छरछिमेक
घिसिङ, इण्डियन
आइडल र फेरि गोर्खाल्याण्ड
कुनै समय स्वतन्त्रताको बिगुल फुकेर नेपाललाई समेत उस्काउने दार्जीलिङ्गबाट
फेरि नेपाली जातिले आन्दोलन उठाएका छन् । यस पटकको स्वतन्त्रताको
आन्दोलनमा विगतको धोखा, तत्कालीन नेता सुवास घिसिङको कपटजस्ता
उतारचढाव भोगेका घिसिङकै कार्यकर्ताहरुसमेत संलग्न छन् । उनीहरु
समेतको संलग्नताका कारण आन्दोलनले दार्जीलिङ्ग, सिक्किम र आसपासका
क्षेत्रमा गोर्खाल्याण्ड राज्यको माग चर्किने स्थिति आएको छ ।
दशैं तिहारको रमझममा रमाउने दार्जीलिङ्गका जनतालाई यसपटकदेखि आफूले
मानेका नेता सुवास घिसिङको असहयोग निकै ठूलो पाठ बनेको छ । इण्डियन
आइडल प्रशान्त तामाङलाई जिताउन दार्जिलिङ्गदेखि नेपाली भूभागसम्म
तातेको अवस्थामा उनीसाग सहयोगका लागि प्रशान्तप्रेमीहरुको टोली
पुगेको थियो । नेपाली जातिलाई माया गर्ने माछा व्यापारी बंगालीहरुले
समेत एउटा माछा प्रशान्तको नाममा छुट्टाएको समयमा घिसिङबाट ठूलै
सहयोगको अपेक्षा गरिएको थियो । तर उनले भोलि आउनु भनेर हेलिकप्टर
चढेर भाग्ने काम गरे- गाडी चालक डेभिड प्रधानले बताए । घिसिङले
प्रशान्तलाई असहयोग गरेकै कारण पनि गोर्खाल्याण्ड आन्दोलन अघि
बढाउन खुलेको नयाँ पार्टीको जनाधार बढ्न पुगेको देखिन्छ । गोर्खा
जनमुक्ति पार्टीको रुपमा रहेको आन्दोलनकारी पार्टीको नेतृत्व विमल
गुरुङ्गले गरेका छन् । गुरुङ्गले प्रशान्त प्रकरणपूर्व घिसिङकै
सहयोगी युवाहरुलाई पार्टीमा समेटेका छन् । त्यसो त गुरुङ्ग स्वयं
पनि यसपूर्व घिसिङका सहयोगी मानिन्थे । दार्जीलिङ्गकै गाउा नगरी
निवासी युवा समु प्रधानको विश्लेषण छ - पहिलादेखि जनतालाई पटक
पटक मूर्ख बनाउादै आएका घिसिङलाई यसपटकको स्थिति थेग्न गाह्रो
छ ।
घिसिङले करिब २ दशकपूर्व उत्कर्षमा पुगेको गोर्खाल्याण्ड अर्थात्
भारतभित्र नेपाली जातिको छुट्टै राज्यको माग परित्याग गरेका थिए
। त्यसवापत उनलाई केन्द्र सरकारले गोर्खा पार्वत्य परिषद नामको
अनौठो इकाइको प्रमुख बनाइदिएको थियो । केन्द्र सरकारको ठूलो परिमाणको
बजेट आफूखुसी सञ्चालन गर्न पाउने भएपछि घिसिङले गोर्खाल्याण्ड
आन्दोलनका मागलाई परित्याग गरेका थिए र त्यस किसिमका मागहरु विरुद्ध
आफूलाई उभ्याएका थिए । यो २ दशकको अवधिमा दार्जिलिङ्ग र आसपासका
क्षेत्रबाट आन्दोलन उठ्ने प्रयास भएपनि केन्द्र सरकार, पश्चिम
बंगाल सरकार र घिसिङको संयुक्त प्रयासले आन्दोलन दबाइएको थियो
। मिरिक निवासी कर्ण मगर भन्छन् - सिक्किमसाग राजनीतिक चेतना छैन,
दार्जिलिङ्गले नेतृत्व गर्न सकेमा पूवोत्तर भारत पूरै आन्दोलनमा
आउाछ । नेपाली जातिले नेपालको जनयुद्ध र आन्दोलनबाट यहाँका नेपाली
उत्साहित भएका छन् । र घिसिङको धोखाविरुद्ध संगठित हुन प्रशान्तको
बहाना उनीहरुलाई मिलेको छ । आन्दोलन औपचारिक रुपमा थाल्नुपूर्व
स्वतन्त्रतापे्रमीहरुले प्रचार अभियान सञ्चालन गरेका छन् । संभवतः
आन्दोलनको डरले हुनसक्छ, घिसिङले आˆनो पकड फुस्कादै गएकोले दार्जीलिङ्गका
गाउाका पुराना कार्यकर्तासाग भेटघाट सुरु गरेका छन् । नगरपालिका
बाहिरको पुरानो सम्बन्ध सम्झादै घिसिङ गाउा पस्न थालेको ग्रामीण
क्षेत्रका बासिन्दाले बताए ।
प्रशान्तको पीडा ः- इण्डियन आइडल भएपनि प्रशान्त तामाङ र उनको
परिवारको आˆनै पीडा छ । तामाङलाई आफू नजानीकन गोर्खालीको स्वतन्त्रता
आन्दोलनसाग जोडिएको थाहा समेत नहुन सक्छ । दशैंको समयमा यो टिप्पण्ीकार
दार्जीलिङ पुग्दा उनकी आमा रुपाले कुनै गतिविधि थाहा पाएको संकेतसमेत
गरिनन् । उनले आˆनो छोरालाई इण्डियन आइडलको ताज लगाएको भोलिपल्टदेखि
भेट्न नपाएको गुनासो गरिन् । छोराले एकतर्फी फोनसम्पर्क गर्दाको
समय बाहेक अरुबेला सम्पर्क नभएको पीडा उनको थियो । "फोन आउाछ,
तर हामीले गर्दा सम्पर्क नहुने नम्बरबाट आउाछ । दिक्क भएर म दीपावलीपछि
कलकत्ता जाँदैछु ।"
त्यसो त सोनी टीभीले प्रशान्तजस्तो सबै जातिको सहानुभूति पाउने
पात्रको नाममा राम्रै व्यापार गरिरहेको छ । एसएमएस भोटिङ्गमा विश्वभरिका
नेपालीले देखाएको चलायमान शैलीले सोनीको व्यापार आफै फस्टाउने
निश्चित छ । प्रशान्तको सार्वजनिक हुनै लागेको क्यासेट एल्बम "धन्यवाद"
को नाम मात्रको पारिश्रमिक उनले पाउादैछन् । भारतीय नेपालीले प्रशान्तको
जीतमा जति खुशी मनाएपनि सोनीले उनीमाथि गरेको शोषण भने लुकेको
पाटो बनेको छ । प्रेम
अमेरिका र रुसबीच नयाँ शीत युद्ध
दीपक सापकोटा
अक्टुबर महिनाको अन्त्यमा पोर्चुगलमा आयोजित युरोपेली नेताहरुको
उच्चस्तरीय सम्मेलनमा रुसका राष्ट्रपति भ्लादीमिर पुटिनले युरोपमा
अमेरिकाले जडान गर्न लागेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई
सन् १९६२ को 'क्युवाली क्षेप्यास्त्र संकट' सँग तुलना गरे । सन्
१९४० को मध्यदेखि सुरु भएको रुस र अमेरिकाबीचको शीत युद्धताकाको
सबैभन्दा ठूलो घटनाको रुपमा क्युवाली क्षेप्यास्त्र संकट बिख्यात
छ । सन् १९६२ मा रुस र क्युवाले अमेरिकी भूभागलाई मार हान्न सक्ने
गरी क्युबामा जडान गरेको क्षेप्यास्त्र प्रणाली अमेरिकाले पत्ता
लगाएपछि उत्पन्न तनावलाई क्युवाली क्षेप्यास्त्र संकट भनेर चिनिन्छ
। यही वर्षको सुरुतिर जर्मनीमा आयोजित विश्वका प्रमुख सुरक्षा
अधिकारीहरुको शिखर सम्मेलनमा पुटिनले अमेरिकाविरुद्ध कडा अभिव्यक्ति
दिएपछि अमेरिका र रुसबीच विस्तारै वाकयुद्ध सुरु भएको छ । धेरै
विश्लेषकहरु रुस-अमेरिकाबीचको सम्बन्ध बिस्तारै शीत युद्धको झल्को
दिने स्तरमा पुगेको बताउँछन् ।
के थियो क्यूवाली क्षेप्यास्त्र संकट
सन् १९५९ मा क्युवामाथि क्रान्तिकारीहरुले कब्जा जमाएपछि क्युवा
र रुसबीच सम्बन्ध विस्तार भयो । आफू समर्थित सरकार गिरेर आफ्नो
नाकैमुनि आफूविरोधी सत्ता स्थापना भएपछि अमेरिकाले क्युवामाथि
नाकाबन्दी गर्यो । क्युवा र रुसले अमेरिकालाई चुनौति दिनेगरी
क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापना गरे । यसप्रकारको संयन्त्र
सन् १९६२ को अक्टुबरमा अमेरिकाले आˆना जासुसी जहाजहरुमार्फत् पत्ता
लगायो । अमेरिका, रुस र क्युवाबीच उत्पन्न सोही टक्करलाई क्युवाली
क्षेप्यास्त्र संकट भनिन्छ, जसलाई रुसीहरु क्यारेवियन संकट भन्छन्
भने क्युवालीहरु अक्टुबर संकट । यो संकट विस्तार भएर रुस र अमेरिका
परमाणु युद्धको डिलसम्म पुगेका थिए । अमेरिकाले यसप्रकारको प्रणाली
पत्ता लगाएपछि क्युवामाथि सामुन्दि्रक नाकाबन्दी लगायो ।
रुसको, क्युवामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापना गर्ने
कदम अमेरिकाले रुसी छिमेकी राष्ट्र टर्कीमा सन् १९६१ मा जडान गरेको
त्यस्तै क्षेप्यास्त्र प्रणालीको जवाफमा आएको थियो । अमेरिकाले
टर्कीमा रुसको राजधानी मस्कोलगायत पश्चिमका सहरमा मार हान्न सक्नेगरी
टर्कीमा क्षेप्यास्त्रहरु जडान गर्यो । तिनीहरु २४१० किलोमिटरसम्म
मार हान्न सक्ने क्षमताका थिए । रुसले अमेरिकाको यसप्रकारको कदमको
खुल्ला रुपमा आक्रोश व्यक्त गर्यो र अमेरिकालाई जवाफ दिन उसकै
सीमामा त्यस्तै प्रकारको प्रणाली राख्ने योजना बनायो ।
क्युवामा जडान गरिएको रुसी क्षेप्यास्त्र प्रणाली थाहा पाएपछि
अमेरिकाले आक्रामक नीति लियो । अमेरिकी राष्ट्रपति जे एफ केनेडीले
'क्युवाबाट कुनै पनि क्षेप्यास्त्र पश्चिम गोलार्द्धका कुनै देशमा
मार भएमा त्यो अमेरिकामाथि रुसको आक्रमण हुने' धम्की दिए । अमेरिकाले
क्युवा जान लागेका रुसी जहाजलाई रोक्न थाल्यो र केहीलाई आक्रमण
नै गर्यो । रुसले अमेरिकाको यसप्रकारको हर्कत सह्य नभएको बतायो
र प्रतिरोध गर्ने धम्की दियो । अमेरिकाले क्युवामाथि आक्रमण गरेर
क्युवा कब्जा गर्ने र त्यहाँको क्षेप्यास्त्र प्रणाली ध्वस्त पार्ने
योजना बनाइसकेको थियो र लगभग अन्तिम तयारीमा पुगिसकेको थियो ।
तर लगभग आणविक युद्धको डिलमा पुगिसकेका अमेरिका र रुस एवम् अमेरिका
र क्युवाबीच १४ दिन लामो रस्साकस्सीपछि अन्ततः सन् १९६२ अक्टुबर
२८ मा अमेरिका र रुस सहमतिमा आए । रुसले क्युवाबाट क्षेप्यास्त्र
प्रणाली हटाउने भयो र अमेरिकाले टर्कीबाट । यसप्रकार रुसले अमेरिकालाई
गलायो र एक वर्षअघि आफ्नो सीमामा अमेरिकाले जडान गरेको संयन्त्र
हटाउन बाध्य पार्यो । अमेरिका टर्कीबाट क्षेप्यास्त्र हटाउनुका
अलवा क्युवामाथि हमला नगर्ने आश्वासन पनि दिन बाध्य भयो ।
युरोपमा अमेरिकी क्षेप्यास्त्र प्रणाली
अमेरिकाले इरानबाट प्रहार हुनसक्ने क्षेप्यास्त्रबाट प्रतिरक्षा
गर्नका लागि भन्ने बहाना बनाएर पूर्वी युरोपका राष्ट्रहरु पोल्याण्ड
र चेकमा यसप्रकारको प्रणाली स्थापना गर्न तयारी गरिरहेको छ । अमेरिकाले
सोाचेजस्तो प्रणाली स्थापना भएमा अमेरिकी क्षेप्यास्त्रले रुसका
जुनसुकै भूभागमा प्रहार गर्न सक्नेछ । त्यतिमात्र होइन ती क्षेप्यास्त्रहरुले
इरान, मध्यपूर्वका अन्य देशहरु, चीन र उत्तर कोरियासम्म मार हान्न
सक्नेछन् । अमेरिकाले जडान गर्न लागेको यसप्रकारको संयन्त्र सन्
१९६२ मा रुसले क्युवामा जडान गरेको प्रणालीसँग मिल्छ । पुटिनले
पोर्चुगलको सम्मेलनमा सन् '६२ को र अहिलेको परिस्थिति प्राविधिक
रुपमा धेरै मिल्दोजुल्दो भएको बताए तर यो तनाव क्युवाली संकटको
उँचाइमा उठ्न नपाउने आशा गरे ।
सोभियत रुसको पतन भएपछि अमेरिका विश्वका एकमात्र महाशक्ति राष्ट्र
बन्न पुग्यो । तर शीत युद्धको अन्त्य र रुसमा पुँजीवादी व्यवस्थाको
औपचारिक स्थापनापछि पनि रुस एकप्रकारले अमेरिकाको प्रतिद्वन्द्वी
नै रहिरहृयो । सन् १९९० को आर्थिक दुरावस्थाबाट विस्तारै बौरिन
थालेपछि रुसमा विस्तारै पहिलेजस्तै फूर्ति बढ्न थालेको छ । रुस
पेट्रोलियम पदार्थ र प्राकृतिक स्रोत साधनमा धनी राष्ट्र हो ।
रुससँग संसारकै सबैभन्दा धेरै प्राकृतिक ग्याँसका भण्डारहरु छन्
र रुस साउदी अरेवियापछि दोस्रो ठूलो तेलको खानी भएको देश पनि हो
। इन्धन र ग्याँसको आपूर्तिमा युरोप लगभग रुसमा भर पर्नुपर्ने
अवस्था छ । आर्थिक रुपमा सबल बन्दै गएपछि रुसले मध्य र पश्चिम
एसिया र विश्व राजनीतिमा आफ्नो प्रभावकारी भूमिका खोज्दै गएको
छ । रुसी राष्ट्रपति पुटिनको अभिव्यक्ति कडा हुँदै गएको छ र उनी
अमेरिकाविरुद्ध दिनप्रतिदिन आक्रामक बन्दै गएका छन् ।
सन् २००७ को फेबु्रवरीमा जर्मनीको म्युनिखमा भएको एउटा उच्चस्तरको
कार्यक्रममा अमेरिकाले सँधै शक्तिको अनियन्त्रित प्रयोग बढाउँदै
लगेको आरोप लगाउँदै पुटिनले एक धुव्रीय विश्व अब अस्वीकार्य भएको
बताए । पुटिनको यसप्रकारको अभिव्यक्ति अमेरिकाले रुसको सीमामा
स्थापना गर्न लागेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली निर्माण
गर्न लागेको क्रियाको प्रतिक्रिया थियो । गत महिना रुसको भ्रमणमा
पुगेका अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीलाई पुटिनले हकारेको
शैलीमा आफ्नो कुरा राखे । पुटिनले अमेरिकाले पूर्वी युरोपमा क्षेप्यास्त्र
प्रतिरक्षा प्रणाली स्थापना गर्न नहुने र त्यसो गरिएमा अमेरिका
र रुसबीचको सम्बन्धलाई हानी पुग्ने बताए । पुटिनले त्यस अवसरमा
कुनै दिन आफूले चन्द्रमामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापना
गर्न सक्ने तर त्यसअघि अमेरिकाले आफ्नो योजना लागू गर्यो भने
सहमतिमा पुग्ने मौका गुम्न सक्ने चेतावनी दिए । रुसले चेक र पोल्याण्डलाई
पनि अमेरिकी क्षेप्यास्त्र प्रणाली स्थापना गर्न दिएमा राम्रो
नहुने चेतावनी दिंदै आएको छ । 'जी-आठ'को बैठकमा पनि बुुस र पुटिनले
तीव्र वाकयुद्ध गरे । अक्टुबरमा पोर्चुगलमा भएको युरोपेली नेताहरुको
सम्मेलनमा पुटिन अझ आक्रामक भए र अमेरिकाले रुसको सीमामा बनाउन
लागेको प्रणालीलाई सन् १९६२ को क्यारेवियन -क्युवाली क्षेप्यास्त्र)
संकटसँग तुलना गरे ।
अमेरिकालाई चिढाउँदै रुस
रुसले आफ्नो देशको सन्दर्भका अतिरिक्त मध्य र पश्चिम एसियाका अन्य
मामलामा पनि कडा अडान लिन थालेको छ । इरानमाथि अमेरिकाले लगाएको
नाकाबन्दी र आक्रमण गर्ने धम्कीको रुसले विरोध गरिरहेको छ । पुटिनले
केही महिनाअघि इरानको भ्रमण नै गरे र रुस इरानलाई ठूलो मात्रामा
हतियार बेच्न सहमत भएकेा छ । त्यसैगरी अमेरिका र युरोपेली संघले
सर्बियाबाट कोसोभो अलग गर्न गरेको वकालतको पनि रुसले विरोध गर्ने
गरेको छ । यसबीचमा रुस-चीन सम्मिलित 'सांघाइ कोअपरेशन अर्गनाइजेसन'
ले रुसमा ठूलो सैन्य अभ्यास गरेको छ जुन हिन्द महासागरमा अमेरिका,
जापान, भारत र अष्ट्रेलियालगायतका राष्ट्रले गरेको सैन्य अभ्यासको
सेरोफेरोमा भएको थियो । त्यसैगरी रुसी छिमेकी राष्ट्रहरुमा अमेरिकाले
रुस समर्थित सरकारलाई विभिन्न रङका 'क्रान्ति' को नाममा गिराउन
थालेपछि पनि रुस अमेरिकादेखि रुष्ट छ । यसरी अमेरिका र रुस एकअर्कालाई
चिढाउने काममा तीव्रताका साथ लागेको छन् ।
तर यी सबै तथ्यहरुका साथसाथै ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण
यथार्थहरु छन् । सन् '४० को दशकमा रुस कम्युनिष्ट पार्टीद्वारा
नेतृत्त्व गरिएको थियो र सन् १९६२ मा क्युवाली क्षेप्यास्त्र संकट
उत्पन्न हुँदा समेत संसोधनवादी नै सही पुँजीवादविरोधी बामपन्थी
शासन सत्ता थियो । अहिले पुटिनको विचारधारा र सत्ता संरचना तत्कालीन
सोभियत रुसको जस्तो छैन । त्यसका अतिरिक्त बुसले केही महिनाअघि
पुटिनलाई आफ्नो विशिष्ट पारिवारिक पाहुना बनाएर भव्य स्वागत गरे
जसलाई पुटिनले अस्वीकार गरेनन् । स्वयम् पुटिनले युरोपेली नेताहरुको
सम्मेलनमा अहिलेको संकट क्युवाली संकटको स्तरमा नउठ्ने आशा व्यक्त
गरे जसमा सम्झौताको आशय देखिन्छ । त्यसो त यसअघि नै पुटिनले अमेरिकासँग
पोल्याण्ड र चेकको बदला अजरबैजानमा संयुक्त रुपमा क्षेप्यास्त्र
प्रतिरक्षा प्रणाली जडान गर्न प्रस्ताव पनि गरिसकेका छन् ।
यद्यपि रुसले लिएको अडानहरुमा तीव्र आक्रोश र आक्रमण अभिरुचि देखिन्न
तर विगतको जस्तै महाशक्ति आर्जन गर्न थालेकोे रुसले दिएका चेतावनी
सामान्य मात्र छैनन् । पुटिनका खासगरी एकल धु्रव विरोधी अभिव्यक्ति,
अमेरिकी क्षेप्यास्त्र प्रणाली जडानविरुद्धको मत र अमेरिकाले हात
हालेका देशहरुमा लिएको अडान उल्लेखनीय छन् । रुसले विस्तारै आफ्नो
पूर्वस्थितिको विशाल सैन्य शक्ति र सामथ्र्यमा पनि नियन्त्रण र
विस्तार गर्दैछ । दुई महिनाअघि मात्र रुसले सबैभन्दा ठूलो गैरआणविक
बमको सफल परिक्षण सम्पन्न गर्यो । तर रुस आफ्नो सैन्य क्षमता
विस्तार मात्र होइन इरान, सिरिया, भेनेजुयलालाई लाखौं डलरको
हतियार बेच्न राजी भइसकेको छ । त्यसैगरी इण्डोनेसिया र मलेसियाले
पनि रुसबाट हतियार किन्ने रुचि देखाएका छन् । रुसको हतियार निर्यात
सात सय बिलियन डलर -सात खर्व डलर) पुगेको बताइएको छ । उता अमेरिकाले
भने इरान र सिरियालाई हतियार बेचेको आरोप लगाएर रुसमाथि नाकाबन्दी
लगाउने विधेयक कंग्रेसमा प्रस्तुत गरेको छ ।
त्यसैगरी रुसले अमेरिका र बेलायतका सीमासम्म आफ्ना जहाज र युद्धपोतहरु
लैजान थालेको छ । तीन महिनाअघि अगष्ट २१ मा बेलायतको रक्षा मन्त्रालयले
आफ्नो सीमा नजिक रुसी बमबर्षक विमान आएको बताउँदै त्यसका केही
फोटाहरु सार्वजनिक गरेको थियो । यसअघि मे महिनामा रुसी जासुसी
जहाजहरुले बेलायतको स्कटल्याण्डको समुन्द्री तटमा नेटोले गरेको
जल सैन्य अभ्यासको निगरानी राखेका थिए भनी बेलायतका संचारमाध्यमले
जनाएका थिए । अगष्ट महिनाकै सुरुमा रुसले उत्तरी धु्रवको समुन्द्री
भूमि -पानीको सतहभन्दा चार किलामिटर मुनि) मा आफ्नो झण्डा गाडेर
उक्त क्षेत्रमा आफ्नो दाबी दोहार्याएको थियो ।
शीत युद्ध मुख्यतः दुई परस्पर विचारधाराविरुद्धको द्वन्द्व थियो
। त्यो दुई प्रतिनिधिमूलक विचारधाराका अलावा ठूलो भूगोल, ठूलो
सैन्य क्षमता र विश्व राजनीतिमा तिनीहरुको प्रभाव एवम् विज्ञान
र प्रविधिमा दुई महाशक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धा पनि थियो
। भलै आधा शताब्दी अगाडिको भन्दा विश्व राजनीतिक परिस्थिति धेरै
फरक छ तर नयाँ शक्ति सन्तुलनमा अहिले अमेरिका र रुसबीच एवम् तिनका
समर्थक राष्ट्रहरुबीच देखिएको तनावले विस्तारै आधा शताब्दीअघि
भएको तनाव र द्वन्द्वहरुको झल्को दिन्छ । á