दृष्टिकोण

कमर्चारी तन्त्रमा सांस्कृतिक रूपान्तरण

- निलकण्ठ तिवारी

"म मन्त्री भएर के गर्ने र, काम केही गर्न दिदैन, यो व्युरोक्रेसीले । पञ्चायतले हुर्काएको र कांग्रेसले मत्ताएका यिनलाई केही गरौं भने झनै जोखिम हुन्छ कि भन्ने डर, नगरौं भने केही गर्न नसकेको हुतिहारा आरोप सहनु पर्ने । यो प्रतिक्रियावादी व्यवस्थाको मन्त्री भएर केही हुादो रहेनछ, मलाई त मिच्छ्याट पो लाग्यो । "

२०५५ सालमा स्थानीय विकास सहायकमन्त्री रहेका बेला त्यसो भनेका क.देबबहादुर पौडेल क्षेत्रीले मलाई हालै तीन दिन अगाडि मात्र भन्नुभयो । "यो बेला कर्मचारीहरूमाथि असाध्यै ध्यान पुर्‍याउनु पर्छ है नीलकण्ठ Û" क.देवबहादुरको पुरानो तिक्तता र नयाँ आशावादिताले निश्चित रूपमा समयलाई परिभाषित गरेको छ । त्यसो त अहिलेकै सरकारमा संलग्न कतिपय माओवादी मन्त्रीहरूले पनि असहज र जटिलताहरू सार्वजनिक गर्दै आउनु भएको छ । उहााहरू मन्त्री रहेकै बेला बहुमतको ताजा जनादेश आइसकेको छ । यद्यपि कर्मचारीतन्त्रमा नानाथरि आशंका र आर्थिक विश्रंृखलताका भ्रमहरू फैलाएर अस्थिरता बढाउने धृष्टता पनि सागसागै देखापरेको छ । यो परिप्रेक्षमा हामी कर्मचारीहरूको भूमिकाका सम्बन्धमा तीव्र बहस बढ्न जरुरी छ ।

नुनको सोझो बन्ने, "सरकारी काम कहिले जाला घाम" भन्ने र राष्ट्रका जिम्मेवारीलाई आत्मबोध गर्न भन्दा व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्ने विभिन्न प्रवृतिले हामी कर्मचारीहरू अझै प्रभावित छौं । ठीक यही बेलामा मुलुकले ठूलो फड्को मार्दै छ । प्रवृत्ति र संस्कृति सत्रौं शताब्दीको जिम्मेवारी र अभिभारा २१औ शताब्दीको छ अहिले हामीसाग । पञ्चायतको अन्त्य सागै हाम्रो संस्कृतिमा रूपान्तरण हुादै जानु पर्दथ्यो तर त्यतिबेला त्यसो हुन सकेन । मुलुकको बागडोर सम्हाल्ने राजनीतिक नेतृत्वमा सांस्कृतिक परिवर्तन नदेखिएको कारण पनि कर्मचारीको रूपान्तरण जिम्मेवारी सापेक्ष हुन सकेन । बरु सत्ता वा सरकारको भजन गाइदिएका आधारमा एकथरि कर्मचारीहरूको मनोवृति सत्तासस्कृतिमा चुलियो भने समायोजित हुादै जाादा राजनीतिक दल र नेतृत्वसमेत कर्मचारीतन्त्रीय संस्कृतिमा चुर्लुम्म हुन पुगे । व्यवस्था र नेतृत्वको परिवर्तनले संस्कृतिको परिवर्तन नभएका कारण राम्रो गर्छु भन्ने कांग्रेसी नेताहरूले समेत मौका पाएनन् त्यतिबेला । दलभित्र धमिरा भएर पसेको कर्मचारीतन्त्रीय मानसिकताले कांग्रेसमै छत्तीसे र चौहत्तरे बनाउन नकरात्मक भूमिका खेल्यो भन्ने एमालेलाई टुक्रयाएर रस्वादन गर्‍यो । राज्य संयन्त्रको प्रजातन्त्रीकरण हुनुपर्नेमा कांग्रेसले कांग्रेसीकरण, एमालेले एमालेकरण र कर्मचारी स्वयंले कर्मचारीतन्त्रका आधारहरू खडा गर्ने काम मात्र भए । समय क्रममा सरकारको नेतृत्व परिवर्तन र दलमा जिम्मेवारी तलमाथि पर्दै गए । तर कर्मचारीतन्त्रमा प्रजातन्त्रीकरणको संस्थागत अभ्यास हुन पाएन समग्रमा संसद्वादीहरूको सत्ताकालमा कर्मचारीलाई जनमुखी बनाउने ठोस पहल नै गरिएन ।

तर २०५२ देखि जनयुद्धको स्वरूपमा विकास भएको ग्रामीण वर्गसंर्घषको प्रभावका कारण जनताको सेवामा केही सकारात्मक प्रभाव पुग्न सक्यो । जनयुद्धको क्रममा कर्मचारीतन्त्रभित्र भएका पुराना मान्यताहरू जबर्जस्त नयाँ देखिन थाले तर यो प्रक्रिया पनि वैधानिकताको मूर्ततासम्म पुग्न सकेन । प्रभावित ठाउामा जनताले केही राहत पाए भने प्रतिक्रियावादीहरूको दुस्प्रयासका कारण कर्मचारीवर्ग अनावश्यक आतंकित हुन पुग्यो । यद्यपि यही बीचबाट नै नयाँ संस्कृतिमा रूपान्तरण हुन कोसिस गर्ने वा पुरानाहरूमा चक्कर लगाउने ? प्रश्न भने सशक्त देखियो ।

आज मुलुक अग्रगमनको शीघ्र संघारमा छ । पुराना मान्यताहरू भत्किन थालेको, संस्कृतिहरूमा रूपान्तरणका अभ्यास देखिन थालेको र पाइलाहरू अगाडि चालिएको यो समयमा पनि आवश्यकता र गतिका वेग रोक्न दुस्प्रयासहरू हुादैछन । सिङ्गो राज्यसत्ता नै संक्रमणकालमा रहिरहेको बेला कर्मचारीतन्त्रको संक्रमण चुनौतीपुर्ण हुनु अस्वाभाविक होइन तर राज्यसत्ताको पुनर्संरचनाका लागि जनादेश आएको यो समयलाई कुनै पनि कर्मचारीले हिजोको मानसिकताबाट हेर्ने स्थिति छैन । हिजो दल र नेतृत्वको वरिपरि मात्र कर्मचारीको स्वार्थ अल्भिmएको थियो तर आज राज्य पुनर्संरचनाको जनादेश स्वयं कर्मचारीले बुझेको हुादा राज्यले सुम्पेको जिम्मेवारीबाहेक पनि कर्मचारीहरूले आ-आफ्नो रचनात्मक खुवी र क्षमता प्रदर्शन गर्ने बेलाआएको छ । अब मुलुकले नयाँ युगको दैलो खोलिसकेको हुादा कर्मचारीहरू निष्पक्ष, निर्भिक र रचनात्मक कौशलतासहित जनसेवामा जुट्नु जरुरी छ । राष्ट्रको यो महान् यात्रालाई कम आाक्न,े प्रतिगमनकारीहरूको नियत र योजनामा फसिरहने र आफ्नो स्वार्थलाई मात्र ठूलो देख्ने सबै प्रवृति रूपान्तरणको राजमार्गमा लामबद्ध हुन जरुरी छ । माओवादीले के गर्दोरहेछ हेरौन......? हामी बिना कसरी चल्दारहेछन देखौं न..........., भन्ने हुइाया मच्चाएर राज्य पुनर्संरचनामा असहयोग गर्ने तत्वहरूलाई आफ्नो पसिना र श्रमको मूल्य तलबको रूपमा जनताले अब नदिन सक्छन् । राज्यको अग्रगामी पुनर्संरचनामा जान हिच्किचाउनेहरूलाई जनमतद्वारा बैधानिक सजाया मिलेजस्तै जनताले हामी कर्मचारीलाई पनि दण्डित गर्न सक्छन् तसर्थ उचाल्ने र भड्काउने प्रपञ्चहरू चिर्दै तथा झस्कने र तर्कने आदतलाई सच्याउादै हामी कर्मचारीहरूले इमान्दारीपूर्वक राष्ट्रसेवा गर्न जरुरी छ । निश्चय पनि कर्मचारीलाई "मालिक" को अनुभूति गराइदिंदै दासको व्यवहार गरेको पुरानो सामन्ती मानसिकताबाट मुक्त हुन समय लाग्छ । हाम्रा अगाडि समस्याका थुप्रा छन्, श्रमको सम्मान छैन, आवश्यकताहरूको घेरावटले रचनात्मक इच्छाशक्ति मृतप्राय छ । हामीसाग सीमितताहरू अझै छन् र संकीर्णताले पछ्याइरहेको छ । लामो समय व्यहोरेका दलका नेताहरूमा राजतन्त्रीय संस्कृतिले नै घर गरेको देखिरहेका छौं । यस्तो स्थितिमा हामी समस्याको घेरालाई अलिक माथिबाट हेरौं ।

नेपाली जनता ०३६-४६ र ०६१-६२ मा छैनन् अहिले । सिङ्गो देश नयाँ राजमार्गमा छ र गुडाउने इजाजत लिएकाहरूमा केवल राष्ट्र स्वार्थ मात्र देखिन्छ । त्यसैले मनका कुना कन्दरामा खेलेका कुराहरू एउटा विशाल अन्तर्त्रिmयामा पौखौं । हामी सबै कर्मचारीहरूको साझा उद्देश्य सभ्य र विकसित मानव समुदायको निर्मणमा केन्दि्रत भएको हुादा सहकार्यबाटै असमझदारी हटाउन गार्‍हो छैन । सार्वजनिक प्रशासनलाई कर्मचारीहरूको सेवा शर्त र सुविधामा सीमित राखी नोकरशाहीतन्त्रमा घुमाइरहने पुरानो संस्कृतिका विकल्पमा जनताको भावना र आवश्यकताप्रति उत्तरदायी हुने नयाँ मान्यता स्थापित गर्न सक्नुपर्छ । राज्यको विलोपीकरण हुने समाज विकासको अनिवार्यतालाई बुझ्दै सामूहिक र स्वेच्छिक जिम्मेवारीबाट समाज चल्ने वैज्ञानिक मान्यतालाई अहिलेदेखि नै स्वीकार्न सक्यौ भने रुढको जटिलतामा होइन जनताको आवश्यकताको आधारमा गतिशील एवं सिर्जनशील हुन सक्नेछौं । जो सामान्यतः गतिशीलता अस्वीकार्छ, उ कसरी प्रगतिशील रूपान्तरणको प्रक्रियामा जान सक्छ ? जो रूपान्तरण मन पराउादैन, उ अबका जनताको सेवक कसरी बन्न सक्छ ?

नेतृत्वकर्ताहरूको चरित्र र चिच्याइमा कर्मचारीले पनि त नमूना प्रदर्शन गर्न सक्छ । आज हामी यही सकारात्मक सोचका साथ अघि बढ्न जरुरी छ । निश्चय पनि रूपान्तरणको अर्थ पार्टीकरण होइन बरु यो राष्ट्रिय आवश्यकताको नयाँ बोध हो । रूपान्तरणको अर्थ जोरजबर्जस्ती होइन संस्कृतिको प्रगतिशील विकासक्रम हो । पूर्वाग्रह फ्याँकौ सहकार्यबाटै असमझदारी हटाऔं र राज्य पुनर्संरचनामा आत्मीय ऐक्यबद्धता देखाऔं । यतिबेला कागजी उदारता र बोलीको मिठासताले मात्र हाम्रो जिम्मेवारी पूरा हुादैन, जनताले एकपटक हेरेझैं हामीले पनि एकपटक दिल खोल्यौं भने मुलुकको संक्रमणतामा हाम्रो दायित्व पूरा हुन्छ की ?

-लेखक तिवारी नेपाल राष्ट्रिय कर्मचारी संगठनको सचिवालय सदस्य हुनुहुन्छ)

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd