साताको कविता

 

अस्ताचलको सूर्य

- नन्दलाल आचार्य

 

हेर, अब मलाई रत्तिभर छेक्दै नछेक

मलाई मेरै हक चाहियो

त्यो हक तैंले खोसिएको धेरै भयो

पुरानो दुनियाँ अस्ताचलको सृ्र्य हुने दिन

अब धेरै टाढा छादै छैन ।

मलाई मेरो विवेकले नै हिंड्ने मन छ

त्यो विवेक छिनिएको थियो

र पो म विवेक शृ्न्य भएको थियो

त्यस बेला चाहिा

मसाग मेरै दिव्य चछु हुनेछन्

मसाग मेरै तीक्ष्ण कर्ण हुनेछन्

मसाग मेरै शक्तिशाली खुट्टा हुनेछन्

अहिले नै म भन्दै छु

त्यस बेला चाहिा

मबाट तैाले लुटेका सम्पृ्र्ण कुराहरू

एक एक गरी तैाले फिर्ता गर्नुपर्छ ।

मेरा सुखका दिन मलाई नै दिनुपर्छ

र दुःखले चाहिा आर्यघाट नै पुग्नुपर्छ

मेरा दुःखसागसागै

तैाले पनि चुपचाप आर्यघाटमा सेलाउानुपर्छ

किनकि त्यो दिन पनि आउन

अब निकै दिन चाहिा बााकी छैन

अढाई शताब्दी पछि छिट्टै सृ्र्योदय हुादै छ

त्यस सृ्र्योदयमा म सिकुवामा बस्नेछु

सुखैसुखको पात्रो मात्रै उल्टाउानेछु

किनकि मेरो दुःख पनि तैा होस्

ता अस्ताञ्चलको यात्रामा निस्केपछि त

मेरो सुखका दिनहरू फिर्ने नै भए ।

अनि ता भने अहंकारी विगतले गल्दै

आर्यघाटको यात्रामा खुरुखुरु निस्कनेछस्

र कहिल्यै नफर्किने गरी त्यहीा अस्ताउनेछस् ।

तपेश्वरी१,उदयपुर

 

आशीर्वाद आमाको

- कुलबहादुर महर्जन

 

लाल सलाम !

तिमीले जुझारु पाखुरा उठाएर

हात उठाउदा

करतल ध्वनिका साथ स्वागत अभिवादन

जनता जनार्दनका

प्रचण्ड ! नाम लिंदा

मनमस्तिष्कमा तरंकका झोक्काका लहर फैलिन्छ

आगोको राप दन्किन्छ चिसोले कठांगि्रएकाहरूबीच

हो, तिम्रो अग्निमय, (प्रचण्ड ज्वालामा) ज्वालामा

शोषक, सामन्तका लागि डढेलो लाग्छ ।

असहाय र निर्बलियाका लागि

तिम्रो राप जीवनको जीवन्त बन्छ ।

तिम्रो बोलीको प्रत्येक शब्दशब्दमा

भविष्यको चिन्तन मनन गडेको छ

देशको मुहार फेर्ने सोच छ

नयाँ नेपाल निर्माण गर्ने योजना छ

त्यसैले, तिमीले

जिन्दगीमा खुन, पसिना बगाएको छौं

तिम्रो हेराइले देशका शत्रु र दुश्मनको छातीमा

तीर हानेको छौं

हो, तिमी

अनगिन्ती आमाका चर्किरहेको घाउमा मलम बनेका छौं

अतीत व्यथाहरूको सौर्यताका बाघ बनेका छौं

बाल, वृद्धा, लुलालङ्गडा, अपाङ्ग सबैका सहारा बन्नेछौं

भोकानाङ्गाहरूको गासबासकपासको जिम्मेदारी हुनेछौं

मेरो काखमा बसेर तिमीले गरेको बाचाबन्धन

फेरिने छैन निर्मम भए पनि

मलाई विश्वास छ

तिमीले सिङ्गो राष्ट्रको जिम्मेवारी बोक्नेछौं

युगान्तकारी, क्रान्तिकारी बनेर

बहुजन हिताय, बाहुजन सुखाय्को (सुखायको)

बाटो निर्माण गर्नेछौं

त्यसैले म तिमीलाई

अढाइ करोड सन्तानको माझमा

तिमीलाई सपूत सन्तान भनेर

लाखलाख चुम्बन गर्न मनलाग्छ

आजको एक्काइसौं शताब्दीमा तिम्रो खााछो छ

यो देशको कायापलट फेर्नको लागि

यी थरिथरि सन्तानको बीचमा

तिमीलाई विश्व सामु उभ्याउन पाउादा

म आमा भएर बाच्न पाएकोमा गौरव ठान्दछु

म तिमीलाई लाखलाख आर्शिवाद दिन चाहन्छु

तिम्रो प्रत्येक पाइलापाइलाका डोबहरू

यो देशका लागि

किल्लाकिल्ला बन्न सकोस् ।

 

क्रान्ति गजल

- बिजु सुवेदी

 

हामीले अब डट्नुपर्छ

हामीले अब खट्नु पर्छ

कति बस्नु शोषण दमन सहेर

हामीले अब अघि बढ्नु पर्छ

कति बस्न यथास्थितिवादमा सुतेर

हामीले अब अघि बढ्नुपर्छ

क्रान्तिको झण्डा गाड्दै पाइला बढाएर

हामीले अब चढ्नु पर्छ

कुलेश्वर, काठमाडौं ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd