Tuesday, May 26, 2009
   
अक्षर साइज़
header

छुचुन्द्राको टाउकोमा चमेलीको तेल- देवेन्द्र कोइराला

महाकाली नदीबाट हरेक वर्ष १२० अरब आउने हिसाव देखाउने ओली र त्यहांको बिजुली स्याटलाइटबाट चाइनालाई बेचेर अरबौं कमाउने गफ हांक्ने माकुने अहिले पनि ज्यूंदै छन् । ज्यूंदै मात्रै होइन, चुनाबै हारेर पनि राजनीतिमा हालिमुहाली उनीहरुकै छ । पोइल गएकी स्वास्नी फेरी भित्राउने चलन नेपालमा नभएपनि के.पि. ओली र माधव नेपाल जस्ता जनताले डांडो कटाएका मान्छेलाई यहि घरभित्र चुल्हो सुम्पन हामी विवस छौं । जे होस्, त्यहि महाकाली भारतलाई दान दिंदा यी राजन नेपालका राजदूत थिए ।

तात्कालिक राजनीतिक गतिरोध अन्त्यका निम्ति सहमतिका आधारहरू

हाम्रो पार्टी एकीकृत नेकपा-माओवादी)ले यसका निम्ति सबै राजनीतिक पार्टीहरुसाग गम्भीर छलफलहरु अगाडि बढाइरहेको छ । हामी स्पष्ट छौं कि तीनबुादे सम्झौता क्रियान्वयनका क्रममा ढिलै भए पनि प्रधानमन्त्रीको राजीनामा आएपछिको परिस्थितिलाई राष्ट्रिय संयुक्त सरकार गठन सहित राष्ट्रिय सहमति निर्माणको पक्षमा सदुपयोग गरिनु पर्दछ । हामीले थप गरिएको समयावधि भित्रै शान्ति स्थापना र संविधान निर्माणको ऐतिहासिक कार्यभार पूरा गरिनु पर्दछ भन्ने कुरालाई गम्भीरताका साथ आत्मसाथ गर्दै त्यसका निम्ति पहल गरिरहेका छौं ।

के हो कालापानी विवाद -ऋषिराज लुम्साली

भारतको धार्चुलाबाट महाकाली नदीको गुन्जी दोभानमा आएर दांयातर्फवाट मिसिने लिपुखोलाको किनारै किनार कालापानी र नाभिडांग हुंदै चीनको तिव्वतसम्म पुग्ने सवैभन्दा छिटो र सजिलो प्रवेशमार्ग भारतको लागी रणनैतिक हिसावले महत्वपूर्ण हुनाले सन् १९६२ मा भारत चीन युद्धहुंदा भारतले नेपालको कालापानीमा अस्थाइ शिविर राखी चीनसंग युद्ध गरेको र लडाइंपछि त्यहांवाट हटनुको सट्टा थप फौज राखी कालापानी र नाभीडांग कालापानीदेखि १० किमि उत्तर मा समेत स्थाइरुपमा फौजी कैंप खडा गरी लिम्पियाधुरा लिपुलेख र गुन्जीदोभानभित्र पर्ने ७४४००० रोपनी अर्थात ५७२३१ विघा नेपाली भूभाग भारतले अतिक्र्रमण गरेकोले कालापानी विवाद सिर्जना भएको हो ।

कनकमणिको सिआइए शैली- राममणि सिटौला

उनी कथित लोकतन्त्रको दुहाई दिएर एकीकृत नेकपा (माओवादी) विरुद्ध खनिरहेका छन् । अनि आफ्ना मिडियामा पार्टी अध्यक्षका कार्टुन बनाएर कसैले नजानेको जस्तो \'डेमागगु\' \'ग्लुकोसाइट\' जस्ता अमूर्त शब्द प्रयोग गरेर एकीकृत नेकपा (माओवाद) विरुद्ध सिआईए शैलीका प्रचार गरिरहेका छन् ।

यस कारण छाडिदिउँ एमाले- श्यामवावु गौतम, सचिव, पशुपति वहुमुखी क्याम्पस

रुँदै कराउँदै त्यहि पहिला महाकाली वेचेको साइनो गाँसेर भारतलाई गुहारे । भारतले पनि लौन त यसले भनेको मान्छ भनेर भारतको अर्को हनुमान रुखप्रसादलाई वोलाएर मेरो ससुरालाई प्रधानमन्त्री वनाइदिने निर्णय गरे । हुनत मेरा ससुराबा सत्तामा अठ्ठा पल्टाउन पाए आधा प्रतिगमन सच्चीयो भन्न पनि बाँकी नराख्ने खालका हुन् ।

एकीकृत नेकपा माओवादीद्वारा बुद्धिजीवीसंगको अन्तरक्रियाको संपादित अंश

अहिले शान्ति र संविधान सुनिश्चित गर्न सङ्घर्ष गर्नुपर्यो भन्दै जाँदा प्रचण्ड प्रधानमन्त्री हुनकै निम्ति आन्दोलन हुँदैछ भने जसरी प्रचार गरियो । त्यसले मलाई निकै दुःखी बनायो । अहिलेको देशको राजनीतिक गतिरोध कसरी अन्त्य गर्ने रु शान्ति र संविधान धरापमा परेको छ, यसलाई कसरी सुनिश्चित गर्ने भन्ने कुरा अहिलेको हाम्रो चिन्ता हो । कसलाई प्रधानमन्त्री बनाउने भन्ने चिन्ताको कुरा होइन । त्यस्तो भ्रम जनतामा पारिएको छ । यसलाई स्पष्ट गर्न पनि पार्टीले पहल गर्नुपर्छ भनेपछि नेतृत्वको बारेमा हाम्रो मूल मुद्दा होइन, हामी विभिन्न विकल्पमा छलफल गर्न तयार छौं ।

अध्यक्ष प्रचण्डले वैशाख २५ गते खुलामञ्चमा गर्नुभएको सम्बोधन

सरकारवादी पार्टीहरुलाई चुनौती पनि दिन चाहन्छौं कि के तिमीहरुको केही जिम्मेदारी छैन ? यदि तिमीहरुले माओवादीलाई प्रेसर दिएपछि ठीक हुन्छ भन्ने ठानेका छौं भने त्यो तिमीहरुको भयानक भूल हुनेछ त्यो भोलिका दिनहरुले देखाउनेछन् । त्यो निकै ठूलो भूल हुनेछ ।

शान्ति र संविधानका लागि जनआन्दोलन - प्रचण्ड

यो एउटा असाधारण मई दिवस असाधारण जनसभाको रुपमा सम्पन्न गर्दैछौं । असाधारण यस अर्थमा कि यस मञ्चमा र देशभर यति ठूला जनसभाहरु नेपालको इतिहासमा भएका थिएनन् । दोस्रो यति अनुशासित, व्यवस्थित र शान्तिपूर्ण र्‍याली प्रायः काठमाडौंमा भएको थिएन । प्रतिक्रियावादी र जाली फटाहाहरुले आठ दिन अघिदेखि नै यो र्‍याली हिंसात्मक हुने छ, अनियन्त्रित हुनेछ भनेर निकै प्रचार गरे । तर नेपालको इतिहासमा सबैभन्दा अनुशासित र व्यवस्थित जिम्मेदार र्‍याली र सभाको रुपमा अहिले सम्पन्न गर्दैछौं ।

कोइरालाको द्वन्द्ववादी मूल्याङ्कन गरौं- हिरामणि दुःखी

गिरिजाप्रसादले सरकारको नेतृत्व गर्दा फासिवादलाई निकै बलियोसँग लागू गरेका थिए । विगतमा कर्मचारी पजनीकाण्डका विरुद्ध कर्मचारीहरूले गरेको आन्दोलन दवाउन कोइरालाले खेलेको भूमिका, जनयुद्ध पूर्व रोल्पामा गरिएको रोमियो अप्रेशन, जनयुद्ध दवाउन सेना परिचालन गर्न चाहेको तर राजा वीरेन्द्रले नमान्दा सरकार छोड्नु परेको घटना, पछि संकटकाल लागू गर्दा आदि वेलामा उनले नेपाली जनताको कत्लेआम गरेको कुराले नै उनी के कति प्रजातान्त्रिक र श्रमजीवीवर्गका पक्षमा थिए भन्ने कुरा छर्लङ्गै छ ।

विचार/दृष्टिकोण

मुख्य समाचार

सम्पर्क ठेगाना

  • कृष्णसेन अनलाइन
    १०/१५७ जनपथ मार्ग
    घट्टेकुलो चोक
    काठमाडौं,नेपाल
    टेलिफोन:०१-४७७१७७६
    ईमेल:krishnasenonline@gmail.com,
    krishnasenonline@yahoo.com