जनदिशा संवाददाता/इनरुवा, २५ चैत : आगामी चैत २८ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप अभियानको सुनसरीमा तयारी पूरा भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले इनरुवामा एक कार्यक्रम आयोजना गरी पोलियो खोप अभियानको तयारी पूरा भएको जनाएकोे हो ।
सरकारले विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको सहयोगमा विगत १२ वर्षदेखि पााचवर्ष मुनिका बालबालिकालाई पोलियो खोप दिँदै आएको छ । सुनसरीका जनस्वास्थ्य प्रमुख दयाशंकरलाल कर्णले यस वर्ष जिल्लाका एक लाख २२ हजार ९ सय ९१ बालबालिकालाई खोप ख्वाउने तयारी पूरा भएको जानकारी दिए ।
बालबालिकालाई पोलियो लाग्न नदिन र विश्वबाटै पालियो उल्मूलन गर्न थालिएको विश्व अभियानअन्तर्गत नेपालमा ११औं खोप अभियान कार्यक्रमको समीक्षासँगै १२औं अभियानको तयारी पूरा भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पोलियो थोपा ख्वाउन १ हजार १ सय ८७ जना महिला स्वयम्सेविका परिचालन गर्ने कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य प्रमुख कर्णका अनुसार सुनसरीका ४९ गाविस र ३ नगरपालिका गरी १८ हजार ८ सय ४१ जना १ वर्ष मुनिका बच्चा र ८७ हजार ८ सय ६९ जना १ वर्ष माथिका ५ वर्ष मुनिका बच्चा गरी १ लाख २२ हजार ९ सय ९१ बालबालिकालाई पोलियो थोपा खुवाइने छ । पोलियो थोपा खुवाउन जिल्लामा ५ सय ९१ खोप केन्द्र तय गरिएको छ ।

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook 