दृष्टिकोण

निर्वाचन परिणामले गरेको फैसला र चुनौतीहरु

- विष्णुपकार श्रेष्ठ

नेपालमा जनपक्षीय राजनीतिक आन्दोलनको ५७ वर्षपछि आफूलाई शासन गर्ने कानुन आफैंले बनाउन प्रतिनिधि छनौट गर्ने ऐतिहासिक संविधानसभा सदस्यको निर्वाचन भर्खरै सम्पन्न भएको छ । बहुप्रतिक्षित यो निर्वाचन सम्पन्न हुादा आम नेपाली हषिर्त छन् । यो निर्वाचन सम्पन्न गर्न राज्यको नेतृत्वव गर्ने प्रमुख नेतृत्वगण धन्यवादका पात्र बनेका छन् । नेपाली जनता हषिर्त र खुशी हुनु स्वाभाविक हो किनकि यो निर्वाचनपश्चत् २४० वर्षदेखि एउटा परिवारमा सीमित शासकीय अधिकारको अन्त्य हुदैछ । सामन्ती राजतन्त्रको अन्त्य भै गणतन्त्रात्मक नेपाल निर्माण हुादैछ । केन्द्रीकृत सामन्ती राज्यव्यवस्थाको स्थानमा संघीय लोकतान्त्रिक व्यवस्था कायम हुादैछ । नेपाली व्यावहारिक रूपमै सबै जाति जनजातिको फूलबारी बन्दैछ ।

नेपाली जनताले यो अवसर त्यत्तिकै प्राप्त गरेको भने होइन । यसका लागि हजारौं हजार नेपाली सपूतहरूले आफ्नो जीवनको आहूति दिन पर्‍यो । हजारौं अझै बेपत्ता छन्, हजारौंले नारकीय कष्ट, यातना भोग्नपर्‍यो । यो ऐतिहासिक कार्य सम्पन्न भएको क्षण ती वीर सहिदहरूलाई सम्मान गर्नु, सलाम गर्नु सबै नेपालीको कर्तव्य हो । पंक्तिकार पनि सम्पूर्ण वीरवीरङ्गनालाई सलाम गर्न आफ्नो कर्तव्य ठान्दछ ।

संविधानसभाको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गरेर आफ्नो भाग्यको निर्माण आफै गर्ने अधिकार नेपालीले प्राप्त गरेका छन् । त्यस्तो अधिकार प्राप्त जनता र देश दक्षिण एशियामा नेपाली र नेपाल पहलो बनेको छ । भारत अंग्रेजहरूबाट स्वतन्त्र भएपछि संविधानसभामार्पत् भारतीय संविधान लेखिएको थियो तर त्यो सभा निर्वाचित थिएन अंग्रेजहरूले गठन गरिदिएको सभा थियो त्यो । नेपालमा भने विश्व इतिहासमा वीरलै घट्ने चमत्कारिक घटनाक्रमहरूको श्रृंखला निर्माण गर्दै नेपालको संविधान लेख्ने संविधानसभा सदस्यको निर्वाचन सम्पनन भएको छ । यो विश्वकै लागि एउटा नमूनाको निर्वाचन बनेको छ । यो परिघटनाले सम्पूर्ण नेपालीलाई विश्व समुदायले अभिवादन गरेका छन् । जनताको विपक्षमा आउने सबै खाले षड्यन्त्र परास्त गर्नसक्ने नेपालीहरू क्षमतावान, संयम र बहादुर नेपालीको रूपमा परिचित बन्न पुगेका छन् ।

नेपाली जनताले संविधानसभा निर्वाचनको ऐतिहासिक जिम्मेवारी मात्र पूरा गरेको छैन यो निर्वाचन परिणाममार्फत् महत्त्वपूर्ण फैसला पनि गरिदिएको छ । निर्वाचन परिणामलाई गहिराइसम्म पुगेर विश्लेषण गर्ने हो भने यसले मुख्यरूपले निम्न फैसला गरेको देखिन्छ ।

पहिलो यो देशको जिम्मेवारी अब नेकपा -माओवादी)लाई दिनुपर्दछ । किनकि नेकपा -माओवादी) मात्रै त्यस्तो वैकल्पिक शक्ति हो, जसले सदियौंदेखि शोषण, अन्याय, अत्याचार र विभेदमा परेका जनतालाई साथ दिनेछ । यो तथ्य १० वर्षे सशस्त्र युद्धमार्फत् नेकपा -माओवाद)ले प्रदर्शन गरेको व्यवहार र प्रतिबद्धताबाट पुष्टि भएको छ । त्यसलाई नेपाली जनताले गहिरोसाग मनन गरेका छन् । तसर्थ माओवादीप्रति जनता विश्वस्त छन् ।

दोस्रो निर्वाचन परिणामले जान्ने, बुझ्ने, टाठो शहर बजारमा बस्ने मीठो खाने र राम्रो लगाउने मात्र होइन, गाउागाउा र बस्तीबस्तीमा बस्ने एक आाग लगाउन नपाउने, कन्दमूल खाने पनि विवेकी छन् । को बदमास र को सज्जन छुट्याउन सक्षम छन् भन्ने यथार्थ स्पष्ट पारिदिएको छ । अब ग्रामीण क्षेत्रमा रहने सबैजसो नेपालीको राजनीतिक चेतना शहरिया अवसरवादीको भन्दा बढी छ तसर्थ उनीहरू कसैको प्रलोभन र झुट्टा आश्वासनमा अलमिलने छैनन् । संक्षेपमा नेपाली जनता राम्रो राजनीतिक सुझबुझ राख्दछन् भन्ने निष्कर्ष यो परिणामले स्पष्ट पारेको छ ।

तेस्रो नेपाली जनता लोकतन्त्रसहितको शान्ति चाहन्छन् । शान्ति अपरिहार्य हुादाहुादै पनि बिना लोकतन्त्रको शान्ति नेपाली जनतालाई ग्राहृय छैन र त्यस्तो शान्ति संघर्षशील दल र त्यसको नेतृत्वले मात्र ल्याउन सक्तछ, तसर्थ उनीहरूले संघर्षशील दलहरूलाई विजय बनाइदिएका छन् । चौथो यो परिणामले गत कालमा नेपाली जनतालाई भर्‍याङ बनाएर आफ्नो स्वार्थपूर्ति गर्ने दल र तिनका नेतालाई चुनीचुनी दण्डित गरिनुपर्दछ भन्ने मूर्त मान्यताका आधारमा दण्डित गरिदिएको छ । केपी ओलीदेखि गोविन्दराज जोशी, खुमबहादुर खड्कासम्मका उम्मेदवारहरूलाई पराजित गराएर नेपाली जनताले यो परिणामार्फत् अब आइन्दा भ्रष्टाचार नगर्न कडा उर्दी फर्मान गरेका छन् ।

पााचौं निर्वाचनपूर्व आफूलाई चुनावको मसिहा ठान्ने भ्रममा बसेकाहरूलाई उनीहरूको भ्रम साफ गरिदिएको छ, नेपाली जनता उनीहरूले जे भन्दछन् त्यही मान्ने हलिगोठाला हुन् भन्ने भ्रमको पर्दा च्यातिदिएको छ, उपत्यकाका १५ वटै क्षेत्रमा कुनै तालमेल नहुने भए १६औं क्षेत्रमा मात्र तालमेल गर्ने हुाकार दिने ईश्वर पोखरेलहरूको दम्भ यो परिणामले चकनाचूर पारिदिएको छ ।

छैठौं यो निर्वाचन परिणामले सबै क्षेत्र र वर्ग तथा उपयुक्त दललाई उसको चाहनानुसार उनीहरूको ल्याकत र व्यवहारका आधारमा उनीहरूको हैसियत तोकिदिएको छ । वर्गीय नभई जातीय र क्षेत्रीय नारामा आधारित फोरमको उम्मेदवार विजयी हुनुको पछाडि यही कारण विद्यमान छ ।

सातौं र महत्त्वपूर्ण कुरा निर्वाचन परिणामले नेपाललाई समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरलाई विजयी गराएको छ । राजतन्त्रलाई यो वा त्यो बहानामा कायम राख्न खोज्ने सबैजसो व्यक्ति यो निर्वाचनमा पराजित भएका छन् ।

यसरी संविधानसभा निर्वाचन परिणामभित्र अन्तरनिहित भावनालाई संक्षेपीकरण गर्न सकिन्छ । संविधानसभा निर्वाचनको परिणामले दिएको फैसला यथार्थमा जनता भनेका जनार्दन हुन् उनीहरूको फैसला न्यायोचित हुन्छ भन्ने नै हो ।

नेकपा -माओवादी)ले देशव्यापी रूपमा विजय हासिल गर्नुका पछाडि जनताका अनगिन्ती आकांक्षाले काम गरेको छ, मुख्य रूपले माओवादीको विजय शोषित पीडित जनताको मुक्तिको खातिर भएको विजय हो, अन्याय गर्नेहरूलाई दण्डित गरेर नेपाललाई समृद्धिको मार्गमा अग्रसर गराउने आकांक्षा साथ गरिएको विजय हो, भ्रष्टाचार, दुराचार अन्त्यका लागि गरिएको संकल्प र चाहनाको परिणाम हो आर्थिक क्रान्तिका लागि, समृद्धिका लागि र मुख्य रूपले आर्थिक, सामाजिक रूपान्तरणका लागि गराइएको विजय हो । साम्राज्यवाद र विस्तारवाद नीति विरुद्ध व्यक्त गरिएको अभिमतको नतिजा हो । राष्ट्रियताको संरक्षण र सम्बर्द्धनका लागि प्रदान गरिएको मतको परिणाम हो । वास्तवमा नेकपा -माओवादी)लाई गराइएको यो विजय अध्यक्ष क.प्रचण्डले भन्नुभएजस्तै 'नेपाली जनताले शर्तसहित गराएको' विजय हो ।

यदि नेपाली जनताले आफ्नो शर्त माओवादीले पूरा गरेन भने कुनै पनि बेला आफ्नो समर्थन फिर्ता लिन सक्नेछन् । तसर्थ, नेकपा -माओवादी)को सामु हाल धेरै ठूलठूला चुनौतीहरू विद्यमान छन् । ती चुनौतीहरूमध्ये पहिलो चुनौती भनेको जनआकांक्षाअनुरूपको संविधान लेखन हो । त्यसका लागि निश्चय नै धेरै ठूलो वैचारिक संघर्ष गर्न जरुरत छ । दोस्रो त्यस्तो वैचारिक संघर्षका लागि उपयुक्त पार्टी संगठन निर्माण आवश्यक हुन्छ । त्यस्तो पार्टी निर्माणमा पनि ठूलो चुनौती हुने स्पष्ट देखापरेको छ । निम्न पुाजीपतिवर्गको बाहुल्यता रहेकेा हाम्रो समाजमा शक्तिका वरिपरि घेराबन्दी गरेर नेतृत्व र वर्गीय पक्षधर निरन्तर क्रान्तिका पक्षपाती कार्यकर्ताबीच सम्बन्ध टुटाउने र आफ्नो स्वार्थपूरा गर्ने वर्ग, व्यक्ति, समूह क्रियाशील हुने हुन्छ । निर्वाचनको यो विजयपश्चात सत्तालाई सदैव प्रयोग गरिरहेको वर्ग फेरि पनि रूप बदल्दै देखापर्नेछन् त्यस्ता लक्षणहरू कतिपय पार्टी संगठनमा पार्टी शान्ति प्रक्रियामा आएपश्चात् देखि नै देखापरेका छन् । त्यो प्रवृत्तिलाई परास्त गर्ने चुनौती पनि कम कठिन चुनौती छैन ।

चिकपा सत्तामा पुगेपछि एकपटक कमरेड माओले भन्नुभएको थियो 'साम्राज्यवादी र प्रतिक्रियावादीका अनेकौं शक्तिशाली गोलीले ढाल्न नसकेका हाम्रा कमरेडहरू सत्ताको गोलीले पर्लकपर्लक ढलेका छन् यो चुनौती पनि नेकपा -माओवादी) सामु आउन सक्ने चुनौती हो । किनकि राज्यसत्ता व्यक्ति र समूहलाई भ्रष्ट र नष्ट गराउने माध्यम हो । यो भट्टीमा भर्खरै प्रवेश गरिरहादा यो चुनौतीलाई चानचुने चुनौती मानिनु हुादैन ।

यतिबेला जनताका आकांक्षा र चाहना आकासिएको छ । जनआकांक्षा र स्रोतको बीच ठूलो अन्तर अर्थात् खाडल छ । त्यो आकांक्षा र स्रोतको सन्तुलन कायम गराउने अर्काे चुनौती छ ।

कम्युनिष्टविरोधी तागतहरू एक भएर राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रबाट माओवादी पार्टीलाई असफल बनाउन प्रयत्न गर्नेछन् । त्यो प्रयत्नले अपि्रय स्थिति सिर्जना गर्न सक्ने चुनौती पनि विद्यमान छ । यसका साथै नयाँ नेपालको निर्माणका लागि सबैखाले पुरानो संरचनाको विघटन र नयाँ संरचनाको गठन अनिवार्य हुन्छ त्यो कार्य कम चुनौतीपूर्ण छैन । जेहोस् नेकपा -माओवादी) जो वैधानिक ढंगले राज्य सञ्चालनको तथा नयाँ नेपाल निर्माणको नेतृत्व गर्दैछ जसका अगाडि चुनौतीहरूको ठूलै पहाड विद्यमान छ र सर्वप्रथम नेपाली जनतालाई धोका दिएर भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्नेहरूको मार्ग अवरुद्ध पार्दै राष्ट्रियताको रक्षा गर्दछ भन्ने विश्वास दिलाउादै आर्थिक-सामाजिक रूपान्तरण गर्ने तथा सामाजिक न्यायाको नीतिको सहित श्वेतपत्र पार्टीले तुरुन्त तयार गर्नुपर्दछ । यो श्वेतपत्र नैजनताले बुझ्ने नेपाल र नेपालीको समृद्धताको संकेत हो । समस्याको सामना गरेर नै प्रगतिको मार्ग र गति दुवै पत्ता लगाउन सकिन्छ यसमा नेकपा -माओवादी) र यसको नेतृत्व वर्ग पूर्ण ज्ञाता छन् भन्ने तथ्य आम नेपालीले आत्मसात गरेकै विषय हो । निश्चय नै नयाँ परिवेशमा नयाँ चुनौतीहरू नयाँ ढंगले उपस्थित भएका छन् यो अवस्थामा देश र जनताका खातिर विगतमा भन्दा अझ माथिल्लो स्तरबाट पार्टीपंक्ति र आम जनता सजग र सचेत हुनुपर्दछ । चुनौतीहरूको समाधान गर्न कुशल नेतृत्व प्राप्त गरेको नेकपा -माओवादी) मात्र एउटा विकल्प हो जसले गरिबी, अशिक्षा, अन्याय र विभेदमा परेका नेपालीहरूको समृद्धि र मुक्ति सम्भव गराउन सक्तछ ।

निर्वाचनको परिणामले दिएको फैसला कार्यान्वयनको यो घडीमा सबै तहमा राष्ट्रिय सहमति, बुद्धिमत्तापूर्ण चाल, दम्भ परित्याग, सुझबुझयुक्त कुटनीति, जनताको सेवा प्रवाहमा दृढ कदम, सम्भव कामहरूको सम्पन्नताको समय सारिणीसहितको श्वेतपत्र जारी जस्ता कार्यहरूमा पार्टीका सबै पंक्ति गम्भीर बन्नु आजको खााचो हो । नेपाली समाजलाई सबै प्रकारको शोषणबाट मुक्त गराउने यो अवसरलाई सबैले आ-आफ्नो क्षमता र तागतको उच्चतम प्रयोग गर्ने बेला हो यो । असल नाविक पाएको डुंगा नडुबेजस्तै कुशल नेतृत्व प्राप्त गरेको नेपाल सबै प्रकारका चुनौतीहरूको सामना गर्दै जनताद्वारा हालै गरेको फैसला कार्यान्वयनमा सफल बन्नेछ । चिन्ता गरौं, शंका नगरौं ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd