जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

 

अन्ततः संविधानसभामा मतदान हुने

  • दलहरु सहमति नजिक

  • प्रस्ताव संविधानसभामा प्रस्तुत गरिने

  • अनमिनको म्याद छ महिना थप

  • शान्तिसम्झौताअनुरुप नै सेना समायोजन

दीपक खनाल/हरि लामिछाने

काठमाडौं, १० असार : सात राजनीतिक दलबीच मंगलबार लामो समयसम्म बसेको बैठक सहमति नजिक पुगेको भनिए पनि अन्ततः असहमतिका बुँदाहरूमा संविधानसभामा मतदान हुने भएको छ ।

नेकपा (माओवादी) प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले जनदिशासँग कुरा गर्दै संविधान संशोधन गरी राष्ट्रपति चयन गर्ने प्रमुख मुद्दा भएकाले आफूहरूले त्यसैलाई जोडतोडका साथ उठाएर लैजाने जानकारी दिनुभयो । उहाँले सहमति र असहमतिका बुँदाहरूलाई सँगसँगै लिएर जाने र सहमति हुन नसकेका बुँदालाई संविधानसभा बैठकबाटै टुंगो लगाउने पनि बताउनुभयो ।

नेता महराले कांग्रेसका केही बुँदामा माओवादीको असहमति रहेको बताउँदै राष्ट्रपतिका लागि पनि संविधानसभामा मतदान हुने बताउनुभयो ।

यसैबीच वार्तामा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले छलफल सहमतिको नजिक पुगेको बताएका छन् । उनीहरूले छलफलका धेरैजसो बुँदाहरूमा सहमति भइसकेका र सहमति हुन बाँकी रहेका बुँदामा बुधबार बिहान शिर्ष नेताहरूबीच बैठक बसेर त्यसको अन्तिम टुंगो लगाउने जानकारी पनि दिएका छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दिउँसो २:०० बजेदेखि राति १० बजेसम्म बसेको बैठकले संविधान संशोधन र शान्तिप्रक्रियाको विधेयकलाई व्यवस्थापिका-संसद्को हैसियतमा बुधबार बस्ने संविधानसभा बैठकमा लिएर जाने निर्णय गरेको हो । यसैअनुरुप उक्त विधेयकलाई बुधबार मन्त्रिपरिषद्को बैठक बसी सरकारले नै संविधानसभामा पेस गर्ने छ ।

छलफललगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै महराले सात दलहरू करिब-करिब सहमतिको नजिक पुगिसकेको बताउनुभएको थियो ।

उहाँले आमसहमतिको दस्तावेज तयार गरिसकिएको र त्यसमा सामूहिक हस्ताक्षर हुन बाँकी रहेको बताउँदै भन्नुभयो- 'सहमतिको दस्तावेजमा संविधान संशोधन, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाको अध्यक्ष, उपाध्यक्षको निर्वाचन, सेना समायोजनसँग सम्बन्धित र द्वन्द्व व्यवस्थापनसँग सम्बन्धित कुराहरू उल्लेख भएका छन् ।’

उहाँले बुधबार बिहान बस्ने शिर्ष नेताहरूको बैठकले सहमतिलाई निष्कर्षमा पुर्‍याउने जानकारी पनि दिनुभयो ।

यसबारेमा नै सञ्चारकर्मीहरूसँग बोल्दै एमाले महासचिव झलनाथ खनालले शान्तिप्रक्रियाबारे समग्रतामा छलफल गरिएको जानकारी दिनुभयो । उहाँले आगामी छ महिनाभित्रमा सम्पूर्ण शान्तिप्रक्रियालाई समापन गर्ने सहमति भएको पनि बताउनुभयो ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा -एकता-केन्द्र-मसाल)का महासचिव नारायणकाजी श्रेष्ठ 'प्रकाश’ले पनि छलफल सहमतिको धेरै नजिक पुगेको बताउनुभयो । उहाँले बुधबार बिहान ९:०० बजे शिर्ष नेताहरूको बैठकले अन्तिम सहमति गरेर मस्यौदामा हस्ताक्षर गर्ने जानकारी दिनुभयो ।

गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पनि संविधान संशोधन र शान्तिप्रक्रियासम्बन्धी सहमति भएको जानकारी दिनुहुँदै यी दुवै प्रस्ताव संविधानसभामा प्रस्तुत गरिने बताउनुभयो ।

यसैगरी उक्त बैठकबाट दलहरू सेना समायोजन शान्तिसम्झौता र अन्तरिम संविधान-२०६३ मा उल्लेख भएबमोजिम गर्न पनि सहमत भएका छन् । त्यस्तै बैठकले संयुक्त राष्ट्रंघीय राजनीतिक मिसन अनमिनको म्याद छ महिना बढाउने निर्णय पनि गरेको छ ।

बैठकले मनोनित २६ जना सभासद्का विषयमा मंगलबार पनि कुनै टुंगो लगाउन सकेन ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065