रिपोर्ट

माओवादीको समावेशी जित

काठमाडौं । संविधानसभाको निर्वाचनमा नेकपा (माओवादी)बाट सबैभन्दा बढी जनजाति, दलित महिला विजयी भएका छन् । जसमा २३ जना महिला ७ जना दलित, ५१ जना जनजाति माओवादीबाट विजयी भएका छन् ।

चुनावमा सबैभन्दा बढी महिला उम्मेदवार नेकपा (माओवादी) बाट विजयी भएका छन् । ४२ जना उम्मेदवार उठाएको माओवादी २३ जना महिला विजयी भएका छन् । २७ जना महिला उठाएको कांग्रेसमा २ जना मात्रै महिला विजयी भएका छन् । एमालेबाट त एक जना महिला उम्मेदवार पनि विजयी हुन सकेनन । फोरमबाट २ र तमलोपाबाट १ जना महिला विजयी भएका छन् ।

त्यसैगरी नेकपा (माओवादी) बाट ७ जना दलित उम्मेदवार विजयी भएका छन् । अहिलेसम्म माओवादीका ७ जना दलित उम्मेदवार विजयी भैसकेका छन् । यसरी विजयी हुनेहरूमा खड्कबहादुर विश्वकर्माले कालिकोट, तिलक परियाले बाँके १, तेजबहादुर मिजार (काभ्रे ४), गोपिबहादुर सार्किले -मोरङ्ग ८), दुर्गा विकले (कास्कि ४), महेन्द्र पासवान -सिराहा-५), सिता वौडेल (नवलपरासी ३) रहेका छन् । अहिलेसम्म अन्य दलबाट कुनै पनि दलित उम्मेदवार विजयी भएका छैनन् । माओवादीले १६ जना दलित उम्मेदवार उठाएको थियो भने एमालेले र कांग्रेसले १ जना मात्रै दलित उम्मेदवार उठाएको थियो ।

त्यसैगरी जनजाति उम्मेदवार पनि सबैभन्दा बढी नेकपा -माओवादी) बाट विजयी भएका छन् । नेकपा -माओवादी) बाट विजयी भएका छन् । नेकपा -माओवादी) बाट मात्रै ५१ जना जनजाति उम्मेदवार विजयी भएका छन् । कांग्रेस र एमालेका १०-१० जना मात्रै जनजाति विजयी भएका छन् । माओवादीले ६७ जना जनजाति उम्मेदवार उठाएको थियो भने कांग्रेसले ५२ र एमालेका ५१ जना मात्रै जनजाति उम्मेदवार उठाएको थियो ।

माओवादीबाट मधेसी उम्मेदवारहरू पनि उल्लेख्य मात्रामा विजयी भएका छन् । यद्यपि फोरमबाट सबैभन्दा बढी मधेसी उम्मेदवार विजयी भएका छन् । माओवादीबाट विजय हुने मधेसी उम्मेदवारहरूमा महेन्द्र पासवान, सिराहा ५, प्रभुशाह -रौतहट ३), राम कुमारी देवी यादव -धनुषा ६), देवेन्द्र प्रसाद पटेल -रौतहट ६), चिनक कूर्मि -नवलपरासी), घनश्याम यादव -रूपेन्देही १), शिवचन्द्र कुशहवा -वारा २) रहेका छन् ।

यसैगरी तराईका थारु उम्मेदवारहरू पनि सबैभन्दा बढी ३ जना नेकपा (माओवादी) बाट विजयी भएका छन् । विजयी हुनेहरूमा रूपा चौधरी -कैलाली १), विरमान चौधरी -कैलाली ३) कृष्ण कुमार चौधरी -कैलाली ४), पुरन राना थारु -कञ्चनपुर १), देविलाल चौधरी -कञ्चनपुर २), सन्त कुमार थारु बर्दिया -३), विष्णुप्रसाद चौधरी -बर्दिया २), रामचरन चौधरी -वर्दिया ४), इन्द्रजित थारु -दाङ १) बाट रहेका छन् । कांग्रेस र एमाले र तमलोपाबाट १-१ जना र फोरमबाट २ जना थारु उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस र एमालेको जमानत जफत

चुनावमा नेपाली कांग्रेस र एमालेका २७ जना उम्मेदवारहरूको जमानत जफत भएको छ। एमालेका १८ र कांग्रेसका ९ उम्मेदवारको जमानत जफत भएको हो । माओवादीको पनि मधेसको धनुष, पर्सा, रूपन्देही, सुनसरीको केही क्षेत्रमा जमानत जफत भएको छ । यद्यपि केही ठाउँमा माओवादीले जनमोर्चा नेपाललाई समर्थ गरेको कारण माओवादीको जमानत जफन भएको हो ।

पहाडी र हिमाली जिल्लामा भने माओवादीको जमानत जफत भएको छैन । तर कांग्रेस र एमालेका उम्मेदवारहरूको मधेस मात्रै होइन पहाडी जिल्लामा पनि जमानत जफल भएको छ ।

गोरखा जिल्ला क्षेत्र नं. १ र २ बाटै एमालेको जमानत जफत भएको छ । गोरखा १ मा एमाले उम्मेदवार बाबुराम थापाले ४,०७९ मत पाएका थिए भने विजयी माओवादी उम्मेदवार पार्वती थापा ४०,६०६ मत थियो । त्यसैगरी गोरखा २ मा एमालेका हरिप्रसाद कापलेले २,०८९ मत पाएका थिए भने विजयी माओवादी उम्मेदवार बाबुराम भट्टराईले ४७,२७२ मत पानउनु भएको थियो । त्यसै गरी मनाङ्गका एमाले उम्मेदवार मंगलप्रसाद गुरुङले ४७ मत पाएका थिए ।

एमालेको जमान जफल हुने अन्य जिल्लाहरूमा रुकमु क्षेत्र नं. १, रोल्पा क्षेत्र नं. १, बाँके क्षेत्र नं. ३, सप्तरी क्षेत्र नं. २ र ३, कपिलवस्तु क्षेत्र नं. २, नवलपरासी ५ र ६, चितवन ४, वारा २, वर्सा १ रौतहट ३, सर्लाही ४, महोत्तरी ६ र सिरहा ६ क्षेमा पनि एमालेका जमानत जफल भएको हो ।

त्यसैगरी कांग्रेसको सप्तरी ५, सिराहा ६, सर्लाही ३, मकवानपुर २, नवलपरासी ४ र ५, डोल्पा, बाँके २ र सप्तरी २ मा जमानत जफत भएको हो ।

३० जिल्ला माओवादी लालकिल्ला

संविधनसभाको निर्वाचनमा ७५ जिल्लामध्ये ३० जिल्लामा नेकपा (माओवादी) ले एकलौटी विजय प्राप्त गर्दै ती जिल्लालाई लालकिल्लामा परिणत गरेको छ ।

यसरी लालकिला हुने जिल्लाहरूमा सुदुरपश्चिमका कैलाली, वैतडी र दार्चुला जिल्ला रहेका छन् । त्यसैगरी मध्यपश्चिमका बर्दिया, दाङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जाजरकोट, कालीकोट, डोल्पा, जुम्ला, मुगु र हुम्ला रहेका छन् ।

त्यसैगरी पश्चिमाञ्चलका म्याग्दी मनाङ्ग र गोरखा लालकिल्ला भएका छन् । मध्यमाञ्चलका धादिङ्ग, मकवानपुर, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ललितपुर जिल्ला रहेका छन् । त्यसैगरी पूर्वाञ्चलका सोलुखुम्बु, ओखलढुङ्ग, खोटाङ्ग, भोजपुर र धनकुटा पनि लालकिल्लामा परिणत भएका छन् ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd