महान् सांस्कृतिक सहिद : कृष्ण सेन 'इच्छुक'

- राजु क्षेत्री

समकालीन प्रगतिवादी साहित्य, जनपक्षीय पत्रकारिता र राजनीतिक क्षमताको एकीकृत व्यक्तित्व कृष्ण सेन 'इच्छुक' जसलाई तत्कालीन फासीवादी सत्ताले पक्राउ पछि क्रूर यातना दिएर हत्या गर्‍यो । आफ्नो आस्थाप्रति अडिग कृष्ण सेन दुश्मनका सामु आत्मसमर्पण गरेर आस्थाको अपमान गर्न अस्वीकार गरेबापत मारिनु पर्‍यो ।

आफ्नो विचारको रक्षाका लागि जीवन बलिदान गर्न अग्रसर हुने महान् व्यक्तित्व कृष्ण सेनको जन्म वि.स.२०१३ साल कार्तिक ३ गते भारतको देहरादुनमा पिता यामबहादुर सेन र माता भीमकुमारी सेनको कोखबाट भएको थियो ।

उहाको पुख्र्यौली घर प्युठान जिल्लाको साराङकोट भन्ने गाउमा हो । उहाको स्थायी घर भने अर्घाखाची जिल्लाको जलुके गाविसको सातमारामा पर्छ, जुन स्थान दाङको प्रसिद्ध राप्ती नदीको पुल नेरको ठाउ भालुवाङदेखि राप्ती नदीको पूर्वतिरको छेउमा पर्छ । त्यसैले सो गाउलाई प्रायः भालुवाङ भनेर चिनिन्छ ।

बुबा भारतीय सेनामा भएकाले उहाको प्रारम्भिक जीवन देहरादुनमै बित्यो । त्यहाको प्राकृतिक मनोरम दृश्य, सुन्दर पहाडको भूगोल, हरियाली एवं स्वच्छ वातावरणमा सरल र इमान्दार मानिसहरूका बीच उहाका प्रारम्भिक दिनहरू बिते । बुबा जागिरको सिलसिलामा गोरखपुर पुगेपछि त्यहीको एउटा सरकारी स्कुलमा उहााको औपचारिक अध्ययन सुरु भयो ।

गोरखपुरको स्कुलमा राम्रोसाग अक्षर चिन्न नपाउदै उहा परिवारसाग प्युठान फर्किनु भयो वि.सं. २०१९ सालमा ।

त्यही साल उहाकी आमा भीमकुमारीको असामयिक निधन भयो । नाबालक कृष्ण सेनले मातृ वियोगको कठोर पीडा सहनु पर्‍यो । लगत्तै बुबाले अर्को बिहे गर्नुभयो, मातृ वात्सल्यको अभावमा जन्मिने पीडासागै उहाका जीवनमा दुःखका दिन सुरु भए ।

उहाको बाल्यकाल पीडा, वेदना र दुःखका बीचबाट गुजि्रन थाले । त्यही भौतिक परिवेशले उहालाई सानैदेखि भावुक, प्रकृतिप्रेमी र गम्भीर बनाउादै लग्यो । नेपाल फर्किएपछि उहााको व्यवस्थित अध्ययन दाङ जिल्लाको देउखुरीस्थित श्री आदर्श माध्यामिक विद्यालयबाट भयो । त्यहाा उहााले ८ कक्षासम्म अध्ययन गर्नुभयो । ९ र १० का कक्षा त्यहा नभएकाले दाङकै लालमटियाको श्री सरस्वती हाइस्कुलबाट माध्यामिक तहको पढाई पूरा गर्नुभयो । १९ वर्षको उमेरमा २०३२ सालमा प्रवेशिका परीक्षा दोस्रो डिभिजनमा उत्तीर्ण गरेपछि केही समय उहााले पढाई स्थगित गर्नुभयो । त्यस लगत्तै उहााले दाङको कोइलावासमा रहेको साल्ट ट्रेडिङ्गको कार्यालयमा जागिर खानुभयो । त्यहाा उहााले करिब दुई वर्ष काम गर्नुभयो । जागिरमा रहादा कमिसन खानुपर्ने र त्यसो नगर्दा समकक्षीहरूसंग बसेर काम गर्न अप्ठ्यारो पर्न थालेपछि जागीर छोडिदिनुभयो ।

जागिर छोडेपछि कृष्ण सेन भारतको बनारस जानु भयो र प्रविणता प्रमाणपत्र तहको अध्ययन सुरु गर्नुभयो ।

कोइलावासमा जागिरे हुादा नेकपा-मशाल)साग जोडिएको उहााको सम्बन्ध बनारस पुगेपछि वामपन्थी नेतासाग निर्मल लामासाग अझ प्रगाढ बन्यो । त्यहीबेला अर्थात् वि.स.२०४४ सालमा नै उहााले नेकपा -मशाल)को सदस्यता लिइसक्नुभएको थियो ।

वि.स.२०३२-३३ तिरबाट वामपन्थी पार्टीमा झुकावसागै उहााका साहित्यिक सृजना प्रकाशित हुन थालेका थिए । त्यहीबेला २०३२ सालमा 'मातृभूमि' साप्ताहिकमा 'भोलिप्रति' शीर्षकको कविता प्रकाशित भएको छ । देहरादुनको सुन्दर, प्राकृतिक सौन्दर्यले भरिपूर्ण वातावरणमा जीवनका प्रारम्भिक दिन गुजार्दै, नेपालबाट जागिरको खोजीमा भारतको गोरखपुर पुगेका नेपालीको पीडा बालककालमै अनुभूति गर्दै मातृशोकको भयंकर पीडा, गरिबी र अपमान झेल्दै युवापन गुजारेका कृष्ण सेनमा ती सबै परिवेश र घटनाको प्रभाव मनभित्र पर्‍यो । अनि लालमटियाको स्कुलमा हुने साहित्यिक वातावरणले उहााभित्र जन्मिदै गएको काव्यात्मक चेतना प्रस्फुटित हुने अवसर पायो ।

दाङका नारायणप्रसाद शर्माको विशेष प्रभावले कृष्ण सेन साहित्यतर्फ आकृष्ट हुनुभयो । २०३२ सालतिरैबाट कविता लेखे पनि कृष्ण सेनलाई कविको रूपमा चिनाउने कविता भने 'त्यो प्यारो प्यारो पहाडी गाउाको नाम थवाङ हो' हो । यो कविता सेनले २०३८ सालमा रच्नु भएको थियो ।

वर्गीयताले ओतप्रोत भई क्रान्तिकारी आशावादिताले भरिएको यो एउटै कविताले कृष्ण सेनलाई प्रगतिवादी सृजनाको फााटमा राम्रो सम्भावना भएको कविका रूपमा स्थापित गरायो ।

बनारसबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेर नेपाल र्फकदा यहाा राजनीतिक आन्दोलन उत्कर्षमा थियो । वि.स. २०३६ सालको आन्दोलनले उहाामा एकातिर राजनीतिक चेतना अभिवृद्धि हुने परिवेश जन्माइदियो भने त्यही बेलातिरबाट उहााले वर्गीय साहित्य लेखन सुरुआत गर्नुभयो ।

वि.स. २०३६ मा दाङको महेन्द्र क्याम्पसमा स्नातकको अध्ययन गर्न थाल्नुभयो । अध्ययनकै क्रममा पार्टीले विद्यार्थी संगठनमा जिम्मा दिएपछि अनेरास्ववियूको बेतृत्वमा बस्नुभयो । त्यसबेला विद्यार्थी संगठन निर्माणका क्रममा उहाामा देखिने सक्रियता र दृढताबाट अत्तालिएका सामन्त र जमिन्दारहरूले उहाालाई पटक-पटक गुण्डा लगाएर गाली-बेइज्जती र कुटपिटसम्म गरे भने अर्कोतिर उहाामा विकसित भएको व्यवस्था विरोधी चेतना देखेर पञ्चायती शासकहरू अत्तालिन थाले र प्रहरीले उहाालाई निगरानी गर्न थाल्यो । वि.सं. २०३९ साल बैशाख ११ गते उहाालाई क्याम्पसभित्रै गएर गिरफ्तार गर्‍यो र शान्ति सुरक्षा ऐन अन्तर्गत हरेक ९-९ महिनामा रिहा गरेको कागज गराउादै फेरि पक्रदै गरी ५ वर्ष ३ महिनासम्म दाङको कारागारमा राखे । उहाा कारागारमै रहेको अवस्थामा सेनका सहयोद्धा तथा विद्यार्थी नेता मित्रमणि आचार्यलाई वि.सं २०४२ बैशाख १८ गते कांग्रेसी गुण्डाहरूले निमर्मतापूर्वक हत्या गरे । सहयोद्धा मित्रमणिको शोकमा डुबेर सेनले जेलभित्रै 'शोकाञ्जली' खण्डकाव्य लेख्नुभयो । वि.सं. २०४२ सालमै दाङको घोराही कारागारमै लेखिएको भएपनि यसको प्रकाशन भने २०४८ सालमा मात्रै आएर भयो ।

वि.संं. २०४४ असारमा उहाा कारागारबाट रिहाइ हुनुभयो । त्यसपछि पार्टीले कृष्ण सेनलाई अनेरास्ववियूको संयोजक बनायो । विद्यार्थीको केन्द्रीय संयोजकका रूपमा उहााले पश्चिम नेपालका धेरै जिल्लामा संगठन निर्माणका क्रममा आफै उपस्थित भएर महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । अहिले पनि उहाालाई राप्तीको सर्वाधिक स्थापित संगठनको रूपमा मानिसहरूले इतिहासको सम्झना गर्ने गर्छन् ।

वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनका समयमा उहााले पश्चिम नेपालमै बसेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । नेपाली कांग्रेस, एमाले र राजाबीच सम्झौता भयो र आन्दोलन टुङ्गयिो । त्यो आन्दोलनपछि विकास भएको सापेक्षित खुल्ला परिवेशसागै कृष्ण सेन अझै सक्रियापूर्वक पार्टी संगठनको काममा सक्रिय हुनुभयो र २०४७ सालमा उहाा राप्ती क्षेत्रको तत्कालीन नेकपा-मशाल)को पार्टी सचिव हुनुभयो ।

२०४६ सालको आन्दोलनपछि नेपालका वामपन्थी शक्तिबीच धु्रविकरणको प्रक्रिया अगाडि बढ्न थाल्यो ।

क्रान्तिकारी वामपन्थी पार्टीहरूबीच २०४८ सालमा एकता राष्ट्रिय सम्मेलन भयो । सो सम्मेलनमा राप्तीबाट प्रतिनिधित्व गरेर आउनु भएका कृष्ण सेनलाई केन्द्रीय समितिको सदस्य बनाउने पार्टीको योजना थियो र पार्टीले प्रस्ताव पनि गर्‍यो उहाालाई । तर उहााले मान्नु भएन । आफू मूलतः एक सृष्टा भएकाले राजनीतिक कामको चटारो बीच सृजनात्मक कार्य गर्न असहज हुने भएकाले पार्टीको केन्द्रीय सदस्य हुन अस्वीकार गर्नुभयो ।

पार्टी एकिकरण पछि बनेको वामपन्थी पार्टी निकटका सांस्कृतिककर्मीहरूको मोर्चा 'अखिल नेपाल जनसांस्कृतिक संघ, एकता संयोजन समितिको उहाा संयोजक बन्नुभयो । पार्टी एकीकरण पछि बनेको नेकपा-एकता केन्द्र) को जिल्ला सदस्यको रूपमा क्रियाशील रहादै २०४८ देखि कृष्ण सेन काठमाडौंमै बस्न थाल्नुभयो । त्यसबेला राजधानीबाट प्रकाशित साप्ताहिक पत्रिका 'महिमा', 'योजना', 'पृष्ठभूमि'मा उहााले सक्रियापूर्वक सहयोग गर्न थाल्नुभयो ।

त्यही साल वि.सं. २०४८ माघ ११ मा उहााको तक्मा के.सी.साग विवाह भयो । दाङ १२ कुनेदहमा गरिएको विवाद पार्टीमा पहलमा -विशेषतः केशव शर्मा र अमर गिरीको पहलमा) भयो । उहााहरू बीच पहिल्यैदेखि चिनाजानी र एक अर्काप्रति आकषिर्त भएपनि प्रेम विवाह भने हैन ।

सांस्कृतिक मोर्चामा प्रमुख भएपछि उहाालाई पार्टीमा २०४९ सालमा प्रगतिवादी साहित्यको प्रतिनिधिमूलक, पत्रिका 'कलम' त्रैमासिकको सम्पादक बनायो ।

त्यसअघि नै उहााको भाइ गंगाबहादुर सेनको उपचारको अभावमा वि.सं २०४८ सालमा मृत्यु भएको थियो । पैसाको अभावमा भाईको मृत्यु भएको विषयले धेरै दिनसम्म उदास बनिरहनु भएको थियो ।

उहााले 'कलम' साहित्यिक पत्रिका वि.सं. २०५६ सम्म सम्पादन गर्नुभयो । प्रगतिवादी साहित्यको इतिहासमा 'कलम' पत्रिकाको छुट्टै पहिचान छ ।

वि.सं. २०५० सालमा छोरी समीक्षाको जन्म भयो । छोरी जन्मेपछि परिवारप्रति जिम्मेवारी बोधले निकै गम्भीर बन्न थाल्नुभएको थियो । उहााका थुप्रै साथीहरू त बच्चाबच्ची नै थिए । साहित्य-राजनीतिमा सक्रिय भएर होला व्यावहारिक जीवनका पाटाहरू मिलाउन खोज्दाखोज्दै पनि असरल्लै परेका हुन्थे । उहाा आफैमा असल पति र स्नेही बाबा हुनुहुन्थ्यो । श्रम नगरी एकछिन पनि बस्न नसक्ने कृष्ण सेन परिवारका लागि असल अभिभावक हुनुहुन्थ्यो ।

वि.सं. २०५५ सालमा उहाा साहित्यिक पत्रकारिताबाट साप्ताहिक राजनीतिक पत्रकारितातिर लाग्नुभयो र 'जनादेश' साप्ताहिकको सम्पादक बन्नुभयो । तीन वर्ष भन्दा बढी 'जनादेश' साप्ताहिकको सम्पादकका रूपमा रहादा थुप्रै नयाँ लेखक, सर्जकहरूलाई प्रोत्साहित र संरक्षण गर्नुभयो । 'जनादेश'को सम्पादक बने पछि उहाा पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् बन्नुभयो ।

वि.सं. २०५६ सालमा सेनको दोस्रो पुस्तक 'इतिहासका यस घडीमा' प्रकाशित भयो । समयको त्यही अन्तरालमा नेकपा-माओवादी) को उपत्यका क्षेत्रीय ब्युरोको सदस्यसमेत हुनुभयो र जनअधिकार सरोकार अभियान नामक मानव अधिकारवादी संगठनमा बसेर समेत काम गर्नुभयो ।

वि.सं. २०५६ बैशाख ६ गते पत्रिकामा समाचार सम्प्रेषण गरेकै कारणले प्रहरीले सेनलाई पक्राउ गर्‍यो । काठमाडौं उपत्यका नजिक रहेको भट्टेडााडा प्रहरी चौकीमा माओवादीका छापामारले गरेको आक्रमणको समाचार लेखेबापत समातेर गैरकानुनी रूपमा राखिएका सेनलाई बिना पुर्जी भद्रगोल जेलमा राखियो र पछि षड्यन्त्रपूर्वक खरखजना तथा हातहतियारसम्बन्धी मुद्दा लगाएर सिराहा जेलमा पठाइयो । त्यतिबेला सेनको गैरकानुनी पक्राउका विरुद्ध नेपाल पत्रकार महासंघले सुरेश आचार्यको नेतृत्वमा गरेको संघर्ष विशेष स्मरणीय रहेको छ ।

प्रगतिशील लेखक संघका राष्ट्रिय पार्षद्समेत रहेका सेनको रिहाइका लागि विभिन्न लेखक, सांस्कृतिक संघ-संस्थाहरूले गरेका संघर्ष पनि विशेष स्मरणीय रहेका छन् ।

जेल बसाईका क्रममा उहााले रचेको लामा कविताहरूको संग्रह 'बन्दी र चन्द्रागिरि' २०५८ सालमा प्रकाशित भयो । माक्र्सवादी समीक्षक डा.ऋषिराज बरालद्वारा भूमिका लेखिएको यो काव्य कृतिले कृष्ण सेनलाई प्रगतिवादी साहित्यको अग्रणी सर्जकहरूको कोटीमा लगेर उभ्याइदियो ।

कवितामा ग्राम्य जीवनसाग जोडिएका बिम्ब, सरल प्रतिबिम्ब एवं कला र भावको सुन्दर संयोजन गर्ने कवि कृष्ण सेन २०५८ सालमा साहित्य सन्ध्या पुरस्कारद्वारा पुरस्कृत हुनुभयो ।

कृष्ण सेनको गैरकानुनी थुनाविरुद्ध व्यापक जनमत बढ्दै जान थाल्यो र दुई वर्षपछि बाध्य भएर अदालतले सफाइ दियो । लामो संघर्षपछि अन्ततः उहाा २०५७ चैत २ गते रिहाई हुनुभयो । रिहाइ भएर काठमाडौं आएपछि फेरि 'जनादेश'को सम्पादनकै काममा लाग्नुभयो ।

जतिबेला काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिकाहरूले जनताको चलाएको न्यायपूर्ण युद्धका विरुद्ध प्रायोजित दुस्प्रचार अभियान चलाइरहेका थिए, ती सबै भ्रम चिर्न जनपक्षीय दैनिक पत्रिकाको अभाव खटि्कदै गएको अवस्थामा 'जनदिशा' दैनिकको प्रकाशन प्रारम्भ भयो र कृष्ण सेन त्यसको प्रधानसम्पादक बन्नुभयो । २०५८ साल भाद्र १४ गतेदेखि मंसिर ११ गतेसम्म करिब तीन महिना 'जनदिशा' दैनिकको सम्पादन गरेपछि संकटकालको नाममा राज्यले जनपक्षीय पत्रिकाहरूमाथि रोक लगाइदियो र 'जनदिशा'को प्रकाशन पनि बन्दभयो ।

लगत्तै राज्यले कृष्ण सेनमाथि पनि 'रेड कर्नर' जारी भएपछि बाध्य भएर भूमिगत जस्तो अवस्थामा साथीभाईहरूको घरडेराहरूमा लुक्दै आश्रय खोज्दै हिंड्नु पर्‍यो । त्यसरी व्यवस्थासाग लुकीछिपी बसिरहेका बेला आफ्नै सहयोद्धाहरूको अन्तर्घातका कारण सेन काठमाडौंबाट २०५९ जेठ ६ गते पक्राउ पर्नुभयो । उहााका अवस्था अज्ञात रहेकै अवस्थमा काठमाडौंबाट प्रकाशित हुने 'जनआस्था' साप्ताहिकले 'कृष्ण सेन पशुपतिमा खरानी' शीर्षकमा समाचार सम्प्रेषण गर्‍यो । जसमा भनिएको थियो ... जेठ ६ गते पक्राउ पर्नुभएका पत्रकार सेन प्रहरी हिरासतभित्रै चरम यातनाका कारण मारिनु भएको छ ।

उहााको हत्या महेन्द्र पुलिस क्लबभित्र जेठ १३, ०५९ मा भएको मानिन्छ ।

यसरी सहजै एउटा स्थापित पत्रकार र चर्चित स्रष्टाको हत्या गर्‍यो राज्यले । विचार र आफ्नो आस्थाप्रति प्रतिबद्ध रहेकै कारण कृष्ण सेन 'इच्छुक' मारिनु पर्‍यो । इच्छुक मारिनुभयो । तर पनि इच्छुकको हत्यासागै अपराधीहरूले उहााको आदर्शलाई हत्या गर्न सकेनन् । इच्छुक भौतिक रूपमा त रहनु भएन तर इच्छुकको आदर्श हाम्रो युगको आदर्श बनेर अजर-अमर बनिरहृयो ।

कृष्ण सेन इच्छुकको हत्या भए पनि नेकपा-माओवादी)ले उहाालाई महान् सांस्कृतिक सहिदको रूपमा उच्च सम्मान अर्पण गरेको छ । उहााकै स्मृतिमा २०६० साल भदौदेखि 'कृष्ण सेन अनलाइन' सञ्चालनमा छ र अमर योद्धा कृष्ण सेनका नाममा जनमुक्ति सेना नेपालले २०६२ सालमा 'कृष्ण सेन स्मृति बि्रगेड' निर्माण गरेको छ ।

कृष्ण सेन त्याग, आदर्श र बलिदानको प्रतीक बनेको छ । उहााले पार्टीको केन्द्रीय सदस्यभन्दा एउटा साहित्यिक सर्जक बनेर आफ्नो जमानाको माक्सिम गोर्की र लु-शुन बनेर, श्रमजीवी जनताको सेवा गर्ने अठोट गर्नुभयो ।

राजनीतिक सत्ताका लागि मरिमेट्नेहरूका लागि कृष्ण सेन आदर्श पात्र नहुन सक्नुहुन्छ तर त्याग र आदर्शको राजनीति गर्नेहरूका लागि उहाा एउटा आदर्श पात्र बन्नुभएको छ ।

साहित्य-साधनामै कृष्ण सेनले जीवनका महत्वपूर्ण दिन बिताउनुभयो । उहाा बााचुञ्जेल गोर्की र लु-शुनको आदर्श बोकेर हिंड्नु भयो र जीवनको अन्तिममा दुश्मनका सामु उहााले प्रदर्शन गरेको दृढताले उहाालाई भावुकताले भरिएको एउटा जब्बर कम्युनिष्ट योद्धाका रूपमा स्थापित गरायो ।

सरल, शालीन व्यक्तित्वका धनी कृष्ण सेन 'इच्छुक' सर्वहारा वर्गप्रति प्रतिबद्ध मूलतः एक सर्जन नै हुन् । बहुमुखी व्यक्तित्वका धनी इच्छुक कवितामा गहिराइ र विचारमा उचाइ छुन सक्ने, समयलाई गाउन सक्ने गतिवान गायक नै हुन् ।

गोरो र हासिलो चेहरा, मध्यम कद, पातलो शरीर, मीठो बोली, सेतो चश्मा, सफा र सुहाउादिला कपडा, उदात्त भावना र उच्च विचारका धनी कृष्ण सेनले सामाजिक जीवनमा सक्रिय भूमिकाको सुरुआत राजनीतिक कार्यकर्ताको रूप गरे । त्यही राजनीतिक चेतनाको जगमा उभिएर उनले साहित्य सृजनामा लागे । निरन्तर त्यसैमा साधना गरिरहे । एउटा कवितामा पचासौं चोटि थपघट गरिहेन र परिस्कृत गरिहने उहााको विशिष्ट स्वभाव थियो । सृजना आफैमा साधना पनि हो । कठोर साधनाका कारण उनको सृजनशील व्यक्तित्व बनेको हो ।

कविताको लय र भावलाई सुन्दर शैलीमा अभिव्यक्त गर्ने विशिष्टता उनको निरन्तरताको साधनाकै उपज हो । समकक्षीहरूका भनाईले उनले गैरप्रगतिवादी मार्काका 'मधुपर्क' र 'रूपरेखा' जस्ता साहियित्क पत्रिका नियमित पढ्ने गर्नुहुन्थ्यो ।

जीवनलाई हेर्ने सुन्दर दृष्टिकोणअनुरूप सुन्दर विषयवस्तु, सुन्दर भाव, सुन्दर शब्द बिम्ब-शिल्प र सुन्दर शब्द रचनाले कृष्ण सेनका कविताले-काव्यले प्रगतिवादी साहित्यका क्षेत्रमा अलग पहिचान बनाएका छन् ।

वि.सं. २०३२ बाट सुरु भएको इच्छुकको काव्य याताले २०३८ मा त्यो प्यारो प्यारो पहाडी गाउाको नाम थवाङ हो शीर्षकको कवितामार्फत् स्पष्ट पहिचान दिन्छ । केही समालोचकहरूले उनको जेल नामक कवितालाई उत्कृष्ट कविता मान्ने गरेका भए पनि त्यही हाराहारीमा अन्य कविता पनि रहेको कतिपय समालोचकहरूको भनाइ छ ।

२०४८ सालमा 'शोकाञ्जली' प्रकाशित भएपछि इच्छुकको स्रष्टा व्यक्तित्वले मुखरित हुने अवसर पायो । काव्यात्मक शैलीमा तीन खण्डमा लेखिएको यो खण्डकाव्यले सहिद मित्रमणि आचार्यको वीरता र व्यक्तित्वलाई कलात्मक रूपमा सरल र सुन्दर शब्दमा अभिव्यक्त मात्रै गरेको छैन राजनीति र साहित्यको भावनात्मक सम्बन्धलाई संयोजन गरेको छ । कतिपयले यसलाई सहिद मित्रमणिको पृष्ठभूमिमा लेखक स्थापित हुने प्रयास भनेर किन नभनेका होइन । शोकाञ्जलीमा यसका ....पात्र मित्रमणि कम र कवि बढी देखिएको, आख्यान पक्ष कमजोर देखिएको कतिपय समालोचकहरूको टिप्पणी छ ।

वि.संं. २०३० देखि ०५५ सम्म रचेका कविता 'इतिहासको यस घडीमा' संग्रहित छन् । यसभित्र संग्रहित कविताहरू पढ्दा विषयलाई नजिकबाट अनुभूत गर्ने, स्थानीय रङ्ग, भूगोल र प्रकृतिलाई विचारसित घोलेर मानवीकरण गरी नवीन बिम्ब र प्रतीकमार्फत् नवीन आदर्शको उद्बोधन गर्ने विशिष्टता अनुभूत हुन्छ ।

इच्छुकद्वारा रचित प्रायः कविताहरू जेल बसाइका क्रममा लेखिएका छन् । सम्भवतः सामाजिक जीवनका बृहत सम्बन्धले जेल बाहिर रहादा कविता निर्माणमा परिवेश नभएकाले पनि होला सापेक्षित रूपमा जेल बाहिर भन्दा जेलभित्रै बसेर लेखिएका कविता नै बढी छन् ।

'बन्दी र चन्द्रागिरि' त्यही क्रमको उत्कृष्ट सृजना हो । लामा-लामा नौवटा कविता समेटिएको, जेल, संघर्ष र प्रतिरोधका बीचबाट जन्मेको कालजयी कृति बन्यो यो । प्रगतिवादी समालोचक तथा सौन्दर्य चिन्तक डा.ऋषिराज बरालले यो लामो कविताको संग्रहको भूमिका लेखेका छन् । 'बन्दी र चन्द्रागिरी'मा भावुकता पनि छ । तर भावुकतालाई विचारको चमकले उज्यालो पारेको छ । क्रान्तिकारी आशावाद छ । यसको लयात्मकता, यसको प्रवाहपूर्ण अभिव्यक्ति र चेतना प्रवाहात्मक शैली जस्ता विशेषताका कारण काव्य आफैमा विशिष्ट कृति बन्न पुगेको छ ।

इच्छुकको अप्रकाशित रूपमा रहेको 'जेलभित्रका बन्द आवाजहरू' को पाण्डुलिपी हराएको छ भने कथा, निबन्ध र कतिपय फुटकर कविता, लेखहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् ।

राजनीतिक चेतनाद्वारा लैस एक कुशल सर्जक कृष्ण सेनको व्यक्तित्व जीवनको उत्तरार्द्धमा आएर एक स्थापित पत्रकारका रूपमा समेत छ । कलम समाएर निरंकुश शक्तिका विरुद्ध जुट्ने सांस्कृतिक सिपाहीको पहिचान बनाएका कृष्ण सेन जीवनमा गरिबवर्गका रूपमा संघर्षरत् रहे । जीवनदेखि मृत्युसम्मको संघर्षशील प्रक्रियाले इच्छुकलाई निडरताका स्वाभिमानका प्रतीकका रूपमा स्थापित गर्‍यो । क्रान्तिकारी आदर्श र क्रान्तिकारी आशावादमार्फत मान्छेलाई उद्वेलित पार्न सक्ने कवि इच्छुकको व्यक्तित्वको उत्कर्ष कवि नै हुन् । कवि इच्छुक हाम्रो जमानाका आदर्श बिम्ब हुन् । काव्यमा साल बिम्ब प्रयोग गर्ने कवि कालान्तरमा आफै एउटा अनुपम बिम्ब बनेर बााचिरहृयो । कृष्ण सेन 'इच्छुक'को जीवन आफैमा एउटा रोचक महाकाव्य बन्यो ।

कृष्ण सेन आफैमा एउटा सामान्य मानिस हुन् । उनलाई मानिसको तहबाट माथि उठाउन खोज्नु आफैमा उनको व्यक्तित्वको अपमान मात्रै हुनेछ । एउटा मानिसमा स्वभाविक रूपमा सामाजिक जीवनले जन्माउने स्वभावजन्य कमजोरी उहाामा पनि विद्यमान थिए । साधारण व्यक्ति भएका सेन आफूमा भएको वैज्ञानिकताले भन्दा पनि आन्दोलन र वर्गप्रतिको इमान्दारिताका कारण बढी स्थापित भएका हुन् । पार्टी आन्दोलनमा सन्तुलनवादी भूमिका निर्वाह गर्ने सेनले कलासाहित्य र सौन्दर्यका बहसमा उठेका विवादमा अपेक्षित रूपमा सक्रिय भूमिका निर्वाह गर्ने नगर्ने गरेको आरोप यथावतै छन् । युद्धको एक योद्धा हुनाको महत्वलाई नजरअन्दाज गर्दै परिवारसागको सम्बन्धलाई युद्धको सापेक्षतामा बुझ्न नसक्नु एवं वैधानिक संघर्षमा रमाउने भन्ने आरोप पनि छन् ।

समग्रमा मानवीय स्वाभाविक कमजोरीसहित कृष्ण सेन 'इच्छुक' इतिहासको एउटा आदर्श हो, वर्तमानमा कृष्ण सेन एउटा युगीन मूल्य हो र यो युगको सबैभन्दा बढी सुनिने विद्रोहको आवाज हो ।

तर दुर्भाग्य युगको एउटा नायकलाई प्रतिक्रियावादी सत्ताले सहजै हत्या गरिदियो । एउटा महान् कवि ताथ क्रान्तिकारी अथक योद्धा कुटेर मारिनु इतिहासकै एउटा लज्जास्पद विषय हो ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd