बोलिभियामा परिवर्तनलाई आत्मसात गर्ने युवावर्गको हातमा सेनाको नेतृत्व सुम्पिएको छ

- बेन्जामिन कोल, लिन्डा फार्थिङ

के तपाईं यो कुरा स्वीकार गर्नुहुन्छ कि बोलिभियामा मोरालेसको उदय विगत ५०० वर्षदेखि त्यहा चल्दै आएको उपनिवेशवाद तथा नवउपनिवेशवादविरूद्धको संघर्षको परिणाम हो, जसले राज्यको तर्फबाट त्यहाका आदिवासी तथा रैथानेहरुमाथि हुदै आएको हरेक किसिमका उत्पीडन तथा भेदभावको अन्त्य हुने दिन आएको छ भन्ने सन्देश दिएको छ ?

हो, बोलिभियामा मोरालेसको उदय ५०० वर्षको आदिवासी जनजातिहरूको पहिचान र अस्तित्वका लागि भएका संघर्षको परिणाम अवश्य पनि हो । तर यो त्यति मात्र नभई त्यहाा भएका खनिक तथा कारखाना मजदूरहरूको संघर्ष, कोका उत्पादक किसानहरूले सञ्चालन गरेका संघर्षजस्ता आन्दोलनहरूको पनि संयुक्त परिणाम हो । त्यसबाहेक, बोलिभियामा पुजीवादलाई बढावा दिने नवउदारवादी नीति, त्यसका आडमा त्यहाा बलात लागू गर्न खोजिएको निजीकरणको नीति तथा त्यसका विरुद्धमा भएका जनसंघर्षहरू, विशेष गरी कोचाबाम्बामा भएको खानेपानी तथा वषर्ात्का पानीसमेत निजीकरण गर्ने नीतिविरुद्ध त्यहााका जनताले गरेका संघर्षहरूले पनि पुराना सत्तालाई निक्कै कमजोर पारिदिएको स्थिति हो । यस्तो स्थितिमा बोलिभियामा विगत लामो समयदेखि चल्दै आएका आदिवासीहरूको आन्दोलन र सन् ५० को दशक यता घनीभूत रूपमा चल्दै आएको विभिन्न स्वरूपका वर्गीय आन्दोलनहरू बीच राम्रो समायोजन भएको छ । यी दुईवटा आन्दोलनको ˆयूजन र त्यसको सफलताका कारणहरूले गर्दा उनी सत्तामा आउन सफल भएका हुन् ।

तर इभो मोरालेस सत्तामा आएका छन् र उनी शक्तिशाली भएका छन् भन्दैमा बोलिभियामा शोषणको अन्त्य नै भइसक्यो भन्नु चाहिा अलि हतारो हुनेछ । किनभने वास्तविकतामा अझै त्यसो भइसकेको भने छैन । वास्तवमा केही भागहरूमा स्थिति झनै बिग्रदैा गइरहेको छ । हरेक क्रान्तिको पछाडि प्रतिक्रान्ति हुने गर्छ । मोरालेसको उदयसागै धेरै जनजातिहरू शक्तिशाली भएका छन् । यसले सामन्तहरूमा एक प्रकारको डर पैदा गरेको छ । जसले गर्दा अझ धेरै उत्पीडनहरू भइराखेका छन् । देशको पूर्वी भाग अझै पनि सामन्तहरूकै पकडमा रहेको छ । त्यहा धेरै धनाढ्य तथा कुलीन वर्गका मानिसहरू छन्, जसका आˆनै अर्ध सैनिकहरू रहेका छन् । उनीहरूले अहिले पनि जनजातिमाथि अझ धेरै शोषण गरिरहेका छन् । उनीहरूले पहिले त्यसो गर्न पर्दैनथ्यो किनभने पहिले उनीहरूले कहिलेपनि डर महसुस गरेका थिएनन् । मोरालेस उनीहरूको शक्तिको लागि चेतावनी भएका छन् ।

मोरालेसले यो स्थितिमा कसरी काम गरिरहेका छन् ?

उनले अरुको तुलनामा अवश्य पनि राम्रो गरेका छन् । तर निकै राम्रोसाग पनि गर्न सकेका छैनन् । उनले भूमिसुधारको प्रक्रिया अगाडि बढाउने प्रयास गरेका छन् र उनीहरूसाग वार्ता पनि गरेका छन् । किनभने तिनीहरू अझै पनि धेरै शक्तिशाली रहेका छन् । बोलिभियामा पूर्ण प्रजातान्त्रिक प्रणाली स्थापना गर्ने हो भने तिनीहरूसाग वार्ता गर्न जरुरी छ । नत्र भने बोलिभिया दुई भागमा विभाजन हुने खतरा रहन्छ । मेरो अध्ययनमा अहिले नेपालको तराईमा पनि करिब त्यस्तै स्थिति भइराखेको छ । बोलिभियाको पूर्वी भागमा रहेको सबैभन्दा ठूलो र बढी जनसंख्या भएको एपार्टमेन्ट अफ सान्टाक्रुज राज्यले अहिले संघीयताको कुरा अघि सारेका छन् र संविधानमा नभए पनि बील पास गरेका छन् । यो कुरा भर्खरै मात्र प्रकाशमा आएको हो । उनीहरूले अब त्यसलाई जनमतसंग्रहको माध्यमबाट कानुनको रूपमा लागु गर्ने प्रयास गर्ने छन् । यद्यपि यो व्यवस्था संविधानमा भने छैन । त्यसैले धेरै जनताहरू अब राष्ट्र टुक्रिने पो हो कि या फेरि हिंसा सुरु हुने पो हो कि भनेर त्रसित भएका छन् ।

त्यहा कुन आधारमा संघीयताको माग गरिएको छ ? मोरालेसले कसरी बोलिभियालाई संघीय राज्यहरुमा विभाजन गर्न खोजिरहेका छन् ?

मोरालेसले कसरी बोलिभियालाई संघीय राज्यमा विभाजन गर्न खोजिरहेका छन् भन्दा पनि ऐतिहासिक रूपमा नै बोलिभिया ९ डिर्पाटमेन्टमा विभाजित गरिएको छ । जसलाई एउटै सरकारले संचालन गर्ने गरेको छ । डिर्पाटमेन्टलाई क्षेत्र वा राज्य पनि भन्न सकिन्छ । तर राज्यको तुलनामा डिर्पाटमेन्टमा राज्य सञ्चालन गर्न निकै थोरै शक्ति दिइएको हुन्छ । २००६ मा त्यहा राज्यको गर्भनरको जस्तो डिर्पाटमेन्टको पि्रफेक्टस्हरूको इतिहासमै पहिलोपल्ट चुनाव भएको थियो । तर तिनीहरूलाई सीमित कानुनी अधिकार दिइएको छ । २००६ मै त्यहा संघीयताको लागि जनमत संग्रह पनि भएको थियो ।

कसले त्यहा संघीयताको माग गरिरहेका छन् ? उनीहरुको मागहरु के के रहेका छन् ?

विशेष गरेर त्यहााका राइट विङ्गहरूले संघीयताको माग गरिरहेका छन् । किनभने उनीहरूको बसोबास गर्ने ठाउाबाट अहिले तेल र ग्याँसको उत्पादन भइराखेको छ । उनीहरू राज्यको लागि धेरै ठूलो मात्रामा आय सृजना गरिराखेका छन् । उनीहरू आˆनो पैसा केन्द्रीय सरकारमा पठाएर पछि आफूलाई फिर्ता नआओस् भन्ने चाहादैनन् । उनीहरूको यही नै तर्क रहेको छ । फेरि पहाड र प्लाटु भएको देशको पश्चिमी भागमा प्रायः इन्डियन्स्हरू बसोबास गर्छन् । राइट विङ्गका मानिसहरूसाग धेरै पैसा र शक्ति रहेको छ । त्यसैले उनीहरू चुनावमा समेत मतदाताहरूलाई किन्न सक्ने र आफ्नोअनुकूलको परिणाम बनाउन सक्ने हैसियत राख्थे । तर मोरालेसको उदयपछि अहिले आएर आदिवासी इन्डियनहरूले उनीहरूमाथि शासन चलाइराखेका छन् र उनीहरूको जग्गा लिने पनि कुरा गरिराखेका छन् । उनीहरू यस कुराबाट तर्सिएका छन् । त्यसै कारणले अहिले उनीहरूले प्रति क्रान्ति सुरु गरेका छन् ।

बोलिभियाका नेता मोरालेसले ल्याएको राज्यनीतिका सैद्धान्तिक आधारहरु के के हुन् ?

केही हदसम्म उनले पि|m नियो लिबरल मार्केट पोलिसीलाई नियन्त्रण र बहिष्कृत गर्न चाहिरहेका छन् तर विभिन्न सीमितताका कारणले त्यो समाजवादी र कम्युनिस्ट सिद्धान्तमा पनि आधारित छैन । उनले ग्याँसलाई राष्ट्रियकरण गर्न चाहे पनि ग्याँसलाई राष्ट्रियकरण गर्न सकेका छैनन् । ग्याँस उत्पादनको बागडोर अझै पनि बहुराष्ट्रिय कम्पनीहरूकै हातमा रहेको छ । तर त्यहा रोयल्टीको मात्रालाई भने परिवर्तन गरियो । जसलाई स्पिल्ट अफ ब्यारल पनि भनिन्छ । पहिले ग्याँसमा रोयल्टी केवल १८ प्रतिशत र कर २५ प्रतिशत मात्र थियो । अहिले रोयल्टी र करको प्रतिशत बढाएर ८२ पुर्‍याइएको छ । जसले गर्दा हरेक डलरको कमाईमा ८२ सेन्ट सरकारलाई बुझाउनुपर्ने हुन्छ । तर तेल उत्पादन गर्ने, पाइपलाइनहरूको स्वामित्व अझै पनि बहुराष्ट्रिय कम्पनीहरूकै हातमा रहेको छ । तिनीहरू अझै पनि पूर्ण रूपमा राष्ट्रियकरण गरिएको छैन । उनीहरूले दुरसञ्चारलाई पनि राष्ट्रियकरण गर्न खोजेका थिए । त्यसमा उनीहरूको लगानी र स्वामित्व धेरै भए पनि त्यौ अझै पनि बहुराष्ट्रिय कम्पनीहरूसाग संयुक्त रूपमा मिलेर संचालन भइराखेका छन् । मोरालेस पानीजस्ता प्राकृतिक स्रोतहरूलाई समाजिकीकरण गर्नुपर्छ भन्ने पक्षमा रहेका छन् । तर उनको नीतिअनुसार तिनीहरूको व्यवस्थापन सर्वसाधारण र निजी कम्पनीहरू दुवै मिलेर गर्न सक्छन् । यो कुनै समाजवादी र कम्युनिष्ट मोडल होइन । यहा स्पिल्ट अफ द ब्यारललाई पछ्याइादैछ । जसले गर्दा नाफाहरूलाई राष्ट्रियकरण गरिदैछ । यसलाई म समाजवादी प्रजातान्त्रिक मोडल भन्न रुचाउछु । उनी पारिवारिक तहमा भएको उत्पादनहरू नीजि हुनपर्छ भन्ने विश्वास गर्छन् । यो आदिवासीहरूको समाजवादी प्रणालीको उदयको कारणले गर्दा पनि हो र अर्कोतिर यो नीजि उत्पादनमा पनि आधारित रहेको छ ।

आफ्ना राष्ट्रपतीय चुनाव अभियानको बेलामा इभो मोरालेजले आफू अमेरिकाको लागि डरलाग्दो सपना बन्ने बताएका थिए । त्यसैगरी, सार्वजनिक भाषणहरूमा पनि उनले अमेरिकामाथि आक्रमण गर्दै आएका छन् । उता अमेरिकाले चाहिा भेनेजुएलाका राष्ट्रपति हृयुगो चावेज तथा क्युबाका तत्कालीन राष्ट्रपति क्याष्ट्रोसागको उनको निकटता र गठबन्धनलाई सधैं आलोचना गर्दै आएको छ । यस्तो स्थितिलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?

बोलिभियाले अमेरिकाविरुद्ध दिदै आएको कडा अभिव्यक्तिले विश्वव्यापी रूपमा चल्दै आएको साम्राज्यवादी तथा नवसाम्राज्यवादी प्रवृत्तिका विरुद्ध ऐक्यबद्धता राख्दछ र त्यसले सांकेतिक अर्थ अवश्य पनि राख्दछ, तर भौतिक रूपमा भने त्यसले अमेरिकालाई खासै असर भने पार्न सक्तैन ।

भेनेजुएला तथा क्युबाका राष्ट्रपतिसाग मोरोलेजको निकट सम्बन्ध रहेको सााचो हो । उनीअघिका प्रायः सबै राष्ट्रपतिहरूले चाहेर वा नचाहेर, अमेरिकासाग निक्कै नजिकको सम्बन्ध राख्न बाध्य थिए । त्यो बाध्यता र सम्बन्धलाई मोरालेजले तोडिदिएका छन् । यो अमेरिकाको लागि निक्कै अपमानजनक स्थिति हो ।

मोरालेजले सिर्जना गरेको यो नयाँ सम्बन्धले अधिकांश जनतामा आशा नै जगाएको छ । तर अमेरिकाका पिछलग्गुहरू र खासगरी परिवर्तनलाई रुचाउन नचाहने तर बोलिभियामा बलियो उपस्थिति रहेको ठूला मिडियाहरूले त्यो स्थितिलाई आफ्नो अनुकूलको व्याख्या तथा बंग्याउने काम गरेर मोरालेजमाथि आक्रमण गर्ने गरेका छन् । विशेष गरेर ल्याटिन अमेरिकामाथि आफ्नो पकड बनाइराख्ने अमेरिकी योजना तथा अभियानको हिस्सा बनेर उनीहरू काम गरिरहेका छन् ।

संसारमै सबैभन्दा बढी सैनिक कु हुने देशको रूपमा पनि चिनिन्छ बोलिभिया । अनि मोरालेजको उदयपूर्व बोलिभियाको सेनाको अमेरिकासाग निक्कै प्रगाढ सम्बन्ध रहादै आएको थियो । अहिलेको अवस्थामा त्यहााको सेनासाग अमेरिकाको र मोरालेज आफैंको सम्बन्ध कस्तो रहेको छ ?

ऐतिहासिक रूपमै ल्याटिन अमेरिकी देशका सेनाहरूको अमेरिकासाग निक्कै प्रगाढ सम्बन्ध तथा ठूलो प्रभाव रहादै आएको हो र तिनीहरू अमेरिकी प्रशिक्षित नै हुने गरेको ऐतिहासिक तथ्य हो । यसक्रममा १९५० यतादेखि जनताविरोधी गतिविधि तथा मानवाधिकारको उल्लंघनमा पनि तिनै अमेरिकी प्रशिक्षित सेनाकै संलग्नता रहने गरेको कुरा पनि उत्तिकै सत्य हो । ल्याटिन अमेरिकाका थुप्रै देशका सेनालाई उसैले प्रशिक्षित गरेको र सैन्य सामग्रीहरू समेत आपूर्ति गर्ने गरेको हो ।

मोरालेज सत्तामा आउनेवित्तिकै उसले पनि सेनासाग राम्रो सम्बन्धलाई सुनिश्चित गर्न खोजेका हुन् । उनले त्यो काममा सफलता पनि पाएका हुन् । रोचक कुरा त के छ भने, नेपाललगायत संसारका अन्य थुप्रै देशहरूमा जस्तै बोलिभियामा पनि सेना र पुलिसको बीचमा वैमनश्यता थियो । उसले सेनासाग गठबन्धन गरेपछि पुलिस फोर्समा असन्तुष्टि रहादै आएको छ ।

मोरालेजको सेनासागको सम्बन्ध त्यत्तिकै राम्रो भने भएको होइन । राष्ट्रपति बन्नेबित्तिकै उनले सेनाको नेतृत्वमा ठूलो हेरफेर गरे । उनले परिवर्तनलाई आत्मसात गर्न नसक्ने सेनाका माथिल्ला तहका नेतृत्वलाई बर्खास्त गरेर तत्कालीन मर्यादाक्रममा करीब २८ तह तलका युवा सैनिक अफिसरलाई सेनाको बागडोर सुम्पिदिए । उनले त्यसमाथिका करिब २७ जना जर्नेल तथा उच्च सैनिक अफिसरहरूलाई राजीनामा गर्न बाध्य पारे । त्यसले परिवर्तनलाई आत्मसात गर्ने तथा अमेरिकाको मोहजालमा परिनसकेका युवा वर्गको हातमा सेनाको नेतृत्व आयो । फलतः सेनाले मोरालेजको नेतृत्व सहजै ढंगले स्वीकार्न र सहकार्य गर्न सक्यो । उनले सेनाको सम्बन्धमा गरेका सबैभन्दा महत्वपूर्ण कुरा यो थियो ।

सेनामाथि अमेरिकी पकडलाई तोड्नका लागि मोरालेजले गरेको अर्को महत्वपूर्ण कार्य उनले देशभित्रै सैनिक तथा युद्ध कलेजहरूको स्थापना गरिदिए । बोलिभियाको इतिहासमै पहिलो पटक रैथाने आदिवासीहरूलाई सेनामा भर्ना लिन थालियो र तिनीहरूलाई सैनिक तथा युद्ध कलेजहरूमा सैन्य प्रशिक्षिण दिने कामको थालनी समेत गरियो । जनवरी २००६ सम्म बोलिभियाको सेनामा रैथाने आदिवासीहरूलाई प्रवेश निषेध गरिएको थियो । यसले सेनाको परम्परागत संरचना र तिनमा पुराना सत्ताको पकडलाई निक्कै कमजोर तुल्याइदिएको छ । फलतः बोलिभियामा मोरालेजविरुद्ध सैनिक कुको आधारलाई पनि करिबकरिब ध्वस्तः पारिदिएको छ ।

मोरालेजले भेनेजुएला र क्युबासाग विकसित गरेको सम्बन्ध र गठबन्धनले ल्याटिन अमेरिकामा पार्ने प्रभाव के हुन सक्छ ?

वास्तवमा मलाई के लाग्छ भने मोरालेजले विकसित गरेको यो सम्बन्धको विस्तार अरु वामपन्थी सरकारहरूको तुलनामा यति सहजतापूवर्क हुनुको एउटा प्रमुख कारण अमेरिकाले इराकसाग थालेको युद्ध पनि हो । अहिले अमेरिका इराकविरुद्धको आधिपत्य-युद्धमा यति नराम्ररी फासेको छ कि उसको पकड ल्याटिन अमेरिकाबाट फुस्कादै गइरहेको छ । यसर्थ, अनर्थ ढंगले नलिइने हो भने इराक युद्ध इराकी जनताका लागि घातक भएपनि ल्याटिन अमेरिकाका लागि राम्रो घटना सिद्ध भएको छ । त्यसले ल्याटिन अमेरिकामा नयाँ गठबन्धनको उदयलाई राम्रो मलजल गरिदिएको छ ।

त्यसले अमेरिकालाई पार्ने असर चाहि के हुन सक्छ त ?

मुख्य कुरा त त्यसले ल्याटिन अमेरिकामाथि संयुक्त राज्य अमेरिकाको परम्परागत आधिपत्य र नियन्त्रणलाई ठूलो चुनौती दिएको छ । उदाहरणको लागि, अहिले भेनेजुएलाका राष्ट्रपति चाभेजले ग्याँस तथा पेट्रोलियमको उपयोगको लागि क्षेत्रीय गठबन्धनको विकास र विस्तारको कुरा गर्न थालेका छन् । उनको यो अवधारणा केही हदसम्म प्रजातान्त्रिक समाजवादी मोडलमा आधारित छ, जुन कुरा अमेरिकाको लागि स्वीकार्य छैन । ऊ त्यहााका प्राकृतिक स्रोतहरूको उपयोग सोझै पुजीवादी मोडलका आधारमा गर्न चाहन्छ, जसको परिणाम अन्ततः अमेरिकाका नाफाखोर पुजीपतिहरूलाई पोस्ने नै हो ।

तर त्यसको विकल्पमा पेट्रोलियम तथा प्राकृतिक स्रोतका कमाइलाई डलरको सट्टामा युरोमा परिणत गर्दै त्यो पुजीलाई क्षेत्रीय रूपमा नै उपयोग तथा लगानी गर्ने अवधारणा विशेष गरेर भेनेजुएलाका राष्ट्रपति चाभेजले अघि ल्याएका छन् । त्यसले अरबौं डलर अमेरिकामा जाने स्थितिलाई पनि कटाएको छ । यो स्थितिमा अहिले ल्याटिन अमेरिकामा विकसित भएको भेनेजुएला, बोलिभिया र क्युबाको गठबन्धन अनि त्यसमा ब्राजिल लगायतका देशहरूले देखाएको सकारात्मक संकेतहरू अमेरिकाको लागि निक्कै ठूलो टाउको दुखाइको विषय बन्न पुगेको छ ।

बोलिभियामा सम्पन्न संविधानसभाको चुनाव परिवर्तनको संवाहक बन्नुभन्दा पनि मोरालेजका पार्टीको लागि दलदल साबित भएको छ, जसबाट निस्कनको लागि मोरालेजको पार्टी मास ९ःब्क्० को लागि निक्कै कठिन हुने देखिन्छ भनी आलोचकहरू भन्ने गर्छन् ? यसमा तपाईको विश्लेषण के हो र नेपालले बोलिभियाको अनुभवबाट के सिक्न सक्छ ?

मेरो विचारमा नेपालको सन्दर्भमा समेत लागू हुन सक्ने गरी बोलिभियामा भएको घटना के हो भने, संविधानसभामार्फत् संविधान निर्माणका लागि त्यहााका जनताले निक्कै ठूलो स्रोत, मिहिनेत र समय लगानी गरिसकेका छन् । जनताको अपेक्षा नयाँ संविधानले आधारभूत रूपमै देशमा परिवर्तन ल्याउने छ । बोलिभियामा संविधानसभाले निर्माण गरेको तर अनुमोदन हुन बाकी रहेको संविधान तुलनात्मक रूपमा धेरै राम्रो र समावेशी खालको छ । यसले जनताका अधिकारहरूलाई धेरै सुनिश्चित गरेको छ ।

तर धरातलीय यथार्थ के हो भने, मानिसले संविधान खाएर चित्त बुझाउन सक्दैन । जतिसुकै राम्रो संविधान बनेपनि त्यसको सफल क्रियान्वयन नै प्रमुख शर्त हो । मोरालेजका सामु सबैभन्दा ठूलो चुनौती नै यही हो ।

बोलिभियाको संविधानसभाको चुनावमा मोरालेजको पार्टी मास र अन्य प्रगतिशील शक्तिहरूले आधारभूत रूपमा परिवर्तन गर्नका लागि आवश्यक पर्ने दुई तिहाई बहुमत ल्याउन नसक्नु एउटा ठूलो चुनौती साबित भएको छ । संविधानसभाले बोलिभियामा संविधान त पास गरेको छ तर त्यहााका अल्पमतवालाहरूले बहिष्कार गरेपछि मात्रै त्यो सम्भव भएको थियो । त्यसलाई जनमत संग्रहबाट पास गर्नुपर्ने हुन्छ, जुन हुन निक्कै कठीन छ । यस स्थितिमा मोरालेजका सामु सबैभन्दा ठूलो चुनौती भनेकै दक्षिणपन्थी शक्तिहरूले सिर्जना गर्ने अवरोधलाई कसरी चिर्ने भन्ने हो । त्यसमाथि थप, दक्षिणपन्थीहरूकै बलियो पकड रहेको मिडियाले सिर्जना गर्ने भ्रम र प्रोपोगण्डाहरूलाई चिर्नुपनि मोरालेजका लागि अर्को चुनौती रहेको छ ।

के यसको अर्थ दुईतिहाइ बहुमतको अभावमा मोरालेजले जनताका आकांक्षाहरुलाई पूर्ति गर्न असफल हुने स्थिति छ ?

अहिले नै त्यसो भनिहाल्नु अपरिपक्व हुनेछ । तर सत्य कुरा के हो मोरालेज असफल भइहालेको नभए पनि उसले जनतालाई गरेका वाचा र जनचाहनाअनुसार भने गर्न सकिरहेका छैनन् । वास्तवमा, अहिले बोलिभियाको स्थिति अघि पनि बढ्न नसकने, पछि पनि हट्न नसक्ने खालको ९Imउबककभ० को अवस्थामा रहेको छ भन्नु उपयुक्त हुन्छ ।

वास्तवमा, जसै मोरालेजले अग्रगामी कदमहरू चाल्न थाल्छन्, त्यसको सोझो असर दक्षिणपन्थीहरूको स्वार्थमाथि आघात पर्न जान्छ । त्यसैले उनीहरूले अमेरिका लगायत विभिन्न देशी विदेशी शक्तिहरूको साथ लिएर त्यसको प्रतिरोध गर्न र प्रतिक्रिया जनाउन थालिहाल्छन् । त्यसैले अहिले दुई तिहाईको बहुमत नभएको अवस्थामा राष्ट्रपति भए पनि मोरालेजले सिनेट, कंग्रेसहरूलाई नियन्त्रण गर्न सक्तैन र मिडियामा दक्षिणपन्थीहरूकै बोलबाला छ । यस्तो स्थितिमा मोरालेजका सामु निक्कै चुनौतीहरू छन्, जसले उसलाई शतप्रतिशत सफलता त मिल्न सक्तैन तर पनि उनले कोशिश भने गरिरहकेा छन् । यस अर्थमा 'क्रान्ति भन्ने कुरा निरन्तर चलिरहने प्रक्रिया हो' भन्ने कुरा मोरालेजको हकमा पनि लागू हुन जान्छ ।

त्यसको अर्थ क्रान्तिबाट भन्दा जनआन्दोलन तथा निर्वाचनबाट आउने सरकारहरुको नियति नै यस्तो हुन्छ भनेर मान्नुपर्ने हो त ?

बलात् सत्तापलट गर्ने क्रान्तिबाट भन्दा निर्वाचनको प्रक्रियाबाट आउने अधिकांश सरकारहरूले भोग्नुपर्ने नियति केही हदसम्म यस्तैै हुने गर्छ । विशेष गरेर, निर्वाचनको प्रक्रियाबाट सत्तामा आउादा तपाईंले पूर्ण रूपमा सत्ता कब्जा गरेको हुादैन, बरु सत्ताले तपाईंलाई कब्जा गर्ने कोसिस गरिरहेको हुन्छ भन्ने कुरा बोलिभियाको प्रसंगबाट सिक्नु महत्वपूर्ण हुनेछ ।

तर बोलिभियाको हकमा त्यहााका सामाजिक आन्दोलनहरूको स्थिति निक्कै मजबूत रहेको छ । त्यसले मोरालेजलाई निक्कै ठूलो बल र आधार प्रदान गर्छ, जसले मुलुकलाई पछाडि र्फकन दिादैन । त्यसमाथि थप, मोरालेज र उनका टिम जनतामा लोकपि्रय छन् र उनीहरूले निक्कै चााडो सिक्दै पनि गइरहेका छन् । यस्तो स्थितिमा जनताको लोकपि्रय समर्थन तथा सामाजिक आन्दोलनहरूको बलियो उपस्थितिले बोलिभियामा दक्षिणपन्थी शक्तिहरूको सत्तामा उदय हुने सम्भावनालाई निक्कै पछाडि धकेलिदिएको छ भन्ने कुरामा म विश्वस्त छु । बोलिभियाबाट सिक्न सकिने अर्को महत्वपूर्ण पाठ यो पनि हो भन्ने मलाई लाग्छ ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd