दस युवा
सभासद्लाई सम्मान
जनदिशा संवाददाता
काठमाडौं, २४ वैशाख
। वाईसीएलले संविधानसभाको दुवै
प्रणालीबाट निर्वाचित आफ्नो संगठनका दसजना युवा
सभासद्हरूलाई सम्मान गरेको छ । दसमध्ये पाँच प्रत्यक्ष
र पाँच समानुपातिक निर्वाचनप्रणालीतर्फबाट चुनिएका हुन्
।
हालै सम्पन्न केन्द्रीय समितिको
निर्णय सार्वजनिक गर्न मंगलबार वाईसीएल केन्द्रीय
कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा
उनीहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो ।
सभासद्हरूलाई अध्यक्ष गणेशमान
पुन र महासचिव दिलिपकुमार प्रजापतिले माला र अवीर
लगाइदिएर अभिनन्दन गर्नुभएको थियो ।
अभिनन्दित हुनेहरूमा प्रत्यक्ष
निर्वाचनप्रणालीबाट निर्वाचित सभासद्हरू चन्द्रबहादुर
थापा (संगर), देवेन्द्र
पट्टेल, नरबहादुर विस्ट, जुनकुमारी रोका र किरणकुमार
राई छन् ।
जसमध्ये राई गणतान्त्रिक खेलकुद
संघका केन्द्रीय उपाध्यक्ष हुन् भने अन्य चार जना
वाईसीएल केन्द्रीय समितिका सदस्य छन् । चन्द्रबहादुर
थापा गुल्मी-१ र देवेन्द्र पट्टेल रौतहट-६ बाट
निर्वाचित हुनु भएको हो । पट्टेलले एमाले नेता
माधवकुमार नेपाललाई फराकिलो मत अन्तरले पराजित
गर्नुभएको थियो । त्यस्तै नरबहादुर बिस्ट सुर्खेत-२,
जुनकुमारी रोका रुकुम-१ र किरणकुमार राई सुनसरी-१ बाट
निर्वाचित हुनुभएको हो ।
समानुपातिकतर्फ वाईसीएल
उपाध्यक्ष उमा भुजेल, केन्द्रीय सदस्यहरू सावित्री दुरा
गुरुङ र खुमा सुवेदी विजयी हुनुभएको छ । त्यस्तै अन्यमा
सिरहा जिल्ला अध्यक्ष गजत शाह र सन्तोषकुमार चौधरी
हुनुहुन्छ । सावित्री दुरा राज्यद्वारा बेपत्ता बनाइएका
अखिल -क्रान्तिकारी)का तत्कालीन महासचिव पूर्ण पौडेलकी
जीवनसंगीनि हुनुहुन्छ । सुवेदी सहिद पत्नी हुनुहुन्छ
उहाँका श्रीमान नन्द न्यौपानेको २०५६ सालमा हत्या भएको
थियो ।
सो अवसरमा समानुपातिक
प्रणालीतर्फबाट चुनिएका जनवादी युवा लिगका दुई
पूर्वअध्यक्षहरू श्रीराम ढकाल र केशवप्रसाद नेपाललाई
समेत सम्मान गरियो । ढकाल र नेपाल हाल माओवादी
केन्द्रीय कार्यालयमा कार्यरत हुनुहुन्छ ।
पत्रकार सम्मेलनमा बोल्दै माओवादी
केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज कुलबहादुर केसी
सोनामले वाईसीएल जनताबाट अनुमोदित भएको बताउनुभयो ।
उहाँले वाईसीएल विघटन गर्नुपर्ने भनाइप्रति आपत्ति
प्रकट गर्नुभयो । केसीले भन्नुभयो- 'जनताबाट पराजित
भएकाहरूले वाईसीएल विघटन गर्ने भन्दैमा यो विघटन्
हुन्न । वाईसीएललाई विघटन नभई अझ सशक्त पारिने केसीले
पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सो क्रममा वाईसीएल अध्यक्ष
गणेशमान पुनले वाईसीएल विघटन हुनुपर्छ भ्ान्नु
अराजनीतिक भएको टिप्पणी गर्नुभयो । यो माग अराजनीतिक छ
हारको झोक हामीमाथि पोख्न त्यस्तो कुरा गरिएको हो,
पुनले भन्नुभयो । उहाँले आफूहरूलाई जनताले लाहा छाप
लगाएर वैधानिकता दिएकाले कसैको आदेशका भरमा सुध्रनु
नपर्ने अडान प्रस्तुत गर्नुभयो ।
पत्रकार सम्मेलनमा वितरित प्रेस
विज्ञप्तिमा वाईसीएलले निर्वाचनका क्रममा पुर्याएको
योगदानको अध्यक्ष प्रचण्डले बैठकमा प्रशंसा गर्नुभएको
उल्लेख छ । विज्ञप्तिमा एक बुथ दुईसय युथ भन्ने
नाराअनुसार निर्वाचनमा परिचालित भएका युवायुवतीप्रति
बधाई ज्ञापन गरिएको छ ।
बैठकले युवाहरूका रोजगारी तथा
शिक्षाका समस्या समाधान गर्न कृषि, उद्योग,
विकास-निर्माण र प्राकृतिक साधन र स्रोत परिचालन
कार्यमा व्यापक संख्यामा युवा जनशक्ति परिचालन गरी
रोजगारीको सृष्टि गर्ने र नेपालको अनुहार फेर्न समग्र
कार्यक्रमका रूपमा नयाँ नेपाल निर्माणका लागि युवा
अभियान नामक कार्यक्रम चलाउने निर्णय गरेको अध्यक्ष
पुनले जानकारी दिनुभयो ।
त्यस्तै वैदेशिक रोजगारका नाममा
हुने गरेका अनियमितता तथा ठगी कार्यबाट पीडित भएका
युवाहरूको समस्या समाधानमा पनि बैठकले जोड दिने निर्णय
गरेको छ ।
सरकारको योजनाअनुसार ट्राफिक
व्यवस्थापनमा टा्रफिक प्रहरीलाई सघाउने, भू-माफिया,
गुण्डागर्दीलगायतका समस्या समाधानमा समेत सक्रिय रहने
निर्णय बैठकले गरेको बताइएको छ ।
भ्रटाचारविरोधी अभियान सञ्चालन
गर्ने निर्णय बैठकले लिएको छ । विज्ञप्तिमा भनिएको छ-'
भ्रष्टाचारविरोधी अभियान तथा भ्रष्टाचारीहरूलाई
कार्बाहीका लागि व्यापक जनसहभागिताको वातावरण तयार
गरिने छ ।’