|
जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक
 |
|
वर्ष १८, अंक
१८ ,
२०६५
चैत ४ गते, मंगलबार
(17
March 09,
Tuesday) |
|
समाचार |
|
|
|
रिपोर्ट/समाचार
विश्लेषण |
|
|
|
अन्तर्वार्ता |
|
|
|
बेलाबखत/यसपटक /समय सन्दर्भ |
|
|
|
विचार/दस्तावेज |
|
|
|
अर्थ राजनीति |
|
|
|
साहित्य
|
|
|
|
पाठक प्रतिक्रिया |
|
|
|
सम्पादकीय |
|
जननिर्वाचित
राजनीतिक नेतृत्वको कमाण्डमा आऊ
नेपाल सरकारले पदावधि पुगेका
पुराना सैनिक जर्नेलहरूको पदावधि नथपेको विषयमा
राजनीतिक टिकाटिप्पणी जारी छन् । सेनालाई राजनीतिकरण
गरिनु हुँदैन भनेर चर्को चर्को स्वरमा कुर्लनेहरू नै
एउटा मन्त्रालयले आपनो एक विभागका अवधि सकिएका
कर्मचारीका विषयमा गरेको कानुनसम्मत निर्णय माथि
राजनीतिक तर्क कुतर्क तेस्र्याएर राजनीतिकरण गरिरहेका
छन् । यसमा जनताबाट गत संविधानसभा चुनावमा पराजित
भएकाहरू, विगतका जनहत्यारो पञ्चायतकाल र जनहत्यारो
संसद्वादकालमा जनतामाथि लुटपाट र भ्रष्टाचार गरेकाहरू
लाजै नमानीकन गणतन्त्र नेपालको जननिर्वाचित सरकारलाई
यसो गर र यसो नगर भनेर आदेश दिने गर्दछन् । यो एक
विडम्बनाकै कुरा भएको छ ।
रक्षा मन्त्रालयले आकाशै खस्ने
कुनै काम गरेको छैन । पञ्चायतकालभरि र पछिल्लो
संसद्कालभरि जागिर गरेर सेवा अवधि पूरा गरेका
जर्नेलहरूलाई प्रचलित कानुनअनुसार घरै गएर आराम गर्ने
अवसर दिएको हो । अथवा अब उनीहरूको पदमै बसेर राज्यको
सेवा गर्ने कानुनी अधिकार सकिएको हो र सरकारको तजबीजमा
मात्र अरु तीन वर्ष उनीहरूले सरकारको सेवा गर्न पाउने
थिए । तर रक्षामन्त्री रामबहादुर थापाले सेनामा
राजनीतिकरणलाई अन्त्य गर्न उनीहरूलाई तीन वर्ष पदावधि
थप्न सकिने आपनो राजनीतिक अधिकार प्रयोग गर्नुभएन । बरु
कानुनलाई अक्षरशः पालना गरेर आठ जर्नेललाई आराम गर्ने
अवसर प्रदान गर्नुभयो । यो कुराबाट सैन्य अधिकारीहरू त
खुशी नै भएका छन् । जनता पनि खुशी छन् । तानाशाही
पञ्चायत खाएका, संसदीय भ्रष्ट व्यवस्था पनि खाएका
पुराना मान्छेहरू कानुनबमोजिम खुरुखुरु बिदा हुनु देश,
जनता र गणतन्त्रलाई राम्रै कुरा हो । तर केही राजनीतिक
दलहरू जसले पञ्चायत र संसदीय व्यवस्था दुवैको जगेर्नाका
लागि पसिना बगाएका छन् उनीहरू भने अत्यन्तै चिन्तित
भएका छन् ।
उनीहरूलाई जेसुकै होस् सरकारले
ठीक निर्णय गरेको छ । बरु यस्तो ठीक निर्णयलाई बेठीक
भन्दै हिंड्ने अनुशासनहीन र अराजक सेनापतिलाई पनि बिदा
गर्नुपर्ने हो । सरकारको आदेशै नमानी गृहयुद्ध भड्काउने
अभिप्रायले हजारौं सेनाभर्ती गर्ने, सेनालाई
राजनीतिकरण गर्न विभिन्न दरबारिया, पञ्चे र संसद्वादी
दलहरूसँग हारगुहार गर्ने अझ त्यसले पनि नपुगेर
राष्ट्रघात गर्दै विदेशीहरू गुहार्ने सेन्य नेतृत्वले
कसरी सरकारको मुख्य मेरुदण्ड सेना हाँक्न सक्छ ?
अराजकता, दण्डहीनता, राष्ट्रघात गर्ने र फौजलाई
राजनीतिकरण गर्ने सेनापतिलाई पनि अब अविलम्ब बिदा
गर्नुपर्ने जनादेश हो । सेन्य नैतिकता छ भने उनले आफै
बिदा लिनुपर्ने हो ।
इमान्दारिता, नैतिकता र
राष्ट्रप्रतिको माया नहुनेहरूलाई जनताले आफै पाठ
पढाउँछन् । जनयुद्ध, जनआन्दोलन, संविधानसभा, गणतन्त्र
यी सबै जनशिक्षालयबाट अनुमोदित पाठकहरू हुन् । अरु
पाठहरू पनि जनशिक्षालयमा पढिंदैछन् । त्यसैले
जननिर्वाचित राजनीतिक कमाण्डमा आऊ । अराजकता, दण्डहीनता
र राष्ट्रघातको दर्शन त्याग । यसैमा सबैको भलो हुनेछ । |
|
पुराना अंकहरु |
-
वर्ष १८, अंक
१८,
२०६५
चैत ४ गते, मंगलबार
(17
March 09,
Tuesday)
-
वर्ष १८, अंक
१६,
२०६५
फागुन
२०
गते, मंगलबार
(03
March 09,
Tuesday)
-
वर्ष १८, अंक
१५,
२०६५
फागुन १३
गते, मंगलबार
(25
February 09,
Tuesday)
-
वर्ष १८, अंक
१२,
२०६५
माघ
२१ गते, मंगलबार
(03
February 09,
Tuesday)
-
वर्ष १८, अंक
१०,
२०६५
माघ ०७ गते, मंगलबार
(20
January 09,
Tuesday)
-
वर्ष १८, अंक
० ९,
२०६५
पुस २९ गते, मंगलबार
(14
January 08,
Tuesday)
-
वर्ष १८, अंक
० ७,
२०६५
पुस १५ गते, मंगलबार
(30
Dec 08,
Tuesday)
-
वर्ष १८, अंक
०६,
२०६५
पुस ०८ गते, मंगलबार
(23
Dec 08,
Tuesday)
-
वर्ष १८, अंक
०५,
२०६५
पुस ०१ गते, मंगलबार
(16
Dec 08,
Tuesday)
-
वर्ष १८, अंक
०४,
२०६५
मङ्सिर
२४ गते, मंगलबार
(09
Dec 08,
Tuesday)
-
वर्ष १८, अंक
०३,
२०६५
मङ्सिर
१७ गते, मंगलबार
(02
Dec 08,
Tuesday)
-
वर्ष १८, अंक
०२,
२०६५
मङ्सिर
१० गते, मंगलबार
(25
Nov 08,
Tuesday)
-
वर्ष १८, अंक
०१,
२०६५
मङ्सिर
०३ गते, मंगलबार
(18
Nov 08,
Tuesday)
-
बर्ष १७ का अङ्कहरु
|
|
सम्पादक - कोमल बराल
कार्यकारी सम्पादक -
मनऋषि धिताल
प्रबन्ध सम्पादक -
अर्जुन थपलिया
कार्यालय ठेगाना -
क्षितिज मार्ग, शंखमुल, काठमाडौं
फोन/फ्याक्स -
०१-४७८५४३३
पोष्ट बक्स नं -
२३३६०, सुन्धारा, काठमाडौं
प्रकाशक - झिल्को
प्रकाशन प्रा.लि.
मुद्रण - एक्सप्रेस
कलर प्रेस प्रा.लि.
बुद्धनगर, काठमाडौं
Email - janadesh1@yahoo.com
Website - www.krishnasenonline.org |
|
|
|
|
 |
|
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव
नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका
नाममा सम्वोधन गर्नुहुँदै ।
तस्वीर : दिनेश श्रेष्ठ |
संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र
वर्ड फाइल
पीडीएफ फाइल |