जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

 

'राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा

मनोज घर्तीमगर

काठमाडौं, १७ असार : नेकपा (माओवादी)का वरिष्ठ नेता मोहन वैद्य 'किरणुले मधेसवादी दलहरूले उठाएको 'एक मधेस एक प्रदेश’को नाराले नेपाली राष्ट्रिय स्वाधीनताको अवस्था गम्भीर बन्दै गइरहेको बताउनुभएको छ ।

'देशभक्त गणतान्त्रिक एकता अभियान’द्वारा मंगलबार सञ्चार समूहमा आयोजित अन्तर्त्रिmया कार्यक्रममा नेता किरणले राष्ट्रिय स्वाधीनता खतरामा पुर्‍याउने गतिविधि नेपाली जनतालाई सैहृय नहुने चेतावनी दिनुभयो ।

'राष्ट्रिय स्वाधीनताका लागि गणतन्त्रवादी, वामपन्थी, देशभक्तलगायत सम्पूर्ण नेपाली एकढिक्का भएर दृढतापूर्वक संघर्षमा उत्रनुपर्ने,’ उहाँको भनाइ थियो । वर्तमान अवस्थामा राष्ट्रिय स्वाधीनतालाई खतरामुक्त गर्न सबै नेपालीको मुख्य दायित्व भएको औंल्याउँदै किरणले राष्ट्रिय स्वाधीनताको प्रश्न अहिले पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

नेता किरणले जातीय, क्षेत्रीय स्वायत्ततासहित संघीयताको कुरा माओवादीले जनयुद्धबाट स्थापित गरेको बताउँदै शान्तिप्रक्रियापछि माओवादीलाई मधेसबाट सखाप पार्न एक मधेस एक प्रदेशको नारा छेडिएको दाबी गर्नुभयो । 'यो अभियान नेपालको राष्ट्रिय स्वाधीनताको विरुद्धमा हो,’ उहाँको तर्क थियो ।

एक मधेस एक प्रदेशको माग माओवादीले कुनै पनि हालतमा नस्विकार्ने अडान दोहोर्‍याउँदै तराईमा मिथिला, भोजपुरा, अबध, कोचिला, थारूवानलगायतका स्वायत्त प्रदेश हुने बताउनुभयो । 'तराईका अन्य जातिको अधिकार हस्तक्षेप हुन्छ । तराईलाई मधेस मात्र मान्न सकिादैन,’ उहाँको भनाइ थियो । मधेसवादी दलहरूलाई एक मधेस एक प्रदेशको नारा लिएर २४० वर्षपछिको तराईमा अर्को एकात्मक राज्य व्यवस्था स्थापना गर्न लागेको नेता किरणको आरोप थियो । सबै वर्ग, जाति, क्षेत्रका अधिकारका भावना नयाँ बन्ने संविधानमा समेटिने उहाँको प्रतिबद्धता थियो । सो अवसरमा उहाँले मधेसवादी दलहरूले संविधानसभाको बैठकलाई अगाडि बढ्न नदिएर नाराबाजी गर्ने र रोष्ट्रम घेर्ने कार्य वाञ्छनीय नभएको टिप्पणी गर्नुभयो ।

अन्तर्त्रिmयामा नेकपा (एमाले)का नेता रामचन्द्र झाले तराईमा अर्को पृथ्वीनारायण शाहको उत्पत्ति हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो- 'कतिपय मधेसवादी दलले तराईमा केन्द्रीकृत सत्ता बनाउन खोजेका छन् ।’

संविधानसभाको बैठक अवरुद्ध बनाएर मधेसवादी दलले तराईबासी जनताको भावनाविपरीत काम गरेको बताउनुभयो । नेता झाले जनादेशविपरीत काम नगर्न ती दलहरूलाई आग्रह गर्नुभयो ।

एमाले नेता झाले मधेसवादी दलहरूले उठाएको मागमा सहमत हुन तराई टाइगर आर्मीका केन्द्रीय सदस्यले फोनमार्फत धम्की दिएको खुलासा गर्नुभयो । मधेसवादी दलहरूले फोनमार्फत आफूलाई धम्की दिन लगाएको उहाँको आरोप थियो ।

मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य वीपी यादवले 'हामीले एक मधेस एक प्रदेश होइन । मधेस स्वायत्तताको कुरा गरेका हौं,’ भन्नुभयो । यादवले भन्नुभयो×- 'मुख्यगरी कांग्रेस, एमाले सम्झौताको विरोधमा गएका छन् ।’ मधेसीले देश टुक्र्याउन खोजेका छन् भन्ने आफूहरूलाई आरोप लागेको दाबी गर्दै उहाँले भन्नुभयो- 'अधिकार नपाए देश टुक्रने हो । थारू कल्याणकारीसभाका अध्यक्ष राजकुमार लेखीले महन्थ, उपेन्द्र र राजेन्द्र श्रीपेचबिनाको राजा बन्न खोजेको आरोप लगाउनुभयो । उहाँले मधेसवादी दलका कारण नयाँ संविधान बन्नमा खतरा रहेको बताउनुभयो । संविधानविद् दिनेश त्रिपाठीले राष्ट्र टुत्रयाउनेगरी आत्मनिर्णयको अधिकार कुनै पनि संविधानले नदिने दाबी गर्नुभयो । स्वायत्तताबिना संघीयता नबन्ने कानुनी कुरा गर्दै त्रिपाठीले स्वायत्तताको विषयमा अहिल्यै कुरा गरिराख्न आवश्यक नहरहेको बताउनुभयो । 'ती सबै निर्णय संविधानसभाले गर्ने हो । सात दल आठ दलले होइन,’ उहाँको भनाइ थियो ।

कार्यक्रममा देशभक्त गणतान्त्रिक एकता अभियानका सदस्य प्रा.डा. महेन्द्र सिंहले तराईका मधेसवादी सभासद्हरूलाई रोष्ट्रम घेर्न संविधानसभामा नपठाएको बताउनुभयो । 'तराईका जनताले कहिल्यै एक मधेस एक प्रदेशको कुरा गरेका छैनन् । यो त तराईबासी जनताको भावनाविपरीतको कुरा हो,’ सिंहले तराईमा विभिन्न स्वायत्त राज्य हुनुपर्ने कुरा बताउनुभयो ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065