|
विचार
अन्तर्राष्ट्रिय मई दिवस एक समीक्षा
-
दिनेश शर्मा
विषय प्रवेश :
मानव समाजको विकासका क्रममा मानव
जाति भित्रैबाट असभ्य, निकृष्ट र मानव सभ्यता विरोधी
दुष्टहरू जन्मिन पुगे । त्यही दुष्टहरूको जमातले समाजका
बहुसंख्यक मानव जातिको राजनीतिक, आर्थिक, सामाजिक,
सांस्कृतिक अधिकार मात्रै होइन मानिसका जन्मसिद्ध तमाम
अधिकारप्रति व्यापक अतिक्रमण गर्ने काम बढाउादै लगे ।
मानवजाति पशुको तुलना स्वयं एउटा चेतनशील प्राणी भएका
नाताले आफू र आफ्नो समाजका बहुसंख्यक मानिसहरूको
अधिकारमाथि भएको नाङ्गो अतिक्रमणका विरुद्ध सबै
उत्पीडित शक्ति आफ्नो अधिकारका प्राप्तिका खातिर
एकताबद्ध बन्दै जाने क्रम अगाडि बढ्यो । मुख्यतः
प्राकृतिक स्रोतका रूपमा रहेको जमिन, जंगलमाथिको
अतिक्रमण, औजारका साधन माथिको अतिक्रमणहरू प्रारम्भिक
कालका अतिक्रमणका दृष्टान्तहरू हुन् । शोषक वर्ग र
शोषित वर्गको बीचमा कोरिएको रेखा केवल यतिमा मात्र
सीमित रहेन जमिन, जंगल, पशुपंक्षीजस्ता प्राकृतिक
वस्तुहरू नितान्त व्यक्तिको पहुँचभित्र रहेको श्रम
शक्तिलाई समेत आफ्नो कावुमा राख्ने काम शोषकहरूको
जमातले गर्दै जान थाल्यो । मानव जाति जस्तो एउटा
चेतनशील प्राणी स्वयं मानव जातिबाट शोषित अपहेलित दमित
र प्रताडित बन्न वाध्य हुन पर्यो ।
समाजका बहुसंख्यक जनताप्रतिको
शोषण दमन उत्पीडनका विरुद्ध उत्पीडित वर्गले
भिन्नभिन्नै वा सामूहिक रूपमा विरोधमा उत्रिनु
अनिवार्य थियो र उत्रियो पनि । निश्चिय नै तत्कालीन
उत्पादन प्रणालीको विकासअनुरूप उनीहरूको चेनाना र
क्षमता जुन हदसम्म विकास भएको थियो त्यही हदसम्म
आन्दोलनका उचाइहरू हुने गर्दथे । सामूहिक वा एकल रूपमा
नै उत्पीडित वर्गले आफ्ना अभिव्यक्तिहरू जाहेर गर्दै
आए । तत्कालीन अवस्थामा वैज्ञानिक दर्शन वा विचारको
उदय हुन नसक्नु, संघर्षका क्रममा वैज्ञानिक विधिको
प्रयोग हुन नसक्नुजस्ता समस्या त छादै थिए । तर पनि
उत्पीडित वर्गले आफ्नो आन्दोलनलाई कुनै न कुनै तवरबाट
जारी राखेर समाज बदल्न उनीहरूले निरन्तर कोसिस गरे ।
संघर्षले एकातिर उत्पीडित वर्गलाई कमजोर पार्दै लग्यो
भने अर्कोतिर वैज्ञानिक विचार वा दर्शनको प्रतिवाधनका
खातिर मानिसलाई झनै व्यवहारबाट खार्दै आफ्नो चेतना
क्षमता र आन्दोलनको विकासका खातिर सबै उत्पीडित
वर्गलाई एक ठाउामा गोलबन्द गर्न मद्दत गर्दै लग्यो ।
शोषक वर्ग उही पुरानै तवरबाट शोषण गरिराख्न वस्तुतः
असमर्थ बन्दै जान थाल्यो ।
दासदासीहरूमाथि दास मालिकहरूको
उत्पीडन वास्तव नै मानव सभ्यताको विकासका चरणहरू मध्ये
सबैभन्दा चर्को दमन उत्पीडन र शोषणका कार्यहरू भएको
समय हो भन्दा कुनै फरक पर्दैन । दमनको उक्त कालखण्डमा
समेत उत्पीडित श्रमिक वर्गले सामान्य प्रकारका विरोध
मात्र होइन । सशक्त जुझारु र हतियारबद्ध आन्दोलनका
माध्यमबाट शोषक वर्गको अत्याचारी उत्पीडनका साथै
उनीहरूका सत्ताका विरुद्ध धावा बोलेर सत्ता उलट पुलट
बनाइदिन सफल हुनुले वास्तवमा श्रमिक वर्गको शक्ति कति
महत्त्वपूर्ण रहेछ भन्ने प्रमाणित गर्दछ । शोषक वर्गको
राज्य सत्ता मात्रै होइन । एउटा युगलाई अन्त गराएर नयाँ
युगको सुरुवात गर्न दासदासीहरूको विद्रोह सफल रहृयो ।
सामन्तवादी युगमा समेत श्रमिक वर्गका ठूलाठूला विद्रोह
सृष्टि नभएका होइनन् । किसान वर्गका तिनै आन्दोलनहरूले
राजा महाराजा ठूला सामन्तका साथै शोषक वर्गीय समाजका
अन्त्यको खातिर महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल
रहृयो । आन्दोलनको धक्काले शासितहरूको राज्य सत्ता
स्थापना गर्न त सफल भएनन् तर शासक वर्गलाई पुरानो
तवरबाट सत्ता टिकाई राख्न, दमन उत्पीडन र शोषण गर्न
नसक्ने अवस्थामा पुर्याई छाड्यो । शोषकवर्गको सत्ता
उलटपुलट मात्र होइन श्रमिकहरूको विद्रोहले एउटा युगको
समेत उलटपुलट गर्नुका साथै श्रमिक वर्ग स्वयमको चेतना
बृद्धि गर्ने काम अत्यन्त दु्रत गतिमा सम्पन्न हुँदै
आए । कैयौ विद्वानहरूलाई नयाँ विषयवस्तुको खोज
अनुसन्धानका निमित्त वैज्ञानिक दर्शनका प्रतिवादनका
निमित्त श्रमिक वर्गका आन्दोलनहरू अध्ययनका राम्रा
विषय बस्तु बन्न पुगे । पुरानो सामन्ती मात्र होइन नयाँ
विचारको उदयका खातिर राम्रो आधार बन्न पुग्यो ।
अन्तर्राष्ट्रिय मई आन्दोलनको
पृष्ठभूमि :
दास युग र सामन्तवादी युग जस्ता
घोर अत्याचारी शासनका युगहरूको अन्त्य गर्न श्रमिक
वर्गको आन्देालन सफल भएता पनि मानवद्वारा मानवमाथि
गरिने शोषण दमन उत्पीडनका मानवता विरोधी सोच विचार र
व्यवहारको सदाका निमित्त समाप्ती भने हुन सकेन ।
पिछडिएको सामन्ती समाजको स्थान आधुनिक पुाजीवादी समाजले
आफ्नो पहुँच कायम गर्दै लग्यो । किसान वर्ग र सामन्त
वर्गको स्थान मजदुर वर्ग र पुाजीपति वर्गले लिन पुग्यो
। पुाजीपति वर्गले औजारका साधनमाथि मात्र कब्जा जमाएन
राज्यसत्तामा समेत आफ्नो वर्चश्व कायम राख्न सफल भए ।
राज्य सत्ताको आडमा औजारका साधन प्रयोग गरेर श्रमिक
वर्गको सम्पूर्ण अधिकारप्रति आधिपत्य जमाउन
पुजीपतिवर्ग अत्यन्तै क्रियासिल रह्यो । मजदुर वर्ग
आफ्नो दैनिक जीवन यापनका खातिर पुजीपतिका कारखानामा एक
मात्र उसंग बााकी रहेको श्रम विक्री गर्न वाध्य भए ।
त्यो पनि अत्यन्तै सस्तो मूल्यमा । दैनिक १६ देखि १८
घण्टासम्म पुजीपति वर्गका कारखानामा श्रम गर्दा दुई
छाक खाना खान र एक आङ्ग कपडा लगाउनसमेत मजदुर वर्गलाई
धौधौ परेका कारण आफ्नो परिवारका बालबालिकादेखि
वृद्धवृद्धासमेत आधा पेट खाना खानका निमित्त १६ देखि
१८ घण्टाको चर्को श्रम गर्न बाध्य र विवश बन्दै जाने
क्रम बढ्दै गयो । पढ्ने लेख्ने औषधी उपचार गर्नेजस्ता
अत्यन्तै आवश्यक विषय वस्तुहरूबाट मजदुरवर्ग टाढा रहन
बाध्य भए । आर्थिक रूपमा मजदुर वर्ग सर्वहारामा
रूपान्तरित बन्दै जाने क्रम अत्यन्तै बढेर जान थाल्यो
। खानै नपाएर छटपटिने अवस्थासंगै कैयौ सर्वहारा
मजदुरहरूले अल्प आयुमा नै आफ्नो जीवन समाप्त गर्न
बाध्य बन्दै गए ।
बहुसंख्यक मजदुर वर्गभित्रको
उत्पीडन शोषण दमन र अन्याय अत्याचारी सामाजिक समाज र
पुाजीवादी राज्यसत्ताका विरुद्ध श्रमिक वर्गको आन्दोलन
संगठित बन्दै जान थाल्यो । पुजीपति वर्गका हरेक
कारखानाहरूमा काम गर्ने हजारौं लाखौं मजदुरहरूले
संगठनको विस्तार गर्दै लगे । बेलायत प|mान्स जर्मन र
अमेरिका मात्रै होइन इटाली रुस र अन्य कैयौं मुलुकहरूमा
कार्यरत मजदुर वर्ग विद्युतीय गतिको रफ्तारमा आफ्ना
अधिकारका निमित्त मोर्चा कस्न तम्तयार भए । औद्योगिक
विकासको सुरुवातको बेलायत र प|mान्सबाट भएका कारण
सर्वहारा मजदुर वर्गीय आन्दोलनको सुरुवात र
केन्द्रविन्दुसमेत तिनै देशबाट हुन पुगे । सुरुका
संघर्षहरू अत्याचारी राज्यसत्ताका विरुद्ध होइन कि
कारखाना मालिक र आधुनिक मेसिन बन्न पुगे किनकी मजदुर
वर्गलाई बेरोजगार बनाएर भोकभोकै मर्न बाध्य पार्ने अरु
कोही नभएर आधुनिक मेशिन हुन जसले थोरै मजदुरका भरमा
धेरै माल उत्पादन गर्दछ । मालिकहरू नै मजदुरका दुश्मन
हुन जसले मजदुर वर्गलाई कम भन्दा कम तलब मात्र होइन
कैयौलाई कारखानाबाट निकालेर बेरोजगार बनाए । तल्कालीन
समयमा अन्तर्विरोधलाई संश्लेषण गर्ने मजदुर वर्गको यही
तरिका रहन पुग्यो । यही निष्कर्षको आधारमा मजदुर वर्गले
आफ्नो आन्दोलनलाई केन्दि्रत गर्न पुगे । बालकदेखि
वृद्धासम्म जसले दैनिक १६-१८ घण्टा श्रम गर्न बाध्य छन्
। सबै श्रमजीवी मजदुरहरू जीवनमरणको लडाइ लड्नको खातिर
तयार भए । मालिकहरूका कयौ आधुनिक कारखाना तोडफोड
आगजनीद्वारा खरानी बनाइए । मजदुर वर्गलाई शोषण गर्ने
दमनकारी पुजीपतिहरू मात्र होइन पुाजीपति वर्गलाई
संरक्षण गर्दैआएको उसको सरकारसमेत मजदुर वर्गको
निसानामा पर्दै जान थाल्यो भने श्रमिक वर्गमा एउटा
छुट्टै प्रकारको उत्साह उमंग र एकता पैदा हुँदै गयो ।
आन्दोलनले मजदुर वर्गका कतिपय सुविधाहरू पूरा गर्न
सरकार बाध्य भएको भएता पनि सम्पूर्ण तवरबाट समस्याको
समाधान भने हुन सकेन । बेलायत, प|mान्स, जर्मनजस्ता
देशका मजदुरहरूले चलाएको आन्दोलनमध्ये चार्टिष्ट
आन्दोलन विशेष उल्लेखनीय रहन पुग्यो । किनकी चार्टिस्ट
आन्दोलनले आर्थिक मागका साथै राजनीतिक अधिकारलाई मुख्य
बनाएर सुरु गरिएको आन्दोलन थियो । मजदुर वर्गका यिनै
त्याग वीरता र जुझारु संघर्षले आन्दोलनलाई परिमार्जित
र विकसित गर्नुका साथै मजदुर वर्गको वैज्ञानिक दर्शन
माक्र्सवादको प्रतिवदनका निमित्त एउटा भट्टीका रूपमा
आफूलाई प्रस्तुत गर्न सफल भयो ।
माक्र्सवादको उदयले वास्तवमा
अकर्मण्यता अराजकता र अनिश्चितताका आधारमा गोलचक्कर
मारिरहेको विश्व मजदुर आन्दोलन व्यवस्थित रूपमा
राज्यसत्ता प्राप्तिका खातिर संघर्षका आफ्ना योजना तय
गर्न आफ्ना रणनैतिक लक्ष्य प्राप्तिका निमित्त
कार्यनीतिक योजना तय गर्न सक्षम बन्दै गयो । मजदुर
आन्दोलन केवल सुधारको तरिकाबाट मात्र होइन आमूल
परिवर्तनको बाटो निश्चित गर्दै गयो । प|mान्सको पेरिसका
मजदुरहरूले चलाएको संगठीत मजदुर विद्रोह सर्वहारा
मजदुर वर्गले चलाएको पहिलो र व्यवस्थित आन्दोलन थियो ।
आन्दोलनले आफ्नो लक्ष्य किटान गरेर राज्य सत्ताका
विरुद्ध गरिएको विद्रोह थियो । विद्रोह सफल पनि भयो तर
दुश्मनका हातबाट खोसेको सत्ता निरन्तर टिकाउन भने सकेन
मजदुर आन्दोलनका यिनै आरोहअवरोहका बीचबाट मई आन्दोलनको
पृष्ठभूमि तयार हुँदै गयो ।
अन्तर्राष्ट्रिय मइ आन्दोलनको
महत्व :
माक्र्सवादी दर्शनको प्रभाव
विश्वव्यापी रूपमा पर्दै गएको थियो भने पेरिसका
मजदुरहरूको विद्रोहपछि निर्माण भएको पेरिस कम्युनले
विश्व सर्वहाराको बीचमा एउटा तरंग पैदा गरेको थियो ।
विद्रोह दमन पुनः विद्रोह जस्ता उत्तार चढाव व्यहोर्दै
अगाडि बढेको अमेरिकाको मजदुर आन्दोलन एउटा निर्णायक
विद्रोहको खोजीमा थियो । मजदुर वर्गका थुप्रै समस्याका
बाबजुद आन्दोलनलाई निश्चित मागमा केन्दि्रत गर्ने
निस्कर्षका साथ १८८६ मई १ तारिखबाट सशक्त जुझारु र
निर्णायक तहबाट अगाडि बढ्न सबै मजदुरहरू सहमत भए ।
अमेरिकाभरि त्यसको तयारी गरियो । आठ घण्टा काम, आठ
घण्टा आराम, आठ घण्टा मनोरन्जनको माग अगाडि सार्दै मई
१ तारिखबाट हड्तालको सुरुवात गर्ने घोषणा गरियो । माग
अत्यन्तै समसामयिक सबैको साझा एजेण्डाका रूपमा तयार
पारिएका कारण आम मजदुरहरूमा व्यापक उत्साह पैदा हुन
पुग्यो । मजदुरहरूले जति व्यापक मात्रामा तयारी गर्दै
थिए पुाजीपति वर्ग त्यति नै आतंकित भयभित र तरंगित
बन्दै थिए । पुजीपति वर्गका दमनका सबै खाले हत्कण्डाहरू
असफल बन्दै गएपछि दमनका निमित्त आधार तयार पार्न विविध
प्रकारका हल्ला मार्फत पुाजीपति दुष्टहरूले सरकारलाई
उकास्दै थिए । कम्युनिष्टहरूले विद्रोह गर्दै छन्
आदी-आदी । यस्तै प्रकारका हल्ला वास्तविकता तथा
आन्दोलनको भीषण तयारी देखेर होस गुमाउादै गएको अमेरिकी
सरकारले दमनका निमित्त विभिन्न बहाना बनाउदै
षड्यन्त्रको तयारी गर्दै थियो ।
अमेरिकाको शिकागो शहर आन्दोलनको
केन्द्रविन्दु बनिरहेको थियो । सरकार तथा पाुजीपतिहरूले
आन्दोलन दबाउन गुण्डा, लफङ्गगा, जासुस तथा सेना,
पुलिसको ठूलो संख्यालाई शिकागो शहरमा उतार्नुका साथै
आफ्ना भाट अखवारहरूमार्फत् "हुलदंगालाई गोली र
तिनीहरूका नेतालाई डोरी" "सडकको हरेक बत्तीको खम्वालाई
एक कम्युनिष्टको लाशले सिंगार्नु पर्दछ ।" जस्ता
अत्यन्तै झड्किला प्रचार गरेर दमनका लागि सरकारलाई
उचालिरहेका थिए । उनीहरूका प्रचारात्मक हल्ला, व्यापक
दमनका तयारीदेखि मजदुर वर्ग कति पनि विचलित भएनन् । बरु
उनीहरूका हल्ला र तयारीलाई परास्त गर्न अत्यन्तै
आत्मविश्वासका साथ तयारीमा जुट्दै गए । शिकागो शहर मानौं
एउटा ठूलो विद्रोहको रणमैदान बन्दै छ । १ मई १८८६ को
पहिलो दिन शिकागो शहरका सम्पूर्ण कारखानाहरू बन्द गर्दै
सम्पूर्ण मजदुरहरू सडकमा भेला भए विरोध प्रदर्शन गर्दै
सभामा आफ्ना मागहरूप्रति प्रतिबद्धता जनाउदै संघर्षलाई
अन्तिम निष्कर्षमा पुर्याई छाड्ने आफ्नो लक्ष्य
सार्वजनीक गरे । २ मईका दिन पनि आन्दोलनलाई जारी राखे
शिकागो शहरमा भएको हड्तालको प्रभाव देशव्यापी रूपमा
तरंग झै फैलिदै गयो । सरकराका सेना, पुलिस, जासुस,
गुण्डा र लफाङ्गाहरू दमन गराउन विभिन्न भेषमा आएर
भड्काउने कोसिस गर्देै थिए । सबै प्रकारका चुनौतीको
सामना गर्दै आन्दोलन निरन्तर जारी रहृयो ।
मई ३ का दिन शान्तिपूर्वक हड्ताल
गरिराखेका मजदुरहरूको जुलुसमाथि पुलिसले गोली वषर्ायो
र ५ जना मजदुरको हत्या गर्नुको साथै पचासौं जना
मजदुरहरूलाई घायल बनायो । ४ तारिखका दिन मजदुरहरूले
उक्त हत्याकाण्डको विरोध गर्दै विरोध र्याली तथा
विरोध सभाको आयोजना गरेका थिए । त्यही अवसरमा पुाजीपति
तथा उसको पुजीवादी सरकारका जासुस गुण्डाहरूले सभा
भइरहेको नजिकै पुलिसहरूको एउटा डफ्फामाथि बम ˆयाकी दियो
। उक्त बमको धक्काले ७ जना भन्दा बढी प्रहरी मारिए ।
त्यसैलाई निहाु बनाएर पुलिसले मजदुरहरूको सभा माथि
अन्धाधुन्धा गोली वषर्ाएर मजदुरहरूको हत्या गर्नुका
साथै थुप्रै मजदुररुलाई घाइते बनाउने काम गर्यो ।
त्यही निहुँ बनाएर मजदुर आन्दोलनका प्रखर नेताहरूलाई
गिरफ्तार गरेर अदालतमा लगेर उभ्यायो । पुजीवादी अदालतको
कठघरामा उभिएर एक जना मजदुरले बयानका क्रममा भनेका थिए
"तिमीहरू मलाई फाासी दिएर दुःख कष्टमा बााची रहेका लाखौं
करोडौं थिचिएका कामदार जनताको आन्दोलनलाई रोक्न सकिन्छ
भनेर सोच्छौं र यदि तिमीहरूको मत छ भने हामीलाई
झुन्ड्याउ तर तिमीहरूले थाह पाउनु पर्छ कि तिमीहरू एक
टुक्र आगोका फीलिङ्गोलाई मात्र कुल्चदै छौ, जसको ज्वाला
तिम्रो पछाडि जहाँ तहाँ दनदन दन्की रहेछ । ज्योति
ज्वाला जनताको बीचबाट दन्किरहेको छ र त्यसलाई निभाउने
तिमिहरूको तागत छैन ।" बयानका क्रममा मजदुर नेताहरूले
दिएको हाँकले आम मजदुरहरूमा एउटा बलिदानी स्प्रीड पैदा
भयो भने पुाजीवादी सत्तामा एक प्रकारको कायरताको
पं्रदर्शन । अन्तत अमेरिकी सरकारले ४ जना मजदुर
नेताहरूलाई फाासि दिएर कायरताको प्रदर्शन गरी छाडे ।
मजदुर नेताहरूको हत्याको खवर विश्वव्यापी रूपमा पर्दै
गयो । आन्दोलनको धक्काले अन्तमा अमेरिकी सरकार आठ
घण्टाको माग पूरा गर्न वाध्य भयो ।
१८८९मा संसार भरीका मजदुर नेताहरू
पेरिसमा भेला भएर एउटा सहासिलो निर्णय गरे १ मईलाई
अन्तर्राष्ट्रिय मई दिवसको रूपमा प्रत्येक वर्ष
संसारभर विजय उत्सवका साथ मनाउने निर्णय भयो । १ मई
१८९०बाट युरोप, अमेरिका लगायत सबै देशका मजदुरहरूले
कारखाना हड्तार गरेर मई दिवस भव्य रूपमा मनाउने कामको
सुरुवात भयो । त्यसै वर्षको मई दिवसका दिन एंगेल्सले
लण्डनका मजदुरहरूलाई सम्वोधन गर्दै भन्नु भयो "लण्डनमा
यो हाम्रो पहिलो विजय हेा ।" यसरी आजसम्म १ मई
आन्दोलनकेा स्मरण गर्दै विश्वभरका मजदुरहरूले विजय
उल्लासका साथ मई दिवस मनाउदै आएका छन् ।
नेपालमा मई आन्दोलन र अगामी योजना
ः
नेपालमा करिब अढाइ सय वर्षदेखिको
सामन्ती सत्ता निरन्तररूपमा कायम रहेका कारण औद्योगीक
विकासले सामान्य गति लिन समेत पाएन । जसका कारण
संख्यात्मक तवरबाट नत मजदुर वर्गको विकास हुन सक्यो नत
विश्वको प्रभावका कारण केही शहरहरूमा खुलेका
कलकारखानाहरूले गति लिन सके । त्यस्ता कारखानामा काम
गर्ने मजदुरहरूले पर्याप्त मात्रमा मूल्य नै पाएका छन्
। बरु कतिपय खुलेका कलकारखाना सामन्त दलाल पुाजीपति
वर्गको दलाली चरित्र तथा सामन्ती सत्ताको औद्यागिक नीति,
योजना, र कार्यक्रमको शुन्यताका कारण खुलेका औद्योगिक
उद्योगहरू बन्द हुँदै जाने क्रम बढ्दो मात्रमा देखा
परेको छ । यस्तो अवस्थामा मजदुर वर्गको दैनिक जीवन
स्थिति कसरी वितिरहेको छ सहजै अनुमान गर्न सकिन्छ ।
वाध्यताको जीवन विताइरहेका नेपाली मजदुरहरूले करिब
२००४ सालदेखि नै संगठीत रूपमा समस्या समाधानका खातिर
संघर्षको मैदानमा उत्रदै आए भने अन्तर्राष्ट्रिय मई
आन्दोलनलको क्रान्तिकारी परम्परालाई २००६ सालदेखि
स्मरण गर्दै आए । संख्यात्मक दृष्टिकोणले मजदुर वर्गको
उल्लेख्य उपस्थिति निभएता पनि मजदुर आन्दोलनको जुझारु
पनालाई कायम राख्न विराटनगर, विरगंज, भैरवा, पोखरा,
हेटौडा र काठमाडौं उपत्यका जस्ता स्थानमा कहिले भूमीगत
अवस्थामा त कहिले खूल्ला अवस्थामा अन्तर्राष्ट्रिय मइ
दिवसका कार्यक्रमको आयोजना हुँदै आएको छ । नेपाल जस्तो
अविकसित मुलुकमा मजदुर वर्ग एक्लैले मात्र मई आन्दोलन
जस्तो सशक्त विद्रोहलाई राज्य सत्ता प्राप्तीको
निर्णायक स्थानमा पुर्याउन निकै कठिनाई पर्दछ । तसर्थ
१० वर्षको जनयुद्धका क्रममा किसानहरूको आन्दोलन अथवा
छापामार संघर्ष अत्यन्तै प्रभावकारी ढंगबाट सम्पन्न भए
। स्थानीय सत्ता खोस्न किसानहरू सक्षम पनि बने । यस
प्रकारको आन्दोलनमा मजदुर वर्गको व्यापक सपोर्ट रहन
पुग्यो । तर आज चिज वदलीयको छ । किनकी मजदुर आन्दोलनका
वीचबाट जन्मेको माक्र्सवाद जस्तो वैज्ञानिक सिद्धान्त
मजदुर आन्दोलनका क्रममा विभिनन आरोह अवरोह पार गर्दै
विकसित हुँदै लेनिनवाद-माओवाद र प्रचण्डपथको तहमा
विकसित भएकेा छ । प्रचण्डपथीय नविनतम विचारले नेपालका
मजदुर आन्दोलन मात्र होइन विश्वका अन्य देशका मजदुर
आन्दोलनमा समेत मजदुर र किसान आन्दोलनको ˆयुजनकेा
परिभाषा गरिरहेको छ । यस अर्थमा नेपालको आगामी मजदुर
आन्दोललाई किसान आन्दोलनसंग ˆयुजन गर्न नितान्त आवश्यक
छ ।
तसर्थ ००६ सालबाट निरन्तर रूपमा
मनाउदै आएको अन्तर्राष्ट्रिय मई आन्दोलनको परम्परागत
तरिकालाई व्यापक मात्रमा बदल्दै मजदुर किसान एकताको
आधारमा धक्कापूर्ण तवरबाट शोषक वर्गमाथिको आक्रमणलाई
तेज बनाउदै विचार, राजनीति, व्यवहार र कार्यशैलीमा
व्यापक फेरवदल गर्नु आजको आपरिहार्य अवाश्यकता हो ।
अवको मई दिवसको स्मरण गर्नु भनेको सामन्त, दलाल,
नोकरशाही चिन्तन प्रवृतिर दृष्टिकोण बोकेका शक्तिलाई
धुलो चटाउदै व्यापक राष्ट्रिय अर्थतन्त्रको विकास
गर्नुका साथै वेरोजगार शक्तिलाइ रोजगार मूलक बनाउादै
सामुहीक कार्यको थालनी गर्नु हो । मई दिवसको
आन्दोलनलाई व्यापक रूपमामाथि उठाऔं ! सर्वहारा मजदुर
किसान एकता जिन्दावाद !! अन्तर्राष्ट्रिय मई आन्दोनलन
जिन्दावाद !!!
०६५/१/१५ |