|
'गिरिजाप्रसादका बाबु र म सँगै
जेल बसेका थियौं’
नेकपा (माओवादी)ले
कार्यकारी राष्ट्रपति नभई सेरेमोनियल राष्ट्रपति बन्ने
स्थिति हुने हो भने सबैलाई मान्य हुने खालको राष्ट्रिय
व्यक्तित्वलाई राष्ट्रपति बनाउनु पर्ने धारणा अगाडि
सारेको छ । पार्टी केन्द्रीय समितिको बैठकमा व्यापक
छलफलपछि यस्तो व्यक्तिलाई राष्ट्रपति बनाउँदा
राष्ट्रिय एकता कायम गर्न र सहमति एवं सहकार्य गर्न
समेत सजिलो हुने निष्कर्ष निकालेको थियो । माओवादीले
विभिन्न क्षेत्र र व्यक्तित्वलाई समेट्ने गरी पाँच
जनाको नाम भावी राष्ट्रपतिको रुपमा प्रस्तावित समेत
गरेको थियो । ती पाँचजनामध्ये एक हुनुहुन्छ-
रामराजाप्रसाद सिंह ।
२०२४ सालदेखि नै राजाको शासनको
विरूद्ध सक्रिय रहादै आउनुभएका सिंहको नेतृत्वमा वि.स.
२०४२ सालमा पञ्चायती व्यवस्थाको विरूद्धमा राजदरबार,
सिंहदरबार र अन्नपूर्ण होटललगायत पाँच ठाउँमा बम
बिस्फोट भएको थियो । त्यतिबेला नै उहाँले गणतन्त्र
घोषणा गर्नका लागि सशस्त्र क्रान्तिको सुरूआत गर्नुभएको
थियो । ७४ वर्षे सिंह कुनै पनि हालतमा देशलाई टुक्रन
दिन नहुने कुरामा दृढ हुनुहुन्छ । गणतन्त्रवादी नेता
सिंह नौ वर्षको उमेरमा पनि जेल बस्नुभएको थियो । उहाँले
जनदिशाका कार्यकारी सम्पादक दिपेन्द्र रोकायालाई
अन्तरवार्ता दिदै भन्नुभयो, 'म गिरिजाप्रसाद कोइरालाको
बुबासँगै जेल बसेको थिएँ ।’
नेकपा(माओवादी)ले
तपाईंलाई राष्ट्रपतिको प्रस्ताव गरेको छ, कस्तो
लागिरहेको छ ?
म धन्यवाद दिन चाहन्छु कमरेड
प्रचण्डलाई र सबै माओवादी साथीहरूलाई । मेरो नाम
प्रस्ताव गर्नु भएकोमा उहाँहरूप्रति आभारी छु ।
तपाई कहिलेबाट गणतन्त्रवादी
हुनुभएको हो ?
म कहिलेदेखि गणतन्त्रवादी भएँ
भन्ने ठ्याक्कै याद त छैन । तर मलाई के लाग्छ भने २०००
सालमा ९ वर्षकै उमेरमा पिताको साथ जेलमा बसेा ।
त्यसबेलादेखि नै मलाई विस्तारै राजनीतिप्रति चासो बढ्दै
गयो ।
हामीलाई काठमाडौंको सेन्ट्रल
जेलमा राखिएको थियो । त्यसबेला त्यसको नाम 'सदर जंगी
जेल’ थियो । त्यस
जेलमा धेरै महान् व्यक्तिहरू बन्दी भएर बसेका थिए ।
गणेशमान सिंह, टंकप्रसाद आचार्य, गिरिजाप्रसाद
कोइरालाका पिता कृष्णप्रसाद कोइराला र 'कम्पाउन्डर साव’
चन्द्रमान मास्के पनि त्यही जेलमा हुनुहुन्थ्यो ।
एकातिर यसअघि नै १९९७ सालमा चारजनालाई फाँसी दिइएको
घटनाले दिमागमा प्रभाव पारेको थियो भने अर्कोतिर
गणेशमानजीहरूको साथमा बस्न पाउनु मेरा लागि एउटा
उपलब्धी नै भयो ।
उता गणेशमानजी त्यतिबेलै
जेलबाट भाग्नुभएको थियो । त्यसबाट पनि राजनीतिक प्रेरणा
जाग्यो । गणेशमानजीलाई भाग्नका लागि उपकरणहरू मेरा
पिताजीले मिलाइदिनुभएको थियो । गणेशमानजीहरूलाई गोलघरमा
राखिएको थियो । जहाँ पूजा कार्यक्रम आयोजना गरिएको थियो
। उक्त पूजा ती उपकरण दिनकै लागि आयोजना गरिएको थियो ।
त्यतिबेला पनि राजा र राणामा
केही फरक थिएन । उनीहरू एक सिक्काका दुई पाटा मात्र
थिए । राजतन्त्रमा पनि राणाकै शासन थियो । त्यस्तो
राजतन्त्रको विरुद्धमा लड्नैपर्छ भन्ने लाग्यो ।
त्यसैबेलादेखि मनमा गणतन्त्रको भावना दन्केको थियो ।
तपाईंको बुबालाई के आरोपमा
पक्रेर जेल हालिएको थियो ?
भारतमा भारतीय स्वतन्त्रता
आन्दोलन चलिराखेको थियो । त्यसैले जयप्रकाश नारायण र
डा. राममनोहर लोहिया त्यहाँबाट भागेर हाम्रो घर
राजविराजमा आउनुभएको थियो । उहाँहरूले केही दिन बसेपछि
नेपाल आउनुको कारण बताउनुभयो । उहाँहरूले भारतमा
सुवासचन्द्र वोस श्रीआजाद हिन्दू फोर्सको गठन गरेर
आक्रमण गरिराखेका छन् । हामी पनि यहाँ बसेर आजाद दस्ता
बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई तालिम गर्ने ठाउँ
मिलाइ दिनुपर्यो भन्नुभयो । तालिमका लागि पिताजीले
कोशीको पश्चिमी किनारा मिलाई दिनुभयो । त्यहाँ ठूल्ठूला
जमिन्दार बस्थे, त्यहाँ बाघ, मृगहरू पाइन्थे । वरिपरी
स-सानो छाप्रो बनाउन लगाउनुभयो । उहाँहरू त्यहीं गएर
बस्नुभयो । त्यहाँ कहिलेकाहीा शिकार पनि हुन्थ्यो । तर
शिकारको बहानामा तालिम हुन्थ्यो ।
पिताजीले थ्रि नट थ्रिको
राइफल प्रयोग नगर्नु होला भन्नुभयो । त्यतिबेला त्यो
आर्मी मोर्टार थियो । त्यो सबै नेपाली सेनाले प्रयोग
गर्थे । तर संयोगवश थ्रि नट थ्रि पनि फायर भइदियो ।
जतिबेला आर्मी पुलिसको टुकडी गइराखेको थियो । यसपछि
जयप्रकाश नारायण, डा. राममनोहर लोहियालगायत अरू
साथीलाई गिरफ्तार गरी हनुमाननगरको गारतमा राखे ।
उनीहरूलाई छुटाउन मुस्किल भयो । नछुटाइएपछि मान्छेले
के सोच्थे भने, आफ्नो घरमा राख्यो र कुनै लोभले
उहाँहरूलाई गिरफ्तार गराइदियो । त्यसो हुनाले
पिताजीलाई जयप्रकाश नारायण र डा राममनोहरलाई जसरी भए
पनि छुटाउनुपर्छ भन्ने लागेछ । अनि एउटा राम्रो
गुरिल्ला वारफेर प्रस्तुत गर्नुभयो । उहाँहरूलाई थुनामा
राखेको नजिकै हरिजनहरूको बस्ती थियो । त्यस्तै ५ रुपैयाँ
दिएर तिमीहरू भाग्देऊ, यहाँ गोली चल्छ भन्नुभयो ।
उनीहरू भागेपछि ती घरहरूमा आगो लगाई दिनुभयो । सबैको
ध्यान आगोतिर गयो ।
त्यसबेलामा हनुमान नगर गाउँ
ठूलो गाउँ थियो । जेठ महिना थियो । जेठ महिना भएकाले
आगो धेरै फैलियो । पूरा गाउँभरि आगो लागेर सबै गाउँ
नष्ट हुने स्थिति थियो । पुलिस सैनिकहरू पनि आगो
निभाउनतिर लागे । यहाँ गोली हानेर दुईचारजनालाई
मार्नुभयो पिताजीले । अनि जयप्रकाश, लोहिया र अरू
चारपाँचजनालाई छुटाएर भारतमा पठाइ दिनुभयो । उहाँहरू
फेरि भारतमा पनि गिरफ्तार हुनुभयो । पिताजीलाई त्यही
अभियोगमा जेल हालियो ।
म र मेरो भाइ लक्ष्मणले जुद्ध
शमसेरलाई भन्न आयौं, हामीले हाम्रो बुबा गिरफ्तार
हुनुहुन्छ त हाम्रो सम्पत्ति किन रोक्का राखेको ? भन्यौं
। हामीले हाम्रो सम्पत्ति रोक्का राख्न हाँदैन भनेर
लेखेको पत्र दियौं । उसले सोध्यो, मैले ठीक ठीक जवाफ
दिएँ । उसलाई यस्तो भो कि यस्ता केटाहरू यसरी जवाफ
दिन्छन् । यदि यिनीहरू भारतीय नेताहरूको हातमा परे भने
चाँडै यिनीहरूले चारैतिर बदनामी पनि गरिदिन्छन् ।
सेन्टिमेन्ट पनि जागृत गरिदिन्छन् । जुद्ध शमसेरले
भन्यो, तिम्रो बुबा दीर्घ विरामी हुनहुन्छ, गएर भेट ।
हामीलाई बडाहाकिमले पठाइदियो । बुबा विरामी पनि
हुनुहुन्थ्यो । बुबाको कोठामा हामीलाई राखिदियो । बुबा
भेट्न गएका हामी त जेल पो पर्यौं ।
कति बस्नु भयो जेलमा ?
सत्र महिना ।
तपाईंको सपना गणतन्त्र थियो,
पूरा भयो । तर गणतन्त्र कार्यान्वयनको सुरुमै
राष्ट्रपति र सरकार बनाउने विषयमा आएर गत्यारोध
उत्पन्न भएको छ । त्यो गत्यारोध कसरी अन्त्य होला ?
मलाई लाग्छ, धेरै गत्यारोध अब
हाँदैन । किनकि को के स्थितिमा छ भन्ने कुरा त सबैलाई
थाहा छ ।
तपाईंलाई माओवादीले राखेको
राष्ट्रपतिको प्रस्तावले यो गत्यारोध अन्त्य गर्न
कत्तिको सहयोग पुर्याउँला भन्ने लाग्छ ?
मलाई लाग्छ, यसबाट सहयोग
हुन्छ ।
समग्र जनताको भावनाको
प्रतिनिधित्व आफूले गर्छु भन्ने तपाईंलाई कत्तिको
लागिराखेको छ ?
त्यो त केही भन्न सक्दिन ।
जनताले मलाई नै रोजेका छन् भने पनि त्यो अन्दाज गर्न
वा भन्न त्यति उचित लाग्दैन । हो, जनतासमक्ष मेरो पनि
उम्मेदवार छ, निर्णय जनताको हातमा छ ।
तपाईंलाई गरेको
राष्ट्रपतिको प्रस्ताव कसरी सर्वसम्मत बन्ला ?
राष्ट्रिय इच्छामाथि नै
निर्भर पर्छ । सबैले विचार गरेर राष्ट्रिय इच्छा जागृत
भयो भने हुनसक्छ ।
मधेसमा जन्मनुभयो,
हुर्कनुभयो । पछिल्लो समयमा एक मधेस एक प्रदेशको नारा
पनि लाग्यो, त्यो नारालाई कसरी लिनुहुन्छ ?
त्यो कुरो संविधानसभाले
निर्णय गर्छ । अहिले जसका जे पनि नारा लाग्न सक्छन् ।
तपाईंलाई कतिपयले मधेसी
होइन पनि भन्दछन् । किन त्यसो भनेका होलान् ?
म मधेसमै जन्मिएको, मधेसकै
माटोमा हुर्केको मानिस हाँ । तर मैले धेरै जीवन काठमाडौं
र भारतमा बिताएँ । भारतबाट पनि अरू देशमा निस्कासित भएँ
। यी सबै कारणले गर्दा त्यसो भनेका होलान् ।
यदि राष्ट्रपतिमा चुनिनुभयो
भने त्यो दिन कसरी सम्बोधन गर्नुहुनेछ ?
राष्ट्रपतिका रूपमा सम्बोधन
गर्दा आमनागरिकका नाममा भन्छु, पहिलो कुरा त नयाँ
संविधान संविधानसभाले बनाउँछ । राष्ट्रपतिले त त्यसमा
सरकारलाई सल्लाह दिने हो । संविधानसभालाई सम्बोधन गर्ने
इत्यादि कार्यहरू हुन्छन् । राजनीतिक दल, माओवादी
पार्टीसँग विशेष कुराकानी गरेर कालजयी संविधान
बनाउनुपर्छ । हामीले महान् संविधान बनाउनुपर्छ ।
त्यतातिर मेरो ध्यान केन्दि्रत हुन्छ ।
राष्ट्रपति र सरकारको कुन
किसिमको सम्बन्ध हुन्छ, त्यसको मलाई राम्रो ज्ञान छ ।
मसित भारतीय संविधान बन्दाखेरीको पनि अध्ययन छ ।
जवाहरलाल नेहरू र राजेन्द्र प्रसादमा कसरी उतारचढाव
हुन्थ्यो भन्ने अनुभव पनि छ । त्यसमा राष्ट्रपतिले
संयम राख्नुपर्छ । सीमा अतिक्रमण गर्दा ठीक हाँदैन ।
संवैधानिक राष्ट्रपति आफ्नो सीमामा बस्नुपर्छ । यो
होइन कि सरकारले जे गरे पनि त्यसलाई उछिन्ने कोसिस पनि
गर्नुहाँदैन । त्यसो हुनाले तालमेल गरेर जानुपर्छ ।
राज्य पुनर्संरचनासँगै
राज्य संघीय संरचनामा गएपछि देश टुक्रन्छ भन्नेलाई
तपाईं के भन्नुहुन्छ ?
देश टुक्रा कुनै पनि हालतमा
हाँदैन । कुनै पनि हालतमा देश टुक्रन नदिनु सरकार,
राष्ट्रपति, सेनालगायत सबैको दायित्व हो र हुनुपर्छ ।
त्यसो भए नयाँ नेपाल
शक्तिशाली भएर उभिन्छ ?
महान् राष्ट्रका रूपमा उभिन्छ
। महान् राष्ट्रको मतलव जनसंख्याका रूपमा ठूलो राष्ट्र
होइन, गरिमाको आधारमा महान् हुन्छ । नेपाल राष्ट्रमा
अन्तरनिहित महानता छ, त्यसैले नेपाल एउटा महान्
राष्ट्रका रूपमा उदय हुन्छ ।
अन्त्यमा नेपाली जनता र
राजनीतिक पार्टीहरुका बीचमा भन्नैपर्ने केही कुरा छन्
कि ?
खासै केही छैन् । मैले अहिल्यै
केही भन्नु उचित पनि हाँदैन । कारण तपाईं मलाई भोट
दिनुस् भनेर मैले भन्न मिल्दैन । यो अमेरिकामा भइराखेको
जस्तो राष्ट्रपतिको चुनाव होइन । त्यसो हुनाले यसमा अरू
पार्टीले पनि उम्मेदवारी दिन्छन् । जनताको आत्माले जे
भन्छ, त्यही गर्छन् ।
जीवन
वृत्तान्त
नाम :
रामराजाप्रसाद सिंह (प्रथम
गणतन्त्रवादी नेता)
जन्म मिति
: वि.सं. १९९२, आश्विन ३० गते
(ई.सं. १६ अक्टोबर १९३५)
जन्मस्थल
: कोइलाडी गाविस, सप्तरी
शिक्षा :
एम.ए. (अंग्रेजी) दिल्ली
विश्वविद्यालय, बी.एल., बिहार विश्वविद्यालय
जेलयात्रा
- ९ वर्षको उमेरमा, केन्द्रीय
कारागार, काठमाडौंमा भारतीय स्वाधिनता आन्दोलनका सेनानी
स्व. जयप्रकाश नारायण, डा. राममनोहर लोहिया,
सूरजनारायण सिंहहरूलाई संरक्षण एवं सैनिक प्रशिक्षण
चलाउन सुरक्षित स्थान प्रदान गरिएको आरोपमा पिता
जयमंगलप्रसाद सिंहलाई गिरफ्तार गरी काठमाडौंको
केन्द्रीय कारागारमा थुनिदा पितालाई भेट्न जाँदा भाइ
लक्ष्मणप्रसाद सिंहलाई समेत पक्राउ गरी जेलमै राखिएको
।
- वि.सं. २०२४ सालमा
राजाविरोधी गतिविधि एवं गणतान्त्रिक क्रियाकलापमा
संलग्न भएको आरोपको फलस्वरुप स्नातक निर्वाचन क्षेत्रका
लागि निर्वाचनमा सहभागी हुन नपाउनु ।
- वि.सं. २०२८ सालमा भएको
अर्को स्नातक निर्वाचनमा चुनाव लड्दा विजयी घोषित तर
तत्कालीन सभामुखद्वारा शपथ गराउन अस्वीकार,
मार्शलद्वारा गिरफ्तार र जेल चलान ।
- जेल प्रवासकालमा तत्कालीन
राजा महेन्द्रबाट दरबार डाकी प्रधानमन्त्री पदको
प्रस्ताव....ना तर लक्ष्य गणतन्त्र भएकाले उक्त
प्रस्ताव अस्वीकार
- पुन ४ वर्ष ८ महिना जेल
प्रवास ।
भूमिगत जीवन
- वि.सं.२०४२ मा 'गणतन्त्र
घोषणा गरी’
सशस्त्र क्रान्तिको सुरुआत गर्दै काठमाडौंका
-राजदरबार, सिंहदरबार,
अन्नपूर्ण होटल आदि पाँच प्रमुख स्थललगायत देशका
अदालतद्वारा अनुपस्थितिमा मृत्युदण्डको घोषणा र
सम्पूर्ण सम्पत्ति सरकारद्वारा अधिग्रहण ।
- विदेशमा भूमिगत जीवनयापन ।
- वि.सं.२०५१ सालमा तत्कालीन
सरकारद्वारा मृत्युदण्ड र सम्पत्ति अधिग्रहण
खारेजपश्चात् स्वदेश फिर्ता ।
- तत्पश्चात् देशमा गणतन्त्र
स्थापनाका लागि नवजनवादी मोर्चाको गठन गरी राजनीतिमा
सक्रिय नेतृत्व प्रदान ।
|