अब ५० दिन मात्रै बाकी
जनदिशा संवाददाता/काठमाडौं, २५ चैत : नयाँ संविधान जारी गर्न ५१ दिन बााकी रहादा बसेको संविधानसभाको एक सय १औं बैठक १ मिनेट पनि पूरा नबसी सकिएको छ ।
एकीकृत मस्यौदाका लागि अझै ८ ओटा विषयगत समितिको प्रतिवेदनमा दलहरूबीच सहमति बन्न नसक्दा संवैधानिक समितिमा जान नसकिरहेका बेला बुधबार संविधानसभाको बैठक बसेकोे थियो ।
संविधानसभामा छलफलका लागि विषय नहुँदा बैठक १ मिनेट पनि पूरा नबसेको हो । यसअघि पनि सभासद्हरूको बिदा स्वीकृती, विभिन्न समितिमा रहने सदस्यहरूको नाम हेरफेर गर्न छोटो समय बैठक बस्ने गरेको थियो तर एक मिनेट पनि पूरा नबसेको भने सम्भवत यो पहिलोपटक भएको सचिवालयका एक कर्मचारीले जानकारी दिए ।
बुधबारको बैठकमा काङ्ग्रेस सभापति एवम् समानुपातिक तर्फका सभासद् गिरिजाप्रसाद कोइरालाको निधनपछि सो पद रिक्त भएको जानकारी गराइएको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बैठकमा कोइरालाको निधनपछि उहाँको स्थान रिक्त भएको जानकारी गराउनुभएको हो ।
सभासद् कोइरालासँग अब संविधानसभामा ३ स्थान रिक्त हुन पुगेको छ ।
यसअघि एकीकृत नेकपा -माओवादी)ले आफ्ना पार्टीका सभासद्हरू मातृका यादव र जगतप्रसाद यादवलाई निस्कासन गरेपछि दुईजनाको स्थान रिक्त भएको थियो ।
तत्कालीन नेकपा -माओवादी) र एकताकेन्द्र-मसालबीच एकीकरण भएर एकीकृत नेकपा -माओवादी) बनेपछि यादवद्वयले भने आफूहरू नेकपा -माओवादी)मै रहेको जिकिर गरेका थिए ।
सो रिक्त पद पूर्तिका लागि कोइराला र यादवद्वयको स्थानमा काङ्ग्रेस र एकीकृत नेकपा -माओवादी)ले समानुपातिकतर्फका लागि निर्वाचन आयोगमा पठाएको नामावलीको बन्दसूचीबाट यसअघि नपरेको सदस्यको नाम चयन गर्नुपर्ने हुन्छ । समानुपातिक निर्वाचन प्रणालीबाट उहाँहरू संविधानसभामा निर्वाचित हुनुभएकाले यस्तो व्यवस्था अपनाइएको हो ।
संविधान विरोधीलाई नाकाबन्दी : किराती
उदयपुर, २५ चैत : एकीकृत नेकपा (माओवादी)का पोलिटव्युरो सदस्य गोपाल किरातीले जनसंविधानको विरोध गर्नेहरूलाई गाउँ जान नाकाबन्दी गर्ने चेतावनी दिनुभएको छ ।
क्रान्तिकारी पत्रकार संघ उदयपुरले बुधबार गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता किरातीले काङ्ग्रेस र एमाले जनसंविधान विरोधी भएको आरोप लगाउँदै उनीहरूलाई जनताले गाउँबाट लखेट्ने बताउनुभयो ।
शान्ति र जनसंविधान विरोधीलाई तह लगाउन जनता र आफ्ना कार्यकर्ताहरू भाटा तिखारेर बसेको नेता किरातीले बताउनुभयो । विदेशी इशारामा वर्तमान कठपुतली सरकार सेना समायोजनको विरुद्ध अभिव्यक्ति दिइरहेको आरोप लगाउँदै उहाँले जनसंविधान घोषणा नहुञ्जेल सेना समायोजन नहुने बताउनुभयो ।
जनताको सबैभन्दा धेरै अभिमत पाएको एकीकृत माओवादीलाई पाखा लगाएर संविधान र शान्ति निर्माणको काम पूरा नहुने नेता किरातीले बताउनुभयो । माधव नेपालको सरकार इतिहासमै कलङ्कित र असफल भएको दाबी गर्दै उहाँले राष्ट्रिय सरकार नबनेसम्म संविधान निर्माण नहुने बताउनुभयो ।

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook 