कहिल्यै नबिर्सने चौतारा मोर्चा : एक अनुभूति

- चन्द्रमान श्रेष्ठ

२०६३ बैशाख १० गते राति ९ बजे सिन्धुपाल्चोक जिल्लाको चौतारा युद्ध मैदान बन्न पुग्यो । जनमुक्ति सेनाका योद्धाहरूले त्यतिबेलाका सेना पुलिसका घरहरूमा राति ९ बजे पहिलो फायर खोलेका थिए । गोलीका आवाज र बमका धमाकाहरूले छिनभरमै चौतारालाई स्तब्ध बनायो । करिब २ घण्टाको लडाइँपछि ब्यारेक र चौकीका जवानहरूको रुवावासी थाम्न नसक्ने गरी सुरु हुन थाल्यो । जनमुक्ति सेनाको प्रहारबाट उनीहरू जति घाइते हुँदै गइरहेका थिए त्यही अनुपातमा सेना र पुलिसको गोली र बमका छर्राहरू लागि जनमुक्ति सेनाका योद्धाहरू पनि घाइते हुादै थिए । गम्भीर घाइते भएका योद्धाहरू सहिद भए । घण्टौसम्म लडाइँ जारी रहादा पनि लडाइँलाई कसरी विजयमा पुर्‍याउने भन्ने उपायको खोजी गर्दै कमाण्डरहरूले आक्रमणलाई बढाइरहेका थिए । यहाँ न त जनमुक्ति सेनाले न त सेना र पुलिसले जित्ने नै देखियो । सेना र पुलिसले लडाइँलाई लम्ब्याउादै लगि बिहान पार्ने र लडाइँलाई विजयमा पुर्‍याउने कार्यनीतिमा र जनमुक्ति सेना रातमै सेना र पुलिसको अड्डाहरू कब्जा गरी सुरक्षित स्थानमा र्फकने कार्यनीतिमा लडाइँ अगाडि बढेको थियो । यो कार्यनीति दाउपेज दुवैको सफल हुन सकेन र पूर्णरूपमा कसैले कसैलाई पनि हराउन सकेनन् । रात छिप्पिदै जाादा लडाइँ झनझन पेचिलो र जटिल बन्दै गयो । लडाइँको क्रममा जनमुक्ति सेनाका योद्धाहरू पुलिस र सेनालाई कब्जामा लिन जति दाउ खोज्छन्, अगाडि बढ्छन् त्यति नै सेना र पुलिसले आफ्नो घर र आफ्नो हतियारलाई जोगाउन गोली वषर्ाइरहे । जनमुक्ति सेना सचेत ढंगले जनताको मुक्तिका लागि जीवनमरणको लडाइँ लडिरहेको अनुभूति हुन्थे भने सेना र पुलिस नुनको सोझो र जीवनको रक्षाका लागि लडेका थिए ।

समय बित्दै जादाँ लडाकु योद्धाहरू धेरै नै घाइते भएको खबर डिभिजन हेडक्वार्टरमा आयो । डिभिजन कमाण्डरलाई साथीहरू घाइते भएको खबर सँगसँगै बिरामी बोक्ने स्वयंसेवक साथीहरू पनि पठाइदिनु पर्‍यो भनी खबर निरन्तर आउन थाल्यो । यसका साथै तीनवटै आर्कका वि्रगेड कमाण्डरहरूले डिभिजन कमाण्डरलाई आर्कमा भएको प्रगतिको विषयमा रिपोर्टिङ्ग पनि गरिरहेका थिए । कमाण्डरहरूको रिपोर्ट सुन्दै जाँदा लडाइँलाई विजयमा पुर्‍याउन सकिन्छ भन्ने विश्वास पैदा हुन्थ्यो । डिभिजन कमाण्डर आफ्ना वि्रगेड कमाण्डरलाई अर्को आर्कको प्रगति रिपोर्ट सुनाउादै अझै अफेन्स गर्ने निर्देशन दिनुहुन्थ्यो ।

कमभन्दा कम क्षतिलाई व्यहोर्दै धेरैभन्दा धेरै उपलब्धि हासिल गर्ने नीतिमा टेकेर हरेक फौजी कारबाही सञ्चालन गर्नु जनमुक्ति सेनाको उद्घोष थियो । यही मान्यताको आधारमा लडिएको चौतारा मोर्चालाई जीवनमा कहिल्यै पनि बिर्सन सकिंदैन । जुन मोर्चाको तयारीदेखि अन्तिमसम्म म पनि सहभागी हुन पाएको थिएँ ।

तेस्रो डिभिजनअन्तर्गत बेथान, बासु र प्रताप वि्रगेड गरी तीन वटा वि्रगेडका छानिएका लडाकु योद्धाहरूद्धारा चौतारा मोर्चा लडिएको थियो । राति ९ बजे देखि सुरु भएको लडाइालाई विजयमा पुर्‍याउनका लागि योद्धाहरूले तयारीका सबै अस्त्रहरू प्रयोग गरेका थिए । तर व्यावहारिक रूपमै सोचेजस्तो गरी ती सेना र प्रहरीको अस्त्रलाई कब्जा गर्न सकिएन । लड्दै जाादा रात बित्दै जान थाल्यो । मोर्चालाई अन्तिम छिनोफानोमा पुर्‍याउन कमाण्डरहरू हतारिरहेका थिए । तर अन्ततः योजना पूर्णरूपमा कार्यान्वयन गर्न नपाइ टोली रिटि्रट हुन थाल्यो ।

लडाइँका थुप्रै मोर्चाहरूको बयान सुन्ने र साथीहरूको विजयमा गर्व गर्दै थियौं । अझै कतिपय मोर्चाको नजीक नजिकबाट लडाइाका खबरहरू बटुल्ने र सञ्चारमार्फत आम जनतामा सम्प्रेषण गर्ने काम पनि गर्दै आएको थियो । यही सिलसिलामा चौतारा मोर्चाको प्रत्यक्ष अनुभूति गर्ने अवसर पाएर खुसीसाथ भाग लिए पनि । त्यतिबेलाको डिभिजन कमिसार क.अनन्तले सञ्चारको एउटा टोली कमाण्डर क.विविधसाग रहने गरी पठाउनुभयो । सञ्चार टोलीको काम मोर्चामा जे देखियो त्यसलाई जनतासम्म पुर्‍याउने थियो । यही जिम्मा पूरा गर्ने क्रममा हाम्रो भागमा मृत्यु नै किन नपरोस् त्यसको सामना गर्ने आँट र हिम्मतका साथ सञ्चारको टोली डिभिजन कमाण्डरसँगै अगाडि बढ्यो । कमाण्डरसँगै रहेर हाम्रो टोलीले प्रत्यक्ष रूपमा युद्ध मैदानको अनुभूति गरिरहेको थियो । अचानक हाम्रो टोलीको बीचमा घरहरूलाई हल्लाउादै ठूलो आवाजका साथ विस्फोट भयो । यो विस्फोटबाट कमाण्डरसहित हामी १६ जनालाई बमको धमाकाले उचालेर पछार्‍यो । करिबकरिब १० जना जति बोकेर लानुपर्ने गरी घाइते भए भने ६ जना अझै काम गर्न सक्ने नै भए । त्यसमा म सबभन्दा बढी घाइते भएको थिएा ।

मलाई साथीहरूले बोकेर सुरक्षित ठाउामा लान खोज्नुभयो तर सेनाले फालेको भेरीलाइटको कारण साथीहरूले मलाई लान सक्नुभएन र बीच बाटामा नै छोडेर जानुभयो । घाइते भई पाखामा लडिराखेको अवस्थामा रिटि्रट भएका पाँच जना लडाकु योद्धाहरूले भेट्नुभयो र उहाँहरूले मलाई बोक्दै, घिसार्‍दै र धकेल्दै जसरी हुन्छ साथीहरूको सम्पर्कमा पुर्‍याउने काम गर्नुभयो । उहाँहरू भन्नुहुन्थ्यो कमरेड तपाईंलाई हामी छोडेर पनि जान सक्दैनौ अलि छिटो हिंड्नुस् दुश्मन हाम्रो पछिपछि आइरहेको छ । सकेसम्म साथीहरूको सहयोगमा हिंड्ने कोसिस गरे र साथीहरू भएको ठाउामा पुगे । ११ गते बिहान ९ बजेसम्म आफू घाइते भएको थाहा पाएा र त्यसपछि बेहोस भएा । केवल १६ गते मात्र होसमा आएा त्यतिबेला म काठमाडौंको ओम अस्पतालको बेडमा थिएा । २६ दिनसम्म म अस्पतालमा नै बसे । त्यसपछि डाक्टरको सल्लाह अनुसार म घर फर्किएा ।

बैशाख १० गते लडिएको चौतारा मोर्चा आजै जस्तो लाग्छ तर दुई वर्ष बितिसकेछ । यो मोर्चामा होनाहार पाँच जना लडाकु योद्धाहरूले जीवनको बलिदान गर्नुभयो भने दर्जनौ योद्धाहरू अपाङ्ग भए । कसैले हात गुमाए, कसैले आँखा गुमाए, कसैले कान गुमाए, कसैले खुट्टा गुमाए र कसैको शरिर छियाछिया भयो । जनताको मुक्तिका लागि मर्न र अपाङ्ग हुन सचेत ढंगले तयार भएका योद्धाहरूको साहस र बलिदानबाट नै जनताका इच्छा विपरीत जाने सबै क्रमशः बढारिदै जान थालेका छन् । यी सबै निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा गर्नका लागि थियो । यसको लागि जनमुक्ति सेनाका योद्धाहरूले थुप्प्रै मोर्चाहरू लडेका छन् । लडेका धेरै मोर्चा जितेका छन् भने थोरै मोर्चा मात्र हारेका छन् । जित र हार भएका दुवै मोर्चाबाट शिक्षा लिंदै जनमुक्ति सेनाका योद्धाहरूले अर्को मोर्चालाई विजयमा पुर्‍याउने आधार भेटाएका थिए । यसरी लड्दै जाने मोर्चामध्ये चौतारा मोर्चा जनमुक्ति सेनाको अन्तिम मोर्चा बन्न पुग्यो । यही मोर्चाको सन्देशले शाही शासनको अन्त्य र लोकतान्त्रिक शासनको सुरुआत भयो । यसरी मोर्चामा रगत बगाएर अगाडि बढ्ने योद्धाहरूले भन्ने गरेको जनताको गणतन्त्र कार्यान्वयन गर्ने दिन नजिक नजिक आइरहेको छ ।

-लेखक जनदिशा दैनिकका सम्पादक हुन् ।)

 

 

 

 

 

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd