विचार

मई दिवस मनाउने परम्परा

- कृष्णदास श्रेष्ठ

मई दिवस, अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस संसारभरका श्रमजीवी जनताको महान् र गौरवमय दिन हो । यस दिवसलाई प्रत्येक वर्ष मई १ तारिखका दिन विश्वभर मनाउने गरिन्छ । श्रमजीवी जनताको ऐक्यबद्धताको अभिव्यक्तिस्वरूप रहेको यस महान् दिवस पुजीवादी शोषण तथा उत्पीडनको विरुद्ध मजदुरवर्गको संघर्षको अग्निज्वालाबाट पैदा भएको थियो । उक्त दिवस सर्वप्रथम सन् १८८६ को मई महिनामा अमेरिकाको शिकागो शहरमा भएको मजदुरहरूको वीरतापूर्ण कारबाहीको समझनामा भएको थियो । त्यसैले, यस दिवसलाई विश्व सर्वहारावर्गको पक्षमा संयुक्त राज्य अमेरिकाको एउटा ठोस, महान् देनको रूपमा लिइएको छ । यस दिवसको उत्पत्ति कसरी भयो भन्ने विषयमा छोटकरीमा विचार गरौं ।

मई दिवसको स्रोत पुजीवादी शोषणको विरुद्ध अमेरिकाका मजदुरहरूको त्यस्तो संघर्ष हो, जुन संघर्ष आठ घण्टा कार्य दिनका लागि आन्दोलनको रूपमा भएको थियो । सन् १८८४ बाट सुरु भएको उक्त आन्दोलनले सन् १८८६ मईसम्म आइपुग्दा निकै व्यापक रूप धारणा गर्‍यो । सन् १८८६ सालमा अमेरिकाका ठूला औद्योगिक शहरहरूमा न्यूयोर्कदेखि सन् प|mान्सिस्कोसम्म मजदुरहरूको जुलुस प्रदर्शन र हड्तालहरूको लहर फैलियो र सो व्यापक लहरमा संघर्षको मुख्य थलो शिकागो शहर रहृयो, जुन त्यसताका लडाकु मजदुर आन्दोलनको केन्द्र थियो । सो साल मईका दिनहरूमा हड्ताली मजदुरहरूले शेाषणको विरुद्ध अनेकौं मागहरू राखेर जुलुस प्रदर्शनहरू गरे र तिनको सबभन्दा प्रमुख माग थियो आठ घण्टा कामको दिन । मई १ तारिखका दिन शिकागोका मजदुरहरू कारखानाहरूमा काम गर्न छाडेर सडकमा भेला भए, र उक्त हड्ताल अन्य दिनहरूमा पनि चालु रहृयो । मई ३ तारिखका दिन शान्तिपूर्ण र संगठित ढगबाट भएको विशाल मजदुर प्रदर्शनमा प्रहरीहरूले गोली चलाउादा ६ जना मजदुरहरू मारिए र ५० जना घाइते भए । शासकवर्गहरूको उपरोक्त पासविक तथा घिनलाग्दो कारबाहीको विरुद्ध भोलिपल्ट मई ४ तारिखका दिन मजदुरहरूले शिकागो शहरको मुख्य सडक हेर्माेक चोकमा विशाल आमसभा गरे र सो सभामा मजदुरहरूका नेताहरूले क्रूर प्रहरी दमनको घोर भत्र्सना र निन्दा गरे र आम मजदुरहरूलाई आफ्नो अडानमा अडिग रहन आहृवान गरे । सो संघर्षले मई ४ तारिखमा उपरोक्त चोकमा भएको आमसभामा गएर उच्चतम बिन्दु प्राप्त गर्‍यो । सभा बिसर्जन हुन लागेकै बेलामा एकजना दलाल उत्तेजकले एउटा बम फाल्दा कैयौं प्रहरी र स्रोताहरूको हत्या भयो । प्रहरीहरूले बम हान्ने मानिसतिर हेर्दै हेरेनन् र सो घटनालाइ बहाना बनाएर उनीहरूले मजदुरहरूको भीडमा अन्धाधुन्ध गोली चलाए र रक्तपातपूर्ण घटना घटाए ।

सो घटनापछि मजदुरहरूको आम गिरफ्तारी गरियो र मजदुर आन्दोलनको विरुद्ध व्यापक अभियान चलाइयो । शिकागो मजदुरहरूका धेरैजना नेताहरू समातिए र तीमध्ये प्रमुख नेताहरूमाथि मुद्दा चलाइयो । उनीहरूमाथि हत्याको अभियोग लगाएर घोर मजदुरविरोधी न्यायाधीश रहेको अदालत गठन गरी सो मुद्दाको फैसला गर्न लगाइयो । उक्त अदालतबाट सात जनालाई फाासीको सजाय र एकजनालाई १५ वर्षको कैदको सजाय गर्ने फैसला गरियो ।

उपरोक्त मुद्दा चलेको बेलामा मजदुर नेताहरूले जुन प्रकारको अपार साहस र प्रतिष्ठायुक्त अडानको प्रदर्शन गरे त्यसमा सर्वहारावर्गमा निहित क्रान्तिकारी गुणहरू अभिव्यक्त भए । उनीहरूले आफूमाथि लगाएको अभियोगको फट्याइाको पर्दाफास गर्नुका साथै प्रतिक्रियावादी सरकारद्वारा गरिएको रक्तपातपूर्ण दमनको तीव्र रोषका साथ निन्दा गरे । मजदुर नेताहरूले वीरतापूर्वक आफ्नो जीवनको आहूति दिए । पार्सन्स नाम गरेका एकजना मजदुर नेता, जो गिरफ्तार हुनबाट जोगिएका थिए, उनले आफै उपस्थित भएर आफ्ना कमरेडहरूको साथमा आफूलाई सहिद बनाए । त्यो सर्वहारा बलिदानी भावनाको एउटा चहकिलो अभिव्यक्ति थियो । फासीको सजाय पाएका स्पाइज नाम गरेका मजदुर नेताका आखिर शब्दहरू यस प्रकारका थिए-

"यस्तो समय पनि आउनेछ जब हाम्रो मौनता हाम्रो सबभन्दा बढी स्पष्ट हुनेछ"

अमेरिकाको शिकागो शहरको हे मार्केट चोकमा घटेका उक्त घटनाहरूले अमेरिकी मजदुरवर्गको राजनीतिक जागरणमा एउटा नयाँ चरणको संकेत गरे, जुन कुरा पछि गएर आत्महत्याका शिकार भएका शिकागोका मजदुरहरूसित ऐक्यबद्धता जनाउन भएका सभा प्रदर्शनहरूबाट स्पष्ट भयो । त्यसका साथै, शिकागोका बहादुर मजदुरहरूको उक्त गौरवशाली संघर्ष र सो संघर्षबाट उत्पन्न दुःखद् घटना मई दिवसको लागि मूल प्रेरक तत्व र सो दिवस मनाउने परम्पराको स्रोत बन्यो ।

१८८९ जुलाई ४ तारिखका दिन पेरिसमा मजदुरहरूको अन्तर्राष्ट्रिय समाजवादी महाधिवेशन भयो, जसमा २० मुलुकका समाजवादी पार्टीहरूका -वैज्ञानिक समाजको सिद्धान्त मान्ने पार्टीहरूका -३९० जति प्रतिनिधिहरूले भाग लिएका थिए । दोस्रो इन्टरनेशनल -अन्तर्राष्ट्रिय मजदुर संगठन)को उक्त पेरिस महाधिवेशनले आठ घण्टा कामको दिन, बालश्रममा रोक, जातीय र भेदभाव बिना पुरुष र महिलाहरूको समान कामको लागि समान ज्याला, मजदुर संघहरू बनाउने बिनारोकटोक पूर्ण स्वतन्त्रता आदि मजदुरवर्गका हितहरूसित सम्बन्धित महत्त्वपूर्ण मागहरू गर्नुका साथै एउटा अर्काे महत्त्वपूर्ण प्रस्ताव पनि पारित गर्‍यो । उक्त प्रस्तावमा विश्वभरका मजदुरहरूलाई कस्तो आहृवान गरियो भने १८८६ मई महिनामा भएको शिकागो शहरका मजदुरहरूको साहसिलो संघर्ष र त्यसबाट उत्पन्न दुःखद् घटनाको सम्झनामा १८९० मई १ तारिखलाई मजदुर जनताको अन्तर्राष्ट्रिय ऐक्यबद्धता दिवसको रूपमा मनाइयोस् । सो दिन सबै मुलुकहरूमा मजदुरहरूले एकसाथ जुलुस प्रदर्शन र सभाहरू गरुन् र आठ घण्टा कार्य दिनको कानुनी व्यवस्था होस् र मजदुरवर्गको स्थितिमा तत्कालिक सुधारका लागि माथि उल्लेखित अन्य मागहरू पूरा गरियोस् भनी आवाज उठाऊन् । प्रस्ताव निम्न प्रकारको थियो ः

"महाधिवेशन एउटा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनको संगठन गर्ने फैसला गर्दछ, जसले गर्दा सबै देशहरूमा र सबै शहरहरूमा एक निश्चित दिनमा श्रमिक जनताले सरकारी अधिकारीहरूसंग के माग गरुन् भने कामको समय कम गरेर ८ घण्टा कार्य दिनलई कानुनी घोषणा गरियोस् । त्यसका साथै त्यस दिन उनीहरूले महाधिवेशनका अन्य फैसलाहरूलाई पनि लागू गरियोस् भनी माग पेश गरुन् । अमेरिकी मजदुर महासंघले ९Amभचष्अबल ाभमभचबतष्यल या ीबदयगच० १८८८ डिसेम्बरमा भएको आफ्नो अधिवेशनमा १८९० मई १ तारिखको दिनलाई त्यस्तो प्रदर्शन दिवसको रूपमा मनाउने फैसला गरेको छ । त्यसैले, उक्त दिनलाई अन्तर्राष्ट्रिय प्रदर्शन दिवस मानिएको छ । विभिन्न मुलुकहरूका मजदुरहरूले आफ्नो मुलुकको स्थितिअनुसार उक्त प्रदर्शनको निश्चित रूपले संगठन गरुन् ।"

त्यसरी, मई दिवस मनाउने परम्पराको शुभाम्भ भयो । त्यसको शुभारम्भ गर्ने प्रस्तावको सर्वाेपरि महत्त्वलाई इंगित गरी एन्जेल्सले १८८९ अगष्ट २७ तारिखमा लौरा लाफार्जलाई लेख्नुभएको पत्रमा भन्नुभयो- हाम्रो महाधिवेशनले हासिल गरेको सर्वाेत्तम उपलब्धि त्यही थियो ।"

उक्त अन्तर्राष्ट्रिय समाजवादी महाधिवेशनको आहृवानअनुसार कैयौं मुलुकहरूका १८९० मई १ तारिखमा एकसाथ जुलुस प्रदर्शनहरूको लागि तयार हुन थाल्यो । उक्त दिन धेरैजसो युरोपेली मुलुकहरूका ठूल-ठूला शहरहरूका लाखौंलाख मजदुरहरू सडकमा उत्रे र अनेकौं शहरहरूमा कारखानाहरूमा हड्ताल भए । स्पेन र बेलायतमा उक्त दिवस मई महिनाको पहिलो आइतबार, मई ४ तारिखका दिन मनाइयो -बेलायतमा अहिले पनि मईको पहिलो आइतबार मई दिवस मनाउने गरिन्छ ।) सो दिन भएको सबै प्रदर्शन र हड्ताहरूमा आठ घण्टा कामको दिनको मागलाई मुख्य मागको रूपमा उठाइयो । शासकवर्गहरूको तर्फबाट एकसाथ भएका मजदुर कारबाहीहरूलाई रोक्न भरमग्दुर प्रयासहरू भए र अनेकौं स्थानहरूमा मजदुरहरू र सशस्त्र प्रहरीका बीच भिडन्तहरू भए । उदाहरणका लागि, उत्तरी प|mान्सको फोर्मिज नामक सानो औद्योगिक शहरमा मई दिवसको उपलक्ष्यमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीहरूले गोली चलाउादा ५० जना जतिलाई गोली लाग्यो र तिनमा १० जनाको तत्काल मृत्यु भयो । तर कठोर प्रहरी दमन हुँदाहुँदै, मजदुरहरूले त्यस दिन मई दिवसको गौरवशाली परम्परालाई स्थापित गरेर अन्तर्राष्ट्रिय सर्वहारा ऐक्यबद्धतालाई दर्शाए ।

१८९० मई १ तारिखमा मनाइएको अन्तर्राष्ट्रिय मजदुर दिवसको सम्बन्धमा एन्जेल्सले सोही दिन लेख्नुभएको "कम्युनिष्ट घोषणापत्र"को जर्मन संस्करणको भूमिकामा भन्नुभयो- "सबै देशका मजदुरहरू हो एक होऊ, चालीस वर्षपहिले पेरिस क्रान्ति-जसमा सर्वहारावर्ग आफ्नै माग लिएर मैदानमा उत्रेका थिए- त्यसको पूर्वकालमा हामीले संसारको सामु यो नारा घन्काउादा त्यसको प्रत्युत्तरमा कुनै आवाज सुनिएन । तर सेप्टेम्बर २८, १८६४ मा धेरैजसो पश्चिम यूरोपियाली देशहरूका चीरस्मरणीय अन्तर्राष्ट्रिय मजदुर संगठनभित्र एकजुट भए । हो, इन्टरनेशनल नौ वर्षसम्म मात्र बााच्यो र तर त्यसद्वारा सिर्जित सबै देशका सर्वहाराहरूको अनन्त एकता पहिलेभन्दा पनि दरिलो भएको छ । यो वर्तमान स्वयं यस कुराको जिउादो साक्षी हो । किनभने, आज यी पंक्तिहरू लेख्न बस्दा १८६६ मा इन्टरनेशनलको जेनेभा महाधिवेशनद्वारा र फेरि १८८९ मा पेरिस मजदुर महाधिवेशनद्वारा घोषणा गरिएको आठ घण्टा कामको दिनको कानुनी व्यवस्था गर्ने माग र उद्देश्य लिएर एउटै सेनाको रूपमा, एउटै झण्डामुनि संगठित भई युरोपियाली र अमेरिकाली सर्वहारावर्ग आफ्ना जुझारु शक्तिहरूको सिंहावलोकन गर्दैछ । आजको समारोहले सारा देशका पुाजीपति र जमिन्दारहरूमा कुन तथ्य छर्लङ्गाइदिनेछ भने सबै देशहरूका मजदुरहरू आज सााच्चिकै एकताबद्ध छन् ।"

त्यस ढंगबाट विश्व सर्वहारावर्गको एउटा परम्परा, एउटा गौरवशाली, लडाकु सर्वहारा परम्पराको थालनी भयो । १८९० पछि देखिनै प्रत्येक वर्ष मई १ तािरखमा सबै मुलुकहरूमा एकसाथ मजदुर कारबाही गर्ने र अन्तर्राष्ट्रिय मजदुर, ऐक्यबद्धता -एकताबद्ध अन्तर्राष्ट्रिय सर्वहारा कारबाही) जनाउने विचार फैलिएर बलियो भयो । जति जति वर्षहरू बित्दै गए, त्यति बढी मुलुकहरूमा एक न एक रूपमा मई दिवस मनाउने गरियो । आज संसारमा कुनै पनि त्यस्तो मुलुक छैन, जहाँ कुनै रूपबाट मई दिवस नमनाएको होस् । विश्वका श्रमिक जनताको लागि मई दिवस तथा उत्पीडनको विरुद्ध, श्रमजीवी जनताको हकहित तथा मुक्तिका लागि स्वतन्त्रता, जनवाद, समाजवाद तथा प्रगतिका लागि संघर्षमा एकताको आहृवान हो । मई दिवस अन्तर्राष्ट्रिय सर्वहारावर्गको एउटा जुझारु परम्परा बनेको छ, र अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा यो विश्व सर्वहारावर्ग र श्रमजीवी जनगणको एउटा पर्व रहेको छ ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd