पुष्पराज आचार्य, काठमाडौं, १३ साउन । चीनलाई घेर्ने रणनीति अन्तर्गत अफगान युद्धको नेतृत्व गरिरहेको अमेरिकाले विभिन्न बहाना झिकेर अब पाकिस्तानमा हस्तक्षेप गर्ने प्रयास गरेको पछिल्ला घटनाक्रमहरुले देखाएका छन् । उत्तरी पाकिस्तानलाई तालिवानहरुको स्वर्गको रुपमा परिभाषित गर्दै आएको अमेरिकाले गएका महिनाहरुमा चालकरहीत विमानद्वारा पाकिस्तानमाथि थुप्रै पटक आक्रमण गरिसकेको छ, जसमा सयौं सर्वसाधारण नागरिक मारिएका छन् । तर पाकिस्तानमा औपचारिक रुपमा प्रवेश गर्ने र आतंकवादविरुद्धको युद्धका नाममा पाकिस्तानमाथि हस्तक्षेप गर्ने आफ्नो चाहनालाई मुर्त रुप दिन अमेरिकाले विभिन्न हथकण्डा अपनाउन थालेको विभिन्न प्रमाणहरुले पुष्टी गरेका छन् ।
हालै विकीलिक्सले सार्वजनिक गरेको अफगान युद्धसम्वन्धी अमेरिकी गोप्य दस्तावेजमा पाकिस्तानी गुप्तचर संस्था आईएसआईको सम्वन्ध तालिवानसाग रहेको उल्लेख गरिनु, अफगानी राष्ट्रपति हमिद कारजायीले पाकिस्तानप्रति संकेत गर्दै आतंकवादको स्रोत देश वाहिर रहेको बताउनु, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले नयाादिल्ली भ्रमणमा आतंकवादसाग पाकिस्तानलाई जोड्नुले अब अमेरिका पाकिस्तानमा युद्धका आधार खोजिरहेको पुष्टी गर्दछ ।
एकातिर अमेरिकी अधिकारीहरुले विकीलिक्सले सार्वजनिक गरेको दस्तावेज झुटो भएको दाबी गरिरहेका छन् भने अर्कोतिर सो दस्तावेज उपलव्ध गराउने स्रोतको खोजी समेत गरिरहेका छन् । विकीलिक्सका संस्थापकले आफ्नो स्रोतको सुरक्षा गम्भीर चासोको विषय भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।अफगान राष्ट्रपति हमिद कारजायीले आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरुलाई अफगानिस्तान वाहिरको आतंकवादको स्रोतमाथि कडा कदम चाल्न दबाब दिएका छन् । उनले पाकिस्तान आतंकवादीहरुको सुनौलो स्वर्ग भएको समेत बताएर अमेरिकी नेतृत्वको गठवन्धन सेनालाई पाकिस्तानमाथि आक्रमण गर्न दबाब दिएका छन् ।
तालिवानविरुद्धको युद्धपछि अमेरिकाले कारजायीलाई अफगानिस्तानको राष्ट्रपति पदमा आशिन गराएको छ र उनले अमेरिकी चासोमा सहयोग पुर्याउादै आएका छन् ।
विकीलिक्सको दस्तावेज सार्वजनिकरण पछि पाकिस्तानमाथि अमेरिकी गठवन्धन मुलुकहरुबाट व्यापक दबाब आएको छ । पाकिस्तानले आफूमाथि लगाइएको आरोप झुटा र आधारहीन भएको बताउादै इश्लामिक कट्टरपन्थीहरुलाई आफ्नो भूमिबाट निवारण गर्ने कार्य जारी रहने बताएको छ ।
एक बृहद पत्रकार सम्मेलनमा कारजायीले पाकिस्तानसाग गहिरो भातृत्व सम्वन्ध रहेको त बताए तर उनले जब अफगानिस्तानले आतंकवादीलाई तालिम, रक्षा र आश्रय दिनबाट राष्ट्रलाई बचाउन अफगानिस्तान वाहिर कुटनीतिक क्षेत्रमा काम गरिरहेका बेला अन्तर्राष्ट्रिय समुदायसाग उनीहरुविरुद्ध केही गर्न सक्ने क्षमता रहेको बताएका छन् । \'प्रश्न उनीहरुले किन यसो गर्दैनन् भन्ने हो\' कारजायीले भने ।
त्यसोत अफगान राष्ट्रपति कारजायीले गोप्य दस्तावेज सार्वजनिक गर्नुलाई विकीलिक्सको गैर जिम्मेवारीपन भनेका छन् । अमेरिकी सेनाले आफ्ना अफगान नागरिकहरुको कत्लेआम गरेको रिपोर्टप्रति कारजायीको प्रतिक्रियाले उनको वास्तविक रुपलाई स्पष्ट गर्दछ । विकीलिक्सले अफगान नागरिकको हत्याराको समेत नाम सार्वजनिक गरेकाले उनीहरुको जीवन खतरामा पर्न सक्ने तर्फ पनि अमेरिकी अधिकारीहरुसागै कारजायी पनि चिन्तित छन् ।
कारजायीले गत साता तालिवानविरुद्ध वित्तीय नाकावन्दी लगाउन अमेरिकी राष्ट्रपति बाराक ओवामालाई अनुरोध गरेका थिए, जसको मतलव पाकिस्तानमाथि नाकावन्दी लगाउनु हो । किनकी तालिवानहरु पाकिस्तानमा लुकेर बसेका छन् भन्ने कारजायी र अमेरिकीहरुको दाबी रहादै आएको छ । उता भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले पाकिस्तानमार्फत आतंकवादलाई बढावा दिने कुरा सहृय नहुने बताएका छन् ।
बुधबार भारतको बंगलोरमा क्यामरुनले बोलेको कुरालाई लिएर बेलायतस्थित पाकिस्तानी उच्चायुक्तले यसले शान्ति कायम गर्ने क्षेत्रीय प्रयासमा क्षति पुगेको बताएका छन् । बेलायती पत्रिका गार्जियनमा एक लेख प्रकाशित गर्दै उच्चायुक्त वाजिद शमसुल हसनले विकीलिक्सले सार्वजनिक गरेको दस्तावेजमाथि क्यामरुनले विश्वास गरेको आरोप लगाएका छन् ।
हसनले आफ्नो लेखमा भनेका छन् \'अफगानिस्तान तथा पाकिस्तानमा रहेका मदरसाहरुलाई विश्वभरबाट वित्तीय सहायता मिलेको छ र वास्तवमा ती मदरसाहरु छापामार तालिम केन्द्र हुन्, जहाा धार्मिक कट्टरपन्थीहरुलाई प्रशिक्षण दिइन्छ ।\' त्यसो हो भने धार्मिक कट्टरपन्थीहरु जो अफगानिस्तान र पाकिस्तानमा अमेरिकी सेनविरुद्ध लडिरहेका छन् उनीहरुको उत्पादन पश्चिमा मुलुकहरुले नै गरिरहेका छन् भन्ने कुरालाई थप पुष्टी गर्दछ ।
यसलाई अझ के पनि भन्न सकिन्छ भने पश्चिमाहरुले आतंकवादको संज्ञा दिएका धार्मिक कट्टरपन्थीहरु अमेरिका लगायत पश्चिमाहरुका उपज हुन् । धार्मिक कट्टरपन्थीहरुलाई तालिम दिने र तिनीहरुकै आधारमा कुनैपनि देशमा आक्रमण गर्ने पश्चिमाहरुको रणनीति बमोजिम पाकिस्तानमा आक्रमण गर्ने तयारीमा अमेरिका लागेको हसनको भनाईबाट समेत पुष्टी हुन्छ ।
(एजेन्सीहरुको सहयोगमा)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook 