साहित्य कला

जनताको महत्तम अनुभव र नयाँ सौन्दर्यबोध

- डा.जगदीशचन्द्र भण्डारी

सिर्जनाका क्षेत्रमा नयाँ नयाँ स्थापनाका प्रयत्नमा नयाँ मूल्यबोधले काम गरेको छ र जीवनमा आएका थुप्रै साङ्घाषिर्क तत्वले त्यसलाई प्रष्ट गर्ने काममा सहयोग पुष्ट गर्ने काममा सहयोग पुर्‍याएको छ । हाम्रो जीवनमा विगतका महत्तम संघर्ष र समरप्रयत्नको ठूलो प्रभाव परेको छ । सिर्जनामा जड सौन्दर्यबोधले खासै मूल्य निर्माण गर्न सक्दैन र त्यसका ठाउामा विचारधाराको गतिशीलता र विकासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । आन्दोलन, संघर्षका विविध आयाम र रूपले हामीलाई उद्वेलित गर्दछन् र उद्देश्यमा प्रतिबद्ध हुन मद्दत गर्दछन् । सिर्जनामा सम्बद्ध लेखक-रचनाकार नेपाली जीवनमा आएका चमत्कारिक वस्तुपथबाट एकदमै प्रभावित भइरहेको छ र उसले जीवनका अनुभूति र अनुभवलाई नयाँ सौन्दर्यका सााचोमा ढाल्दै गइरहेको छ । आफूमा बाधिएर, आफूमा टाासिएर अर्थात् व्यक्तिकेन्दि्रत तथा आत्मगत भएर होइन, अझ बढी वस्तुगत, वस्तुबद्ध भएर सिर्जनामामा पक्रिन आवश्यक छ । यस सन्दर्भमा हाम्रा आफ्ना सान्दर्भिक व्यवहार प्रयोग र तिनमा भएका प्राप्तिले हामीलाई नयाँ सौन्दर्यबोधका निमित हौसल्याएका छन् ।

अहिले नेपाली जीवन सामन्तवादको अन्त्यका लागि समर प्रयत्नका पछिल्ला कडीहरूसंग गाासिंदै र जुध्दै गइरहेको छ र पुराना ढााचा, पुराना आङ्गकि अवयव, पुराना ढर्रासंगको अन्तरविरोधलाई निमिट्यान्न पार्न कोसिस गरिरहेको छ । यस परिवर्तित पुरानो अवस्थाबाट नयाँ अवस्थामा फेर्ने काम गर्न सकेन भने सर्जक पुरानो हुन्छ । खासगरी लोकतान्त्रिक संस्कृतिको निर्माणमा लेखकको भूमिका जनताको जत्तिकै महत्त्वपूर्ण रहेको छ र उसले आफूलाई व्यक्तिवादी स्वतन्त्रचेताका रूपमा उभ्याएर होइन कि सामाजिक व्यक्तित्वका रूपमा उपस्थिति गरेर मात्र आफ्नो भूमिका पूरा गर्न सक्तछ । जनताको उद्देश्यप्रति प्रतिबद्ध समर्पित रचनाकारको काम र दायित्व भनेको पनि त्यही हो । सर्जकको जीवन र व्यवहारमा विरोधाभास र द्वैधताले सर्जकप्रति जनतामा विश्वास नउमि्रने र त्यस्ता रचनालाई मन नपराउने अवस्थाबाट लेखक भित्रैदेखि विश्वस्त हुनु जरुरी छ । जनताप्रतिको विश्वासघातले लेखकलाई उठ्न बल पुर्‍याउादैनन, अझ बढी टाढा पुर्‍याउने सम्भावना रहन्छ । सामाजिक परिवर्तनका लागि जनताकै वैचारिक धरातलमा उभिएर, जनतासंगै हिंडेर जनताकै आवेगमा उनिएर गरिएको रचनाले सहयोग पुर्‍याउाछ । जर्जर, रुढ र जड जीवनका विरुद्ध भएका महान् र अद्वितीय मानवीय क्रियाकलाप हाम्रा सामु रहेका छन् । विशेषतः नेकपा -माओवादी)द्वारा उद्घाटित, विकसित र स्थापित नयाँ संज्ञानात्मक चेतना र मूल्यका कारण नेपाली जीवनको यथार्थमा आएको नयाँ र समृद्धि सौन्दर्यलाई आत्मसात गर्न सके मात्र सामाजिक रूपान्तरणमा सिर्जनाको शिखर मूल्य चुलिन सक्छ, सामाजिक जीवन गतिशील र प्रवाहमान छ, यससंग घुलमिल भएर मात्र लेखक वास्तविक लेखक हुन सक्छ, अब लेखक कतै फासिष्ट, तानाशाह र राजा जस्तो आदेश दिने, निरंकुश सत्ता चलाउने व्यक्ति हुँदैन आफ्ना सिर्जनामा । बहुसंख्यक जनताका इच्छा, आकांक्षा, जीवनका सुन्दर विम्ब, आशा, रहरलाई मूर्तीकरण गरी जनतासंगै एकाकार हुन्छ ऊ माथि टापुमा उभिएर मानिसभन्दा माथि रहेको ढोंग गर्दैन, अब लेखकको कर्म, चरित्र र प्रवृत्ति एकैनासको हुन्छ र जनताका विरुद्ध उभिंदैन । मानवीय उच्चता र गरिमायुक्त सामाजिक जीवनका निम्ति उसका अगाडि थुप्रै नामक, उनीहरूका कार्यकलाप रहेका छन्, जीवनलाई मसिनोसंग हेर्न, केलाउन, बुन्न र उन्न संघर्षमा होमिएका हजारौं जीवन उपस्थित छन्, सामन्तवर्गको उच्छेदनका निम्ति भएका संघर्षमा ब्युाझिएको चेतनासंग लेखकको सन्निकता र आफ्नो पन विकसित हुँदैगएको र त्यसका लागि नेपाली जीवनमा नयाँ परिघटना घटित भएको छ ।

आजको सक्षम र समर्थ लेखकले रहस्य र निषेधको तानाबाना बुन्दैन, उसले त जीवनप्रति तन्मयता दर्शाउाछ, सम्पूर्ण नेपाली जीवनलाई आत्मसात गर्दछ र लोकतान्त्रिक गणतन्त्रका मूल मर्मलाई इतिहासबोध अर्थात् विगतको जनयुद्ध र प्रचण्डपथीय सौन्दर्यबोधका माध्यमबाट ग्रहण गर्दछ । नेपाली जनताको महत्तम अनुभवलाई नयाँ सौन्दर्यबोधमा रूपान्तरण गर्नका निमित पनि प्रचण्डपथीय चिन्तन आवश्यक छ र यसको विकास प्रक्रियाले नै सर्जकको रचनाविधि निर्धारित गर्दछ । खाली रिक्त वा शुन्यताको आग्रह त परिवर्तनका विरोधी अर्थात् प्रतिक्रियावादी शक्ति समर्थकमा हुन्छ, तिनका षड्यन्त्र, छद्मताको विरुद्धमा सर्जक लाग्नु, कुरूप रूपको अनावरण गर्नु, आलोचनाशील हुनु, तिनका जनविरोधी सम्पूर्ण स्थायित्वका विरुद्धमा उम्लनु, राष्ट्रविरोधी आवरण च्यात्नु, दलालीपनको विरोध गर्नु, सौन्दर्यविरोध चिन्तनको खिल्ली उडाउनु र तिनका चाहना रुचिका विरुद्ध अरुचि पैदा गर्नु, सम्पूर्णतः तिनीहरूलाई निषेध गर्नमा संघीय लोकतान्त्रिक गाण्तन्त्रभित्रका लेखकले आफ्नो सामथ्र्य, कलात्मक प्रतिभा र साधना प्रकट भएको मान्न सक्दछ ।

लेखक अब सन्देहास्पद र विवादास्पद हुन सक्तैन । ऊ स्पष्ट हुनु आवश्यक छ । संशोधनवादका कित्ताबाट फुत्कनु र आफ्नो वर्ग, दृष्टिकोण खरो रूपमा पस्कनुमा नै उसको सिर्जनाको भविष्य निर्धारित हुन्छ । साम्राज्यवादी दासता र पुाजीवादीजन्य उत्तरआधुनिकताको दिग्भ्रमिता र दिशाहीनताले समकालीन नेपाली जीवनको यथार्थलाई बोक्न सक्तैन र त्यसले वर्तमानको परिवर्तित भावभूमिलाई चित्रित पनि गर्न सक्तैन, यसकारण राष्ट्रिय जीवनसम्बद्ध भविष्यमुखी, आशावादी, क्रान्तिकारी रचना सिर्जनामा नेपाली जीवनको यथार्थभाव मुखरित गर्नतर्फ लाग्नुपर्दछ ।

हाम्रा जीवनका वास्तविक भावनासंग, मानिसका संघर्षका निरन्तर अभ्याससंग तिनीहरूका परिवर्तनबोध संकल्प र चेतनासंग प्रत्यक्षीकृत हुँदै गएको सामाजिक, सांस्कृतिक रूपान्तरणसंग, वस्तुगतताभित्रको वास्तविकतासंग एकाकार भएको सर्जकले सौन्दर्य र विचारका बीचको द्वन्द्वात्मकतालाई बुझ्छ र त्यसले मात्र जीवनको गतिशीलता र यथार्थलाई प्रकट गर्न सक्छ । यस सन्दर्भमा लेखकले के बिर्सदैन भने ऊ जनताप्रति प्रतिबद्ध छ र विचारधाराका दृष्टिबाट सर्वहारावर्गप्रति आबद्ध छ । त्यसो हुनसक्यो भने मात्र जनताको समृद्ध र विकसित चेतनालाई आफ्ना रचनामा सहज रूपमा व्यक्त गर्न सक्छ । उत्पीडित, दलित र निम्न वर्गका भावदशा, आदर्श, नवीन मूल्यको अभिव्यक्तिका निम्ति र जनताप्रतिको इमान्दारिताका निम्ति पनि लेखक पूर्वाग्रह, ढोंग छलकपट र बेइमानी चिन्तन र विचारधाराबाट मुक्त हुनु जरुरी छ ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd