|
समाचार
आम सहमतिको
गृहकार्य सुरू
जनादेश संवाददाता
ऐतिहासिक संविधानसभा निर्वाचन
परिणामले दिएको जनादेशअनुसार मुलुक यतिबेला आम सहमतिको
दिशातिर अघि बढिरहेको छ । सहमतीय संस्कृतिबाट अलग रहन
जनादेशले कसैलाई पनि अनुमति नदिएका कारण संविधानसभामा
प्रतिनिधित्व गर्ने सम्पूर्ण दलहरू राष्ट्र र जनताको
भविष्यप्रति गम्भीर बन्दै गएका छन् ।
यसैबीच नेकपा -माओवादी)को
केन्द्र्रीय समितिको पूर्ण बैठक सोमबारदेखि अध्यक्ष
प्रचण्डको अध्यक्षतामा काठमाडौंमा प्रारम्भ भएको छ ।
बैठकमा भावी सरकारको गठन, गणतन्त्रको कार्यान्वयन,
समानुपातिक प्रतिनिधिहरूको चयन, चुनावी समीक्षा, संगठन
निर्माण, सुदृढीकरण र परिचालन, अन्तर्राष्ट्रिय स्थिति,
आर्थिक र विविध गरी नौ वटा एजेण्डामा छलफल गरिनेछ ।
सोमबार अपराहृन प्रारम्भ भएको
बैठकमा १४ जना राज्य समिति प्रमुखहरूबाट समग्र
रिपोर्टिङ गरिएको र मंगलबार बिहान ८ बजेबाट पुनः बैठक
सञ्चालन हुनेछ । बैठक अरु दुई तीन दिनसम्म जारी रहने छ
।
राज्य समिति प्रमुखहरूबाट
प्रस्तुत रिपोर्टिङअनुसार समग्रमा चुनावी परिणाम
सकारात्मक रहेको बुझिएको छ । रिपोर्टिङका क्रममा राज्य
समिति प्रमुखहरूबाट आगामी सरकारको नेतृत्व गर्ने
जनादेश नेकपा (माओवादी)लाई
प्राप्त भएकोले पार्टी सरकारको नेतृत्व गर्न आवश्यक
गृहकार्यसहित तयार रहनुपर्ने सुझावहरू आएका स्रोतले
जानकारी गराएको छ ।
यसै सिलसिलामा सोमबार राती
जनादेशसंग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले
भन्नुभयो- "सबै परिस्थिति सकारात्मक रूपमा अगाडि
बढिरहेको छ । संविधानसभामा निर्वाचित सबै राजनीतिक
दलहरूसंग सहमति र सहकार्यबारे छलफल र संवादहरू भइरहेका
छन् र प्रतिक्रियाहरू सकारात्मक छन् ।" यसरी संविधानसभा
निर्वाचन परिणामको जनादेशअनुसार नेकपा
(माओवादी)ले भावी सरकारको
स्वरूप र गठनका विषयमा दलहरूसंगको छलफललाई समेत तीव्रता
दिइरहेको छ ।
त्यसो त नेकपा
(माओवादी)ले आफ्नो जारी
केन्द्रीय समितिको बैठकमा पनि सहमतीय सरकारको गठन र
गणतन्त्रको कार्यान्वयनको प्रश्नलाई नै प्रमुख मुद्दा
बनाएको छ । किनकि नेपाली जनताले संविधानसभा निर्वाचनमा
निलम्बित सामन्ती राजतन्त्रको अन्त्य र संघीय
लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनलाई नै जनादेश
दिएका हुन् ।
उसो त नेपाली जनताको यही आदेशलाई
कार्यान्वयन गर्न माओवादीको केन्द्रीय समितिको बैठक
केन्दि्रत रहने स्रोतले दावी गरेको छ । त्यसैगरी
निर्वाचन आयोगले दिएको समयावधिभित्र समानुपातिक
प्रतिनिधिहरूको नामावली पनि यसै बैठकबाट निर्धारण गरिने
कुरा स्रोतले बताएको छ ।
जनादेश पालना गर्न सबै राजनीतिक
दलहरू सहमत हुँदैजाादा नेकपा -माओवादी)को नेतृत्वमा नयाँ
गणतान्त्रिक सरकार गठन हुने कुरा पक्कापक्की भइसकेको छ
। यसैबीच प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि एक
विज्ञप्तिमार्फत् सबै राजनीतिक दलहरूलाई सहमतिका आधारमा
सरकारको गठन र गणतन्त्रको कार्यान्वयन गर्न आहृवान
गर्नुभएको छ । यो पनि एउटा सहमति निर्माण गर्ने आधार
बनेको छ ।
सबै दलहरू गृहकार्यमा व्यस्त
गत चैत २८ मा सम्पन्न संविधानसभा
निर्वाचनको सम्पूर्ण परिणाम प्राप्त भएलगत्तै
निर्वाचित सबै दलहरू निर्वाचन परिणामको समीक्षा र भावी
कार्ययोजनाबारेको गृहकार्यमा व्यस्त छन् । यसैबीच
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माले, संयुक्त,
राप्रपा, जनशक्ति पार्टीलगायतका दलहरूका केन्द्रीय
समितिका बैठकहरू जारी छन् । सबै दलहरूले आफ्ना
कमीकमजोरी तथा उपलब्धिबारेको समीक्षा गर्दै जनादेशको
पालना र सहमतीय सहकार्यको बिन्दुको खोजतलास गरी निचोडमा
पुग्ने कोसिस गरिरहेका स्रोतहरूले जनाएका छन् ।
यता मधेसी जनअधिकार फोरमका
अध्यक्ष उपेन्द्र यादव पनि माओवादीको नेतृत्वमा सहमतीय
सरकार गठन गर्नुपर्ने कुरामा सहमत देखिएका छन् ।
त्यस्तै एमाले पूर्व महासचिव माधवकुमार नेपालसंग
माओवादी अध्यक्ष प्रचण्डले सोमबार भेटवार्ता गर्नुभएको
र एमालेन नेता नेपाल सहमतीय सरकार निर्माण गर्न सहमत
भएको जानकारी प्राप्त भएको छ । उसो त ठूलो दलको नेता
हुनुको नाताले अध्यक्ष प्रचण्डले सबै राजनीतिक
दलहरूसंगको भेटघाट र छलफललाई निरन्तरता दिइरहनुभएको
बुझिएको छ ।
उता संविधानसभा निर्वाचनमा ९९
प्रतिशत जनमत गणतन्त्रका पक्षमा आएकोले निलम्बित राजा
ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडी निजी बासस्थानतिर
लाग्नुको कुनै विकल्प छैन । नेकपा -माओवादी) एउटा
जिम्मेवार पार्टी भएको नाताले ज्ञानेन्द्रलाई सहज रूपमा
बहिर्गमनको ढोका खोलिदिएको छ । अन्यथा कानुनको
परिधिभित्र ल्याई अपराधअनुसारको सजाया दिनु राज्यको
दायित्व हुनेछ । निलम्बित राजा ज्ञानेन्द्रप्रतिको
जनआक्रोश यथावत छ र नेपाली जनता उनलाई जुनसुकै सजाया
दिन तयार छन् ।
जेहोस् यतिखेर सबै राजनीतिक दलहरू,
न्यायप्रेमी जनसमुदाय र सिङ्गो नागरिक समाज नेपाली
जनताको भाग्य र भविष्य निर्माण गर्न एकजुट हुनुपर्ने
जरुरी छ । हिजोका सात दल र संविधानसभामा उपस्थित नयाँ
राजनीतिक शक्तिहरूका बीच नयाँ आधारमा नयाँ एकता
निर्माण गर्दै नयाँ नेपाल निर्माणको राष्ट्रिय अभियान
सफल पार्ने अभिभारा राजनीतिक दलहरूका काधमा आएको छ ।
नेपाली जनताले संविधानसभा मार्फत् यही जनादेश दिएका छन्
।
राजतन्त्र अन्त्यको विकल्प नै छैन
लोकेन्द्र विष्टमगर
इतिहास, वर्तमान र भविष्य
मानवजाति र वर्गसंघर्षको आजसम्मको
इतिहासमा राज्य र राजतन्त्रको इतिहास कलंकपात्र र
अध्यारो च्याप्टर हो । इतिहास अर्थात् विगत जति
दुर्दान्त र विकराल बन्यो त्यसका पछाडि मूलभूत रूपमा
राजा र राजतन्त्रकै तानाशाही निरंकुशता जिम्मेवार छ ।
एकदम नगण्य राज्य र राजसंस्था बाहेक अरु सबै राजा र
राजसंस्थाहरू राक्षस र राक्षसाकार संयन्त्र भन्दा
बेग्लै केही होइनन् । इतिहास जति क्रूर, अराजक र
कलान्त बन्यो, त्यसको पछि सामन्तवाद र राजतन्त्रकै हात
र भूमिका छ । अब इतिहासबाट नकारात्मक ज्यादा र
सकारात्मक कम सबक र शिक्षाहरू लिंदै वर्तमानलाई राजा र
राजतन्त्रबाट मुक्त र सार्थक जीवनयुक्त वर्तमान व्यतीत
गर्नु आवश्यक छ । वर्तमानको वास्तविकता र जीवन्तताबाट
मात्र भविष्यको कल्पना र आाकलन गर्न सकिन्छ । अनिश्चित
त्यो भविष्यलाई सुनिश्चित बनाउने कुरा विगत -वा
इतिहास)बाट सिक्ने र वर्तमान सच्याउने र लागू गर्ने
कुराले नै निर्धारण गर्दछ । भविष्यको जग विगत र भित्तो
-वा गाह्रो) वर्तमान हो । एउटा घर बनाउन जति चिजको
आवश्यकता पर्छ, त्यति नै समग्र इतिहासमा आवश्यक पर्दछ
। तसर्थ, विगत -इतिहास) जे-जस्तो रहे र भए पनि वर्तमान
र भविष्य सपाट, सुन्दर र सार्थक बनाउन राजा र
राजतन्त्रले राजगद्दी र नारायणहिटी सुटुक्क छोड्नुपर्छ
। जनताको महान् जनादेश र जनाधिकारको सम्मान गर्नुपर्छ
। राजा ज्ञानेन्द्रको भविष्य सम्मानजनक ढंगले जनता भएर
निर्मल निवास सरेर बस्नु मै छ । एकपटक विगततिर र्फकेर
हेर्दे वर्तमानको वास्तविक धरातलमा उभिएर निलम्बित राजा
ज्ञानेन्द्रले सुन्दर र शान्त र सरल भविष्यको रेखांकन
गर्ने निर्णय गरुन् । अब ज्ञानेन्द्र शाहका अगाडि अहं
अग्निपरीक्षा आएर उभिएको छ । यो परीक्षामा उत्तीर्ण
हुन्छन् कि अनुत्तीर्ण ? हेर्न आतुर जनता । हामी
अपेक्षा गरौं- उनले यो परीक्षामा 'डिक्टिन्सन ’
ल्याउन छन् । त्यो विवेकसंगत,
शान्तिपूर्ण र सहजतापूर्वक मात्र सम्भव छ । दायाँबायाँ,
वरपर, लप्पनछप्पन गरेर सम्भव र कल्याण छैन । मेसो
बिगि्रयो भने इतिहास निर्मम बन्नसक्छ । त्यसो नहोस्
समय छ सोच्नलाई ।
विशेष जनादेश र विकल्प
हजार वर्षको इतिहासमा प्रथम पटक
प्रथम संविधानसभाको चुनाव ऐतिहासिक रूपमा सम्पन्न भएको
छ । यो चुनावमा वास्तविक संघीय लोकतान्त्रिक
गणतन्त्रवादी शक्तिलाई नेपाली जनताले विशेष जनादेश
प्रदान गरेर शीर्षस्थानमा पुर्याएका छन् । अरु सबै
पुराना नेता, पार्टी र विचारहरू खुइलिएका छन् । नेकपा
-माओवादी), त्यसको नेतृत्व र विचार व्यापक जनताबाट
अनुमोदित भएको छ । एक युगमा एक दिन एक चोटि घट्ने यो
ऐतिहासिक परिघटनामा हार्नैपर्नेले हारे, नराम्ररी हारे
। जित्नैपर्नेले जिते, सम्मानजनक रूपमा जिते, ओजस्वी
रूपमा जिते । जित्ने र जिताउनेहरूको प्रथम काम २४०
वर्ष पुरानो राजतन्त्रलाई अन्त्य गर्ने हो । जनताको यो
विशेष जनादेश र जनमत सामु राजतन्त्र त्यो कसिंगर हो,
जो राजमार्गमा त्यत्तिकै परिरहेको हुन्छ । गाडी
हुइाकिएर आउने बित्तिकै कसिंगर स्वतः किनारा लाग्दछ ।
नेपाली राजनीतिक राजमार्गमा त्यस्तै कसिंगर हो-
राजतन्त्र । जो जनताको भव्य जनमत प्राप्त गाडी -वा
राजनीतिक शक्ति) आउने बित्तिकै त्यसको झेाक्काबाट नै
साइड लाग्नेछ- राजतन्त्र । साइड लाग्नुको कुनै विकल्प
नै छैन । विकल्प खोज्नु भनेको विनाश र विसंंगति खोज्नु
पनि हो । रुखका पुराना पहेंला पातहरूको विकल्प र्झनु
नै हुन्छ । मिति पुगेका कुनै पनि प्राणीको विकल्प मर्नु
नै हुन्छ । तसर्थ, अब राजतन्त्रको पनि अन्त्यको विकल्प
छैन । युग, इतिहास र जनताको आदेश राजतन्त्रको अन्त्य
नै हो । विकल्प अन्त्य र साइड लाग्नुभन्दा अर्काे
छादैछैन । ९७ प्रतिशत भन्दा बढी प्रतिशत नेपाली जनताको
जनमतले अस्वीकार गरिएको राजतन्त्र अब रहने भन्ने त
प्रश्न नै उठ्दैन । यदि त्यसरी जाने वा प्रश्न उठाउने
भनेको अरु कसैले होइन राजा र राजतन्त्र आफैंले आफ्नो
चिहान खन्नु हुन जान्छ । सर्वसाधारण नागरिकको जीवन
जिउनु उनको लागि सर्वश्रेष्ठ विकल्प हो । राजालाई
बिगार्न र सिध्याउन पनि कतिपय शक्तिहरू उक्साउने र सुर्याउने
पनि गर्लान् । तर त्यसमा लाग्नु हुँदैन उनी ।
नयाँ उदाहरण र नयाँ सन्देश
नेपालबाट नै ऐतिहासिक नयाँ दिन
किन पछि पर्ने ? युगको आहृवान, इतिहासको निर्देशन र
उन्नत शताब्दीको चेतनाबाट माथि उठेर राजाले निर्णय लिनु
जरुरी छ । सके बनाउनु नसके जनाउनु वा संकेत दिनु भन्ने
कुरो एकदम ठीक छ । यदि त्यसो गर्न नसकेमा जनताले जे
भनेका छन्, त्यो खुरुक्क मान्नुपर्छ । जनताभन्दा माथि
र ठूलो कोही पनि हुन्न र छैन । जनताको जनमत र जनादेश
सबभन्दा ठूलो र शक्तिशाली संविधान, कानुन र विधि हो ।
संविधान, कानुन र विधिका कुरा गर्दै केही राजावादी र
राजतन्त्रवादीहरूले राजा र राजतन्त्रलाई अलि दिन
टिकाउने प्रयत्न गरिरहेका छन् । योे एउटा विनाशकारी
बाटोको कुबुद्धि हो । लासमा सास भर्न खोज्नु आफैंमा
हास्यास्पद र पाखण्डता हो । केही स्वदेशी र विदेशी
शक्तिहरू फेरि पनि छद्म रूपमा राजा र राजतन्त्रलाई
बचाउने र टिकाउने खेलमा लागेका छन् । यदि त्यसो गर्न
खोजियो भने जनता र इतिहासबाघ भएर बल प्रयोग गर्न
पुग्नेछन् । त्यतिखेर बच्न र बचाउन खोज्ने सबैको खेल
खत्तम हुनेछ । पुनः एकपटक इतिहासका पानाहरू पल्टाएर
हेर्दा हुन्छ । तर जनाधिकार प्राप्त शक्तिको सदासयता
के छ भने नयाँ उदाहरण र नयाँ सन्देश विवेक, शान्ति,
सभ्यता, सम्मान र सहज रूपमा देऔं । जनता र जनमतको
सम्मान गर्नु भनेको ठूलो पुनः संस्कार र रूपान्तरण् हो
। पुनः संस्कारित र रूपान्तरित हुने भनेको नयाँ मूल्य
मान्यता, नयाँ विचार र नयाँ संस्कारलाई स्वीकार गर्ने
वा आत्मसात गर्ने पनि हो । जसले त्यसो गर्न सक्दैन, ऊ
सकिन्छ । इतिहासको कुना कन्दरामा कुँडाकर्कट बनेर
मात्र रहन सक्ला अरु त असम्भव नेपालको सन्दर्भमा पनि
राजा र राजतन्त्र अब इतिहास र संग्रहालयको विषय भइसक्यो
। यसको अन्त्यको विकल्प खोज्नु भनेको त्यो पनि गुमाउनु
हो । सम्पूर्णतः समाप्त हुनु हो ।
लपु १५ वैशाख २०६५
सन्धि पुनरावलोकन गर्नुपर्ने
नेकपा -माओवादी)का वरिष्ठ नेता
एवं नवनिर्वाचित संविधानसभाका सभासद् सीपी गजुरेल
(गौरव)ले सन् १९५० मा
सम्पन्न नेपाल-भारतबीचको सन्धि पुनर्विचार गर्नुपर्ने
विचार व्यक्त गर्नुभएको छ ।
भारतीय विदेश मन्त्रालय र बिहार
राज्य सरकारको संयुक्त आयोजनामा बिहारको राजधानी पटनामा
आयोजित नेपाल-भारत सम्बन्धबारे दुइ दिने सेमिनारलाई
सम्बोधन गर्दै नेता गजुरेलले उक्त विचार व्यक्त
गर्नुभएको हो । गत शनिबार उद्घाटित दुई दिने सेमिनारमा
माओवादीको अन्तर्राष्ट्रिय विभागको इञ्चार्जसमेत
रहिसक्नुभएका नेता गजुरेलले १९५० को सन्धिका केही
बुदाहरू पुनर्विचार गर्नुपर्ने र तिनलाई आधुनिकीकरण गरी
अध्यावधि गर्नुपर्ने कुरामा जोड दिनुभएको हो ।
स्रोतका अनुसार उहाँले ऐतिहासिक
संविधानसभामा माओवादीको विजय हुनु पार्टीको मात्र विजय
नभएर शान्ति र लोकतन्त्रको विजय भएको उल्लेख गर्नुभयो
। लोकतान्त्रिक प्रक्रियासंगै संविधानसभा
निर्वाचनमार्फत् माओवादी सत्तामा आएको छ । यसबाट
विश्वले पाठ सिक्नुपर्ने उहाँको आग्रह थियो ।
उक्त दुई दिनेसेमिनारमा सहभागी
नेपाली प्रतिनिधि टिमको नेतृत्व भौतिक योजना तथा
निर्माणमन्त्री हिसिला यमिले गर्नुभएको थियो सो अवसरमा
मन्त्री यमिले संविधानसभा निर्वाचन परिणामले
नेपाल-भारत सम्बन्धमा नयाँ च्याप्टरको उद्घाटन गरेको
बताउनुभयो । उहाँका अनुसार नेपाल दुई ठूला राष्ट्र
भारत र चीनको प्रभावित होइन दुई देशबीचको पुल
बनाउनुपर्ने उहाँको विचार थियो ।
सो समारोहमा नेपाली कांग्रेसका
नेता प्रदीप गिरी र मधेसी नेता अनिलकुमार झा पनि सहभागी
हुनुहुन्थ्यो ।
त्यसैगरी भारतीय प्रधानमन्त्री
मनमोहन सिंहको विशेष दूत श्यामशरण र बिहारका मुख्य
मन्त्री नितिषकुमारले भारतीय दृष्टिकोण राख्नुभएको थियो
।
नयाँ नेपाल निर्माणको अभियान संगै
भारतले नेपालसंगको सम्बन्ध सुधार गर्ने नीतिअनुरूप यो
सेमिनारको आयोजना गरिएको विज्ञहरू ठान्दछन् । हिजोका
दिनमा नेपालमाथि असमान सन्धि लाद्दै आएको भारतले
नेपालमा आएको राजनीतिक परिवर्तनप्रति सकारात्मक भूमिका
निर्वाह गर्ने सम्भावना देखिंदैछ । किनकि नेपाली जनताले
आमूल परिवर्तनका पक्षमा दिएको अभिव्यक्तिको भारतले
स्वागत गरिसकेको छ ।
संविधानसभा परिणामबाट आतंकित
अभिव्यक्तिहरु
नेपाली धर्तीकै कायापलट गर्ने
ऐतिहासिक संविधानसभा निर्वाचन शान्तिपूर्ण ढंगले
सम्पन्न भई त्यसको परिणामसमेत सार्वजनिक भइसकेको छ ।
आफूलाई सदाबहार ठूला दल र सत्तारुढ दलका रूपमा देखिरहन
चाहने दलहरू आज संविधानसभा निर्वाचन परिणामबाट
अर्धमूर्छित अवस्थामा पुगेका छन् । एक दशक अघिको
निर्वाचनको प्राविधिक तथ्यांकका आधारमा स्वघोषित ठूला
दल ठहरिएका कांग्रेस र एमालेहरू संविधानसभा निर्वाचन
परिणामबाट धेरै अन्तरले दोस्रा र तेस्रो भएका छन् ।
यो परिणामलाई उनीहरू अनपेक्षित
ठान्दछन् । किनकि यो परिणाम उनीहरूका पक्षमा आएन ।
स्पष्ट कुरा के हो भने नेपाली जनताले उनीहरूका बोली,
व्यवहार, नीति, कार्यक्रम र आचरण विगत १५ वर्षदेखि
जान्दै, बुझ्दै र व्यहोर्दै आए । उनीहरूका सामन्तवादी
तथा यथास्थितिवादी सोच, विचार, चिन्तन र व्यवहारबाट
आजित जनताले संविधानसभा निर्वाचनमा परिवर्तनका पक्षमा
अभिमत जाहेर गरे ।
त्यसैले पटकपटक कांग्रेस,
एमालेजस्ता पुरातन सोच बोकेका पार्टीलाई सत्तामा पुर्याउादा
कुनै प्रकारको परिवर्तनको प्रतिफल नपाएका नेपाली जनताले
यतिबेला नयाँ विचारको संवाहक शक्ति नेकपा -माओवादी)लाई
रोज्नु स्वाभाविकै हो । निश्चित रूपमा नेपाली जनता
यथास्थितिवादबाट मुक्ति चाहन्छन् भन्ने प्रमाण पनि हो
यो परिणाम् ।
जनतालाई अधिकार र चेतनारहित
रैतीका रूपमा सम्झन स्वघोषित ठूला दलहरूलाई जनताले
दूधबाट झिंगा झिकेझैं झिकेर फोहोर डुंगुरमा फालिदिएपछि
कांग्रेस, एमालेका नेताहरू रन्थनिएका हुन् । ठूला दलका
ठूला नेताहरूको ठूलो इज्जत ध्वस्त भएको हीनताबोधले
ग्रस्त नेताहरू माओवादीका पक्षमा परिणाम आएपछि घबराउन
थालेका हुन् । उनीहरूको भाषामा चुनाव परिणाम
अप्रत्याशित भएको छ । माओवादीले चुनावमा धाँधली गरेको
डरत्रास फैलाएकोले परिणाम त्यस्तो आएको भन्न सम्म पछि
परेका छैनन् ।
नेकपा (माओवादी)ले
चुनावमा देशभक्त, गणतन्त्रवादी तथा वामपन्थी
शक्तिहरूबीच तालमेल गरेर जाऔं भन्दा माओवादीलाई २-४
सिट पनि ल्याउन नसक्ने हैसियतको ठहर गर्ने र तालमेलको
उपेक्षा गर्नेहरूका आाखा तिल्मिलाएका छन् । आज हिजोका
ठूला भनिएका दलहरूको कद निर्धारण भएको छ । को कति पानी
मुनी छ भन्ने कुरा संविधानसभा निर्वाचन परिणामबाट
छर्लङ्ग भएको छ ।
सबैले जाने, सुनेको र बुझेको
सत्य के पनि हो भने वाम तालमेलको प्रस्ताव राख्दा
माओवादीसंग उपत्यकामा -जहाँ पन्ध्र स्थान मात्र छ)
सोह्रौं स्थानमा तालमेल गर्न सकिने भनी गुड्डी हाँक्ने
महाशयहरू आज 'किन चाउरिइस मारिच आफ्नै पिरले ’
भन्ने नेपाली उखानमा परिणत भएका
छन् । अब उनीहरूसंग वाईसीएलले धाँधली गरेर हामीले
हारियो भन्ने आत्मतुष्टि गर्नु बाहेक केही छैन ।
तर चेतनाका धनी एवं विवेकशील
नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको
प्रस्तावक शक्ति नेकपा -माओवादी)लाई ठूलो अभिमतका साथ
त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी सुम्पेका छन् ।
त्यस्तै कांग्रेस, एमालेभित्रका गणतन्त्रवादी
व्यक्तित्वहरूलाई विजयमाला पहिराइदिएका छन् । यो संयोग
मात्र अवश्य होइन अपितु नेपाली जनताको विवेकशील परिणाम
हो । एकाध भ्रष्ट र गलत तत्वले विजयको प्रमाणपत्र लिन
सफल भए होलान् तर मूलतः परिणाम गणतन्त्रवादीकै पक्षमा
आएको छ ।
यो ताजा र यथार्थ जनादेशको
उल्लंघन गर्दै कोही सरकारमै नबस्ने र कोही सरकारको
नेतृत्व आफै लिने दम्भ अहंकार र घमण्ड प्रस्तुत
गर्नुलाई लोकतान्त्रिक, संस्कृतिक भन्न सकिन्न । यो त
जनादेशलाई लत्याउादै जस्तो र जुनसुकै अवस्थामा पनि
सरकारमै टाासिने प्रवृत्ति र जनताले परिवर्तन
चाहादाचाहादै पनि खुट्टा तानातान गरी यथास्थितिवादलाई
नै कायम राख्ने अराजक चिन्तनको परिणाम हो । त्यसैले
एमालेले अहंकारवादी चिन्तन र कांग्रेसले सर्वसत्तावादी
चिन्तन त्यागी जनादेशलाई सम्मान गर्न विश्लेषकहरू
सुझाव पेश गर्दछन् ।
निश्चय नै सहमतीय संस्कृतिलाई
निरन्तरता दिंदै ठूलो पार्टी नेकपा -माओवादी)को
नेतृत्वमा सरकार गठन गर्नु र तुरुन्त गणतन्त्रको
कार्यान्वयन गर्नुको विकल्प छैन । त्यसो नगर्ने हो भने
'कालो विपति तदरसम् ’
भन्ने उक्तिझैं नेपाली जनताको
मिहिनतको फल अरु कसैको नपिउला भन्न सकिन्न ।
महासंघमा आचार्य र भण्डारीको जित निश्चित
काठमाडौं । नेपालका सम्पूर्ण
पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार महासंघको २२औं
महाधिवेशन नजिक आइरहँदा महासंघको भावी नेतृत्वबारे
व्यापक चर्चा सुरु भएको छ ।
नेपालका सम्पूर्ण जनपक्षीय तथा
व्यावसायिक पत्रकारहरूले जनादेश साप्ताहिकका
पूर्वसम्पादक गोविन्द आचार्य र पूर्व कार्यकारी
सम्पादक खिलबहादुर भण्डारीलाई सर्वसम्मत विजयी गर्ने
निश्चित भइसकेको छ ।
जनपक्षीय तथा क्रान्तिकारी
पत्रकारहरूसंग नेपाल पत्रकार महासंघको महाधिवेशनमा
आफ्नो एकल प्यानल प्रस्तुत गर्ने हैसियत भए पनि हाललाई
सबै पेशागत संगठनहरूसंग छलफल गरी समावेशी प्रतिनिधित्व
स्थापित गर्न क्रान्तिकारी पत्रकार संघले उपाध्यक्ष र
उपत्यकामा एक जना सदस्यलाई मात्र चुनावी मैदानमा
उतारेको छ । आवश्यकताअनुसार अध्यक्ष, महासचिव, सचिव,
कोषाध्यक्ष र बाकी सदस्यहरूका उम्मेदवार पनि
क्रान्तिकारी पत्रकार संघले सार्वजनिक गर्नेछ ।
हाल अध्यक्ष पदका लागि शिव गाउाले,
महेन्द्र विष्ट, धर्मेन्द्र झा र कुलचन्द्र वाग्लेको
नाम चर्चामा छ ।
उपाध्यक्षमा हालसम्म गोविन्द
आचार्य निर्विकल्प हुनुहुन्छ । महासचिव पदमा निर्मला
शर्मा, विनोद ढुंगेल, हेमन्त काफ्ले र पोषण केसीको
चर्चा छ । सचिवमा पूर्ण बस्नेत, सूर्य थापा र रामजी
दाहालले आ-आफ्नो उम्मेदवारी दिएका छन् । त्यस्तै
कोषाध्यक्षमा टंक पन्तको नाम चर्चामा छ । उपत्यकाबाहिर
पश्चिमाञ्चलबाट जनआहृवान साप्ताहिका नारायण खनालको नाम
चर्चामा छ भने मध्यपश्चिमबाट मधुसुदन वैद्यले
उम्मेदवारी घोषणा गरेका छन् । पूर्वाञ्चलबाट मधुकर
थापाको नाम चर्चामा छ ।
जनसेना शिविरमा खानेपानी समस्याको हाहाकार
गोविन्द खड्का
काठमाडौं । जनमुक्ति सेना अस्थायी
शिविरमा बसेको पनि लगभग १ डेढ वर्ष भइसकेको छ । शिविरमा
रहेका समस्याहरु केही पुग भय पनि नहट्ने जनसेनाका
योद्धाहरु शिविरमा विभिन्न भौतिक कठिनाइका बाबजुद पनि
आफ्ना दिनहरु सहजै रुपले व्यतीत गरिरहेका छन् ।
गर्मीयाम सुरु भइसकेको छ । पानीका
मुहानहरु दिन प्रतिदिन सुक्दै गइरहेका छन् न त शिविरमा
खानेपानीको व्यवस्था छ न त शिविर नजिकै पानीका मुहानहरु
छन्, नुहाउन खानलाई त के कहिलेकाहीं त मुख धुनलाई समेत
शिविरभन्दा १, २ किलोमिटर टाढा जान्छन् यस शिविरका
जनसेनाहरु यस्तै यस्तै विविध समस्याहरुको बीचबाट
गुजि्ररहेको बिग्रेड हो । सातौं डिभिजनअन्तर्गतको
सहायक शिविर बहुवीर योद्धा स्मृति बिग्रेड ।
कैलाली जिल्लामा अवस्थित रहेका
जनसेनाका अस्थायी शिविरमध्ये सबैभन्दा विकट र दुर्गम
क्षेत्रमा अवस्थित यस बिग्रेडमा केही महिनायता देखि
खानेपानीको धेरै ठूलो समस्या परेको छ । शिविरमा
समस्याहरु न त सरकारले सुन्छ न त शिविर व्यवस्थापन
कार्यालयले न त यस जिल्लामा कार्यरत संघसंस्थाहरुले ।
केही महिना अघि यस जिल्लामा कार्यरत संस्था जेटीजेटलाई
खानेपानीको व्यवस्था गरिदिनुपर्यो भनी अनुरोध गर्दा
उसले पनि सान्त्वना दिएर मात्र गएको छ ।
जे होस् देशको परिस्थिति
बदलिसकेको छ । अब नयाँ बन्ने सरकारले यी अभावै अभावमा
छटपटिरहेछ । जनसेनाहरुको समस्या केही न केही रुपमा भए
पनि अनिवार्य रुपले ल गरिनुपर्दछ ।
रक्सी निषेधित जिल्ला फेरि रक्सीमय
डम्बरबहादुर रावल
अछाम । नेपालको सबैभन्दा पहिलो
रक्सी निषेधित जिल्ला अछाम फेरि रक्सीमय बनेको छ । यस
जिल्ला ७५ वटा गाविसमा खुल्लेआम रक्सी खरिद बिक्री हुन
थालेको छ । केही वर्ष अगाडि माओवादी युद्धकालमा यहाँका
मानिसहरुले रक्सी सदाका लागि हराएको महसुस गरेका थिए र
पछि लोकतन्त्रसंगै यसको पनि व्यापक बिक्री वितरण भएको
पाइन्छ ।
रक्सी नियन्त्रण भएको समयमा
यहाँका महिला केटाकेटीहरुले आरामको साथमा समाजमा सुखको
अनुभव गरेका थिए र हाल यसको नियन्त्रण हुन नसकेकाले
समाजमा रक्सी खाएर झैझगड हुने गरेको पाइन्छ । यस
जिल्लामा यस्ता किसिमका क्रियाकलापको रोकथाम हुन सकेको
छैन । रक्सी नियन्त्रण हुन नसक्दा |