कहिल्यै
नबिर्सने चौतारा मोर्चा :
एक अनुभूति
-
चन्द्रमान श्रेष्ठ
२०६३ बैशाख १० गते राति ९ बजे
सिन्धुपाल्चोक जिल्लाको चौतारा युद्ध मैदान बन्न पुग्यो
। जनमुक्ति सेनाका योद्धाहरूले त्यतिबेलाका सेना
पुलिसका घरहरूमा राति ९ बजे पहिलो फायर खोलेका थिए ।
गोलीका आवाज र बमका धमाकाहरूले छिनभरमै चौतारालाई
स्तब्ध बनायो । करिब २ घण्टाको लडाइँपछि ब्यारेक र
चौकीका जवानहरूको रुवावासी थाम्न नसक्ने गरी सुरु हुन
थाल्यो । जनमुक्ति सेनाको प्रहारबाट उनीहरू जति घाइते
हुँदै गइरहेका थिए त्यही अनुपातमा सेना र पुलिसको गोली
र बमका छर्राहरू लागि जनमुक्ति सेनाका योद्धाहरू पनि
घाइते हुादै थिए । गम्भीर घाइते भएका योद्धाहरू सहिद
भए । घण्टौसम्म लडाइँ जारी रहादा पनि लडाइँलाई कसरी
विजयमा पुर्याउने भन्ने उपायको खोजी गर्दै
कमाण्डरहरूले आक्रमणलाई बढाइरहेका थिए । यहाँ न त
जनमुक्ति सेनाले न त सेना र पुलिसले जित्ने नै देखियो
। सेना र पुलिसले लडाइँलाई लम्ब्याउादै लगि बिहान
पार्ने र लडाइँलाई विजयमा पुर्याउने कार्यनीतिमा र
जनमुक्ति सेना रातमै सेना र पुलिसको अड्डाहरू कब्जा गरी
सुरक्षित स्थानमा र्फकने कार्यनीतिमा लडाइँ अगाडि बढेको
थियो । यो कार्यनीति दाउपेज दुवैको सफल हुन सकेन र
पूर्णरूपमा कसैले कसैलाई पनि हराउन सकेनन् । रात
छिप्पिदै जाादा लडाइँ झनझन पेचिलो र जटिल बन्दै गयो ।
लडाइँको क्रममा जनमुक्ति सेनाका योद्धाहरू पुलिस र
सेनालाई कब्जामा लिन जति दाउ खोज्छन्, अगाडि बढ्छन्
त्यति नै सेना र पुलिसले आफ्नो घर र आफ्नो हतियारलाई
जोगाउन गोली वषर्ाइरहे । जनमुक्ति सेना सचेत ढंगले
जनताको मुक्तिका लागि जीवनमरणको लडाइँ लडिरहेको अनुभूति
हुन्थे भने सेना र पुलिस नुनको सोझो र जीवनको रक्षाका
लागि लडेका थिए ।
समय बित्दै जादाँ लडाकु योद्धाहरू
धेरै नै घाइते भएको खबर डिभिजन हेडक्वार्टरमा आयो ।
डिभिजन कमाण्डरलाई साथीहरू घाइते भएको खबर सँगसँगै
बिरामी बोक्ने स्वयंसेवक साथीहरू पनि पठाइदिनु पर्यो
भनी खबर निरन्तर आउन थाल्यो । यसका साथै तीनवटै आर्कका
वि्रगेड कमाण्डरहरूले डिभिजन कमाण्डरलाई आर्कमा भएको
प्रगतिको विषयमा रिपोर्टिङ्ग पनि गरिरहेका थिए ।
कमाण्डरहरूको रिपोर्ट सुन्दै जाँदा लडाइँलाई विजयमा
पुर्याउन सकिन्छ भन्ने विश्वास पैदा हुन्थ्यो ।
डिभिजन कमाण्डर आफ्ना वि्रगेड कमाण्डरलाई अर्को आर्कको
प्रगति रिपोर्ट सुनाउादै अझै अफेन्स गर्ने निर्देशन
दिनुहुन्थ्यो ।
कमभन्दा कम क्षतिलाई व्यहोर्दै
धेरैभन्दा धेरै उपलब्धि हासिल गर्ने नीतिमा टेकेर हरेक
फौजी कारबाही सञ्चालन गर्नु जनमुक्ति सेनाको उद्घोष
थियो । यही मान्यताको आधारमा लडिएको चौतारा मोर्चालाई
जीवनमा कहिल्यै पनि बिर्सन सकिंदैन । जुन मोर्चाको
तयारीदेखि अन्तिमसम्म म पनि सहभागी हुन पाएको थिएँ ।
तेस्रो डिभिजनअन्तर्गत बेथान,
बासु र प्रताप वि्रगेड गरी तीन वटा वि्रगेडका छानिएका
लडाकु योद्धाहरूद्धारा चौतारा मोर्चा लडिएको थियो ।
राति ९ बजे देखि सुरु भएको लडाइालाई विजयमा पुर्याउनका
लागि योद्धाहरूले तयारीका सबै अस्त्रहरू प्रयोग गरेका
थिए । तर व्यावहारिक रूपमै सोचेजस्तो गरी ती सेना र
प्रहरीको अस्त्रलाई कब्जा गर्न सकिएन । लड्दै जाादा
रात बित्दै जान थाल्यो । मोर्चालाई अन्तिम छिनोफानोमा
पुर्याउन कमाण्डरहरू हतारिरहेका थिए । तर अन्ततः योजना
पूर्णरूपमा कार्यान्वयन गर्न नपाइ टोली रिटि्रट हुन
थाल्यो ।
लडाइँका थुप्रै मोर्चाहरूको बयान
सुन्ने र साथीहरूको विजयमा गर्व गर्दै थियौं । अझै
कतिपय मोर्चाको नजीक नजिकबाट लडाइाका खबरहरू बटुल्ने र
सञ्चारमार्फत आम जनतामा सम्प्रेषण गर्ने काम पनि गर्दै
आएको थियो । यही सिलसिलामा चौतारा मोर्चाको प्रत्यक्ष
अनुभूति गर्ने अवसर पाएर खुसीसाथ भाग लिए पनि ।
त्यतिबेलाको डिभिजन कमिसार क.अनन्तले सञ्चारको एउटा
टोली कमाण्डर क.विविधसाग रहने गरी पठाउनुभयो । सञ्चार
टोलीको काम मोर्चामा जे देखियो त्यसलाई जनतासम्म पुर्याउने
थियो । यही जिम्मा पूरा गर्ने क्रममा हाम्रो भागमा
मृत्यु नै किन नपरोस् त्यसको सामना गर्ने आँट र
हिम्मतका साथ सञ्चारको टोली डिभिजन कमाण्डरसँगै अगाडि
बढ्यो । कमाण्डरसँगै रहेर हाम्रो टोलीले प्रत्यक्ष
रूपमा युद्ध मैदानको अनुभूति गरिरहेको थियो । अचानक
हाम्रो टोलीको बीचमा घरहरूलाई हल्लाउादै ठूलो आवाजका
साथ विस्फोट भयो । यो विस्फोटबाट कमाण्डरसहित हामी १६
जनालाई बमको धमाकाले उचालेर पछार्यो । करिबकरिब १० जना
जति बोकेर लानुपर्ने गरी घाइते भए भने ६ जना अझै काम
गर्न सक्ने नै भए । त्यसमा म सबभन्दा बढी घाइते भएको
थिएा ।
मलाई साथीहरूले बोकेर सुरक्षित
ठाउामा लान खोज्नुभयो तर सेनाले फालेको भेरीलाइटको
कारण साथीहरूले मलाई लान सक्नुभएन र बीच बाटामा नै
छोडेर जानुभयो । घाइते भई पाखामा लडिराखेको अवस्थामा
रिटि्रट भएका पाँच जना लडाकु योद्धाहरूले भेट्नुभयो र
उहाँहरूले मलाई बोक्दै, घिसार्दै र धकेल्दै जसरी
हुन्छ साथीहरूको सम्पर्कमा पुर्याउने काम गर्नुभयो ।
उहाँहरू भन्नुहुन्थ्यो कमरेड तपाईंलाई हामी छोडेर पनि
जान सक्दैनौ अलि छिटो हिंड्नुस् दुश्मन हाम्रो पछिपछि
आइरहेको छ । सकेसम्म साथीहरूको सहयोगमा हिंड्ने कोसिस
गरे र साथीहरू भएको ठाउामा पुगे । ११ गते बिहान ९
बजेसम्म आफू घाइते भएको थाहा पाएा र त्यसपछि बेहोस भएा
। केवल १६ गते मात्र होसमा आएा त्यतिबेला म काठमाडौंको
ओम अस्पतालको बेडमा थिएा । २६ दिनसम्म म अस्पतालमा नै
बसे । त्यसपछि डाक्टरको सल्लाह अनुसार म घर फर्किएा ।
बैशाख १० गते लडिएको चौतारा
मोर्चा आजै जस्तो लाग्छ तर दुई वर्ष बितिसकेछ । यो
मोर्चामा होनाहार पाँच जना लडाकु योद्धाहरूले जीवनको
बलिदान गर्नुभयो भने दर्जनौ योद्धाहरू अपाङ्ग भए ।
कसैले हात गुमाए, कसैले आँखा गुमाए, कसैले कान गुमाए,
कसैले खुट्टा गुमाए र कसैको शरिर छियाछिया भयो । जनताको
मुक्तिका लागि मर्न र अपाङ्ग हुन सचेत ढंगले तयार भएका
योद्धाहरूको साहस र बलिदानबाट नै जनताका इच्छा विपरीत
जाने सबै क्रमशः बढारिदै जान थालेका छन् । यी सबै
निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा गर्नका
लागि थियो । यसको लागि जनमुक्ति सेनाका योद्धाहरूले
थुप्प्रै मोर्चाहरू लडेका छन् । लडेका धेरै मोर्चा
जितेका छन् भने थोरै मोर्चा मात्र हारेका छन् । जित र
हार भएका दुवै मोर्चाबाट शिक्षा लिंदै जनमुक्ति सेनाका
योद्धाहरूले अर्को मोर्चालाई विजयमा पुर्याउने आधार
भेटाएका थिए । यसरी लड्दै जाने मोर्चामध्ये चौतारा
मोर्चा जनमुक्ति सेनाको अन्तिम मोर्चा बन्न पुग्यो ।
यही मोर्चाको सन्देशले शाही शासनको अन्त्य र
लोकतान्त्रिक शासनको सुरुआत भयो । यसरी मोर्चामा रगत
बगाएर अगाडि बढ्ने योद्धाहरूले भन्ने गरेको जनताको
गणतन्त्र कार्यान्वयन गर्ने दिन नजिक नजिक आइरहेको छ ।
-लेखक जनदिशा दैनिकका सम्पादक
हुन् ।)