Tuesday, May 26, 2009
   
अक्षर साइज़
header

टेप प्रकरण कपोलकल्पित र झुटको खेतीभन्दा अरू केही होइन - महरा

भारतपक्षीय मिडियाहरू कृत्रिम टेपको खुलेरै प्रचारप्रसारमा लागेकाले पनि यो नियोजित भएको पुष्टी हुन्छ ।

म निर्दोष छु - विविध, कमान्डर, जनमुक्ति सेना, नेपाल पाँचौं डिभिजन

त्यो गाडी न मेरो हो, न त्यो भाइ मेरो ड्राइभर हो । मेरो ड्राइभर भनेका अशोक खाती हुन् । उनी घरायसी कामको सिलसिलामा काठमाडौंमै थिए । प्रहरीले छापा मारेको थाहा पाएपछि एकघण्टा पछि त्यहाँ गएका हुन् रे ! उनलाई पहिले प्रहरीले गिरफ्तार गरेकै होइन । पछि लिएर गएछ । त्यहाँ भेटिएको जुन गाडी मेरो होइन, त्यो मेरो भन्ने बनाइयो । जुन ड्राइभर मेरो होइन । जसलाई क्रुर यातना दिइयो र त्यो भाइ प्रहरीले जे भन्यो त्यही हो भन्ने भयो । अर्कोतिर कागज बनाएर सही गर्न लगाइयो । प्रहरीले प्रेस आउट गर्नुभन्दा अगाडि नै यो कथा रचिएको छ ।

अध्यक्ष प्रचण्डले मे १ को सन्दर्भमा जनसञ्चार केन्द्रलाई दिनुभएको अन्तर्वार्ता

सुरुदेखि नै देशलाई द्वन्द्व, हिंसा र फेरि गृहयुद्धमा लैजाने सरकारको कसरत छ । गतवर्षदेखि यो देखिएको छ । हामीले चरणबद्ध शान्तिपूर्ण संघर्षको क्रममा त्यो भन्दै आएका छौं । दोस्रो कुरा, सेना परिचालन गर्ने न अधिकार न हैसियत नै यो सरकारसाग छ । न त संविधानले त्यस्तो खालको अधिकार दिएको छ । विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमा व्यवस्था भएअनुसार जेठ १४ भन्दा अगाडि सेना परिचालन गर्ने कुरा हुनै सक्दैन ।

जसले सेना परिचालन गर्दै आएका छन, उनीहरुको हार मात्रै भएको छ - राधाकृष्ण मैनाली

म के देखिरहेको छु भने अहिलेको संविधानसभा भंग गर्ने-विदेशीको इच्छामा र माओवादी इतरको शक्तिको सरकारलाई मजबुद्ध बनाउने । बिस्तारै सैनिक परिचालन गरेर माओवादीलाई साइजमा ल्याउने नाममा देशमा अर्को फेरि भयावह स्थिति पैदा गर्न खोज्ने सम्भावना पनि प्रबल भएर गइरहेको छ । यदि माओवादी इतरका शक्तिहरु जो विदेशी पनि हुन । उनीहरुको यो पछिल्लो विश्लेषण अनुसारको गठबन्धन अगाडि बढ्यो भने देशमा अर्को गन्जागोल उत्पन्न हुनसक्छ ।

चैत २४ ले सङ्घीय गणतन्त्र संस्थागत गर्न भूमिका खेल्नेछ - डा. बाबुराम भट्टराई, उपाध्यक्ष, एकीकृत नेकपा (माओवादी)

बहुसङ्ख्यक श्रमजीवी जनताको राज्यसत्ता प्राप्त गर्ने हाम्रो घोषित लक्ष्य हो । कुनै पनि ढङ्गले यो सरकारलाई हटाउनु अहिलेको अपरिहार्य आवश्यकता हो । जेठ १४, नेपाली इतिहास अगाडि जान्छ र पछाडि र्फकन्छ भन्ने कुराको फैसला गर्ने निर्णयक दिन हुनेछ ।आगामी दुई महिना जनवादी आन्दोलन उत्कर्षमा पुग्ने अवस्था हुनेछन् । अब ५०-५५ दिनभित्र शान्ति र संविधानको एजेन्डालाई कार्यान्वयन गर्न सकेनौं भने मुलुकमा एउटा गम्भीर भिडन्त अपरिहार्य छ । जनताको पक्षमा जनसंविधान लेख्न दिइएन भने एकपटक फेरि लाखौंको सङ्ख्यामा सडकमा उत्रनुपर्छ र प्रतिगामी शक्तिलाई परास्त गरेर देशलाई अग्रगमनमा लैजानुपर्छ । यही आग्रह म सम्पूर्ण जनतालाई गर्दछु ।

जनआन्दोलनको स्मरण र जनआन्दोलनको आवश्यकता चैत २४- हितमान शाक्य (सुमन), नेवा: राज्य समिति ईन्चार्ज

चैत २४ बाट जनप्रदर्शन गर्छौं । र्‍यालीसहित । त्यसपछि लगातार सङ्घर्षको कार्यक्रम अगाडि बढाउँछौं । जेठ १४ गते जुन संविधान निर्माण गर्ने दिन हो त्यसलाई हामी हेर्छौ । संविधान निर्माण हुने परिस्थिति बन्दै गयो भने आन्दोलन गर्नुपर्ने हामी जरुर ठान्दैनौं । संविधान निर्माण नहुने परिस्थिति बन्दै गयो भने संविधान निर्माणका लागि दबाब सृजना गर्न हामीले जेठको प्रारम्भसागै अझ उच्चप्रकारको कार्यक्रम अगाडि बढाउँछौं ।

काङ्ग्रेस-एमाले संविधान बन्न नदिने दिशामा छन्- प्रकाश, उपाध्यक्ष, एकीकृत नेकपा (माओवादी)

एकीकृत नेकपा(माओवादी)को नेतृत्वमा नेपाली समाज संविधानसभाबाट आमूल परिवर्तनकारी संविधान बनाउने दिशातिर जाने कुरामा हामीले प्रष्ट पारेपछि उनीहरूमा एकखालको त्रास उत्पन्न भयो । यसको अर्थ हो परम्परागत संसदीय गणतन्त्र होइन, जसले औपचारिक रूपमा मात्र गणतन्त्रको कुरा गर्छ, जो हिजो जस्तो सामन्त, दलाल नोकरशाहका औपचारिक रूपमा कुरा गर्छ । त्योभन्दा उन्नत प्रकारको जनताको वास्तविक लोकतन्त्रलाई जनताको सङ्घीय गणतन्त्रको रूपमा स्थापित गर्ने दिशामा हामी जान्छौं भनेर उद्घोष गर्‍यौं ।

आठ मार्चलाई सङ्घर्षकै रुपमा मनाउँदैछौं- जयपुरी घर्ती संयोजक, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)

कसैले डलर कमाउने उद्देश्यले यो दिवस मनाइरहेका छन् । कसैले स्वार्थपूर्तिका लागि मनाइरहेका छन् । हाम्रो उद्देश्य के हो भने जुन उद्देश्य लिएर उत्पीडित र श्रमजीवि महिलाहरूले अमेरिकाको सुति कारखानामा सङ्घर्ष गरेका थिए । त्यो मान्यतालाई लिएर अगाडि बढ्नुपर्छ । श्रमजीवि जनताको अधिकारको लागि सङ्घर्ष गर्नुपर्छ ।

आजको परिवर्तन जनयुद्धको जगमा भएको हो– प्रचण्ड, अध्यक्ष, एकीकृत नेकपा (माओवादी)

जनयुद्धको लक्ष्य अझै पूरा भएको छैन शान्तिपूर्ण ढङ्गले संविधानसभाभित्रैबाट ती लक्ष्य पूरा होऊन् र राज्य पुनर्संरचनापछि नयाँ नेपाल बनोस् भन्ने हाम्रो कोसिस छ त्यो भइसकेपछि पक्कै पनि अहिले अपुग रहेका कुरा पूरा गर्नेतिर नयाँ बन्ने राज्यले पहल लिनेछ ।

अन्तरवार्ता

सम्पर्क ठेगाना

  • कृष्णसेन अनलाइन
    १०/१५७ जनपथ मार्ग
    घट्टेकुलो चोक
    काठमाडौं,नेपाल
    टेलिफोन:०१-४७७१७७६
    ईमेल:krishnasenonline@gmail.com,
    krishnasenonline@yahoo.com