|

शाहवंशको अन्त्य संगै यसको
सुरुवात भएको गोर्खा दरवारबाट संघीय लोकतान्त्रिक
गणतन्त्रको विधिवत शुभारम्भ गर्न नेकपा( माओवादी)का
अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता डा. बाबुराम भट्टराई
लगायतका नेताहरु गोरखा पुग्नु भएको थियो ।

नेताहरुलाई स्थानीय जनताले
भव्य स्वागत गरेका थिए । जसमा बालबालिका देखि बृद्धाहरु
समेत सम्मिलित थिए ।

स्वागतका साथै जनताले
नेताहरुलाई अभिनन्दन समेत गरेका थिए ।

गोरखा दरवार परिसरभित्र
त्यहाँका कर्मचारीले नेताहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा गोरखा दरवारमा
रहेको साइन बोर्ड हटाएर संघीय लोकतान्त्रिक गणतन्त्र
नेपाल, २०६५ जेठ १५ लेखिएको बोर्ड लगाइएको थियो ।
अध्यक्ष प्रचण्डले नयाँ नेपाल स्थापनाको औपचारिक
बोर्डको उद्घाटन गर्नु भएको थियो ।

गोर्खा दरवारबाट गोरखाबजारको
दृष्यबाट आगन्तुक तथा नेताहरु आत्मविभोर भएका थिए ।

कार्यक्रम पछि अध्यक्ष
प्रचण्ड तथा डा. बाबुराम भट्टराईले पत्रकारहरुले सोधेको
प्रश्नहरुको जवाफ दिनु भएको थियो ।

नेताहरुले गोर्खामा रहेको राम
शाहको दरवारको समेत अवलोकन गर्नु भएको थियो ।

कार्यक्रममा गोर्खा
स्रग्रहालयको अध्यक्ष प्रचण्डले उद्घाटन गर्नु भएको
थियो ।

उद्घाटन
समारोहमा उपस्थित विशाल जनसमूहलाई अध्यक्ष प्रचण्डले
सम्वोधन गर्नु भएको थियो ।

उद्घाटन
समारोहमा उपस्थित विशाल जनसमूहलाई अध्यक्ष प्रचण्डले
सम्वोधन गर्नु भएको थियो ।

अध्यक्ष प्रचण्डलगायतका
नेताहरुले गोर्खा संग्रहालयको निरीक्षण तथा अवलोकन
गर्नु भएको थियो । |