नयाँ सरकार बनाउन दलहरु सहमति नजिक

जनादेश संवाददाता

ऐतिहासिक संविधानसभा निर्वाचनको परिणामले नेकपा -माओवादी)लाई गणतन्त्रात्मक नयाँ सरकारको नेतृत्व गर्न जनादेश प्रदान गरेको छ । संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियत दिलाएर माओवादीलाई नेपाली जनताले त्यो अवसर दिएका छन् । मिश्रति निर्वाचन प्रणाली अवलम्बन गरिएको संविधानसभा निर्वाचनको अन्तिम परिणाम आउदै गर्दा यस्तो चित्र स्पष्ट देखिएको छ ।

त्यसो त निर्वाचनमा सहभागी कुनै पनि एक दललाई स्पष्ट बहुमत प्राप्त नभएबाट जनताले राजनीतिक दलहरूलाई संयुक्त सरकारकै रूपमा सहकार्य गर्दै नयाँ नेपाल निर्माण गर्ने अभिभारा पूरा गर्न निर्देश गरेका छन् । यो निष्कलंक जनादेशलाई सबै राजनीतिक दलहरूले आत्मसात गर्न जरुरी छ ।

उसो त संघीयता, लोकतान्त्रिक गणतन्त्र र राज्यको अग्रगामी पुनर्संरचना आदि विषयहरू माओवादीले प्रस्तुत गरेका एजेण्डा भएकेाले त्यसको कार्यान्वयनको जिम्मा पनि माओवादीकै नेतृत्वमा सुम्पिएको छ । ठीक यहींनेर जसको नीति उसको नेतृत्व हुनुपर्ने वैज्ञानिक फैसला नेपाली जनताले गरेका छन् । यसको उचित सम्मान गर्नैपर्छ ।

त्यसैगरी विगतको ऐतिहासिक जनआन्दोलनदेखि नै कांग्रेस, एमालेलगायतका सात राजनीतिक दलहरूले पनि नेपाली समाजलाई यहासम्म ल्याउन महत्त्वपूर्ण योगदान गर्दै आएकाले संविधानसभामा उनीहरूको पनि यथोचित सम्मान भएकै छ । जेहोस् संविधानसभा निर्वाचनमार्फत् नेपाली जनताले माओवादीको नेतृत्वमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले आपसी सद्भावका साथ सहकार्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न निर्देश गरेका छन् ।

अतः नेपाली जनताले सुम्पेको यो गहन जिम्मेवारीप्रति संविधानसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलहरू गम्भीर बन्नैपर्छ । यतिबेला दलहरूको अभिभारा गणतन्त्रको कार्यान्वयन, राज्यको अग्रगामी पुनर्संरचनासहितको संविधानको निर्माण र आर्थिक, सामाजिक रूपान्तरण गर्ने रहेको छ । जनताले यही अपेक्षा पूरा गर्न यो समीकरण निर्माण गरेका छन् । यसको उपेक्षा गर्नु नेपाली जनताको अपमान हुनेछ ।

त्यसैले त संविधानसभामा सबभन्दा ठूलो दलको हैसियतमा उपस्थित नेकपा (माओवादी)ले संयुक्त सरकार निर्माण गर्न अन्य राजनीतिक दलहरूसाग सरसल्लाह र छलफल अगाडि बढाइरहेको छ । माओवादी उच्च स्रोतका अनुसार हिजोका ठूला दलहरूले संविधानसभामा केही आकार घटेकोमा हीनताबोध लिएका भए पनि जनादेश पालना गर्ने सवालमा भने सकारात्मक नै देखिएका छन् । सरकारको नतृत्व गर्ने हैसियत पाएको माओवादीले सबै दलहरूलाई समेट्दै सहमतीय सरकार सञ्चालन गर्न भने इमान्दार बन्न्ैापर्छ । सहकार्यको सहमतीय संस्कार निर्माण गर्नु आजको आवश्यकता हो ।

माओवादी नेतृत्वले दलहरूसाग सहकार्यको हात बढाएकै बेला वैदेशिक कुटनीतिक नियोगका प्रतिनिधिहरूसाग पनि भेटघाट र छलफलहरू चलाइरहेको जानकारी प्राप्त भएका छन् । स्रोतका अनुसार भारत, चीनलगायतका छिमेकी राष्ट्रहरूले माओवादीको नेतृत्वमा निर्माण हुने सरकारलाई पनि विगतमा झैं आर्थिक, नैतिक सबै प्रकारका सहयोगलाई निरन्तरता दिने बचनबद्धता प्रकट गरेका छन् ।

त्यसो त अमेरिकाले पनि माओवादीलाई हेर्ने हिजोको दृष्टिकोणमा फेरबदल गर्ने संकेतहरू दिइरहेको छ । यसरी अब माओवादीप्रतिका भ्रमहरू सफा हुादैगएका छन् । माओवादी सरकारको नेतृत्वमा पुग्दा निश्चित रूपमा हिजोको शैलीले पुग्दैन । उसले जनताले दिएको जनादेशलाई कार्यान्वयन गर्न विशेष रूपले संवेदनशील बन्नैपर्छ ।

तर सबै राजनीतिक दलहरूले आफ्ना व्यवहार, शैली र बोली सच्याउनु जरुरी छ । जनता र जनादेशको सम्मान गर्न सबैले सिक्नैपर्छ ।

नेकपा -माओवादीले अध्यक्ष प्रचण्डलाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रूपमा प्रस्तुत गरेको थियो । उक्त कुरा अब साकार हुदैछ । यो कुनै कल्पना मात्र थिएन । बरु धरातलीय यथार्थको केन्द्रीकृत अभिव्यक्ति थियो ।

उता अन्तरिम संविधानमा लिपिबद्ध संघीय गणतन्त्र नेपालको राष्ट्रपति अध्यक्ष प्रचण्ड हुने कुरा प्रायः पक्कापक्की भइसकेको छ । यो हास्सीमजाक मात्र होइन । अध्यक्ष प्रचण्डलाई राष्ट्रपति बन्नबाट रोक्न अब दुनियाँको कुनै पनि शक्तिले सक्तैन । केवल विधि र प्रक्रियाको मात्र कुरा बाकी रहेको छ । राष्ट्राध्यक्ष वा राष्ट्रपति जे नामाकरण गरे पनि अध्यक्ष प्रचण्डले निकट भविष्यमा गणतन्त्रात्मक सरकारको नेतृत्व गर्नुहुनेछ ।

अब चुनौतीको रूपमा राजतन्त्रको अन्त्येष्टि गर्ने सवाल अगाडि छ । हुन त गणतन्त्र नेपालको संवैधानिक घोषणा आजभन्दा ६ महिना पहिले नै भएको हो । केवल निलम्बित राजा ज्ञानेन्द्रले दरबार छाड्ने प्रश्न मात्र बाकी छ ।

त्यसोे त अध्यक्ष प्रचण्डले सार्वजनिक गरिसक्नुभएको छ कि पूर्व राजा ज्ञानेन्द्रले सहज रूपमा नारायणहिटी दरबार छोडी निजी घरतिर लागे उनको कल्याण हुनेछ । उनले एउटा नागरिकको जीवन जिउन अवश्य पाउनेछन् । तर मूर्खतापूर्वक हठ गरेमा विधि र प्रक्रिया पुर्‍याइ जनताद्वारा उनलाई जबर्जस्त ढंगले निकाला गरिनेछ ।

निश्चय नै माओवादी आवश्यक झडप निम्त्याउन चाहादैन र सहज वातावरण निर्माण गर्दैछ भन्ने कुरा पनि माओवादी नेतृत्वले घोषणा गरिसकेको छ । यदि पूर्व राजा ज्ञानेन्द्रले बखेडा खडा गर्छन् भने उनले अपराधअनुसारको सजाया पाउने पनि निश्चित छ । स्मरणरहोस् रायमाझी आयोगले उनको अपराधको किटान समेत गरिसकेको छ ।

उसो त राजतन्त्रको अन्त्य, गणतन्त्रको कार्यान्वयन र नयाँ संविधान लेखन आदि विषय शान्ति प्रक्रियाका चरणहरू नै हुन् । यी सम्पूर्ण कार्यहरू पूरा नहुादा शान्ति प्रक्रियाले पूर्णता प्राप्त गर्न सक्तैन । शान्तिप्रक्रिया पूरा गर्नु सबै राजनीतिक दलहरूको दायित्व पनि हो । यसबाट कोही अलग्गिन खोज्छ भने त्यो शान्तिसम्झौताको ठाडो उल्लंघन ठहर्ने मात्र होइन संवैधानिक र नैतिक रूपमा समेत गलत सावित हुनेछ ।

स्मरणरहोस्, संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्नु भनेको राज्यको अग्रगामी पुनर्संरचनासहितको नयाँ नेपालको नयाँ संविधान निर्माण गर्नु हो । यदि संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको कार्यान्वयन नगरे के संविधान लेख्ने र कस्तो संविधान लेख्ने ? जटिल प्रश्न खडा मात्र हुने छैन संविधानसभाको औचित्य नै समाप्त हुनेछ ।

मूलतः संविधानसभाको जनादेश अन्तरिम संविधानको तेस्रो संशोधनको अनुमोदन हो । गणतन्त्रको कार्यान्वयनबाट मात्र विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग, भाषा, संस्कृति तथा धर्मका जनसमुदायको अधिकार सुनिश्चित गर्ने, संविधान तयार पार्ने कामले पूर्णता पाउनेछ । यी कामहरू सफलतापूर्वक सम्पन्न हुन नदिन अझै पनि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू तगारो बन्ने खतरा छादैछ ।

यो चुनौतीको सामना गर्न राजनीतिक दलहरू, नागरिक समाज र सिङ्गो नेपाली जनता सचेत र सजग रहन जरुरी छ । यतिबेला सम्पूर्ण देशभक्त, गणतन्त्रवादी, वामपन्थी तथा प्रगतिशील शक्तिहरूका बीच नयाँ आधारमा नयाँ र अरु उच्च प्रकारको एकताको आवश्यकता छ ।

फेरि पनि जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने जिम्मेवारी बोकेर संविधानसभामा पुगेका राजनीतिक दलहरूले चुनावी तिक्तता र कटुताबाट माथि उठेर दलहरू बीचको एकतालाई निरन्तरता दिंदै राष्ट्र निर्माणको अभियानमा जुट्नु छ । यसले नै राष्ट्र र जनताको उज्ज्वल भविष्य निर्माण गर्नेछ । त्यसैले त यो चुनौतीपूर्ण घडीमा राजनीतिक दलहरूले एकआपसको आरोप प्रत्यारोपमा समय नखर्ची सामन्ती राजतन्त्रको जरो उखेल्न होस्टेमा हैंसे गरौं जनता साथ दिन तयार छन् । द्वेष र इष्र्या लिंदै हेरौं न खुबी भन्ने बेला यो होइन ।

जितको अहंकार र हारको हीनता दुवै परित्याग गरी चुनौतीको सामना गर्न हिम्मत गराै भविष्य नजिक छ । जनताले हरेकको हैसियत र हिसाब किताब राखेका छन् । इतिहासले कसैलाई छुट दिने छैन ।

सहमतिबाट निकास खोज

एक जुगमा एक चोटि आउने संविधानसभा सफल हुनु निकै खुशीको कुरा हो । त्यसपछि आइरहेको मत परिणामबाट हामी नागरिक समाजले बुझेको भनेको २०६२-०६३ सालको ऐतिहासिक जनआन्दोलनको म्यान्डेटअनुरूप नै माओवादी, कांग्रेस र एमालेलाई जनताले अहिलेको चुनावमा साथ दिएका छन् । यस परिणामको अर्थ फेरि पनि ती पार्टीहरूले मिलेर काम गर भनेको हो । गणतन्त्र स्थापना गर र नयाँ नेपाल निर्माण गर भनेर यी पार्टीहरूलाई जनताले आदेश दिएका छन् ।

चुनावमा हारजितको कारणबाट एमालेले सरकार छोड्न खोज्नु बिडम्बना हो । जनआन्दोलनको स्पि्रड, शान्ति प्रक्रियाको स्पि्रड अथवा उहाँहरू आफैँले लेख्नु भएको संविधानको स्पि्रड भनेको सबै पार्टी मिलेर जाने हो । नेकपा -माआवादी)ले सबैभन्दा ठूलो दलको रूपमा सरकारको नेतृत्व गर्ने अवसर र जिम्मेवारी पाएको छ । पार्टीहरूले दोस्रो जनआन्दोलनको म्यान्डेडलाई पनि सम्भिmनुपर्छ । साथै अहिलेको संविधानसभाको चुनावले माओवादीलाई सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित गरेर सरकारको नेतृत्व गर्ने म्यान्डेट दिएको छ ।

यद्यपि उसको पनि पूर्ण बहुमत आएको छैन । त्यसैले सहमति र समझदारीको आधारमा सरकार बन्नु पर्दछ । गणतन्त्र कार्यान्वयन भइसकेपछि राष्ट्रपति र उपराष्ट्रपति अथवा प्रधानमन्त्री र उपप्रधानमन्त्री राख्ने पनि हुन सक्छ । अहिले भागबन्डा गरेर सरकार चलाउनुपर्छ । हामीलाई थाहा छ विगतमा नेकपा (माओवादी) ले गृह, रक्षा, अर्थ र उपप्रममध्ये एक पद चाहिन्छ भनेर प्रस्ताव राख्दा कांग्रेसले हामी सबैभन्दा ठूलो पार्टी र सरकारको नेतृत्व गर्ने पार्टी भएकोले ती पद अरूलाई दिँदैनौ भनेको थियो । अहिले माओवादीले पनि विगतमा कांग्रेसले जस्तै भन्छ होला जस्तो लाग्दैन । माओवादी एउटा जिम्मेवार र क्रान्तिकारी पार्टी हो । जति बढी क्रान्तिकारी हुन्छ त्यति नै बढी जिम्मेवार पार्टी हुनुपर्ने र जति क्रान्तिकारी हुन्छ उति नै साहसपूर्ण निर्णय गर्नसक्नुपर्छ भनेर मैले अध्यक्ष प्रचण्डलाई भन्ने गरेको छु । सबै पार्टी मिलेर जानुपर्छ पदको लागि झगडा गर्नु हुन्न । १२ बुँदे समझदारीको स्पि्रड र दोस्रो जनआन्दोलनको एजेण्डा बमोजिम पार्टीहरू चल्नुपर्छ । संविधानसभाको निर्वाचन शान्तिप्रक्रियाको एउटा अंग मात्रै हो । शान्ति प्रक्रिया पूरा भएकै छैन । दुई सेना समायोजन, बेपत्ताको खोजवीन सम्बन्धी आयोग बनाउनेलगायतका कामहरू पूरा भएकै छैनन् । त्यसैले चुनाव सिद्धियो अब हाम्रो जिम्मेवारी सिद्धियो भनेर कांग्रेस, एमाले, माओवादी कुनै पार्टीले भन्न पाउँदैन ।

अब बन्ने नयाँ सरकारमा एमाले र कांग्रेस नबस्ने हो भने संकट उत्पन्न हुन्छ । शान्ति समितिको तर्फबाट अहिले हामी नियमित रूपमा प्रचण्ड, गिरिजाप्रसाद कोइराला र माधव नेपाललाई भेटिरहेका छौं । अमेरिकाले विरोध गर्दागर्दै पनि १२ बुँदे समझदारी भएको थियो । त्यही स्मरण गराउँदै अहिले पनि प्रमुख ३ पार्टीबीच समझदारी आवश्यक रहेको बताउँदै आएका छौं । प्रचण्ड कमरेडसँग कुरा गर्दा उहाँको पनि त्यही विचार रहेको पायौं ।

अन्तरिम संविधानअनुरूप संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयन गर्ने उल्लेख छ । जसअनुसार पहिलो बैठकले राजालाई नारायणहिटी खाली गर्न पत्राचार गर्नुपर्ने हुन्छ । तर संविधानसभाको पहिलो बैठकले गर्नुपर्ने औपचारिक कुराहरू सभाको अध्यक्ष, उपाध्यक्ष वा सभामुख, उपसभामुख छान्नु पर्ने हुन्छ । कार्यविधि तय गर्नुपर्ने, संविधानमा संशोधन गर्नुपर्ने हुन्छ । किनभने अहिलेको संविधानमा राष्ट्रपतिको त व्यवस्था गरेको छैन । तर गणतन्त्र कार्यान्वयन गर्ने भनेको छ । यो विषयमा सबैको सहमतिको आधारमा नभए दुई तिहाई बहुमतको आधारमा राष्ट्रपतिको व्यवस्थागर्ने कुरा हुन्छ । त्यसैले संविधानसभाको पहिलो बैठकले २-३ हप्ता पनि समय लिन्छ होला । त्यही अवधिलाई पहिलो बैठक भन्नुपर्छ । संविधासभाको पहिलो चरणलाई प्रथम बैठक भन्नुपर्छ । नत्र सबैमा भ्रम पैदा हुन्छ । पहिलो दिनको बैठकबाटै दरबार खाली गर्ने भनेकेा छ भन्ने भ्रम पर्‍यो ठुलो समस्या आउन सक्छ । त्यसकारण नेताहरू र कानुनविद्हरूले पनि यसबारेमा जनतालाई प्रष्ट पार्नुपर्छ ।

संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयन भनेपछि राजतन्त्र अन्त्यको कार्यान्वयन र राष्ट्रपति व्यवस्थाको कार्यान्वयन हुनुपर्‍यो । हामी गणतन्त्रवादी भएको हुनाले गणतन्त्र भन्ने बित्तिकै राष्ट्रपति भनेर मात्रै बुझ्छौं । सम्मानपूर्वक विधि पुर्‍याएर नारायणहिटी खाली गर्नुपर्छ । खाली गर्नको लागि पनि त समय दिनुपर्‍यो । दोस्रो आन्दोलनपश्चात् राजाका राजदूतलाई फिर्ता बोलाउँदा १ महिनाको समय दिइएको थियो । हामीले किन १ महिना समय दिएको १ हप्ता दिनुपथ्र्यो भनेर आवाज उठायौं । अहिले पनि राजालाई १ हप्ता, १ महिनाको समय दिनुपर्छ होला । संविधानविद्, र अन्तरिम संविधानका व्याख्याकारहरूले गणतन्त्र कार्यान्वयनबारे स्पष्ट पार्नुपर्छ । होइन भने माओवादीलाई त्यत्रो अधिकार दिँदा पनि गणतन्त्र कार्यान्वयन गरेन भनेर जनतामा भ्रम पैदा हुन्छ ।

माओवादीको नेतृत्वमा सरकार बनेमा विदेशी राष्ट्रहरूले सहयोग र समर्थन नगर्ने हल्ला चलाइएको छ । यो सत्य होइन । माओवादीको स्पष्ट बहुमत नआउँदै विभिन्न देशका राजदूतहरू प्रचण्डको निवास पुगेर बधाई तथा शुभकामना दिएका छन् । भारतीय राजदूतले त दुई चोटि भेटेर सहयोग र समर्थन गर्ने बताइसक्नुभएको छ । अमेरिकाले नेपाली जनताको निर्णयलाई स्वीकार्ने बताइसकेको छ । नेपाली जनताले माओवादीलाई साथ दिने निर्णय चुनाव मार्फत गरेपछि अमेरिकाले पनि पहिलेको प्रतिबद्धता पूरा गर्नुपर्छ । त्यसले असहयोग गर्ने कुनै संकेत पनि देखिएको छैन । माओवादी नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय क्षेत्रसँग अहिलेको सरकारले भन्दा पनि अझ राम्रो सम्बन्ध विस्तार गर्नसक्छ सहयोग पनि बढाउन सक्छ । केही व्यक्ति वा संघसंस्थाले माओवादीले सरकार बनाएकोले नियतबश कृत्रिम अभाव सृजना गर्ने, हल्ला फैलाउने गर्न सक्छन् । भारतले पेट्रोल रोक्छ कि भन्ने कुरा गर्छन् । तर राज्यको हिसाबले भारतले त्यसो गर्दैन । त्यस्तै अबको नयाँ नेपालमा परिवर्तनको सुरुवात हुनुपर्छ । कर्मचारीतन्त्र, अनियमितता, भ्रष्टचारजस्ता कुराहरू स्वतः समाप्त हुन्छ । किनकि कृत्रिम अभाव, महागी त भ्रष्टाचारकै कारण भएको हो । हिजो केवल व्यक्तिगत नाफामा सबैको ध्यान थियो । तर अब नाफा होइन देश विकास गर्नेतर्फ उद्योगी, व्यवसायी, नागरिक समाजसबैमा प्रतिबद्धता र समर्पणको भाव हुन्छ ।

निर्वाचनको पर्यवेक्षणका लागि आएका थाइल्याण्डका पूर्वसेनापतिसँग भेट भएको थियो । उहाँको कार्यकालमा कम्युनिष्ट विद्रोहीहरूसँग वार्ता भएपछि ती विद्रोहीहरू देश निर्माणमा लागेको हामीलाई बताउनुभयो । हाम्रो यहाँ कृषि अव्यवस्थित छ । भूमिसुधार लागु गरिएकै छैन । माओवादीलाई हिजोको भन्दा सत्तामा आइसकेपछि थप चुनौती थपिएको छ । माओवादीको सबैभन्दा ठूलो चुनौती भनेको शान्तिपूर्ण तरिकाले क्रान्तिकारी उपलब्धि हासिल गर्न सक्छ कि सक्दैन ? भन्ने हो । शान्तिपूर्ण तरिकाले राजतन्त्र अन्त्य भयो जनतामा सकारात्मक सन्देश जान्छ । अहिलेको चुनाव नतिजाले नेपालमा कम्युनिष्टहरूको शक्ति भनेको सबैभन्दा ठूलो शक्ति हो भन्ने पुष्टि गरेको छ । एमाले, माओवादी र अन्य पार्टीहरूको भोट जोड्ने हो भने सबैभन्दा बढी उनीहरूको छ । तर कम्युनिष्ट मात्रै होइन कांग्रेससँग पनि मिलेर सरकारमा जानुपर्छ भन्ने जनताले म्यान्डेट दिएका छन् । अझ हामीहरूले त सातै दलले साझा उम्मेदवार र घोषणापत्र लिएर जानुपर्छ भनेका थियौं । यति गर्न सकिँदैन भने कम्तिमा वामपन्थी पार्टीहरू मिलेर चुनावमा जानुपर्छ भनेका थियौं । चुनावको ३ दिने अगाडि प्रचण्ड, माधव नेपाल र प्रकाशलाई मेरो घरमा बोलाएर मिलेर जानुपर्छ भनेको थिए । तर अन्तिम समय आइसकेकोले त्यो हुन सकेन । तर वामपन्थी दलबीच एक अर्को पार्टीमा आक्रमण नगर्ने सहमति भएको संयुक्त विज्ञप्ति निकाल्ने सहमति भयो । राजतन्त्र सिद्धिदैमा सामन्तवादको पूरै अन्त्य हुँदैन । अहिले आर्थिक क्रान्तिको पनि कुरा आइरहेको छ । यो त राष्ट्रिय आन्दोलनबाट हुन्छ । कुनै एउटा पार्टी विशेषको मात्रै प्रयत्नले त्यो सफल हुँदैन । त्यसैले सबै पार्टीहरूले सामाजिक र आर्थिक आन्दोलनमा होमिनुपर्छ ।

नेपालका माओवादीले जुन सफलता प्राप्त गरेका छन् त्यो संसारमा विरलै पाइन्छ । अहिले माओवादीले पूँजीवादपछि समाजवाद भनेका छन् । तर केही मान्छेहरू आजको आजै समाजवाद, आजै क्रान्ति भन्ने गर्छन्- तिनीहरू असफल भएको पाइन्छ । माओवादीहरूलेे विश्वका कम्युनिष्ट आन्दोलनका असफलताबाट पाठ सिकेको बताउँदै आएका छन् । जतिजति अव्यावहारिक र उग्र हुन्छन्, जनताबाट टाढिदै जान्छन् त्यतिखेर असफल हुने हो । जब जनताको साथ पाएर सिद्धान्तको आधारमा एकपछि अर्को गर्दै समाजवाद हुदै साम्यवादमा पुग्ने भन्ने कुरा छ । माओवादीले नेपालमा जसरी १० वर्षमा हतियार उठाएर विद्रोह गरिस्थापित भएर अन्तर्राष्ट्रिय चर्चा पाए , ८० प्रतिशत भूभाग कब्जा गरेको र जनसरकार गठन गरेको पार्टीले त्यसलाई शान्ति वार्तामार्फत निश्कर्षमा पुर्‍याउनु पर्छ भन्ने मान्नेता राख्यो र अहिले सोही अनुशार देश अघि बढिरहेको छ ।

(वार्तामा आधारित ।)

उद्योग व्यवसायीहरु ढुक्क

काठमाडौं । संविधानसभाको निर्वाचन परिणामले नेकपा (माओवादी)लाई सरकार सञ्चालन गर्ने अभिभारा दिएपछि नेकपा -माओवादी)ले आफ्ना भावी आर्थिक नीतिका बारेमा विभिन्न क्षेत्रका व्यक्तिहरूसाग छलफलको प्रक्रियालाई अघि बढाएका छन् । गत केही दिनभित्र मात्रै माओवादी नेताहरूले उद्योगी-व्यवसायीहरूसग भेटघाट गरेका छन् । माओवादीका नेताहरूसाग भेट गरेका ती उद्योगीहरूले माओवादी आर्थिक नीतिलाई कसरी लिएका छन् त ?

भर्खरै उद्योग वाणिज्य महासंघको अधिवेशनले निर्वाचित गरेका अध्यक्ष कुशकुमार जोशीले भन्नुभयो- 'माओवादीले भनेका छन तपाईहरू लगानी गर्नोस, हामी मुनाफाको ग्यारेण्टी गर्छो । हामीले उहाहरूप्रति विश्वास गरेका छौ ।' जोशीको भनाइ थियो- द्वन्द्वको न्युनीकरण नगरी आर्थिक विकासको सम्भावनै रहन्न,त् यसका लागि माओवादीको व्यवहार र प्रतिबद्धताले केही हदसम्म आशावादी बनाएको छ । माओवादी सत्तामा आएपछि विदश्ाीले असहयोग त गर्दैन भन्ने जिज्ञासामा अध्यक्ष जोशीको भनाइ थियो- जनताले चुनेर आएको शक्तिलाई असहयोग गर्नुपर्ने कुनै कारण छैन । जोशीको जस्तै धारणा राख्नु हुन्छ महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल । उहााको भनाइ छ- माओवादीका आर्थिक नीतिप्रति हामीमा कुनै शंका छैन, बाकी कुराहरू व्यवहारमा हेर्नुपर्छ । आलोचना र शंकाभन्दा विश्वास गरेर अघि बढ्नुपर्ने बेला हो यो । निजी लगानीलाई प्रोत्साहन गर्ने उहााहरूको नीतिप्रति हामी सहमत छौ र साझेदारीमा काम गर्न तयार छौ ।

आजसम्मको राजनीतिक क्रान्ति हामीले गर्‍यो, अबको आर्थिक क्रान्ति उद्योगीले गर्नुपर्छ भन्ने माओवादीको अनुरोधप्रति निकै प्रभावित हुनुहुन्छ पूर्वअध्यक्ष ढकाल ।

अर्का उद्योगी बिनोदबहादुर श्रेष्ठ भन्नुहुन्छ- माओवादी आउने बित्तिकै बिदेशी सहयोग रोकिन्छ भन्ने हल्लामा कुनै सत्यता छैन । लगानी प्रबर्द्धन गर्ने माओवादी नीति सार्वजानिक भएपछि बाकी रहेको शंकासमेत निवारण भएको छ । उहाले भन्नुभयो -विभिन्न कारणले निर्यात घटेको छ, रोजगारी घटेको छ , लगानी संकुचन हुदैगएको छ अब दश वर्षका प्रतिव्यक्ति आय ३ हजार डलर बनाउन आर्थिक क्षेत्रमा तीव्र विकास गर्नुपर्छ तब यो सम्भव हुनसक्छ । '

माओवादी युद्धमा रहेको समयमा रहेको त्रास अब बिस्तारै आशमा फेरिदै गएको बताउनु हुन्छ उहा । अझै पनि केही क्षेत्रमा अप्ठ्यारा बााकी रहेको बताउदै उहा भन्न् हुन्छ- श्रम, लगानी र सेवाका क्षेत्रमा रहेको आपसी असमझदारी हटाउन मिलेर जानु आवश्यक छ ।

अर्थ राजनीति एकापसमा सम्बन्धित रहेकोले राजनीति र अर्थ अलग विषय नभएको प्रष्ट पार्दै उहाले भन्नुभयो- अहिलेसम्म माओवादीले विकास गरेको क्रान्तिको आर्थिक एजेण्डामा हामी मिलेर जान तयार छौ ।

माओवादीको राष्ट्रिय पुजीपतिलाई संरक्षण गर्ने नीतिप्रति प्रभाबित हुनुहुन्छ अर्का उद्योगी आजाद श्रेष्ठ । अहिले बजारमा देखिएको खाद्यान्न संकट बिश्वमै आएको खाद्य संकटको लहर भएको बताउदै उहाले भन्नु भयो- यो संकट अहिले देखिएको हैन, यो त निर्वाचन अघिदेखि नै उत्पन्न भएको संकट हो ।

माओवादी सत्तामा आएपछि उद्योगीको असहयोग हुन्छ भनेर डंका पिटाउने तत्वहरू अहिले बिस्तारै मत्थर हुन थालेका छन् ।

पराजयको समीक्षामा संसद्वादी दलहरु

काठमाडौं । २०४६ सालको आन्दोलनपछिका निर्वाचन परिणामले ठूला दल बनाएका नेपाली कांग्रेस र नेकपा -एमाले)ले संविधानसभाको निर्वाचन व्यापक पराजय हात लागेपछि अन्तरपार्टीमा गम्भीर समीक्षामा लगेका छन् ।

संविधानसभाको पूर्ण परिणाम आउन अझै एक-दुई दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको पूर्ण परिणाम आए लगत्तै यस अघिका ठूला दल नेपाली कांग्रेस र नेकपा -एमाले)ले केन्द्रीय समितिको बैठक डाकी पराजयको समीक्षा गर्दैछन् । नेपाली कांग्रेसले आगामी १२ गते केन्द्रीय कार्य समितिको समीक्षा बैठक डाकेको छ भने नेकपा -एमाले) ले १५ गतेदेखि केन्द्रीय समितिको बैठक डाकेको छ ।

निर्वाचनमा पराजय हुन पछाडिका वस्तुनिष्ठ कारण जे भए पनि नेपाली कांग्रेस र एमालेले प्रारम्भिक रूपमा पराजयका कारण सार्वजनिक गरेका छन् । निर्वाचनमा पराजयपछि आफ्ना कार्यकर्तामा आएको निराशालाई हटाउन वाईसीएलको आतंकका कारण हारिएको प्रचार जोडतोडले गरेका भए पनि आन्तरिक समीक्षामा भने हारका कारण अरु नै भएको निष्कर्ष निकालेका छन् ।

संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट पराजित एमालेका उम्मेदवार तथा केन्द्रीय सदस्य प्रदीप नेपालले पार्टीका अञ्चल इञ्चार्जहरूसँगको बैठकमा आफ्ना पार्टीको हार हुनका निम्न कारण प्रस्तुति गरेका छन्- 'पार्टीभित्रको आन्तरिक गुटबन्दी । सारा दुनियाँले जान्ने गरी एमालेभित्र गुटबन्दी चर्किएको छ । गुटबन्दीले सबैभन्दा ठूलो घाटा पार्टीलाई नै गर्छ भन्ने जान्दाजान्दै पनि किन एमालेका नेता गुटबन्दी गरिरहन्छन् भन्ने जानकारी कुनै पनि इमान्दर नेपाली नागरिकले पाउन सकेको छैन ।

दोस्रो, राजनीतिक वैचारिक दृष्टिकोणमा आएको व्यापक स्खलन । तेस्रो, जनता र कार्यकर्ताबीच, कार्यकर्ता र जनताबीच सम्बन्ध चटक्कै चुæ