमाडौं, २९ कात्तिक : संविधानसभा निर्वाचन भएको सात महिनापछि शुक्रबार संविधानसभा कार्यविधि नियमावली पारित भएको छ । संविधानसभाको हैसियतमा शुक्रबार बसेको १३औं बैठकले संशोधनका लागि दर्ता भएका प्रस्तावहरूलाई समेट्दै संविधानसभा कार्यविधि नियमावली २०६५ लाई सर्वसम्मतले पारित गरेको हो । शुक्रबारको बैठकले व्यवस्थापिका संसद् कार्यविधि नियमावलीलाई समेत पारित गरेको छ ।

 

नेपाललाई सक्दो सहयोग गर्न तयार : भारत

नयाँदिल्ली, २७ कात्तिक : भारत नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिकरणलाई सक्दो सहयोग गर्न तयार देखिएको छ ।

बुधबार साँझ नेपालका प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने क्रममा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र प्रजातान्त्रिकीकरण प्रक्रियालाई मजबुत तुल्याउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

'कानुनभन्दा माथि कोही छैन’

काठमाडौं, २६ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले कानुनको दायराभन्दा माथि कोही पनि नभएको र नहुने बताउनुभएको छ । सभासद्हरूद्वारा उठाइएका प्रश्नहरूको जवाफ दिँदै संविधानसभाको मङ्गलबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो-'कानुनभन्दा माथि कोही पनि छैन, चाहे जोसुकै भए पनि अपराधीहरूले संरक्षण पाउनु हुँदैन ।’

 

'राजनीतिक नेतृत्वमा इमानदारिताको खाँचो’

काठमाडौं, २५ कात्तिक : प्रधामन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले राजनीतिक नेतृत्वमा इमानदारिताको अभावले गर्दा नेपालको विकास हुन नसकेको ठोकुवा गर्नुभएको छ ।

 

तयार भयो संविधानसभा नियमावली

काठमाडौं, २४ कात्तिक : संविधानसभाको निर्वाचन भएको ७ महिनापछि आइतबार संविधानसभा नियमावली तयार भएको छ । नियमावली मस्यौदा समितिका संयोजक नारयणमान बिजुक्छेको अध्यक्षतमा आइतबार बसेको समितिको बैठकले नियमावलीको मस्यौदालाई अन्तिम रूप दिएको हो । मस्यौदा नियमावलीलाई सोमबार संविधानसभाको बैठक बसी पारित गर्ने कार्यक्रम रहेको छ ।

 

एकताबद्ध सङ्कल्प आवश्यक : प्रधानमन्त्री

काठमाडौ, २३ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र तोकिएको समयमा संविधान लेखिसक्न राष्ट्रिय एकता र सङ्कल्पको खाँचो पर्ने औंल्याउनुभएको छ ।

 

राष्ट्रियताका लागि अझै दस वर्ष लड्न तयार छौं : किरण

काठमाडौं, २२ कात्तिक : नेकपा माओवादीका वरिष्ठ नेता मोहन बैद्य 'किरण'ले राष्ट्रियताको प्रश्न विविध कारणले ओझेलमा पर्दै गएको बताउदै राष्ट्रियता रक्षाका लागि माओवादी दस वर्ष अझै लड्न तयार रहेको स्पष्ट पार्नुभएको छ ।

 

पूर्वसहमतिअनुसार सेना समायोजन हुन्छ : गृहमन्त्री

काठमाडौं, १९ कात्तिक : उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले पूर्वसहमतिअनुसार नै माओवादी सेनाको समायोजन हुने स्पष्ट पार्नुभएको छ । १२ बुँदे समझदारी, बृहत् शान्ति सम्झौता र अन्तरिम संविधानमा माओवादी सेना समायोजनबारे भएका सहमति र सम्झौताअनुसार नै सरकारले सेना समायेजनको तयारी गरिरहको मन्त्री गौतमले जानकारी दिनुभयो ।

 

माओवादी-एमाले उच्चस्तरीय संयन्त्र बैठक, कार्यविधि सहमतिमा तय गरिने

काठमाडौं, १८ कात्तिक : दुई प्रमुख वामदल नेकपा (माओवादी) र नेकपा (एमाले)का बीच बनेको उच्चस्तरीय संयन्त्रको बैठकले नेपाली काङ्ग्रेस समेतको सहमतिमा सेना समायोजन विशेष समितिको कार्यविधि निर्माण गर्ने सहमति भएको छ ।

 

'शान्तिसम्झौताविरूद्ध जाने अधिकार कसैलाई पनि छैन’

काठमाडौं, १७ कात्तिक : शान्ति तथा पुनस्र्थापनामन्त्री जनार्दन शर्मा 'प्रभाकर’ले सेना समायोजन 'गर्न हुँदैन’ भन्नेहरुले जनतालाई स्पष्ट नपारी त्यसो भन्न नपाउने बताउनुभएको छ ।