Tuesday, May 26, 2009
   
अक्षर साइज़
header

हाम्रो प्रतिबद्धता

smaller text tool iconmedium text tool iconlarger text tool icon
शाही शासनको चरमोत्कर्ष रहेको बेला, २०६० साल असोज ११ गते कृष्ण सेन अनलाइनको सुरुवात अग्रगमनको पक्षमा महत्वपूर्ण प्रचार आन्दोलन थियो । हाम्रा अग्रज आदर्श कृष्ण सेन (इच्छुक) को नाममा यसको नामाकरण गरिएको थियो । ज्ञानेन्द्र शाहको अगुवाइमा शेरबहादुर देउवाको नेतृत्वमा गठित एमालेसमेत संलग्न गठबन्धन सरकारले २०५९ साल जेठ १३ गते चरम यातना दिएर क्रान्तिकारी पत्रकार तथा जनकवि कृष्ण सेनको हत्या गरेको थियो । नयाँ सञ्चार प्रविधिमार्फत् चलाइएको यो प्रचार आन्दोलन छिट्टै स्थापित र लोकप्रिय बन्यो । शाही सत्ताले पछि पूरै मिडियामाथि अङ्कुश लगाउँदा जनयुद्धको मात्र होइन नेपालमा भएका सबै घटनाको बारेमा यथार्थ सूचना, सामग्री दिने एक भरपर्दो विकल्प बन्यो यो ।
आमूल परिवर्तनको पक्षमा काम गरिरहेका पत्रपत्रिकाहरु खुल्ला चलाउन नदिइरहेको, जनगणतन्त्र रेडियोको समेत प्रभावकारी भूमिका नभइरहेको समयमा प्रचारात्मक आन्दोलन व्यवस्थित गर्न यसले महत्वपूर्ण भूमिका खेलेको थियो । देशमा शान्ति प्रक्रिया सुरु भएपछि छापा, रेडियो निर्वाध रुपमा चल्न दिएपछि हाम्रो ध्यान यसलाई व्यवस्थित गर्नेतिर रहेन । अग्रगमनका विरुद्ध अहिले जसरी व्यवस्थित तवरबाट सूचनाभ्रम फैलाइएको छ, मनोवैज्ञानिक युद्ध चर्काइएको छ, त्यसलाई चिर्न र सही सूचना दिन हामीले यसलाई पुनः व्यवस्थित गर्नुपर्छ भन्ने ठान्यौं । अब हामी दिनमै धेरैपटक समाचार प्रसारण गर्नेछौं । यसका लागि हाम्रा सहयोगी, शुभेच्छुकबाट सूचना र रचनात्मक सुझावको अपेक्षा गरेका छौं ।    
हिजो जनताले गरेको युद्धको महत्व र त्यसको ऐतिहासिक संवेग आज पनि यथावत छ । वर्गयुद्धलाई थोरै घुमाइएको हो, छाडिएको हैन । सङ्घर्ष नयाँ चरणमा प्रवेश गरेको मात्र छ, पूरै विजय हासिल नगरिएकाले फेरि नयाँ ढंगको संघर्षको आँधी आउनेवाला छ । अहिले आँधी आउनुअघिको सन्नाटा हो । नयाँ आन्दोलन र नयाँ विजयले नै हाम्रा आदर्श कृष्ण सेन (इच्छुक)को सपना पूरा हुनेछ ।


,

busy

मुख्य समाचार

सम्पर्क ठेगाना

  • कृष्णसेन अनलाइन
    १०/१५७ जनपथ मार्ग
    घट्टेकुलो चोक
    काठमाडौं,नेपाल
    टेलिफोन:०१-४७७१७७६
    ईमेल:krishnasenonline@gmail.com,
    krishnasenonline@yahoo.com