रिपोर्ट

नयाँ नेपालको दस्तावेज लिएर जापानतर्फ

- दीपेन्द्र भण्डारी

'जापानमा नेपाल र नेपालीहरूको शीर उचो राख्ने कार्यमा अग्रणी भूमिका खेल्दै आउनु भएका व्यवसायी तथा समाजसेवी श्री पासाङज्युलाई मन्तव्यका लागि अनुरोध गर्दछु ।’ यो उद्घोषसंगै ढाका टोपी लगाएको व्यक्ति ड्यासको अघिल्तिर उभिन पुग्यो । देब्रे हातले माइक्रोफोनको उचाइ मिलाउदै उन्ले भने- 'माफ गर्नुहोला म पासाङ होइन । म पासाङ विश्वकर्मा हुँ । मलाई आफ्नो जातप्रति गर्व छ । कृपया मलाई पासाङ विश्वकर्मा भनेर बोलाइदिनु भए आभारी हुने थिए ।’

हल एकाएक तालीको आवाज गुञ्जियो । नेपाल जापान दौत्यसम्बन्धको अवसरमा विशिष्ट व्यक्तिहरू सम्मिलित कार्यक्रमको एक अंश हो यो ।

सगरमाथाको प्रवेशद्वारको रूपमा चिनिने नाम्चेका पाखापखेरामा बालापन बिताउनु भएका पासाङ विश्वकर्मा १३ वर्षकै उमेरमा जापान पुग्नुभयो । जापानमा नै उच्च शिक्षा हासिल गरेपछि उहाँ व्यापारमा संलग्न हुनुभयो । ३५ वर्षको जापान बसाइको क्रममा उहाँले राजनीतिक, सामाजिक तथा व्यापारिक क्षेत्रमा आफूलाई स्थापित गर्नुभयो ।

देशमा भर्खरै संविधानसभा चुनाव सकिएको थियो । जताततै नयाँ नेपालको चर्चा चल्दै थियो । अब माओवादीको नेतृत्वमा यो देशले कााचुली फेर्छ भन्ने बहस सबैका माझ चलिनै रहेको थियो । यस्तै माहोलमा पासाङ काठमाडौं ओर्लिए । सधैं माओवादीका नकारात्मक टिकाटिप्पणी मात्रै सुन्दैआएका उनका लागि यो माहोल अलि फरक त थियो नै । देश विकासको बारेमा नेपाली जनता यति धेरै उत्साहित बनेका यसअघि उनले कहिल्यै देखेका थिएनन् । यो देखेपछि उनको विचारमा परिवर्तन आयो । देशका लागि केही गर्ने समय यही हो, मैले पनि केही गर्नुपर्छ अब ।

छुवाछुतको असहृय पीडा भोग्दै १० वर्षे जनयुद्धको अग्रीम मोर्चामा लडेका कालिकोटे युवासंग भोलिपल्ट भेटे पासाङले । 'म नवीनकुमार विश्वकर्मा स्थानीय विकास राज्यमन्त्री ।’ प्ासाङ दङ्ग परे, 'अरे यो उमेरमै मन्त्री त्यहीमाथि हाम्रै विश्वकर्मा जातिको ? धन्यवाद छ तपाईको त्यो पार्टी र त्यसका नेतालाई ।’ नवीनले कालिकोटका पीडा सुनाए, दलित हुनुको पीडा र १० वर्षे जनयुद्धको वर्णन गरे । पासाङ चुपचाप सुनिरहे ।

'म उतै (कालिकोट) थिए । पाटीले मन्त्री बनाएपछि काठमाडौ आए ।’

प्ासाङले जिब्रो टोके, 'यो देशमा के भइरहेछ ....., आाटी जनताका छोराछोरीले यो ठाउ पाउन थालेछन् । मलाई खुबै मनपर्‍यो ।’ उनी दङ्ग परे ।

राज्यमन्त्री कर्णालीका समस्या र सम्पन्नताको कुरो निकाल्थे, पासाङ चाहीं कसरी जापानको त्यो प्रगतिलाई यता भित्र्याउन सकिन्छ भन्नेमा जोड दिन्थे । पासाङले सोधे- 'माओवादीले बनाउन खोजेको नयाँ नेपाल कस्तो हुन्छ ?’ मन्त्री नवीनले पार्टीको प्रतिबद्धतापत्र पासाङको हातमा थमाउादै आफ्नो पार्टीको योजनाको वर्णन गरे । मध्यपृष्ठको रङ्गीन पाना नियाल्दै गर्दा उनले थपे 'म पनि इञ्जिनियर हुँ, मलाई रेलमार्गको बारेमा धेरै थाहा छ । यहाँ तराईमा मात्रै होइन पूर्वपश्चिम पहाडी भाग छिचोल्दै रेलमार्गको लिग बिछ्याउन सकिन्छ । त्यहाँबाट दक्षिणउत्तर जोड्ने शाखा रुट निर्माण गर्नुपर्छ ।’ उनले थप्दै गए 'अझै मोटर बाटो कम भयो । तर जे छ एकदम ठीक छ । यति मात्रै भइदियो भने पनि कहाँ हो कहाँ हुन्छ नि हाम्रो देश ।’ दुवै जना हौसिए ।

नवीनले विश्वस्त रहन आग्रह गर्दै थपे 'हामी देश र जनताप्रति कहिल्यै धोका दिन सक्दैनौ । त्यसैले देश र जनताका लागि गरिने यो कार्यले सफलता पाउनेछ । बरु यहाँहरूको सहयोग अपरिहार्य छ है ! यो अभियानमा ।’

२०४८ सालतिर जापानका एक वरिष्ठ इञ्जिनियरसहित काठमाडौं-पोखरा रेलमार्ग निर्माणको प्रस्ताव बोकेर नेपाल आएका पासाङ त्यतिखेर छाङ्गाबाट खसेजस्तै भएका थिए जब त्यतिबेलाका मन्त्रीले चुनावअघि जापान लैजानुपर्ने शर्तसहित कमिशनबारे मुखै खोले । त्यसपछि उनी यस्तो प्रस्ताव लिएर कहिल्यै देश फर्किएनन् ।

'हिजोका ती माफिया हुन भने यी जनताका असली छोरा ।’ उनको अनुमान छ 'देश यस्तै युवा र उत्साहीहरूको हातमा परे बन्न केही समय लाग्दैन ।’ पासाङले आफ्नो निचोड सुनाए ।

मन्त्रीलाई एउटा कुरा उनी बारम्बार घचघच्याउदै थिए, 'यो दलित भन्ने शब्द प्रयोग नगर्नु होला । के हो दलित भनेको ? हामीलाई किन दलित ? हामी त विश्वकर्मा हौ । आधुनिक भाषामा भन्नुपर्दा हामी यो देशका जन्मजात इञ्जिनियरहरू हौ । हामी विश्वकर्मा हौ र यसैको नामले संसारभरि चिनिनुपर्छ ।’ पासाङको दृष्टिकोणमा संसारमा कहीं नभएको एक जातले अर्को जातिमाथि गरिने छुवाछुतको व्यवहारलाई अशिक्षाको जड मान्छन् । यदि देशमा सबै शिक्षित भए यसको अन्त हुने उनको तर्क छ । त्यसैले गाउगाउमा शैक्षिक क्रान्ति ल्याउनुपर्ने उनको बुझाइ छ । १२ कक्षासम्म निःशुल्क शिक्षा र स्वास्थ्य सर्वसुलभ गर्ने माओवादी योजनाले सफलता पाउनेमा उहाँ विश्वस्त देखिनु हुन्छ । छुट्टनिे बेलामा पासाङले कर्णालीका गाउघरमा जाने र शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्‍याउने इच्छा व्यक्त गरे ।

यो पालीको नेपाल यात्रामा दुईजना जापानी फोटो पत्रकार पनि उनैको पछि लागेर आएका छन् । उनीहरू केही दिन उनको जन्मथलोको छायाङकन गर्ने र उच्च हिमाली क्षेत्रमा बढ्दो तापमानको असरको बारेमा अध्ययन गर्ने छन् । पासाङ यो विषयमा पनि औधी चिन्तित छन् । हाम्रा हिमालबाट हिउ बिस्तारै पग्लदैछ, यसले भोलिका दिनमा यो क्षेत्रमा बसोबास गर्ने लाखौ मानिस जोखिममा पर्न सक्छन् ।

देशमा माओवादीको जित अनि माओवादी मन्त्रीसंगको भेट फेरि पनि जताततै माओवादीले नयाँ नेपाल बनाउछ है भन्ने आशाले उहाँमा पनि माओवादीप्रति विश्वास पलाएको छ । 'जापानमा बसेर आर्जेको शीप अनि कौशललाई यो देश निर्माणमा खर्चन म आतुर भएको छु । नयाँ नेपाल निर्माणको अभियानमा आउने दिनमा म सहयोग गर्न तयार छु ।’

जापानका पूर्वप्रधानमन्त्री स्व. रियोतारो हासिमोतोसंग निकै घनिष्ठ सम्बन्ध रहेका पासाङ जापानको राजनीतिक तथा सामाजिक वृत्तमा पनि उत्तिकै लोकपि्रय छन् । चार दिने नेपाल बसाइप्रति पासाङ निकै उत्साहित देखिन्थे । 'नयाँ नेपाल बन्नेछ, देश र जनताको मुहार फेरिने छ । यो महान कार्यको लागि म जे सहयोग गर्न पनि तयार छु ।’ र्फकने बेलामा पासाङ विश्वकर्माले भने ।

सुरू भो नयाँ नेपाल निर्माणको अभियान

- जन्मदेव जैसी

'तपाईको टोलमा के समस्या छ आमा ?’ वाइसीएलको झण्डा बोकेका युवाहरूले सोधेपछि बौद्ध रामहिटीकी दुदुमाया लामा छक्क परिन् । वाइसीएल भन्ने वित्तिकै आतंकको रूपमा जवर्जस्त गरिएको प्रचारको भ्रम दुदुमायाभित्र पनि रहेछ ।

'वाइसीएलले पनि जनताको काम गर्छ र बाबु’ आश्चार्यलाग्दो शैलीमा उनले घरदैलो अभियानमा संलग्न एक वाइसीएललाई प्रतिप्रश्न गरिन् । दुदुमायाको प्रश्न सुनेर ३ नम्बर निर्वाचन क्षेत्रका वाइसीएल अध्यक्ष विष्णु माझीले भने, 'आमा तपाईलाई गलत कुरा सुनाइएको छ, जनताकै निम्ति वाइसीएल बनेको हो, सधै जनताकै मााझमा रहनेछ ।’

टोल-टोलमा विभिन्न समस्या बुभदै योङ कम्युनिस्ट लिंग -वाइसीएल) यतिवेला जनताको घरदैलोमा गएर नयाँ नेपाल निर्माणको अभियानलाई सघाइरहेको छ । खानेपानी संस्थानले वितरण गर्दै आएको पानीको मूख्य लाइनमा वाइसीएलले खानेपानी वितरण गरेपछि राजधानीवासीहरू भन्न थालेका छन्, अव शुरु भो नयाँ नेपाल निर्माणको अभियान । मुख्य लाइनमार्फत अहिले सामाखुशी, कपन, रानीवारी, मैपीलगायतका स्थानमा वितरण हाुर्दै आएको बताइएको छ ।

यसका साथै पानीको अभावमा काकाकुल बन्दै आएका राजधानीका अधिकांश स्थानीयवासीहरूलाई वाइसीएलले खानेपानीको ट्याङकरमार्फत वितरण गरिदिएपछि रानीवारीनिवासी चित्रा थापामगर सहज रूपमा पानी पाउादा अत्यन्त खुशी छिन् ।

'संस्थानले वितरण गर्दै आएको धारामा पानी आउाथेन, पानी ल्याउन २ किलोमिटर टाढा ढुङ्गेधारामा जानुपथ्र्यो तर अहिले सजिलो भएको छ ।’ यसरी धारामा पानी वितरण गर्दा खानेपानी संस्थान र स्थानीयवासी दुवैलाई फाइदा भएको चित्राले बताइन् । 'धेरै सरकारलाई भोट हालेपनि केही भएन, तर यसपटक नयाँ नेपाल निर्माण गर्ने अभियानमा जुटेको माओवादीले केही गर्छ भन्ने संकेत देखापरेको छ,’ उनले भनिन् ।

उता वर्षौदेखि बन्न नसकेको ढल वाइसीएल कार्यकर्ताले बनाइदिएपछि बौद्ध रामहिटीकी श्वेता श्रेष्ठ अचम्मित छिन् । नयाँ नेपाल र नयाँ नेतृत्व सुनेकी थिइन् तर सााच्चै वाइसीएलहरू घरको आगनमा आएर यसरी ढल खन्लान् भन्ने उनलाई विश्व्ाासै थिएन । वाइसीएल जवर्जस्ती गर्छन्, नदिए पिट्छन्, छिमेकीहरूको मुखबाट धेरैपल्ट यस्तै सुनेकी छिन् उनले । घर अगाडी रातो झण्डा गाडेर ढल खन्न लागेको देखेर श्वेतालाई एकछिन त पत्याउनै गाह्रो भो ।

'यसअघि नेताहरूले ढल बनाइदिन्छु भनेको धेरै वर्ष भयो तर आखिर माओवादीले नै गर्ने रहेछ,’ लामो सास तान्दै श्वेताले जनादेशसंग भनिन्, 'ढलको ट्याङकी पनि फुटेको फुटै, तर कसैले बनाएनन्, अव त दुःख हट्लान कि ?

श्वस्ता जस्तै रामहिटीकै दुदुमाया लामाको पनि नयाँ नेपाल निर्माण हुने विश्वास पलाएको छ । 'कसैका निम्ति वाइसीएल खराव होला तर हामीलाई विद्धान बुद्ध सरह भएको छ,’ विना संकोच दुदुमायाले भनिन् । काठमाडौं महानगरपालिकाको ६ नम्बर वडामा पर्ने रामहिटीमा वाइसीएलले २ दिन लगाएर करिव ५ सय मिटर बराबरको ढल निर्माण गरिसकेको छ ।

'जनताको साथ पाएर हामीलाई काम गर्न सजिलो भयो,’ ३ नम्बर क्षेत्रका वाइसीएल अध्यक्ष विष्णु माझीले जनादेशसंग भने । आपनो पार्टीको सही विचार र नीतिले वाइसीएललाई जतिसुकै बदनाम गराउन खोजेपनि ती सबै असफल भएको माझीले दावी गरे ।

पार्टीको कार्ययोजना अनुरूप नै जनताको घरदैलोमा गएर तत्काल हल गर्न सकिने समस्याहरूबारे स्थानीयवासीको सल्लाह अनुसार वाइसीएल निरन्तर खटिने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

घरको आगनैमा बन्दै गरेको ढल निर्माणमा माओवादीको रातो झण्डा फहराउादा बौद्ध रामहिटीकी टूल्कु लामालाई तीन छाक खाना नखाादा पनि भोगको अनुभूति हुँदैन रे । त्यसो त ३६ सालदेखि ढल निर्माणको लागि हारगुहार गर्दै आएका त्यहीका स्थानीयवासी सोमबहादुर लामाले पनि माओवादीको पहलमा ढल निर्माण होला भनेर पत्याएका थिएनन् ।

सोमबहादुरा लामाका अनुसार २५ वर्षमा धेरैपटक ढल निर्माण समिति गठन हुँदा पनि त्यो ढल बन्न सकेको थिएन । ०४० सालदेखि लगातार आफू नै ढल निर्माण समितिको अध्यक्ष भएको बताउने लामा भन्छन्, 'वाक्क लागेर महिनादिन अघि राजिनामा दिएा, तर वाइसीएल आएर ढल बनाइदियो ।’

करिव २० वर्षदेखि सो क्षेत्रमा बस्दै आएका हरिप्रसाद अधिकारीले जनादेश प्रतिनिधि छेउ आएर प्रश्न गरे, 'यसअघि धेरै पत्रकारहरूलाई बोलायौं, तर कोही आएनन्, अहिले वाइसीएलले काम शुरु गरेपछि मात्र तपाईहरू आउने ?’ अधिकारीले राज्यको कानसम्म पुर्‍याउन सञ्चारकर्मीलाई आग्रह गर्न आफूहरूले सहयोग नपाएको गुनासो व्यक्त गरे ।

ढल निर्माणसंगै राजधानीमा देखिएको पानीको समस्यालाई हल गर्न वाइसीएलले अभियानकै रूपमा केही दिनपछि पानी ट्याङ्करमा बोकेर घरघर पुर्‍याउने योजना बनाएको ३ नम्बर निर्वाचन क्षेत्रको वाइसीएल कार्यालयले जनाएको छ ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd