'बजेट तीन
महिनापछि’
काठमाडौं, १८ असार
: नेकपा (माओवादी)का
अध्यक्ष प्रचण्डले गणतन्त्र नेपालको पहिलो बजेट
परम्परागत बजेट नभई नयाँ नेपाल निर्माणको सुरुवातको
बजेट हुने बताउनुभएको छ ।
सो कुरा अध्यक्ष प्रचण्डले
संक्रमणकालीन अर्थतन्त्र र आगामी बजेट विषयक बुधबार
काठमाडौंमा आयोजित अन्तर्त्रिmया
कार्यक्रममा बताउनुभएको
हो ।
'राष्ट्रिय स्वाधीनतामाथि गम्भीर
खतरा’
काठमाडौं, १७ असार
: नेकपा (माओवादी)का
वरिष्ठ नेता मोहन वैद्य 'किरणुले मधेसवादी दलहरूले
उठाएको 'एक मधेस एक प्रदेश’को
नाराले नेपाली राष्ट्रिय स्वाधीनताको अवस्था गम्भीर
बन्दै गइरहेको बताउनुभएको छ ।
'एक मधेस एक प्रदेश’
स्वीकार गर्न सकिँदैन : तीन
दल
काठमाडौं, १६ असार
: संविधानसभामा प्रतिनिधित्व गर्ने तीन ठूला दल
नेकपा (माओवादी), नेपाली
कांग्रेस र नेकपा (एमाले)ले
एक मधेस एक प्रदेशको मागलाई स्वीकार गर्न नसकिने
निष्कर्ष निकालेका छन् ।
देश बिखण्डन
गर्ने खेल भइरहे आन्दोलन :
प्रचण्ड
काठमाडौ, १५ असार
: नेकपा (माओवादी)का
अध्यक्ष प्रचण्डले देश बिखण्डन गर्ने खेल भइरहे देशभरि
आन्दोलन गरिने चेतावनी दिनुभएको छ । शेर्पा राष्ट्रिय मुक्ति
मोर्चाद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा
बोल्दै उहाँले भन्नुभयो-'एक साताभित्र पनि राजनीतिक
गतिरोध कायमै रहे देशभरका जनतालाई त्यसविरुद्धमा लाग्न
आग्रह गरिनेछ ।’
देश टुक्र्याउन
खोजे नयाँ ध्रुवीकरण :
विप्लव
काठमाडौं, १४ असार
: नेकपा (माओवादी)का
केन्द्रीय सचिवालय सदस्य नेत्रविक्रम चन्द 'विप्लव’ले
नेपाली कांग्रेसले विदेशीको षड्यन्त्रमा देश
टुक्र्याउन खोजे नयाँ ध्रुवीकरण हुने चेतावनी दिनुभएको
छ ।
'एक मधेस एक प्रदेशबारे
संविधानसभाले निर्णय गर्नुपर्छ’
काठमाडौं, १३ असार
: सत्ता साझेदार प्रमुख तीन दल नेकपा
(माओवादी), नेपाली कांग्रेस
र नेकपा (एमाले)का नेताहरूले
एक मधेस एक प्रदेशबारे सार्वभौम संविधानसभाले मात्र
निर्णय गर्नसक्ने बताएका छन् ।
सात दलबीच
सातबुँदे सहमति
काठमाडौं, ११ असार
: सात राजनीतिक दलबीच विस्तृत शान्ति
सम्झौतालगायत विभिन्न समयमा भएका सम्झौता, सहमति र
निर्णयलाई आत्मसात् गर्दै संविधानसभाबाट तोकिएको समयमा
नयाँ संविधान निर्माण गर्न र मुलुकलाई सङ्घीय
गणतन्त्रमा रूपान्तरण गर्न सातबुँदे सहमति भएको छ ।
अन्ततः
संविधानसभामा मतदान हुने
काठमाडौं, १० असार
: सात राजनीतिक दलबीच
मंगलबार लामो समयसम्म बसेको बैठक सहमति नजिक पुगेको
भनिए पनि अन्ततः असहमतिका बुँदाहरूमा संविधानसभामा
मतदान हुने भएको छ ।
'संविधानसभाले मात्र डेडलक
तोड्नसक्छ’
काठमाडौं, ९ असार
: नेकपा
(माओवादी)का केन्द्रीय सचिवालय सदस्य देव
गुरुङले थाती रहेका राजनीतिक मुद्दाहरूको समाधान
संविधानसभाबाट खोजिनुपर्ने बताउनुभएको छ । 'बालुवाटारबाट
समाधान गर्ने प्रयत्न धेरै गरियो, तर अब समाधान खोज्ने
थलो संविधानसभालाई बनाइनुपर्छ, त्यसले डेडलक
तोड्नुपर्छ,’
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले
भन्नुभयो ।
३ डीएसपीसहित १७
जना अधिकृतहरू नियन्त्रणमा, सशस्त्रका जवानहरु
आन्दोलित
नेपालगन्ज, ८ असार
: प्रहरी संगठनभित्र चरम अन्याय, अत्याचार र
भेदभाव भएको भन्दै शनिबार राती बाँकेको शमशेरगन्जस्थित
बागेश्वरी सशस्त्र गणका प्रहरी जवानहरू संगठित रूपमा
आन्दोलित भएका छन् ।
'कांग्रेसका कारण सहमति भएन’
काठमाडौं, ७ असार
: नेकपा (माओवादी)का
वरिष्ठ नेता मोहन वैद्य 'किरण’ले
'प्रधानमन्त्री कोइरालाको हठ र सत्तालिप्साका कारण
राजनीतिक सहमति जुट्न नसकेको बताउनुभएको थियो ।’
राजधानीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा
उहाँले त्यस्तो विचार व्यक्त गर्नुभएको हो ।
माओवादी
मन्त्रीहरुद्वारा राजीनामा
काठमाडौं, ६ असार
: सहमतिबाटै राजनीतिक निकास निकाल्न निकै
प्रयास गर्दागर्दै पनि कांग्रेसको सत्तालिप्साका कारण
दलहरुको बीचमा सहमति हुन सकेन । नयाँ जनादेशअनुसार
सरकार गठन गर्ने प्रक्रियाको ढोका नखुलेपछि अन्ततः
माओवादीका मन्त्री र राज्यमन्त्रीहरुले हिजो सात दलको
बैठकमा राजीनामा दिएका छन । राजीनामा पछि जनदिशालाई
अन्तर्वार्ता दिदै माओवादीका केन्द्रीय सचिवालय सदस्य
देव गुरुङले भन्नुभयो- 'प्रधानमन्त्रीले राजीनामा दिएर
नयाँ सरकार गठन गर्नका लागि मार्गप्रशस्त नगरेका कारण
हामीले राजीनामा दिएका हौं ।’
सत्ता नछाड्ने
गिरिजा हठ कायमै, माओवादीले आज सरकार छाड्ने सम्भावना
काठमाडौं, ५ असार
: प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले
बिहीबार पनि पदबाट राजीनामा नदिएका कारण हालसम्म कायम
रहेको सत्तारुढ गठबन्धन भंग हुने सम्भावना बढेको छ ।
सहमतिका आधारमा नयाँ सरकार गठन, शक्ति बाँडफाँड र अन्य
प्रक्रिया अघि बढ्ने अवस्था नरहेकाले नेकपा
(माओवादी) शुक्रबार
सरकारबाट अलग हुने सम्भावना बढेको छ ।
किन थुनिए एलडिओ
?
काठमाडौं, ४ असार
: विभिन्न कर्मचारी संगठनहरूले जिल्ला विकास
समितिका ललितपुरका स्थानीय विकास अधिकारी
(एलडिओ)डण्डुराज घिमिरेले
ठेकेदारहरूसँगको मिलेमतोमा अनियमित ढंगले ढुंगाखानी
सञ्चालन गरेको खुलासा गरेका छन् ।
'नयाँ
सरकार गठनबारे छलफल हुन्छ’
काठमाडौं, ३ असार
: नेकपा (माओवादी)का
वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तीन दलबीच आज हुने
वार्ता नयाँ सरकार गठनको प्रक्रियामा केन्दि्रत हुने
बताउनुभएको छ । मंगलबार तीन दलको वार्ता
सकिएपछि जनदिशासाग संक्षिप्त कुरा गर्दै वरिष्ठ नेता
भट्टराईले सो जानकारी दिनुभएको हो । यद्यपी उहाँले
राष्ट्रपतिको निर्वाचन, शक्ति र जिम्मेवारी बाँडफाँडको
विषयमा छलफल नटुङ्गएिको बताउनुभयो ।
'गिरिजाप्रसादका बाबु र म सँगै
जेल बसेका थियौं’
नेकपा (माओवादी)ले
कार्यकारी राष्ट्रपति नभई सेरेमोनियल राष्ट्रपति बन्ने
स्थिति हुने हो भने सबैलाई मान्य हुने खालको राष्ट्रिय
व्यक्तित्वलाई राष्ट्रपति बनाउनु पर्ने धारणा अगाडि
सारेको छ । पार्टी केन्द्रीय समितिको बैठकमा व्यापक
छलफलपछि यस्तो व्यक्तिलाई राष्ट्रपति बनाउँदा
राष्ट्रिय एकता कायम गर्न र सहमति एवं सहकार्य गर्न
समेत सजिलो हुने निष्कर्ष निकालेको थियो । माओवादीले
विभिन्न क्षेत्र र व्यक्तित्वलाई समेट्ने गरी पाँच
जनाको नाम भावी राष्ट्रपतिको रुपमा प्रस्तावित समेत
गरेको थियो । ती पाँचजनामध्ये एक हुनुहुन्छ-
रामराजाप्रसाद सिंह ।