|
साहित्य कला
साताको कविता
बुथ अर्कैले
क्याप्चर गर्यो
-
सरल सहयात्री
यो पटक
अप्रत्यासित भयो
अचम्मै
भयो
कसरी भयो
हुनै
नहुने कुरा भयो
किन भयो
?
चुनाव त
यसपाली अर्कै तिर गयो
पक्का
पनि वुथ क्याप्चर भयो ।
यस्तो त
मैले सोचेकै थिइन
हाम्रो
पार्र्टिले सोच्ने झन् कुरै होइन
यो हुन
सक्ने कुरा पनि भएन
किन हुन
सक्छ
कसरी
हुन सक्छ
उप! यो
त हुदै नहुने कुरा भयो
चुनाव त
अर्कैले पो लग्यो
प्रधानमन्त्री ज्यू !
पक्कै
वुथ क्याप्चर भयो ।
मैलेपनि
नजितेको चुनाव
कसरी
निस्पक्ष हुन सक्छ यो देशमा !
मालिकहरु
हारेको लडाइमा
कसरी
देश विजय भएको भन्न सकिन्छ याहाँ !
पक्कै
याहाँ धादली भयो
हाम्रो
विरुद्धमा गडवढि भयो
जनतालाइ
तर्साइयो पनि होला
नत्र
परिणाम किन अन्तै गयो ?
प्रधानमन्त्री ज्यू
यसपाली
गाउँमा वुथ कव्जा भयो ।
सुन्नुस
हजुर !
यसपाली
मैले वन्दुक देखाउन पाइन
अनि कसरी
धाँदली हुदैन त्याहाँ
यसपाली
हामीले पैसा वाँढ्न पाएनौ कतै पनि
अनि कसरी
निश्पक्ष हुन्छ त्याहाँ
यदि मैले
दुइचार ठाउँमा मात्रै
एक
दुइवटा वन्दुक देखाउन पाएको भए
कतै कतै
स्वतन्त्रतापुर्वक भोट किन्न पाएको भए
पक्का
हो ।
त्यो
मेरो जित हुन्थ्यो
हाम्रो
स्वतन्त्रताको रक्षा हुन्थ्यो
तर, सवै
कुरा उल्टो भयो
प्रधानमन्त्री ज्यू
यसपाली
वुथ कव्जा भयो
हामीलाइ
निर्वाद गाउँमा रक्सि वाँढ्न नदिएपछि ,
हाम्रा
चुल्ठे र मुन्दे्रहरुले
निर्वाद
गाउँमा घुम्न नपाएपछि ,
खुरु
खुरु जनता एक्लैले
विना
हिच्किचाहट भोट हालेपछि
कसरी
हुन्छ हाम्रो जित
कसरी
हुन्छ हाम्राे जितको सुनिश्चित !
त्यसकारण प्रधानमन्त्री ज्यु
यसपाली
पक्कै धाँदली भयो
चुनावमा
वुथ अर्कै ले क्याप्चर गर्यो ।
हाम्रो
अब वेहाल भयो ।
२०६५
वैशाख १० चितवन शक्तिखोर गौरीवारी
ओखली कमिनी
-
निभा शाह
म ओखली
कमिनी
कोही
मुसल बनाइ कुट्छन्
कोही
ढिकी बनाइ कुट्छन्
सबैले
जोत्ने
म ओखली
कमिनीको जीवनमा
कहिल्यै
एक दिन आएन
भन्छन्
एक जुगमा
एक दिन आयो
तापैताप
ल्यायो
मेरो
चिसो चुलो तातो भएन
मेरो
चुहिने छानो नचुहिने भएन
मालिक
त्यो एक
दिन
मेरो
छाप्रोमा किन आएन
भन्छन्
एक जुगमा
एक दिन आयो
उथलपुथल
ल्यायो
मेरा
नानीहरू
दिल्लीका
ढावाहरूमा
भाडा
माझ्छन्
मालिक
त्यो
उथलपुथलले
मेरो
नानीहरूका लागि
कापीकलम
किन ल्याएन ?
भन्छन्
एक जुगमा
एक दिन आयो
परिवर्तन ल्यायो
बम्बइका
कोठीहरूमा
मेरा
चेलीहरू आाशु बगाउाछन्
मालिक
त्यो
परिवर्तनले
मेरा
चेलीहरूका लागि
रुमाल
किन ल्याएन ?
स्याउ
मलखातामा थुपारेर
काला
पहाडहरूमा
कर्णाली
भारी बोक्छ
भरिया
जुम्ली दाइ
पानी
नपाई मर्छ
मालिक
बग्ने
कर्णालीमा
एक दिन
किन आएन ?
किन आएन
?
किन आएन
?
मेरा
प्रश्नहरूको जवाफ
तिम्रो
दरबारमा छैन
तिम्रो
इजलासमा छैन
तिम्रो
कुनै ब्लकमा छैन
मैले
कोल्टे फेरि मालिक
आज
रगतका
पाइलाहरू पछ्याउादै
म जागे
तिम्रो
प्रलय
हेर त
म ओखली
कमिनी
रातो
घाम खोजिरहेछु
कालिमाटी,
अछाम |