विश्वबैंकसित लगानी वार्ता, लगानी नीति परिवर्तनमा
जोड
जनदिशा संवाददात
काठमाडौं, १७ वैशाख
नेकपा(माओवादी)का अध्यक्ष
प्रचण्डले विश्वबैंकका प्रतिनिधिहरूसितको भेटवार्तामा
लगानीसम्बन्धी नीति परिवर्तन गर्न जोड दिनुभएको छ ।
नेपाल भ्रमणमा रहेको विश्वबैंकको
१३ जना कार्यकारी निर्देशकहरूको टोलीले मंगलबार माओवादी
अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री गिरिजाप्रसाद
कोइरालासंग छुट्टाछुट्टै भेट गरेको थियो ।
निर्देशकहरूको उक्त टोलीले
विश्वबैंकले दिने विकास सहयोगमा महत्त्वपूर्ण भूमिका
खेल्न सक्छ । संविधानसभा निर्वाचन, भावी सरकार र
संविधान निर्माण तथा आगामी दिनको सहयोगको बारेमा छलफल
पनि भएको भेटमा विश्वबैंकले गर्ने लगानीसम्बन्धी नीतिमा
परिवर्तन गर्नुपर्ने बताइएको छ ।
नेकपा (माओवादी)
का अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईसंग भएको भेटमा
उनीहरूले नेपालको भावी आर्थिक नीति बुझ्ने कोसिस गरेका
थिए ।
माओवादी केन्द्रीय कमिटीको
नयाँबजारस्थित गार्डेन होटलमा बसिरहेको बैठकस्थलमा भएको
भेटमा विश्वबैंक निर्देशकहरू र माओवादी नेतृत्वसंग भएको
भेटमा उनीहरूले माओवादी आर्थिक नीति र विश्वबैंकले भावी
सरकारलाई गर्ने लगानीका विषयमा कुराकानी भएको थियो ।
उनीहरूले नेपालमा विश्वबैंकको
लगानीका बारेमा माओवादी नेतृत्वलाई जानकारी गराएका थिए
भने भावी सरकारको विश्वबैंकप्रतिको धारणा र माओवादीको
अर्थनीतिका बारेमा माओवादी नेतृत्वसंग जानकारी लिएका
थिए । नेता भट्टराईले भेटमा आफूहरूले विश्वबैंकले
विगतमा लिएको लगानी नीतिमा परिवर्तन गर्नुपर्नेमा जोड
दिएको जानकारी दिनुभयो ।
भेटमा अध्यक्ष प्रचण्डले
माओवादीका आगामी आर्थिक योजानबारे जानकारी गराउनुभएको
थियो । प्रचण्डले शान्ति, विकास र परिवर्तन माओवादी
योजना रहने बताउनुभयो ।
अर्का नेता भट्टराईले माओवादीले
राजनीतिक क्रान्ति सम्पन्न गरेकाले आगामी १० वर्ष
आर्थिक क्रान्ति गर्ने बताउनुभएको थियो । भेटपछि
पत्रकारहरूसंगको कुराकानी गर्दै माओवादी नेता भट्टराईले
बैंकका निर्देशकहरूसंग द्वन्द्वपीडितलाई राहत तथा
जनेसनाहरूलाई सहयोग गर्ने विषयमा पनि कुराकानी भएको
जानकारी दिनुभयो ।
नेता भट्टराईले नेपालमा भएको
राजनीतिक क्रान्ति र ठोस योजनासहितको माओवादी पार्टीले
जित हासिल गरेकोमा बैंकका निर्देशकहरू खुसी रहेको पनि
जानकारी दिनुभयो ।
माओवादीले कुनै पनि सर्त बिना
नेपाली जनताको हितअनुकुल विश्वबैंकलगायतका निकायहरूले
अनुदान वा ऋण दिनुपर्ने पार्टीले योजना बनाएको छ ।
टोलीले नेपालमा विश्वबंैकले लगानी गरेका विभिन्न
आयोजनाहरूको स्थलगत भ्रमण पनि गरेको थियो ।