नाम कमाउँछन् विश्वमा हुम्लाका गोरख बिष्ट फोटोग्राफी गर्दागर्दै एउटा नयाँ विषयलाई डकुमेन्ट्रीको रूपमा बाहिर ल्याउन यतिबेला कस्सिएका छन् । त्यो हो, ट्रफी हन्टिङ अर्थात् सिङको लागि सिकार ।
नेपाल सरकारको प्रावधानअनुसार हरेक वर्ष २६ जना विदेशीहरू नेपालमा ट्रफी हन्टिङ गर्न आउँछन् । त्यसमा रुसका पूर्वराष्ट्रपति भ्लादिर पुटिनका राजनीतिक सल्लाहकार सेर्ज यास्त्रा जेम्स्कीले समेत नेपाली नावर मारेर फर्किसकेका छन् ।
विदेशीहरूले ३ हजारदेखि ७ हजार मिटरको उचाईसम्म रहेको ढोरपाटनमा ट्रफी हन्टिङ गर्न आउनुको मज्जा बेग्लै छ । उनीहरूले ४० हजार नेपाली रुपैयाँ राजस्व तिरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार ढोरपाटन सिकार आरक्षणमा पुगेका हुन्छन् ।
त्यसपछि...?
त्यसपछि उनीहरू २०३९ सालबाट बाग्लुङमा सिकार गर्ने परम्परा सुरु गरिएको ढोरपाटन सिकार आरक्षणमा आफ्नै बन्दुकले सबैभन्दा ठूलो र बुढो नावरलाई छानेर सिकार खेल्छन् । उनीहरूलाई मार्नुभन्दा पनि बढी सरोकार नावरको ठूलो सिङ भएकोलाई रोज्नु हुन्छ ।
आफूले भनेजस्तै बुढो नायक नावर नभेटिदासम्म विदेशी सिकारीहरू ३, ४ किलोमिटर परका नावरसमेत थाहा पाउने दुरविनहरूले दााया र बाायातर्फ हेर्न व्यस्त हुन्छन् । देखेर मार्ने निश्चित गरेपछि नेपाली हावापानी पनि राम्ररी नपचेका विदेशीहरू ज्यान फालेर सिकारी नियम पालना गर्दै बन्दुक चलाउँछन् । घाइते मात्र बनाए त्यतिकै छोड्न मिल्दैन र त्यो भएन अर्को मार्छु भन्न पनि पाउँदैनन् ।
जब उनीहरूले बुढो नायक नावरलाई निशाना लगाएर ढाल्छन् त्यसपछि जिन्दगीको सपना पूरा भएको ठान्दै भोज दिन र संसारभर भएका आफ्ना नातेदार, साथीभाईलाई खबर गरेर खुसी बाड्छन् ।
\'कोही किन सिकार गर्दा खुसी हुन्छन् ?\'
स्पेनका नामुद वकिल पेद्रोले आफ्नो निशाना सही ठाउँमा लगाउन सफल भएपछि भनेका थिए, \'म अब अमेरिकामा आयोजना हुने आउँदो वल्र्ड ट्रफी प्रतियोगितामा भाग लिन पाउने भएँ, मेरो जीवनमा योभन्दा ठूलो काम केही हुन सक्तैन ।\'
वास्तवमा नेपालको नावरको सिङ विश्वभरीका लागि आकर्षक मानिन्छ । त्यसैले रुस, तिब्बत, केन्या, तान्जानिया, किर्जीस्तान र अमेरिकाको टेक्सास राज्यभन्दा नेपाल ट्रफी हन्टिङको लागि अझ बढी उपयोगी रहेको जनावर विज्ञहरू बताउँछन् ।
नेपालमा ती विदेशी सिकारीलाई आवतजावत गराउने काम नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी, ट्रयाक एण्ड ट्रेल र नेपाल वाइल्ड लाइभ एड्भेन्चरले गराइरहेका छन् ।
सात ब्लकबाट सिकार खेल्न पाइने ढोरपाटनमा दुई ब्लकबाट नजिकबाट करिब एक वर्ष लगाएर आठजना विदेशीको गतिविधिलाई क्यामरामा कैद गर्न सफल भएका छन्, फोटो पत्रकार गोरख विष्ट । विष्टले भने, \'यो सिकार पर्यटनका लागि छुट्टै रमाइलो हाुदोरहेछ ।\'
आठ सयभन्दा बढीको सङ्ख्यामा रहेका नावरहरू मार्न रमाउने परम्परा बढेको छ । यो वर्ष २४ जना विदेशीले अनुमति पाएका थिए भने त्यसमध्ये आठजनाको पूरै गतिविधि कैद गरेको दावी गरेका छन् ।
डकुमेन्ट्री शो गर्ने क्रममा रहेका विष्टले नावर संरक्षण र प्रवर्द्धनका लागि नयाँ काम पनि सोच्नुपर्ने बेला आइसकेको अनुभव पनि गरेको बताए । उनले भने, \'वल्डेस्ट वान नावर मारेर टाउको र छाला लिएर जानेहरूले लिने आनन्दको कथा डकुमेन्ट्री हेरेर थाहा पाउँछन् ।\'
-दीपेन्द्र रोकाया

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook 