'नयाँ
सरकार गठनबारे छलफल हुन्छ’
जनदिशा संवाददाता
काठमाडौं, ३ असार
: नेकपा (माओवादी)का
वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तीन दलबीच आज हुने
वार्ता नयाँ सरकार गठनको प्रक्रियामा केन्दि्रत हुने
बताउनुभएको छ ।
मंगलबार तीन दलको वार्ता
सकिएपछि जनदिशासाग संक्षिप्त कुरा गर्दै वरिष्ठ नेता
भट्टराईले सो जानकारी दिनुभएको हो । यद्यपी उहाँले
राष्ट्रपतिको निर्वाचन, शक्ति र जिम्मेवारी बाँडफाँडको
विषयमा छलफल नटुङ्गएिको बताउनुभयो ।
'राष्ट्रपतिको विषयमा अझै पनि
टुङ्गएिको छैन तर पनि आज नयाँ सरकार गठन कसरी गर्ने
भन्ने विषयमा छलफल हुन्छ, संविधानसभा निर्वाचनमा
पार्टीहरूलाई जुन जनादेश प्राप्त भएको छ र जनताले जुन
हैसियतमा राखेका छन्, त्यही हैसियतका आधारमा नयाँ
सरकार गठन हुनुपर्छ’
डा. भट्टराईले भन्नुभयो । उहाँले सबैले आ-आफ्नो
हैसियतअनुसार जिम्मेवारी लिएर अगाडि बढ्नुपर्नेसमेत
बताउनुभयो ।
'नयाँ सरकार गठनमा ढिलाई भएको कारणले जनतामा जुन
अन्योल र निराशा बढ्दै भएको छ, त्यो अवस्थालाई
छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने भएकाले बुधबार नै
पुरानो सरकारले राजीनामा गरेर नयाँ सरकारको निर्माणमा
मार्गप्रशस्त गर्नुपर्छ’
वरिष्ठ नेता भट्टराईले भन्नुभयो ।
तीन दलका शर्षि नेताहरूबीच मंगलबार भएको वार्तामा
तीनवटा मुख्य एजेन्डामा छलफल भएको जानकारी नेता
भट्टराईले दिनुभयो । 'मंगलबार हामीले शान्तिसम्झौता
कार्यान्वयन, संविधान संशोधन र शक्ति र जिम्मेवारी
वाडफाँड गर्ने तीनवटा एजेन्डामा छलफल गर्यौं’
उहाँले बताउनुभयो ।
मंगलबारको वार्तामा तीनवटा एजेन्डामध्ये
शान्तिसम्झौतामा उल्लेख भएको सेना समायोजन, बेपत्ता
पारिएकाहरूको खोजी र परिवारलाई राहत, घाइते तथा
जनयुद्धका सहिद परिवारलाई राहत उपलब्ध गराउने र
सम्पत्ति फिर्ता गर्ने विषयलाई निश्चित प्रक्रिया र
समयसीमाभित्र सम्पन्न गर्ने सहमति भएको छ । 'तीनदेखि ६
महिनाभित्र शान्तिसम्झौतामा उल्लेख गरिएका कुराहरूलाई
एउटा प्रक्रिया निर्धारण गरेर कार्यान्वयन गर्ने सहमति
भएको छ’ वरिष्ठ नेता
भट्टराईले भन्नुभयो । उहाँले शान्तिसम्झौताको
कार्यान्वयन गर्नुपर्छ भन्ने विषयमा सबैको सहमति रहेको
तर प्रक्रियामा मात्र केही असहमतिहरू रहेकाले समयसीमा
तोकेको जानकारीसमेत दिनुभयो ।
नेता भट्टराईले संविधान
संशोधनको विषयमा पनि दलहरूबीच करिबकरिब सहमति बनेको
बताउनुभयो ।
दलहरू मंगलबारको बैठकमा शक्ति
बाँडफाँडको विषयमा सहमति हुन नसकेकाले बुधबार घनिभूत
छलफल गर्ने जानकारी भट्टराईले दिनुभयो । बुधबार सहमति
भएन् भने नैतिक हिसाबले माओवादी सरकारमा बसिरहन
उपयुक्त नहुने भएकाले सरकार छाडिदिने जानकारी
प्रधानमन्त्रीलाई दिएको नेता भट्टराईले खुलासा गर्नुभयो
।
उहाँले अहिलेको मुख्य मुद्दा
त शक्ति बाँडफाँडकै भएको बताउँदै अन्य राजनीतिक दलहरूले
त्यसलाई ओझेलमा पार्न र छोप्नका निम्ति सेना समायोजन र
संविधान संशोधनको मुद्दा उठाएको बताउनुभयो ।