'बजेट तीन
महिनापछि’
मनोज घर्तीमगर
काठमाडौं, १८ असार
: नेकपा (माओवादी)का
अध्यक्ष प्रचण्डले गणतन्त्र नेपालको पहिलो बजेट
परम्परागत बजेट नभई नयाँ नेपाल निर्माणको सुरुवातको
बजेट हुने बताउनुभएको छ ।
सो कुरा अध्यक्ष प्रचण्डले
संक्रमणकालीन अर्थतन्त्र र आगामी बजेट विषयक बुधबार
काठमाडौंमा आयोजित अन्तर्त्रिmया
कार्यक्रममा बताउनुभएको हो । 'गणतन्त्र नेपालको पहिलो
बजेट भएकाले यो बजेटमार्फत नयाँ नेपाल निर्माणको
सुरुवात हुनेछ,’ अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले
तीन दलबीच तीन महिनापछि पूरक बजेट ल्याउने सहमति भएको
खुलासा पनि गर्नुभयो । 'अहिलेकै बजेटबाट तीन महिनाको
खर्च धान्न सकिन्छ भनेर अर्थ मन्त्रालयका अधिकारीहरूले
भनेकाले तीन महिना पेस्की खर्च लिएर चलाउने सहमति तीन
पार्टीमा भएको छ,’ सो अवसरमा उहाँको भन्नुभयो ।
माओवादीको अर्थनीति संविधानसभा निर्वाचनको
प्रतिबद्धतापत्रअनुसार हुने स्पष्ट पार्दै अध्यक्ष
प्रचण्डले माओवादीको नेतृत्वमा सरकार बनेमा योजनाहरू
पारदर्शी ढंगले निर्माण गर्ने, भ्रष्टाचार नियन्त्रण
गर्ने, राष्ट्रिय पुँजी विकासका निम्ति राम्रो वातावरण
बनाउने, रोजगारको व्यवस्था गर्ने, तत्कालका लागि मझौला
तथा साना जलविद्युत! आयोजनालाई प्राथमिकता दिने
बताउनुभयो । 'बजेटले छाप्रोमा बस्ने गाउँका किसानमा पनि
परिवर्तनको अनुभूति गराउने र राष्ट्रिय पुँजीपतिलाई पनि
यो साँच्चै पुँजी फलाउने सरकार भएको अनुभूति दिनेछ,’
अध्यक्ष प्रचण्डले भन्नुभयो ।
कार्यक्रममा माओवादी वरिष्ठ नेता डा. बाबुराम
भट्टराईले संविधानसभा निर्वाचन भएको तीन महिना
बितिसक्दा पनि कांग्रेस रोइरोई सत्ता छोड!न नचाहेकाले
आगामी बजेट कसले पेस गर्ने भन्ने विषयमा टुंगो नलागेको
बताउनुभयो । अहिले सरकार र अर्थ मन्त्रालयको नेतृत्व
गरेको कांग्रेसतिर संकेत गर्दै नेता भट्टराईले भन्नुभयो-
'तपाइहरूले बनाएको बजेट माओवादीले खुरुखुरु पढ!दैन ।’
उहाँले अगाडि भन्नुभयो- 'कि माओवादी सरकारमा जाँदैन,
बाहिरबाट सहयोग गर्छ, गयो भने आफ्नो नीति
कार्यक्रमसहित जान्छ ।’
वरिष्ठ नेता डा. भट्टराईले नयाँ नेपालको बजेट नयाँ
हुने बताउनुभयो । उहाँले आफूहरूले तयार पार्ने बजेटमा
द्वन्द्वपीडित, गरिब, अपांग, दलितलाई राहत प्रदान गर्ने,
समाज कल्याणकारी कार्यक्रमहरू हुने र विकास हृवात्तै
बढ!ने जानकारी दिँदै विकास र रोजगारका लागि गाउँमा
लगानी बढाउने बताउनुभयो । उहाँले अहिले चर्चामा आएको
करिब दुई खर्ब बजेटले परिवर्तित सन्दर्भमा जनताको
चाहनालाई नपुग्ने बताउँदै तीन खर्ब जतिको बजेट
हुनुपर्ने आफूहरूको सोच रहेको जानकारी दिनुभयो । 'नयाँ
वर्गको नेतृत्वमा सरकार बन्न लागेकाले बजेट पनि नयाँ
वर्गको पक्षमा बन्छ र यसले नयाँ युगको संकेत गर्नैपर्छ,’
भट्टराईले भन्नुभयो । उहाँले स्वदेशी र विदेशी निजी
क्षेत्रलाई लगानीको वातावरण सिर्जना गर्ने प्रतिबद्धता
व्यक्त गर्नुभयो । कर प्रणालीमा नयाँपन ल्याउने ठोकुवा
गर्दै भट्टराईले कर नतिरेर रातारात करोडपति
बन्नेहरूलाई छानबिन गर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा एमाले वरिष्ठ नेता भरतमोहन अधिकारीले
आगामी बजेट परम्परागत भए नेपाली जनतामा निराशा ल्याउने
धारणा राख्नुभयो । 'यो बजेटले आगामी दिनको बाटो
देखाउनुपर्छ,’ अधिकारीले
भन्नुभयो । उहाँले नेपालको आर्थिक विकास नहुनुमा
आर्थिक सोच चिन्तनमा दोष भएको ठोकुवा गर्नुभयो । 'आर्थिक
चिन्तन यस्तै भइरहे परिवर्तन नआउने भएकाले
यथास्थितिवादलाई तोड!न बजेटमा क्रान्तिकारी परिवर्तन
ल्याउनैपर्छ,’ एमाले नेता अधिकारीले भन्नुभयो ।
पूर्वगभर्नर तथा मधेसी
जनअधिकारका सभासद! डा. तिलक रावलले नेपालको विकास
निर्माणका लागि बाहृय सहयोग ल्याउन लाज मान्न नहुने
बताउनुभयो । ऋण लिएर गौरव गर्ने नेपाली चलन भएको भन्दै
रावलले अनुदान ल्याउनमा पहल गर्नुपर्ने धारणा व्यक्त
गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष
कुशकुमार जोशीले बितेका १० वटा पञ्चवर्षीय योजनाले कुनै
प्रगति नगरेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा त्रिभुवन
विश्वविद्यालयका सहप्राध्यापक डा. सुरवीर पौडेल र
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक नन्दकुमार
ढकालले छुट्टाछुट्टै कार्यपत्र पेस गर्नुभएको थियो ।