|

गणतन्त्र
महोत्सवमा जनताहरु नाचगानमा रमाइरहेका थिए ।

काठमाण्डौमा
निश्किएको करिव ३ लाखको विशाल जुलुशको नेतृत्व वाइसीएल
इन्चार्ज सोनाम क्रान्तिकारी नेता लेखनाथ न्यौपानेले
गर्नु भएको थियो ।

विभिन्न
ठाउँमा सुरक्षालाइ कडा पारिएको थियो ।

सुरक्षा
व्यवस्था मिलाउन वाइसीएलको भूमिका उल्लेखनीय रहृयो ।

जुलुस
रत्नपार्कमा सभामा परिणत भएको थियो ।

गणतन्त्रको
स्वागतका लागि जनता निकै नै उत्साहित देखिन्थे ।

गणतान्त्रिक
सभालाई अखिल क्रान्तिकारीका अध्यक्षले सम्वोधन गर्नु
भएको थियो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर, नारायणहिटी,
बालुवाटार लगायतका स्थानहरुलाई निषेधित क्षेत्र घोषणा
गरिएको थियो ।

प्रदर्शनमा
प्रहरी र एमाले तथा कांग्रसका कार्यकर्ता बीच केही
क्षण सामान्य झडप भएको थियो । स्थितिलाई उत्तेजित हुन
नदिन वाइसीएलले नियन्त्रण गरेको थियो ।

गणतान्त्रिक
महोत्सवमा रेडक्रसले आफ्नो सेवा सञ्चालन गरेको थियो ।

बानेश्वरमा ३
वटा सुतली बम विष्फोट भएको थियो तर त्यति ठुलो जनधनको
क्षति भने हुन पाएन ।

प्रहरीले
संदिग्ध बम हमलाकारीलाई नियन्त्रणमा लिएको थियो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संविधानसभाको बैठकको
कार्यसूची सबै सभासदहरुलाई वितरण गरिएको थियो ।

सभासदहरुले
शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए
।

सरकारका
तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सभामा
बोल्नु भएको थियो ।

सभाभवन बाहिर
अनुहारमा गणतन्त्र नेपाल लेख्नेहरु त्यत्तिकै भेटिन्थे
।


पत्रकार,
नागरिक समाजका अगुवा तथा मानवअधिकारवादीहरु गणतन्त्र
महोत्सव मनाइरहेका थिए ।

कुनै बेला
दलबल सहित हिंड्ने माधव नेपाल यस पटक एक्लै हिड्दै थिए
।

सभामा विदेशी
कुटनीतिज्ञहरुको उल्लेख्य उपस्थिति थियो ।
यस सम्वन्धी विस्तृत समाचारका लागि यहाँ क्लिक
गर्नुहोस् । |