दृष्टिकोण
कमर्चारी
तन्त्रमा सांस्कृतिक रूपान्तरण
-
निलकण्ठ तिवारी
"म मन्त्री भएर के गर्ने र, काम
केही गर्न दिदैन, यो व्युरोक्रेसीले । पञ्चायतले
हुर्काएको र कांग्रेसले मत्ताएका यिनलाई केही गरौं भने
झनै जोखिम हुन्छ कि भन्ने डर, नगरौं भने केही गर्न
नसकेको हुतिहारा आरोप सहनु पर्ने । यो प्रतिक्रियावादी
व्यवस्थाको मन्त्री भएर केही हुादो रहेनछ, मलाई त
मिच्छ्याट पो लाग्यो । "
२०५५ सालमा स्थानीय विकास
सहायकमन्त्री रहेका बेला त्यसो भनेका क.देबबहादुर
पौडेल क्षेत्रीले मलाई हालै तीन दिन अगाडि मात्र
भन्नुभयो । "यो बेला कर्मचारीहरूमाथि असाध्यै ध्यान
पुर्याउनु पर्छ है नीलकण्ठ Û" क.देवबहादुरको पुरानो
तिक्तता र नयाँ आशावादिताले निश्चित रूपमा समयलाई
परिभाषित गरेको छ । त्यसो त अहिलेकै सरकारमा संलग्न
कतिपय माओवादी मन्त्रीहरूले पनि असहज र जटिलताहरू
सार्वजनिक गर्दै आउनु भएको छ । उहााहरू मन्त्री रहेकै
बेला बहुमतको ताजा जनादेश आइसकेको छ । यद्यपि
कर्मचारीतन्त्रमा नानाथरि आशंका र आर्थिक विश्रंृखलताका
भ्रमहरू फैलाएर अस्थिरता बढाउने धृष्टता पनि सागसागै
देखापरेको छ । यो परिप्रेक्षमा हामी कर्मचारीहरूको
भूमिकाका सम्बन्धमा तीव्र बहस बढ्न जरुरी छ ।
नुनको सोझो बन्ने, "सरकारी काम
कहिले जाला घाम" भन्ने र राष्ट्रका जिम्मेवारीलाई
आत्मबोध गर्न भन्दा व्यक्तिगत स्वार्थलाई केन्द्रमा
राख्ने विभिन्न प्रवृतिले हामी कर्मचारीहरू अझै
प्रभावित छौं । ठीक यही बेलामा मुलुकले ठूलो फड्को
मार्दै छ । प्रवृत्ति र संस्कृति सत्रौं शताब्दीको
जिम्मेवारी र अभिभारा २१औ शताब्दीको छ अहिले हामीसाग ।
पञ्चायतको अन्त्य सागै हाम्रो संस्कृतिमा रूपान्तरण
हुादै जानु पर्दथ्यो तर त्यतिबेला त्यसो हुन सकेन ।
मुलुकको बागडोर सम्हाल्ने राजनीतिक नेतृत्वमा
सांस्कृतिक परिवर्तन नदेखिएको कारण पनि कर्मचारीको
रूपान्तरण जिम्मेवारी सापेक्ष हुन सकेन । बरु सत्ता वा
सरकारको भजन गाइदिएका आधारमा एकथरि कर्मचारीहरूको
मनोवृति सत्तासस्कृतिमा चुलियो भने समायोजित हुादै
जाादा राजनीतिक दल र नेतृत्वसमेत कर्मचारीतन्त्रीय
संस्कृतिमा चुर्लुम्म हुन पुगे । व्यवस्था र नेतृत्वको
परिवर्तनले संस्कृतिको परिवर्तन नभएका कारण राम्रो
गर्छु भन्ने कांग्रेसी नेताहरूले समेत मौका पाएनन्
त्यतिबेला । दलभित्र धमिरा भएर पसेको कर्मचारीतन्त्रीय
मानसिकताले कांग्रेसमै छत्तीसे र चौहत्तरे बनाउन
नकरात्मक भूमिका खेल्यो भन्ने एमालेलाई टुक्रयाएर
रस्वादन गर्यो । राज्य संयन्त्रको प्रजातन्त्रीकरण
हुनुपर्नेमा कांग्रेसले कांग्रेसीकरण, एमालेले
एमालेकरण र कर्मचारी स्वयंले कर्मचारीतन्त्रका आधारहरू
खडा गर्ने काम मात्र भए । समय क्रममा सरकारको नेतृत्व
परिवर्तन र दलमा जिम्मेवारी तलमाथि पर्दै गए । तर
कर्मचारीतन्त्रमा प्रजातन्त्रीकरणको संस्थागत अभ्यास
हुन पाएन समग्रमा संसद्वादीहरूको सत्ताकालमा
कर्मचारीलाई जनमुखी बनाउने ठोस पहल नै गरिएन ।
तर २०५२ देखि जनयुद्धको स्वरूपमा
विकास भएको ग्रामीण वर्गसंर्घषको प्रभावका कारण जनताको
सेवामा केही सकारात्मक प्रभाव पुग्न सक्यो । जनयुद्धको
क्रममा कर्मचारीतन्त्रभित्र भएका पुराना मान्यताहरू
जबर्जस्त नयाँ देखिन थाले तर यो प्रक्रिया पनि
वैधानिकताको मूर्ततासम्म पुग्न सकेन । प्रभावित ठाउामा
जनताले केही राहत पाए भने प्रतिक्रियावादीहरूको
दुस्प्रयासका कारण कर्मचारीवर्ग अनावश्यक आतंकित हुन
पुग्यो । यद्यपि यही बीचबाट नै नयाँ संस्कृतिमा
रूपान्तरण हुन कोसिस गर्ने वा पुरानाहरूमा चक्कर लगाउने
? प्रश्न भने सशक्त देखियो ।
आज मुलुक अग्रगमनको शीघ्र संघारमा
छ । पुराना मान्यताहरू भत्किन थालेको, संस्कृतिहरूमा
रूपान्तरणका अभ्यास देखिन थालेको र पाइलाहरू अगाडि
चालिएको यो समयमा पनि आवश्यकता र गतिका वेग रोक्न
दुस्प्रयासहरू हुादैछन । सिङ्गो राज्यसत्ता नै
संक्रमणकालमा रहिरहेको बेला कर्मचारीतन्त्रको संक्रमण
चुनौतीपुर्ण हुनु अस्वाभाविक होइन तर राज्यसत्ताको
पुनर्संरचनाका लागि जनादेश आएको यो समयलाई कुनै पनि
कर्मचारीले हिजोको मानसिकताबाट हेर्ने स्थिति छैन ।
हिजो दल र नेतृत्वको वरिपरि मात्र कर्मचारीको स्वार्थ
अल्भिmएको थियो तर आज राज्य पुनर्संरचनाको जनादेश स्वयं
कर्मचारीले बुझेको हुादा राज्यले सुम्पेको
जिम्मेवारीबाहेक पनि कर्मचारीहरूले आ-आफ्नो रचनात्मक
खुवी र क्षमता प्रदर्शन गर्ने बेलाआएको छ । अब मुलुकले
नयाँ युगको दैलो खोलिसकेको हुादा कर्मचारीहरू निष्पक्ष,
निर्भिक र रचनात्मक कौशलतासहित जनसेवामा जुट्नु जरुरी
छ । राष्ट्रको यो महान् यात्रालाई कम आाक्न,े
प्रतिगमनकारीहरूको नियत र योजनामा फसिरहने र आफ्नो
स्वार्थलाई मात्र ठूलो देख्ने सबै प्रवृति रूपान्तरणको
राजमार्गमा लामबद्ध हुन जरुरी छ । माओवादीले के
गर्दोरहेछ हेरौन......? हामी बिना कसरी चल्दारहेछन देखौं
न..........., भन्ने हुइाया मच्चाएर राज्य
पुनर्संरचनामा असहयोग गर्ने तत्वहरूलाई आफ्नो पसिना र
श्रमको मूल्य तलबको रूपमा जनताले अब नदिन सक्छन् ।
राज्यको अग्रगामी पुनर्संरचनामा जान हिच्किचाउनेहरूलाई
जनमतद्वारा बैधानिक सजाया मिलेजस्तै जनताले हामी
कर्मचारीलाई पनि दण्डित गर्न सक्छन् तसर्थ उचाल्ने र
भड्काउने प्रपञ्चहरू चिर्दै तथा झस्कने र तर्कने
आदतलाई सच्याउादै हामी कर्मचारीहरूले इमान्दारीपूर्वक
राष्ट्रसेवा गर्न जरुरी छ । निश्चय पनि कर्मचारीलाई "मालिक"
को अनुभूति गराइदिंदै दासको व्यवहार गरेको पुरानो
सामन्ती मानसिकताबाट मुक्त हुन समय लाग्छ । हाम्रा
अगाडि समस्याका थुप्रा छन्, श्रमको सम्मान छैन,
आवश्यकताहरूको घेरावटले रचनात्मक इच्छाशक्ति मृतप्राय
छ । हामीसाग सीमितताहरू अझै छन् र संकीर्णताले
पछ्याइरहेको छ । लामो समय व्यहोरेका दलका नेताहरूमा
राजतन्त्रीय संस्कृतिले नै घर गरेको देखिरहेका छौं ।
यस्तो स्थितिमा हामी समस्याको घेरालाई अलिक माथिबाट
हेरौं ।
नेपाली जनता ०३६-४६ र ०६१-६२ मा
छैनन् अहिले । सिङ्गो देश नयाँ राजमार्गमा छ र गुडाउने
इजाजत लिएकाहरूमा केवल राष्ट्र स्वार्थ मात्र देखिन्छ
। त्यसैले मनका कुना कन्दरामा खेलेका कुराहरू एउटा
विशाल अन्तर्त्रिmयामा पौखौं । हामी सबै कर्मचारीहरूको
साझा उद्देश्य सभ्य र विकसित मानव समुदायको निर्मणमा
केन्दि्रत भएको हुादा सहकार्यबाटै असमझदारी हटाउन गार्हो
छैन । सार्वजनिक प्रशासनलाई कर्मचारीहरूको सेवा शर्त र
सुविधामा सीमित राखी नोकरशाहीतन्त्रमा घुमाइरहने पुरानो
संस्कृतिका विकल्पमा जनताको भावना र आवश्यकताप्रति
उत्तरदायी हुने नयाँ मान्यता स्थापित गर्न सक्नुपर्छ ।
राज्यको विलोपीकरण हुने समाज विकासको अनिवार्यतालाई
बुझ्दै सामूहिक र स्वेच्छिक जिम्मेवारीबाट समाज चल्ने
वैज्ञानिक मान्यतालाई अहिलेदेखि नै स्वीकार्न सक्यौ भने
रुढको जटिलतामा होइन जनताको आवश्यकताको आधारमा गतिशील
एवं सिर्जनशील हुन सक्नेछौं । जो सामान्यतः गतिशीलता
अस्वीकार्छ, उ कसरी प्रगतिशील रूपान्तरणको प्रक्रियामा
जान सक्छ ? जो रूपान्तरण मन पराउादैन, उ अबका जनताको
सेवक कसरी बन्न सक्छ ?
नेतृत्वकर्ताहरूको चरित्र र
चिच्याइमा कर्मचारीले पनि त नमूना प्रदर्शन गर्न सक्छ
। आज हामी यही सकारात्मक सोचका साथ अघि बढ्न जरुरी छ ।
निश्चय पनि रूपान्तरणको अर्थ पार्टीकरण होइन बरु यो
राष्ट्रिय आवश्यकताको नयाँ बोध हो । रूपान्तरणको अर्थ
जोरजबर्जस्ती होइन संस्कृतिको प्रगतिशील विकासक्रम हो
। पूर्वाग्रह फ्याँकौ सहकार्यबाटै असमझदारी हटाऔं र
राज्य पुनर्संरचनामा आत्मीय ऐक्यबद्धता देखाऔं ।
यतिबेला कागजी उदारता र बोलीको मिठासताले मात्र हाम्रो
जिम्मेवारी पूरा हुादैन, जनताले एकपटक हेरेझैं हामीले
पनि एकपटक दिल खोल्यौं भने मुलुकको संक्रमणतामा हाम्रो
दायित्व पूरा हुन्छ की ?
-लेखक तिवारी नेपाल राष्ट्रिय
कर्मचारी संगठनको सचिवालय सदस्य हुनुहुन्छ)