विचार

मैले किन माओवादी पार्टी नै रोजें ?

- डा.विष्णुहरि नेपाल

विगत २०२१ सालदेखि अहिले २०६५ सम्म आइपुग्दा म वामराजनीतिमा संलग्न भएको ४४ वर्ष भएछ । उमेर अहिले ५८ वर्ष पुग्दैछु । मेरो राजनैतिक जीवनलाई फर्केर हेर्दा निकै तरंगहरू पैदा हुन्छन् । राजनीति, कूटनीति, प्रशासन, शिक्षण, व्यवस्थापन, आर्थिक विकासका मोडलहरू, पार्टी संलग्नता, निजी जीवनयापन, अन्तर्राष्ट्रिय सम्बन्धहरूको विकास, दक्षिण एसियाली क्षेत्रीय विकासका मोडलहरू, साहित्य सेवा, सीप विकास आदि जीवनका पाटाहरूलाई केलाउनुपर्ने हुन्छ । अरू जस्तासुकै र जत्रासुकै योगदान पुर्‍याएको भए तापनि केलाएर हेर्दा राजनीतिक जीवन नै अग्रपंक्तिमा आउने रहेछ । किनभने, २१औं शताब्दीमा राजनीतिले नै विज्ञान र प्रविधिलगायत अन्य विधालाई डोहोर्‍याउने कुरा ध्रुवसत्य छ ।

यसरी धरतीमा टेकेको विसं २००८ देखि २०२६ सालसम्मको जीवन मूलतः कसरी राम्रो नम्बर ल्याएर प्रथम हुने भन्ने कुराको अलावा साहित्यसेवामा बितेछ । पश्चिम पहाडबाट हाल नेकपा -माओवादी)का वरिष्ठ नेता क. डा. बाबुराम भट्टराई र पूर्वी पहाडबाट म आफैं विद्यालयस्तरीय परीक्षाहरूमा कहिल्यै दोस्रो नभई पाएको उपलब्धिमा २०२६ मा उपत्यकाको बोर्डको अधिपत्यलाई क.डा. भट्टराईले बोर्ड फस्ट गरेर तोड्नुभएको थियो, मेरो १८औं स्थानमात्र थियो ।

काठमाडौं आएपछि मलाई भने केही साथीहरूको प्रभावले बढी राजनीतितिरै घच्घच्याइरहयो । अस्कल आएपछि थाहा भयो, हामी त्यतिखेरको भाषामा 'बुर्जुवा शिक्षा' लिइरहेका रहेछौं । यो बुझेपछि मैले अचानक पढ्न छोडिदिए । सबैका लागि शिक्षा ल्याउने आमूल परिवर्तनको बाटो खोज्न भौतारिरहेा । २०२८ सालको झापा आन्दोलन सुरु नहुञ्जेलसम्म विभाजनले थिलथिलो भएको वाम आन्दोलनले हामीलाई सडकमै छोडिदियो । २०२८ पछि म झापा आन्दोलनमा आकषिर्त भए, त्यसैले अखिल पाचौंमा रहे । २०२१ को दोलखाको नाम्दूको स्ववियु सभापति, २०२७ को अस्कलको कार्यसमितिको शिक्षामन्त्री आदिका विजय अझै ताजै छन् । आन्दोलनका क्रममा धेरैपटक मृत्युनजिकबाट देख्नु सामान्य नै हो । तर, जब झापा आन्दोलनका धेरै कमरेडहरू मारिनुभयो अनि समातिनु भयो, यसले धेरै चोट पुर्‍यायो । पटक-पटकमध्ये २०३२ को जेल यात्राले चाहि पेसागत परिवर्तन ल्यायो । मेरो सिभिल इन्जिनियरिङको पढाइ माफ नमागेकाले छोड्न बाध्य गरायो । त्यसपछि 'कोओर्डिनेसन केन्द्र' हुदै २०३५ को नेकपा -माले) को अनुयायीको रूपमा उभ्यायो । तर, पार्टी सदस्यता भने अझै लिइएन । उल्लेख्य कुराचाहिा २०३२ सालमा जेलबाट छुटेपछि तीनजना विद्यार्थी फाटका नेताहरूबाट झापा आन्दोलनका नेताहरूले विशेष आशा राखे । ती थिए- क. राजेन्द्र पाण्डे, क. माधव पौडेल र म आफैं । माथिल्ला दुईजना गाउा पस्नुभयो । तर, मलाई भने अनौठो विचार आयो । झापा आन्दोलनका प्रायः सबै नेता समातिएपछि मलाई क्रान्ति ढिलो हुने लागेर सैन्य विद्रोह गराई छिटो सत्ता कब्जा गर्ने विचार आएर सिभिल-शिक्षकको रूपमा तत्कालीन शाही सेनामा प्रवेश गरे । सेनाले यो कुरा थाहा पाई २०३५ सालमा मलाई निकाल्न खोज्दा शिक्षण पक्षमा 'सैनिक विद्रोह' पनि भएको थियो । तर, यो इतिहासमा कतै उल्लेख छैन । मेरो जीवन-यात्रा पुस्तकमा यसको व्याख्या गर्नेछु । पछि जनताबाटै आएको क्रान्तिमात्र दिगो हुने कुरा बुझेपछि यो सत्ता कब्जाको सोच छोडी जनक्रान्तिमै होमिइयो ।

नेकपा (माले)को अवज्ञा :

२०३५ मा स्थापित नेकपा -माले)को मैले केवल एकपटक अवज्ञा गरेा, त्यो हो २०३६ जनमत संग्रहमा भाग लिने कुरा । सुरुमा मालेले बहिष्कारको नीति लियो, यो ठीक लागेन । खुलारूपमा आफ्नो विचार राख्न पाएका बेला जनतामा जानुपर्छ भनी म र क. चन्द्रराज ढुंगेललगायतका नेताहरूले आ-आफ्नो क्षेत्रमा गई आफ्नै हिसाबले जनचेतना जगाउने कार्य गर्‍यौं । मेरो क्षेत्रमा ९५ प्रतिशत निर्दल भनिएको ठाउमा ९७ प्रतिशत बहुदलमा मत खसेको थियो । यसैले यस क्षेत्रलाई २००७ सालको कालुमान उप्रेतीको कांग्रेसविरोधी युद्धदेखि जनमत संग्रह हुदै विगत स्थानीय चुनावमा आइपुग्दासम्म नेकपा -एमाले) को ९२.८ प्रतिशत मत खसेको नेपालभरकै सबभन्दा बलियो पकड भएको क्षेत्र मानिन्थ्यो । त्यसैले मेरो क्षेत्र दोलखा जिल्लाको लोकतन्त्रको रााकोको रूपमा लिइन्छ । तत्कालीन मालेले जनमत संग्रहको मुखमा आएर यसलाई सदुपयोग गर्ने नीति लिएको थियो । जुन पछिल्ला चुनावहरू- २०४३, २०४७-०४८, २०५१, २०५४ आदिका वर्षहरूमा पनि लागू भए । र लोकतन्त्र बलियो हुदै गयो । त्यसकारण यसपाली २१ चैत्रदेखि यहा मेरो उपस्थितिले जिल्लाभरिमा हजारौं र एकै दिनमा मेरो एउटै गाविसबाट मात्रै ५/६ सय कार्यकताको प्रवेशले एमाले आतंकित भएको थियो ।

पार्टी सदस्यता :

२०४७ सालमा नेकपा -एमाले) गठन भएलगत्तै भूमिगत रूपमा औपचारिक झण्डामुनि बस्नुपर्छ भन्ने लागेर जीविकाको लागि खाएको रा.प. द्वितीय श्रेणीमा जागिरे हुादाहुादै सदस्यता लिइयो र नेकपा -एमाले)लाई नै आफ्नो सम्पूर्ण जीवन र 'करिअर' लगानी गरिएको थियो । तीमध्ये आर्थिक रूपले निकै लाभप्रद स्विटजरल्यान्डको अफिस परित्याग, १९ वर्ष २ महिना -पेन्सन हुन १० महिना बााकी) को सरकारी उपसचिवबाट पार्टीको आह्वानमा राजीनामा -तीनपटक लोक सेवा आयोग टप गरिएको थियो, एक किसिमले मुख्य सचिव ढोकैमा थियो) गरियो । यसबीचमा तीनपटक राजदूत पद बहिष्कार गरियो । मालेको समयमा एउटा सूत्रबाट अफर भएको मन्त्री, केन्द्रीय सदस्य र दोलखा २ नम्बर क्षेत्रको टिकटको पनि बहिष्कार गरी पार्टी फोर्ने काम उचित नभएको भनी मूल धारमै पार्टी केन्द्रीय कमिटीअन्तर्गत पर्यटन समितिको संयोजक हुदै अन्तमा 'काठमाडौं विशेष' को जि.क. अन्तर्गत 'गैरसरकारी संस्था र कूटनीतिक समिति'को क्षेत्रीय इलाका सल्लाहकार भनेर पुरानो कुम्युनिस्ट नेता क. शिव श्रेष्ठलगायतलाई यसैमा थन्क्याइएको थियो । चुनावी प्रचारका क्रममा मलाई जिउादै मार्ने र २०६४ साल चैत्र २८ गतेपछि विश्व सर्वहारा क्रान्ति र नेपाली जनयुद्धका यस शताब्दीकै महान् नायकका रूपमा प्रमाणित हुनुभएका नेकपा -माओवादी)का श्रद्धेय अध्यक्ष क. प्रचण्डलाई समेत हिलो छयाप्ने दुश्साहस गरेको देख्दा श्रद्धेय क. मदन मण्डारीका हत्याराहरू अझै सक्रिय छन् भन्ने भान हुन्छ । यसले चैत्र २९ गते राति चरिकोटमा मलाई मार्ने योजना बनाएकोबाट अझ बढी पुष्टि हुन्छ । मदन भण्डारीका हत्याराहरू खबरदार, जनयुद्ध जारी छ । अनर्गल प्रचार नगर्नुहोस्, मलाई कारबाही गरिएको पनि छैन र चैत्र मसान्तसम्म मैले एमालेमा बुझाउने लेभीसमेत बुझाइएको छ । फेरि राजदूत हुनेभयो भनेर खुस्काउनलाई मेरो २०६३ साल वैशाख २७ गते प्रकाशित 'विक्ली मिरर'को 'संसद्बाटै गणतन्त्र घोषणा गर्नुपर्छ' भन्ने पहिलो राष्ट्रिय रूपमा सार्वजनिक माग भएको अन्तर्वार्ताको फलस्वरूप पासो थापी दरबारिया एजेन्टहरूद्वारा मेरो हत्या गर्न असफल प्रयास गरिएको थियो र नेकपा -एमाले)को शाही समूहले टुंगिएको केसलाई मेरो जिल्लाको शक्तिलाई सदाका लागि समाप्त पार्न पुनः प्रचारमा ल्याएको सबैलाई थाहा छ । नियोजित आक्रमण थियो त्यो भन्ने नेकपा -माओवादी)लाई पहिल्यै थाहा छ । तसर्थ बिनासर्त मैले २०६४ साल चैत्र २० गतेको नेकपा -माओवादी) प्रवेशबाट स्वतः नेकपा -एमाले) परित्याग गरेको हु । कुनै याचनाको सवालै पैदा हुदैन र जरुरत पनि छैन ।

महान् जनयुद्धप्रति मेरो अडान :

नेकपा -एमाले) मा रहेर पनि अनवरत रूपमा जनयुद्धलाई वर्ग-संघर्षका रूपमा हेरिएको र अमर शहीद क. रितबहादुर खड्कामार्फत 'प्रचण्डपथ'देखि लिएर यसका सैद्धान्तिक एवं व्यावहारिक पक्षलाई अनवरत सहयोग र सम्भावनालाई उजागर गरेको मेरो अन्तर्वार्ता जनयुद्ध सुरु भएको तीन महिनापछि जेठ २३ को 'छलफल'देखि लिएर आजसम्मका लेख, अन्तर्वार्ता, छलफल, भाषण र प्रस्तुतीहरूको सहयोगलाई कदर गरी नेकपा -माओवादी)ले दिएको जनयुद्धको सिपाहीको दर्जालाई म नतमस्तक भएर सलाम गर्दछु । मेरो ४४ वर्षको राजनीतिक जीवनमा यति खुसीको अनुभूति कहिल्यै भएको थिएन । म त बााकी जीवन सक्रिय क्रान्तिका लागि भूमिगत हुनुपरे पनि हुने भनी परिवारसाग कुरा मिलाई पार्टीकै आग्रहमा सार्वजनिक भएको थिएा । दोलखा दुवै सिट जितिन्छ भन्ने थाहा थियो । अन्यत्र त क. प्रचण्डले २८ गते चमत्कार हुन्छ भन्नुभएकोमा मात्र विश्वास थियो । भूमिगत हुनुपर्ने होइन, जनताले त सत्ता नै सुम्पिए Û यही नै २००६ सालदेखि २०५२ साल र त्यसपछिको २०५२ देखि २०६५ सम्मको नेकपा -माओवादी)को सशस्त्र क्रान्ति, भोटको क्रान्ति र अब आउने आर्थिक क्रान्तिको योजनाको सफल प्रयोगको फल हो । यो उचाइ प्राप्त गर्ने अरू पार्टीको क्षमतामा ह्रास भएको मलाई लागेको 'चेतनाबोध'मा गर्विभूत भएको छु । 'संविधानसभा' जनयुद्धको जीवन-मरणको प्रश्न भएकाले 'हंसैर्यथा क्षिर मिवांवु मद्यात्' भनेजस्तै दूधको दूध पानीको पानी छुटयाई, सालिग्राममा कसी लगाई नम्बरी, तेजाबी र पित्तल छुट्टयायनुपर्ने भएको हुदा नेपाली जनतासागै नेकपा -माओवादी) नै नम्बरी सुन हो भन्ने लागी म जनताको पंक्तिमा उभिएको हुा । यसमा नेकपा -एमाले) का साथीहरूलाई सुरुमा क. तुलसीलालको हाराहारीको जिम्मेवारी दिनुभएकोमा कृतज्ञता जाहेर गर्दछु । तर, तीन महिना राजदूत बनाएर जीवनभरि दास बनाउनुपर्छ भन्ने सामन्ती सोच त्याग्नुपर्दछ भन्ने विनम्र आग्रह गर्दछु । नेकपा -एमाले)मा पनि राम्रो नेतृत्वपंक्ति र कार्यकर्ता पनि छन् । मैले त अन्तिमसम्म पनि सुरुमा बृहत् गणतान्त्रिक मोर्चा, नभए वाम मोर्चा, त्यति पनि नभए माओवादी-एमाले मोर्चाको वकालत गरेको थिए । -हेर्नुहोस् राजधानी दैनिक ः २०६४/१२/२० ः फिचरः जुन दिनको अपराह्न म माओवादीमा सार्वजनिक भए) । केही सीप नलागेपछि समयमै ठीक ठाउमा उभिनुपर्ने भएकाले क. प्रचण्डले भन्नुभएजस्तो हिङको टालो हिङै आएपछि छोड्नुपर्ने भयो र क. डा. बाबुराम भट्टराईले भन्नुभएजस्तो रामै आएपछि खराउ पुजिरहनुपर्ने जरुरत भएन । यसमा मलाई गौरव लागेको छ ।

निष्कर्ष :

नेकपा -माओवादी)को राष्ट्रपतीय पद्धति नै मलाई उचित लाग्यो । एमालेको प्रधानमन्त्रीको चयन प्रत्यक्ष मतदानबाट गर्ने कुरा व्यावहारिक र सुहाउादो छैन । बरु कांग्रेसले जस्तो प्रधानमन्त्रीय पद्धति राखेको भए बेस हुन्थ्यो । माओवादीको जस्तो विस्तृत अध्ययन र प्रयोगसमेत गरिएको संघीय संरचना अरू पार्टीमा देखिएन । समानान्तर सरकार नै चलाएर आएको पनि अर्को पार्टी छैन । यथार्थमा नौ लाख वाईसीएल र तीस हजार जनसेनाले नै गणतन्त्र थेगेका हुन् । माओवादीको हतियार नभएको भए म स्पष्ट भन्दछु, नेपालमा गणतन्त्र थेगिने थिएन । जनशक्ति सागसागै हतियार पनि चाहिनेरहेछ । बारुदलाई ठीक ढंगले प्रयोग गर्ने विचार नै दुनियाँमा विजयी भएको छ । यसलाई केवल सैन्यवादी सोचमात्र हो भनी नलिन आग्रह गर्दछु । समानुपातिकको सवालमा माओवादीको अगाडि कोही छैन । 'संविधानसभा'कै लागि झन्डै १४ हजार शहीदको रगतको आहाल बनेको छ । यस्तो बेलामा हामी ठीक ठाउामा नउभिए २८ गतेपछि उभिएर हुन्छ ? हरेक कुराको समय हुन्छ । 'प्रचण्डपथ' र '२१औं शताब्दीको जनवाद' नै 'जनताको बहुदलीय जनवाद' भन्दा धेरै अगाडि बढेर विश्वको नै नमुना भएको जनमतलाई कदर गर्नुपर्छ । विदेशनीतिका सवालमा पनि माओवादीको 'राष्ट्रवाद' अरूभन्दा धेरै अगाडि छ । यसको सुरक्षाका लागि अब ऊसाग राष्ट्रिय सेना र जनमुक्ति सेना दुवै छ । आर्थिक फड्कोका मिहिन रूपबाट तयार पारिएका १० वर्षे, २० वर्षे र ४० वर्षे योजनाहरू र प्रतिबद्धताहरू अरू पार्टीमा छैनन् । व्यक्तिगत रूपमा पनि मेरो संसद्बाटै गणतन्त्र घोषणा गर्ने प्रस्ताव माओवादीले नै लागू गर्‍यो । मैले तयार पारेका आर्थिक कूटनीतिसम्बन्धी 'फोरटी-एच मोडल', 'निबक्याप वाटर मेनेजमेन्ट ट्वान्टीफस्ट सेन्चुरी मल्टिपर्पोस प्रोजेक्ट मोडल'- क्षेत्रीय जलमार्गको अवधारणा, 'एस.ए.-आर.आर.आर.-एस. मोडल' -दक्षिण एसियाली क्षेत्री जलविधिसम्बन्धी), अनि 'रिचिङ दि अनरिचेबल' अर्थात् दिगो शान्ति, विकास, द्वन्द्वबहिर्गमन, सुरक्षासम्बन्धी सिद्धान्त तथा 'सार्क प्याराडाइम सिफ्ट' अवधारणालाई लागू गर्नसक्ने पार्टी नेकपा -माओवादी) नै लागेकाले सार्वजनिक भएको हु । नेकपा -एमाले) का कमरेडहरूले आक्रोशित हुनुपर्ने र चित्त दुखाउनुपर्ने ठाउा नै छैन । आखिर अब खासगरी नेकपा -एमाले) ले पनि समाजवादी धारमै रहेर देश बनाउने हो भने माओवादीसाग सहकार्य नगरी धरै छैन, नत्र फेरि इतिहासमा अहिलेको चुनावभन्दा अर्को ठूलो भूल व्यहोर्नुपर्ने छ ।

-लेखक जापानका लागि एमालेका पूर्व राजदूत हुनुहुन्छ ।)

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd