Tuesday, May 26, 2009
   
अक्षर साइज़
header

राजधानी दैनिकमा संचारकर्मीको आन्दोलन जारी

smaller text tool iconmedium text tool iconlarger text tool icon
पर्शुराम काफ्ले, विनय देवकोटालगायत पत्रकारद्वारा आत्माआलोचना गर्दै आन्दोलनमा साथ
काठमाडौं, १२ साउन । राजधानी दैनिकमा कार्यरत पत्रकार मजदुर एवं कर्मचारीहरुले विगत डेढ वर्षदेखि थालेको आन्दोलनले नयाँ रुप लिएको छ । शुरुमा क्रान्तिकारी पत्रकार संघ र अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघले थालेको आन्दोलनले उचाई हासिल गर्दै गएपछि अन्ततः त्यहाँ कार्यरत अन्य पत्रकार एवं कर्मचारीहरु पनि समाहित भएका छन् ।

विशेषतः डेस्ट प्रमुखको भूमिकामा रहेका ढुंगेललाई पछिल्लो समयमा व्यवस्थापनले हटाउन खोजेपछि ढुंगेलसहित अन्य पत्रकारहरु आन्दोलनमा समाहित भएका हुन् । ढुंगेललाई विना स्वीकृति विदा लिएको भन्दै व्यवस्थापनले पहिलोपल्ट स्पष्टीकरण सोधेपछि त्यस्तो स्थिति पैदा भएको हो ।

\\\'खाने बाघले अन्ततः सबैलाई खाँदोरहेछ, अहिले हाम्रो चेत खुल्यो,\\\' सम्पादन विभागको बैठकमा ढुंगेलसहित पत्रकार पर्शुराम काप\\\\mले, विनय देवकोटालगायतले विभागको बैठकमा आत्मालोचना गर्दै श्रमजिवीको मुद्धामा विगतदेखि जारी आन्दोलनमा संलग्न हुने प्रतिवद्धता व्यक्त गरेका थिए । बिगतमा पत्रकारद्वय काफ्ले र देवकोटाले पुराना संपादक युवराज घिमिरे र राजधानी दैनिकका साहु महेन्द्र सेरचनको पक्षमालागि संचारकर्मीको संघर्षको बिरोध गरेका थिए ।

श्रमजिवीको मुद्धामा प्रष्ट विचार राख्ने खिला कार्कीको संयोजकत्वमा सह-संयोजक जन्मदेव जैसीसहितको १९ सदस्यीय संघर्ष समितिले आन्दोलन जारी राखेको छ । ढिलै भएपनि श्रमजिवीहरु एकै ठाउमा हुनुलाई अन्य कर्मचारीहरुले सकारात्मक सन्देशका रुपमा लिएका छन् । समितिका सदस्यहरुमा जिल्ला व्यूरो पदम गौतम, डेष्क प्रमुख ढुंगेल, काप\\\\mले, विदेश पेज संयोजक नवराज अधिकारी, बाटिका, सौजन्य र इन्द्रणी पेज संयोजक धु्रव लम्साल, २ पेजका डेष्क संयोजक युमाश शेर्पा, कलाकारिता विटचिफ डब्बु क्षेत्री, अपराध विटचिफ टपेन्द्र कार्की र फोटो पत्रकार चिफ रजेन्द्र केसी छन् । त्यस्तै समितिमा अन्य पत्रकारहरु सुभाष न्यौपाने, रामहरी पाण्डे, शारदा पोखरेल, सनत सापकोटा, टिका विष्ट, भरतबन्धु थापा, निरज सापकोटा विजय चाम्लिङलगायत छन् ।

अहिले श्रम ऐन र श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, विगतमा भएका सहमतिको कार्यान्वयन, बााकी तलवको अबिलम्ब भुक्तानी, तलवको बैज्ञानिक समायोजनलगायतका ८ सुत्रीय माग राखी समितिले संघर्ष थालेपछि व्यवस्थापन पक्ष अत्तालिएर ऐन कार्यान्वयनका लागि तयार भएको र आउादो २ दिनभित्र सबै माग पुरा गर्ने भनेपछि संघर्ष समितिले हातमा कालो पट्टी बााध्ने अभियानलाई जारी राख्दै अन्य कार्यक्रम भने थाती राखेको छ ।

उक्त आठ सुत्रीय मागमा अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ उत्सर्ग प्रकाशन -राजधानी दैनिक) इकाई समिति र क्रान्तिकारी पत्रकार संघ राजधानी दैनिक शाखाले विगतमा उठाएका मागहरुको कार्यान्वयनसहित व्यवस्थापनले मजदुर संगठन र क्रान्तिकारी पत्रकार संघसाग गरेका सहमतिको कार्यान्वयनको माग पनि जोडदार रुपमा उठाइएको छ ।

 यतिवेला दैनिकमा विभिन्न विभागका पत्रकार एवं कर्मचारीहरु ऐन कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि फारम भर्ने काम जारी छ । आन्दोलित पत्रकारहरुले २ दिनभित्र माग पुरा नभए थप संघर्षका कार्यक्रम घोषणा गरी तालाबन्दीसम्म गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

विहिबारसम्म माग पुरा गर्न सकारात्मक नदेखिए दोश्रो चरणका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिका सह-संयोजक जैसीले बताए । कार्यकारी सम्पादक देवकोटाले राजिनामा दिएपछि भर्खरै भित्रिएका सम्पादक राजन शर्माले पत्रकार र व्यवस्थापनबीच समन्वय गरी समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेपछि आन्दोलनका कार्यक्रम थाती राखेको संघर्ष समितिका एक सदस्यले बताए । तर व्यवस्थापनले भने नयाा सम्पादक शर्मालाई दिइएको बचन पनि व्यवहारमा पुरा गर्न आनाकानी गरेपछि सम्पादक शर्मा दिक्क मान्दै पत्रकारहरुसाग आफूले गरेको बचन पुरा गर्न नसकेकोमा दुःख व्यक्त गर्न थालेका छन् ।

तर कार्यकारी अधिकृत डोलेन्द्र थापाको आपराधिक कार्यशैली र अध्यक्ष शेरचनको सामन्ती चिन्तनले श्रमजिवी र व्यवस्थापनबीचको द्वन्द्व चर्किएको दैनिकमा शुरुदेखि नै काम गर्दै आएका एक सिनियर पत्रकारले भने । सम्पादन विभागका सबै पत्रकारहरु एकजुट भएपछि शेरचन र थापा अत्तालिएर तत्काल नयाा सम्पादक नियुक्त गरेपछि आन्दोलन तितरवितर गर्न सकिने विश्वासका साथ शर्मालाई ल्याएका थिए ।


तर स्थिति उल्टियो, सम्पादक शर्माले नियुक्त भएकै दिन जागिर र तलवको सुरक्षाको ग्यारेन्टी लिादै बााकी विषयहरुमा व्यवस्थापन र श्रमजिवीबीच सहजकर्ताको भूमिका खेल्न तयार भएको बताएपछि सम्पादकलाई पत्रकारहरुले साथ दिन तयार भए । यद्यपि गरेको प्रतिवद्धता अनुरुप काम नभए सम्पादकको आग्रहलाई पनि स्वीकार गर्न नसकिने चेतावनी पत्रकारहरुको छ ।

अधिकृत थापालाई कर्मचारीहरुलाई दमन गर्ने, महिला कर्मचारीहरुप्रति असहिष्णु व्यवहार देखाउने, संस्थामा आउने विज्ञापनको मुनाफा आप\\\\mनै खल्तीमा राख्ने, सम्पादन विभागमा अनावश्यक हस्तक्षेप गरेको आरोपमा कार्यालय परिसरमै कालोमोसो दल्ने योजना बनाएपनि अहिलेसम्म सफल भने हुन सकेका छैनन् ।

मुख्यतः व्यवस्थापन र श्रमजिवीबीचको अन्तरविरोध श्रमजिवी पत्रकार ऐन लागु गर्न गत वर्ष करारपत्र नबुझेर स्थायी नियुक्तीपत्र दिन माग गरेपछि चुलिएको हो । मूख्यतः त्यही माग राखेबापत द्वन्द्व चर्किएपछि पत्रकार जैसीलाई तत्कालीन सम्पादक युवराज घिमिरेको सिफारिशमा व्यवस्थापनले निलम्बन गरिएको थियो ।

जैसीको निलम्बनपश्चात चर्किदै गएको आन्दोलनलाई थप उचाईमा पुर्‍याउन नेपाल पत्रकार महासंघ काठमाडौं, ललितपुर र भक्तपुरले उपत्यका स्तरीय संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

२ वर्षअघि क्रान्तिकारी पत्रकार संघ राजधानी दैनिक शाखा गठन भएपछि श्रमजिवीको पेशागत सुरक्षाको मागसहित विभिन्न सेवासुविधाका विषयमा आवाज उठ्न थालेको करिव आठ महिनापछि लिखित रुपमा संघले त्यहााको व्यवस्थापनलाई मागसहितको ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्र र मागपत्रमा सीमित आन्दोलनलाई नयाा उचाईमा पुर्‍याउन १ वर्षअघि मात्र गठन भएको अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ र क्रान्तिकारी पत्रकार संघबीच सहकार्य गरेर सम्भव भएको अखिल नेपाल टे्रड यूनियनका एक केन्द्रीय नेताले दाबी गरे ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रियाहरुको RSS फीड

प्रतिक्रियाहरु देखाउनुस्/लुकाउनुस्

प्रतिक्रिया लेख्नुस्

संकुचित | विस्तृत

busy

सम्पर्क ठेगाना

  • कृष्णसेन अनलाइन
    १०/१५७ जनपथ मार्ग
    घट्टेकुलो चोक
    काठमाडौं,नेपाल
    टेलिफोन:०१-४७७१७७६
    ईमेल:krishnasenonline@gmail.com,
    krishnasenonline@yahoo.com